विराटनगर महानगरमा पहिलो पटक साफ महिला च्याम्पियनसिप

११ महिना अगाडि ७६१ खबर

मोरङ, १४ मंसिर - पहिलो पटक काठमाडौं उपत्यका बाहिर साफ महिला च्याम्पियनसिप विराटनगर महानगरमा हुदै छ ।

काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेकाले यो विराटनगर महानगरपालिकाकै लागि गौरव भएको मेयर भीम पराजुलीले बताउनु भएको छ ।

उहाँले यो प्रतियोगितामा महानगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । अहिले मैदान तयार हुदै गरेको र
तत्काल चेञ्जिङ रुमको निर्माण सम्पन्न गरी मैदान तयार पारिने पराजुलीको भनाइ छ । रंगशाला मर्मतका लागि दुई बर्षअघि महानगर र एन्फाले करिब डेढ करोड रुपैया खर्च गरेको थियो रंगशालामा करिब १० हजार दर्शक क्षमता छ ।

प्रतियोगितामा सार्क राष्ट्रका महिला फुटवल टोली सहभागि हुनेछन् । समूह ‘ए’ मा आयोजक नेपालस“गै बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘ब’ भारत, माल्दिभ्स र श्रीलंका छन्