सात तस्वीरमा गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन (फोटोफिचर)

१० महिना अगाडि ७६१ खबर डटकम

बुडर (डोटी)– गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन सुरु भएको छ ।

डोटीको जोरायल–२ बुडरस्थित प्रहरी तालिम केन्द्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अधिवेशन उदघाटन गर्नुभयो ।

उदघाटन समारोहमा प्रतिनिधिसभाका सांसद एवं महासंघका सल्लाहकार संयोजक घनश्याम खतिवडा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य भरतबहादुर खड्का, प्रदेशसभा सदस्य लालबहादुर खड्का, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, महासचिव वंशलाल तामाङ्ग, नेपाल नगरपालिका महासंघका प्रदेश संयोजक केशरबहादुर चन्द, जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरलगायतको उपस्थिति छ ।

अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ५४ वटा गाउँपालिकाका १ सय ६२ प्रतिनिधि सहभागी हुनुहुन्छ । अध्यक्ष र उपाध्यक्ष अनिवार्य तथा वडाध्यक्ष र सदस्यहरुमध्येबाट १–१ गरी प्रत्येक गाउँपालिकाबाट ३–३ जना सहभागी छन् ।

अधिवेशनको बन्द सत्र मंगलबारदेखि नै सुरु हुँदैछ भने बुधबार नै नयाँ कार्यसमिति र बुडर घोषणापत्र जारी गर्दै अधिवेशन समापन हुनेछ ।

हेर्नुहोस् तस्वीरमा गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम अधिवेशन: