गाउँपालिकालाई सम्मृद्ध बनाउने महत्वकांक्षी योजना छ : अध्यक्ष, इस्मा गाउँपालिका

१२ महिना अगाडि नारायण कुवँर

इस्मा गाउँपालिका नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न. ५ अन्तर्गत राजधानी काठमाडौँको पश्चिम दिशामा अबस्थित एक एतिहासिक पृष्टभुमिले सुसज्जित गुल्मी जिल्लाको लगभग विच भागमा रहेको सुन्दर गाउँको नाम इस्मा हो र यहि नामलाई लिएर इस्मा गाउँपालिकाको नामकरण भएको छ । कुल ८.८८ वर्ग कि.मी. ओगटेको छ । राज्य पुनर्सरचना पछि बनेको यस गाउँपालिकाको गत स्थानीय तहको निर्वाचनमा लक्ष्मण विष्ट अध्यक्षमा निर्वाचीत हुनुभयो । अध्यक्ष विष्टले निर्वाचनमा गाउँपालिकालाई सुन्दर र विकासमा कायापलट गर्ने प्रतिबद्धता सार्वजनीक गर्नुभएको थियो । निर्वाचन भएको डेढ वर्षमा आइपुग्दा के कती काम भए, अब के हुँदैछ, गाउँपालिकाको विकास कसरी अगाडि बढाइँदै छ भनेर गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टसँग ७६१ खवर डटकमका लागि नारायण केसीले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश

जिम्मेवारी बहन गरेको डेढ वर्षको अनुभव कस्तो रह्यो ?
डेढ बर्षको अवधिमा मैले धेरै खालका अनुभव बटुलेको छु । मानिसहरुका अपेक्षाहरु धेरै हुन्छन । आफुले गरेको अपेक्षा चाँडै होस भन्ने चाहाना राख्छन तर ती समपुर्ण अपेक्षाहरु पुरा गर्नको लागि अलि बढि समय लाग्छ । यो डेढ बर्षको समयमा हामी धेरै बिकासका जस्तै कृषी, स्वास्थ्य, शिक्षा, सडकलगायतका क्षेत्रमा काम गरेका छौ । साथै बिकासका कामहरु सँगसँगै अगाडि बढाइरहेका छौ । धेरै अनुभव पनि बटुलेका छौ ।

सुरुवाती कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो डेढ बर्षको अवधिमा मैले गरेको कामबाट म सन्तुष्ट छु । तर जनताका अपेक्षाहरु पुर्ण रुपले पुरा भने हुन सकिरहेका छैनन । जनता ती अपेक्षाहरु विस्तारै क्रमैसगँ पूरा गर्दै जानेछौ । जनता तथा मतदातालाई के भन्न चाहान्छु भने मैले ब्यक्त गरेको प्रतिबद्धता पाँच वर्ष्भित्र जसरी पनि पूरा गर्ने गरि लागिरहेकाले समयलाई पर्खन अनुरोध गर्दछु । निर्वाचन हुनुभन्दा पहिला जनता समक्ष हामीले जे जस्ता प्रतिबद्धता जनाएको थियौ त्यो अबको ५ बर्षमा पुरा गर्न सकिन्छ कि भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । समग्रमा काममा सन्तुष्ट नै छु ।



काम गर्ने जुन अपेक्षा गरेर जानुभएको थियो, ५ वर्षमा तपाईंले अघि सार्नुभएका योजनाहरु पूरा गर्न सहज र असहज कस्तो महसुस गर्नुभयो ?

त्यस्तो असहज नै भएर काम नहुने भन्ने त भाको छैन । जसरी हामीले प्रतिबद्धता व्यक्क्त गरेका थियौं त्यो सबै सहज ढङगले मात्र पुरा हुन सक्दैनन । केही चुनौतीहरु सामान गरेर पनि अगडि बढ्नुपर्ने हुन्छ । जस्तो सुकै चुनौती आए पनि म सामना गरेर बिकासका विभिन्न योजनहरुलाई अगडि बढाउन सक्छु भन्ने कुरामा भने शत प्रतिशत विश्वस्त छु ।

संघीय सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?


यसमा अहिले के भाको छ भने देशमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच एउटा नयाँ संरचना आएको छ । जुन मुलुकमा प्रदेशको नयाँ अवधारण आयो जुन एकदमै निमित नयाँ छन । जसले यसका योजनाहरु अधुरा छन धेरै कुराहरु गर्ने बाँकी नै छन । स्थानीय तहले काम गरिरहँदा संघ र प्रदेश सरकारले कानुन नबनाउदा केही असहज हाम्रो पनि भएको छ ।

सेवा सुविधाका सन्दर्भमा कतिपय जनप्रतिनिधिहरु विवादमा तानिएका छन् । तपाईंले चााही सेवासुविधाको व्यवस्थापन कसरी गर्नुभएको छ ?

मलाई त के लाग्छ भने सेवा सुविधा लिने क्रममा म पनि अनावश्यक कुरामा सुविधा लिन्न र लिन दिन्न । यसकारण सेवा सुविधाको हिसाबले प्रदेश सरकारले जनप्रतिनिधिको लागि दिएको सुविधा बञ्चित गर्ने सकेनौं । अनावश्यक रुपमा सेवा सुविधा लिएर आर्थिक लाभ लिने पर्यत्न गर्ने कुरामा हामीले सिधैं रोकेका छौं । त्यसकारण हाम्रो स्थानीय तह सेवा सुविधाका सन्दर्भमा विवादमा तानिएको छैन ।

विपक्षी राजनीतिक दल तथा कर्मचारी वृत्तसाग कसरी समन्वय गरिरहनुभएको छ ?

हाम्रो स्थानीय तहमा विपक्षी दलका कर्मचारी पनि हुनुहुन्छ । हामी जुन जुन पार्टीबाट आए पनि हामीलाई जनताले जनप्रतिनिधि बनाएर यहाँ पठाउनु भएको हो भन्ने कुरालाई आत्मसाथ गनुपर्छ । यहाँका राजनीतिक दल तथा कर्मचारीसाग एउटा भावनत्मक हिसाबले समन्वय गरिरहेको छु ।

तपाईंको स्थानीय तहमा गरिहाल्नुपर्ने काम के के छन् ?

गरिहालनुपर्ने काम त अधिकंश ठाउँहरुमा गएको सडक, बाटोहरुलाई व्यवस्थीत गनूपर्ने भएको छ । खानेपानी नपुगेको ठाउँहरुमा खानेपानी पुरयाउन पर्ने छ । निर्वाचनको बेला हामी एक घर एक धार भन्ने अवधारण लिएका थियौं त्यो हाम्रो कार्यकाल भित्र स्वाच्छ खानेपानी उपलब्ध गरउने हाम्रा योजन छन । खरका छाना मुनि बसेर जीवन काटिरहेका दाजुभाइ तथा दिदिबहिनीहरुलाई खरका छाना बिस्थापित गरेर जस्ता पाताहरु उपलब्ध गराउँदैछौ ।

तपाईंको स्थानीय तहमा मुख्य–मुख्य आर्थिक स्रोतहरु के के छन् ?

यहाँका आर्थिक स्रोत भनेको चाही निस्ती खोलाको र छल्दी खोलाको गिटी, बालुवा प्रमुख आर्थिक स्रोत हो । त्यस्तै बुल्मको माटो, सामुदायिक वनहरु यहाँका आर्थिक स्रोतहरु हुन ।

५ वर्षमा विकास र सेवाका क्षेत्रमा महत्वांकाक्षी योजनाहरु पनि छन् कि ?

महत्वांकाक्षी योजनाहरु छन निस्ती खानेपानी योजना छ । यसको काम अन्तिम चरणमा आएको छ । १७ किलोमिटर टाढा देखि यो पानी आउँदैछ