महानगरकै लागि विदेश भ्रमण गरे तर व्यक्तिगत खर्चमा : चिरीबाबु महर्जन

७ महिना अगाडि ७६१ खबर डटकम

ललितपुर, ९ मंसिर - ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफुले महानगरको मेयरमा चयन भएदेखि हालसम्म महानगरकै कामको लागि ९ वटा मुलुकको भ्रमण गरेको तर त्यो भ्रमण नितान्त व्यक्तिगत खर्चमा भएको बताउनुभएको छ ।

आफ्नो भ्रमणका विषयमा सञ्चारकर्मीलाई जानकारी दिन आइतबार महानगरमा आयोजित पत्रकार भेटघाटका क्रममा मेयर महर्जनले महानगरको मेयरमा चयन भएदेखि आफुलाई भ्रमणको विषयमा विवादमा तान्न खोजेको भन्दै वाहिर आएजस्तो कुनै कुरा सत्य नभएको दावी समेत गर्नुभएको छ ।

मेयर महर्जनले आफ्नो भ्रमण व्यक्तिगत नभएर महानगरकै लागि भएको तर त्यो भ्रमणको खर्च महानगरको नभएर आफ्नो व्यक्तिगत भएको बताउनु भयो । ‘म ललितपुर महानगरकै काम र कार्यक्रमका लागि विदेश गएको हो, तर त्यो भ्रमणमा महानगरको एक रुपैयाँ पनि मैले खर्च गरेको छैन’, मेयर महर्जनले भन्नुभयो, ‘यो भ्रमणका क्रममा सवै मेरो व्यक्तिगत खर्च गरेको छु ।’

उहाँले आफु पहिलादेखिनै जिज्ञासु स्वाभावको रहेकाले पनि केही सिक्न र जान्नकै लागि विदेशका कार्यक्रममा सहभागि भएकोले यसलाई नकारात्मक रुपमा नलिन आग्रह समेत गर्नुभयो । उहाँले जापान, दक्षिण कोरिया, म्यानमार, श्रीलंका, चाइना, मंगोलिया, भियतनाममा विभिन्न सेमिनारमा भग लिन गएको जनाउँदै मिडिायामा आएजस्तो ११ वटा नभएर आफ्नो ९ वटा विदेश भ्रमण रहको जनाउनुभयो ।

यस पटकको भियतनामा भ्रमण पनि सिटी नेट कार्यकारिणी सदस्यको हैसियतले भग लिन गएको र यो भ्रमणको उपलव्धि स्वरुप निकट भविश्यमै सिटी नेटको ३८ औ बैठक ललितपुरमा हुने बताउनुभयो । यस्तै, अन्य मुलुकका भ्रमण विपद् व्यवस्थापन, स्मार्ट सिटी, लगायतका विषयसँग सम्वन्धित रहेको उहाँको भनाइ छ । यस्तै उहाँले समय अभाव तथा महानगरलाई आर्थिक भार पर्ने कारण जापान, वेलायत, क्यानडा, अमेरिका लगायत २५/२६ वटा विदेश भ्रमणका कार्यक्रम रद्द गरेको पनि जनाउनुभयो ।

कार्यक्रममा महानगरकी उपमेयर गीता सत्यालले मेयर महर्जन विदेश जाँदा आफुलाई अधिकार नदिएको भन्ने कुरामा सत्यता नरहेको वताउनुभयो । यस्तै, महानगरका सूचना अधिकारी रुद्र गौतमले महानगरले सञ्चार माध्यमलाई सूचना उपलब्ध नगराएको भन्नेमा सत्यता नरहेको दावी गर्दै सूचना सम्वन्धी कानुनी व्यवस्था अनुसार कुनै सूचना नलुकाइएको जनाउनुभयो ।