मेरो विदेश भ्रमणले महानगरपालिकालाई फाइदा नै भएको छ : चिरिबाबु

८ महिना अगाडि ७६१खबर डट कम संवाददाता

ललितपुर, ५ मंसिर : विदेश भ्रमणको विषयलाई लिएर ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन अहिले चर्चामा हुनुहुन्छ ।

मेयर भएपछि ११ औं पटक विदेश भ्रमणमा निस्किएका चिरिबाबुको विदेशमोह आलोचित हुनु भएको छ । दुई दिनअघि भियतनाम प्रस्थान गर्नुभएका महर्जनले आफ्नो विदेश भ्रमणले नगरपालिकालाई फाइदा नै पुगेको दाबी गर्नुभएको छ ।

महर्जनले भने आफूले अहिलेसम्म ७ वटामात्रै देशको भ्रमण गरेको दाबी गर्नुभएको छ । ‘श्रीलङ्का सिटी–नेट परिषदमा १३८ सदस्य हुन्छन्, जसमध्ये म १३ औं सदस्यमा निर्वाचित भएर आएको छु, त्यसले हाम्रो महानगरको विकासका लागि धेरै ठूलो सहयोग मिलेको छ,’ आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाइदा नै पुगेको उहाँको दाबी छ ।

संघीय, प्रादेशिक र स्थानीय सरकारले बिलासिता अपनायो नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘अरुले के गरे ? त्यो मलाई थाहा छैन्, मैले चढ्ने गाढी २४ वर्ष पुरानो छ, स्वयम् मैले नै तीनपटक धकेलेर गाडी चलाएको छु, मलाई र मेरो नेतृत्वमा रहेको महानगरको स्थानीय सरकारलाई यस्तो आरोपले छुँदैन, हामी विलासिताभन्दा टाढा छौं ।’