बाह्रबिसे नगरपालिकाद्वारा मध्यभोटेकोशी विरुद्व उजुरी

११ महिना अगाडि दिनेश दुलाल

सिन्धुपाल्चोक, ५ मंसिर - बाह्रबिसे नगरपालिकाले निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाले गरेको जनताका विरुद्व गरेको अन्याए तथा अनियमिताको विरुद्व नगरपालिकाले जिल्ला प्रशासन कार्यालय चौतारामा उजुरी दिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । बह्रविसे नगरपालिकाका मेयर शेर्पा सहितको टोलीले मध्य भोटेकोशी जलविद्युत आयोजनाका निर्देशक मणिराम काफ्ले, आयोजनाका कम्पनी सचिव टोमलाल सुवेदी, आयोजना प्रमुख सुनिलकुमार लामा र आयोजनाका डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई सहयोग गर्नका लागि मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधि समेत बनाएर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सरोकार समितिका संयोजकमा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा हुनुहुन्छ । सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दा पनि आयोजनाले प्रतिवद्धता पूरा गर्न बेवास्ता गरेको शेर्पाले बताउनुभयो । ‘मध्ये भोटेकोशीलाई स्थपना गर्न मैले कति योगदान गरे त्यो कुरा कुलमान घिसिङलाई पनि थाहा छ’, मेयर शेर्पाले भन्नुभयो, जसरी यो सुरुवात हुन नदिन कति धेरै विरोध भयो तर मेरै पहलमा सुरुवात भएको हो, अहिले नगरपालिका भित्र पर्ने आयोजनाले त्यहाँ भएका अनियमिता मैले टुलु टुलु हेरेर बस्नुपर्ने <’ उहाँले प्रतिप्रश्न गर्दै भने । आफु नगरमा नआउँदा पनि उक्त आयोजनाको सरोकार समितिमा रहेको उहाँले वताउनुभयो ।

अहिलेको मुख्य समस्या भनेको सुरुङबाट निकालेको माटो ढुङ्गा उचित व्यवस्था हुन नसकेको हो । उक्त सुरुङबाट निकालिको बस्तु जथाभावी फ्याकेको कारण जनताको घर र पुलमा समेत क्षति भएको जनाइएको छ । कर्मचारीलाई बस्नको लागी त्यतिको भवन बनापनि कर्मचारी सबै काठमाडौं भाडामा गएर बसेपछि त्यहाँ अस्तव्यस्त भएको बताउनुभयो । समस्याका बारेमा आफुले मन्त्रि मार्फत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत यो बारेमा कुरा गरे पनि कुनै सुनुवाई नभएको उहाले दुःखेसो पोख्नुभयो । ठेकेदारको ५२ करोड रुपैया मध्यभोटेकोशीले भुक्तानी दिनपर्नेमा नदिएको कारण कामले तिव्रता पाउन नसकेको समेत उहाँको आरोप छ । भुक्तानी दिन नचाहनुको कारण पाँचकरोड कमिशनको खेल भएको मेयर शेर्पाले आरोप लगाउनुभयो । यस्तो हुँदा आफुसंग अरु कुनै कारवाही गर्ने अधिकार नहुँदा प्रशासनमा उजुरी गर्न वाध्य भएको उहाँको भनाय छ ।

आयोजना प्रभावित साविकको गाति, मार्मिङ, मानेश्वाँरा सहित साविकको ५ गाविसमा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका कामहरु गर्ने प्रतिवद्धता आयोजनाले गरेको वताइएको छ । आयोजनाले गरेको प्रतिवद्धता अनुसार हालसम्म पनि बजेट नदिएको जनायउको छ । ‘आयोजनाले बजेट दिन्छ भनेर वडाले विकासका योजनाहरु अघि सारेका छन् तर आयोजनाले बजेट नै दिँदैन, हामीलाई काम गर्न नै समस्या भएको छ,’ मेयर शेर्पाले भन्नुभयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरेको बताउनुभयो । ‘स्थानीय सरकार र आयोजनाको बिचमा द्वन्द्व हुने अवस्था आयो, शान्ति सुरक्षा नबिग्रीयोस् भनेर प्रहरीलाई समेत भनेका छौं,’ प्रजिअ अधिकारीले भन्नुभयो, ‘छिटो दुवै पक्षलाई बोलाएर निकास निकाल्ने तयारी भइरहेको छ ।’
यस सन्दर्भमा आयोजना प्रमुख सुनिल लामा संग बुझ्दा बाह्रबिसे नगरपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्नु व्यवस्थापनको जिम्मा लिएको कन्सल्टेन्सीको कमजोरीको कारण भएको बताउनुभयो । ’उहाँहरुले उजुरी दिनु स्वभाविक छ किनकी धेरै भईसक्यो यस विषयमा कुरा भएको, मेयर ज्युले बोलाए पछि उहाँहरु (कन्सल्टेन्सी) जान पर्दथ्यो अटेर गर्दा यो स्थिति आयो‘, आयोजना प्रमुख लामाले भन्नुभयो ।