मेयर फोरममा भाग लिन मेयर महर्जन भियतनाम

८ महिना अगाडि ७६१खबर डट कम संवाददाता

ललितपुर, ४ मंसिर :अन्तर्राष्ट्रिय मेयर फोरममा भाग लिन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भियतनाम प्रस्थान गर्नुभएको छ ।

फोरमको कार्यसमिति सदस्यसमेत रहेका महर्जन फोरमको बैठकमा भाग लिन भियतनाम प्रस्थान गर्नुभएको हो । उहाँ श्रीलंकामा भएको फोरमको अधिवेशनबाट गत वर्ष नै कार्यसमिति सदस्य चयन हुनुभएको थियो ।

महानगरका प्रवक्ता राजु महर्जनले मेयर फोरमको बैठकमा भाग लिनमात्रै गएको स्पष्ट पार्नुभयो । मेयर भएपछि तारान्तार विदेश भ्रमणमा गइरहेको भन्ने आरोप लागिरहेकाबेला प्रवक्ता महर्जनले निजी भ्रमणमा नगएको दाबी गर्नुभयो ।

महर्जनको विदेश भ्रमणबारे सरकारको स्वीकृतिबारे भने महर्जनले अनविज्ञता प्रकट गर्नुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले महर्जनले विदेश भ्रमणको स्वीकृति लिए÷नलिएकोबारे आफू जानकार नभएको बताउनुभयो ।