इन्द्रावती गाउँपालिका- ८ का वडाध्यक्षको डुबेर मृत्यु

१० महिना अगाडि ७६१ खबर

सिन्धुपाल्चोक, १ मंसिर : इन्द्रावती गाउँपालिका-८का वडाध्यक्षको डुबेर मृत्यु भएको छ ।
वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको इन्द्रावती नदीमा डुबेर मृत्यु भएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । श्रेष्ठको होक्स दोभानमा डुबेको अवस्थामा शव फेला परेको थियो ।

६६ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव मुचुल्का गरेर पोस्टपार्टमका लागि पठाइएको छ ।