चिकित्सकको सल्लाहमै उपचारका लागि बैंकक गए : मुख्यमन्त्री राई

११ महिना अगाडि ७६१ खबर डटकम

विराटनगर, १ मंसिर - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफु चिकित्सकहको सल्लाहमै उपचारका लागि बैंकक हुँदै अमेरिका गएको प्रष्टिकरण दिएका छन् ।

मुख्यमन्त्री राइले आफ्नो विदेशमा भएको उपचारको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भैरहेको भन्दै त्यस्तो कुरामा सत्यता नरहेको प्रष्टीकरण दिएका हुन् ।



मन्त्री राइले विज्ञप्ति जारी गरेरनै सामाजिक सञ्जाल र सञ्चारमाध्यामहरुमा हल्ला भएजस्तो नभई पूर्वनिर्धारित कार्यक्रम अनुसारनै बैंककमा चिकित्सकले आफ्नो उपचारको रिपोर्ट दिन केही ढिला गरेको र सो समयमा अमेरिका गएको समेत स्पष्ट पारेका छन् ।

उनले आफ्नो घाँटीको पछाडिको भागमा दुई वर्षदेखि समस्या झेल्दै आएको र नेपालका सरकारी र निजी अस्पतालमा उपचार गराउँदा खास रोगको पहिचान गर्न नसकेपछि बैंककमा उपचार गर्न गएको दाबी गरेका छन् ।