सूर्यविनायक नगरपालिकाले शूरु गर्यो निशूल्क नक्सा पास सेवा

१० महिना अगाडि


भक्तपुर, १ मसिर :भक्तपुरको सूर्यविनायक नगरपालिकाले निशुल्क नक्सा पास सेवा शूरु गरेको छ । नगरपालिकाको नगर कार्यपालिकाले नगरपालिका क्षेत्रभित्र आवासीय भवनहरुको घरको नक्सा बनाउने र पाँच पटक सम्म पूर्ण सुपरभिजन निशुल्क रुपमा गर्ने निर्णय गरेअनुसार आजदेखि सो सेवा लागू गरिएको हो ।

नगरपालिकाले सो सेवा निशुल्क प्रदान गर्न भूकम्प प्रतिरोधात्मक प्रविधिमैत्री र भवन निर्माण संहिताको पूर्ण पालना गराउने भनी प्रस्ताव पेश गर्ने उपत्यका स्वतन्त्र निर्माण ब्यवसायी संघलाई स्वीकृत दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी तिमिम्सिनाले जानकारी गराउनुभयो । हेर्नुहोस बिज्ञप्ति जस्ताको तस्तै ;