बर्दिबास नगरपालिकाद्वारा अपाङ्गता कार्ड वितरण

१ वर्ष अगाडि ७६१ खबर डटकम

महोत्तरी, २९ कार्तिक । महोत्तरीको बर्दिबास नगरपालिकाले गाउँमै पुगेर अपाङ्गता कार्ड वितरण गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले पहिलो पटक अपाङ्गता परिचय पत्र वितरण गर्ने कामको थालनी गरेको पनि दावी गरेको छ।

विगतमा अन्य सरकारी कार्यालयले वितरण गर्ने यस्तो काम अहिले स्थानीय सरकारको मातहतमा छ । सोही कारण नगरपालिकाले घरघरमै पुगर अपाङ्गता व्यक्तिलाई कार्ड वितरण गर्दे आएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीका अनुसार अहिले घरघरमै सेवा प्रवाह भइरहेको छ । जस अन्र्तगत पूर्ण अशक्त अपाङ्गता
, रातो कार्ड, अति अशक्त अपाङ्गता निलो कार्ड, मध्यम अपाङ्गता पहेंलो र समान्य अपाङ्गता कार्ड सेतो कार्ड गरी चार प्रकारका अपाङ्गता कार्ड वितरण भइरहेको जनाइएको छ ।

रातो कार्डलाई २ हजार र निलो कार्डलाई ६ सय मासिक समाजिक सुरक्षा भत्ता प्रदान गर्ने छ। कार्ड पाउनेले आउँदो दोस्रो चौमासिकबाट उक्त भत्ता पाउने छन्। जनतालाई सहज सुविधा प्रदान गर्न यस्तो काम थालिएको जनाइएको छ ।