मदिरा नियन्त्रण गर्न कानून निर्माण गर्दै प्रदेश सरकार

८ महिना अगाडि ७६१ खबर डटकम

हेटौंडा, २९ कार्तिक - प्रदेश ३ सरकारले मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको थालनी गरेको छ । प्रदेश सरकार अन्र्तगतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको तयारी थालेको हो ।

प्रदेश सरकारले यसका लागि आवश्यक छलफल सुरु गरेको छ । सो मन्त्रालयले बुधबार अस्थायी राजधानी हेटौंडामा मकवानपुर, चिवतवन, धादिङ, नुवाकोट र सिन्धुलीका सरोकारवालाहसँग यस विषयमा आवश्यक छलफल गरेको हो ।

सो अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मदिरा बिक्री सम्वन्धी इजाजतमा वितरणमा कडाइ गरिने बताउनुभयो । मदिरा नियन्त्रणलाई पूर्ण ब्यवस्थित गर्न ऐन कार्यान्वयनसँगै स्थानीयहरुको सहयोग आवश्यक रहेको पनि मुख्यमन्त्री पौडेलको भनाइ छ ।


प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले दुई महिनाभित्र मदिरा नियन्त्रण सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयन चरणमा लगिने बताउनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मदिरा र मदिराको असर, मदिराको नकरात्मक असर, मदिरासँग सम्बन्धित विद्यमान ऐन, कानून, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश ३ सरकारले चालु आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रममा मदिराजन्य वस्तुको उत्पाद, बिक्री वितरण तथा सेवनमा कडाइ गर्ने जनाएको थियो । सरकारको यहि नीति अनाुसार अहिले आवश्यक काम थालिएको जनाइएको छ ।