सुदूरपश्चिम प्रदेशको नवनियुक्त मन्त्री सुवेदीद्वारा सपथ ग्रहण

७ महिना अगाडि ७६१ खबर

धनगढी, २७ कार्तिक - सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलबार दिउँसो सपथ लिनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा उनलाई सपथ गराउनु भएको हो ।

मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गर्नुभएको हो । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित हुनुभएको थियो ।