सुदूरपश्चिमका सामाजिक विकासमन्त्री पदबाट बर्खास्त

७ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं, २७ कार्तिक -सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।

सोडारीले सार्वजनिक आचरण अनुसार नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले मन्त्री पदबाट हटाइएको जनाइएको छ । तिहारको बेला सोडारीले चढ्ने गरेको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।

सोडारी तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष हुन । प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।