मेयर पराजुलीको छठ: ३ किलोमिटर घस्रेर नदि पुग्दै

७ महिना अगाडि ७६१ खबर डटकम

विराटनगर– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले घस्रेर नदि पुग्दै छठ ब्रतलाई निरन्तरता दिने हुनुभएको छ ।

पराजुलीका प्रेस संयोजक कौशल निरौलाका अनुसार पराजुलीले विधिपूर्वक छठ मनाउनुहुनेछ । उहाँ छठ माताको व्रत बसेर मेयर पराजुलीले दण्ड प्रणाम गर्दै सिंघीया नदीमा जाने कार्यक्रम छ ।

पराजुलीले दण्ड प्रणाम गर्दै खोला पुगेको यो सहित १५ औं पटक हो । करिव ३ किलो मिटरको दुरी सुतेर चिनो लगाउदै नदिस्थलसम्म पुग्नुपर्ने हुन्छ । यसपटक पोखरियास्थित शिव पाञ्चायन मन्दिरबाट मंगलबार दिउँसो साढे १२ बजेबाट दण्डप्रणाम गर्ने कार्यक्रम रहेको निरौलाले जानकारी दिनुभयो ।

गत वर्ष पनि उहाँले नगरवासीको शान्तिसुरक्षा, सुख र समृद्धिको कामना गर्दै मेयर पराजुली आफ्नो विराटनगर–३ स्थित निवासबाट १ किलोमिटर टाढा रहेको सिंघीया खोलाको घाटसम्म घस्रेर पुग्नुभएको थियो ।

पराजुलीले मेयर पदमा उम्मेदवारी दिँदा, भोट खसाल्दा, शपथग्रहण गर्दा र पदभार ग्रहण गर्दा पनि हिन्दू विधिअनुसार साइत हेरेरै मात्र गर्दै आउनुभएको छ । उहाँको बिहानको दैनिकी करिब २ घन्टा पूजापाठमा बित्ने गरेको छ ।