प्रदेश नम्वर ३ सरकारको वजेटको के हुन् प्राथमिकता ?

८ महिना अगाडि ७६१ खवर डटकम

काठमाडौं,कात्तीक २३ – सात प्रदेश मध्ये धेरैको चासो रहने र देशको राजधानी समेत समावेश रहेको प्रदेश ३ को विकासका लागि चालु आर्थिक बर्षमा ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि चालु तथा पुँजीगत खर्चका लागि यो वजेट विनियोजन गरेको हो । प्रदेश सरकारले यो आर्थिक बर्षमा चालुतर्फ १३ अर्व ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्व ७५ करोड ३० लाख ९ हजार अर्थात् ६१.०८ प्रतिशत बजेट विनियोजन गरेको हो ।



प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, राजस्व बाँडफाँटबाट ८ अर्व ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट प्राप्त १० अर्व ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड गरी कुल ३५ अर्ब ६१ करोड ५६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
सरकारले संघीय राज्य प्रणालीको मर्म र भावना बमोजिम स्थानीय तहलाई सबल र सुदृढ बनाउनको लागि अन्तर सरकारी हस्तान्तरणमार्फत एकसय १९ वटै स्थानीय तहमा विभिन्न अनुदानको शीर्षकमा पाँच अर्ब २८ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपाल सरकारले सशर्त अनुदानका रुपमा उपलब्ध गराएको १० अर्ब ६१ करोड ५६ लाख रुपैयाँलाई समेत आम्दानीको रुपमा लिएर सम्बन्धित मन्त्रालयहरुमार्फत खर्च गरिने गरी बजेट विनियोजन गरिएको छ ।

प्रदेश नम्बर ३ को समृद्धिको आधारको रुपमा रहेको पूर्वाधार विकास, सामाजिक आर्थिक विकास, पर्यटन, ऊर्जा र कृषिलाई उच्च प्राथमिकतामा छ ।