गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश : अधिवेशन सकियो, कार्यसमिति चयन भएन

९ महिना अगाडि ७६१ खबर डटकम

ताङतिङ, १७ कार्तिक - गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशन शनिबार सकिएको छ । तर, अधिवेशनले प्रदेश समितिको नयाँ कार्यसमिति भने चयन गर्न सकेन । कास्कीको मादी गाउँपालिका– २ स्थित पर्यटकीय ताङतिङमा भएको प्रथम अधिवेशन भएको थियो ।

प्रदेश समितिका संयोजकसमेत रहेका गोरखाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेलाई अध्यक्षमा चयन गर्ने तयारी भएपनि सत्ता पक्ष र प्रतिपक्षीय दलवीचको आन्तरिक विवादका कारण नयाँ कार्यसमिति चयन हुन सकेन । नयाँ नेतृत्व चयन नभएसँगै मादी घोषणा पत्र पनि जारी भएन ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमबीच शुक्रबार अधिवेशन उदघाटन गरेका थिए । अधिवेशनमा गण्डकी प्रदेशका ५८ वटा गाउँपालिकाबाट तीन तीन जना प्रतिनिधिकारुपमा सहभागी थिए । हरेक गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष र गाउँसभा सदस्यहरुमध्येबाट एक–एक जना गरी १७४ जना सहभागी रहेका हुन् ।