११ तस्बिरमा हेर्नुहोस् गाउँपालिका राष्ट्रिय महासंघको प्रथम गण्डकी अधिवेशन (फोटो फिचर)

८ महिना अगाडि ७६१ खबर डटकम

ताङतिङ, १७ कार्तिक -सिक्लेस नाम आन्तरिक र बाह्य पर्यटकका लागि नौलो नाम होइन । तर, सिक्लेसबाट भन्दाअघि नै पदमार्गबाट आउने पर्यटकको आकर्षणको केन्द्र ताङतिङ भने पछाडि परेको छ ।





कास्कीको मादी गाउँपालिका २ स्थित यही ताङतिङमा गाउँपालिका राष्टिय महासंघको गण्डकी प्रदेश अधिवेशन भइरहेको छ । २ सयभन्दा बढी सहभागीलई यही ताङतिङले दुई दिनदेखि आतिथ्यता दिइरहेको छ ।






सामूहिकरुपमा होमस्टे सञ्चालन गरिरहेका ताङतिङका गुरुङ समूदायले अतिथि र प्रतिनिधिहरुलाई दुई दिनसम्म खाने पिउने व्यवस्थामात्रै गरेनन्, साँझमा साँस्कृतिक कार्यक्रम गरेर आगन्तुकको मन जिते ।




गाउँ प्रवेश गरेदेखि नै १ हजार १ सय सयपत्रीको मालाले स्वागत गरेका स्थानीयले स्थानीय उत्पादनका खाना र खाजाको स्वाद चखाए । गण्डकी प्रदेशको सदरमुकाम पोखरादेखि २७ किमी उत्तरपूर्वमा रहेको ताङतिङ समुद्र सतहदेखि १६८५ मिटरमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ । ताङतिङ पुग्नलाई काहुँखोला, कसेरी, विजयपुर खोला, छाचोक हुँदै मादी खोला तर्नुपर्छ ।








यहाँको आकर्षण भनेको अन्नपूणै हिमाल र लमजुङ हिमाल नजिकैबाट देख्न सकिन्छ ।
ताङतिङ गाउँपारी नेपालकै ठूलो सुन्दर गुरुङ गाउँ सिक्लेस देखिन्छ ।