प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री स्थापित पदवाट बर्खास्त

८ महिना अगाडि ७६१ खबर डटकम

हेटौंडा १६ कार्तिक। प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट हटाईएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई मन्त्री पदवाट हटाएको जनाइएको छ ।

मुख्यमन्त्री पौडेल र स्थापितवीच मन्त्रिपरिषदको गत बुधबारको बैठकमा मन्त्रालयको काम कारवाहीलाई लिएर विवाद भएको थियो । स्थापितले सम्हालेको मन्त्रालयको कार्यसम्पादनका विषयमा विवाद भएपछि नै मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका जनाइएको छ ।