काठमाडौं, १२ कार्तिक -काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठेकदारकै कारण
महानगपालिकाले स्थानीयको गाली खानु परिरहेको बताएका छन् ।
हनुमानढोका नजिकैको कुमारीघर र
काष्ठमाण्डपकै आसपासमा रहेको माजु देवलको पुनर्निर्माणको थालनी गर्दै शाक्यले समयमै
काम सम्पन्न गर्न ठेकदारलाई निर्देशन समेत दिए ।
पुनर्निर्माणका लागि महानगरपालिकाले
चासो देखाएसँगै पुनर्निर्माणको कामले गति लिएको उनको भनाइ छ ।
मेयर शाक्यले माजु देवल धार्मिक
आस्थाको देवल भएकाले समयमै काम सक्नुपर्नेमा जोड दिए । काठमाडौँ महानगरपालिका भित्र
धेरै धार्मिक स्थल तथा सम्पदा रहेको र त्यसको संरक्षण र पुनर्निर्माणको दायित्व पनि
महानगरपालिकाकै रहेकोशाक्यलेबताए ।
माजु देवल पुनर्निर्माणका लागि
भ्याट र कन्टिजेन्सीबाहेक ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसा लागत अनुमान गरिएको
थियो ।
माजु देवल पुनर्निर्माणका लागि
प्राकृतिक सानु सुवाल जेभी (संयुक्त उपक्रम)ले दुई वर्षमा पूरा गर्ने गरी भ्याटबाहेक
५ करोड ४९ लाख ३५ हजार २०६ रुपैयाँ ९७ पैसामा ठेक्का लिएको छ ।