‘संघीय र प्रदेश सरकारले नगरपालिकालाई प्राथमिकता दिएनन्’

१ वर्ष अगाडि

- अशोक ब्याञ्जु श्रेष्ठ

मेयर, धूलिखेल नगरपालिका

अशोक ब्याञ्जु श्रेष्ठ धूलिखेल नगरपालिकाका मेयर हुन् । निर्वाचित भएलगत्तै संघीय सरकारबाट स्थानीय तहका अधिकार हस्तान्तरण गर्न लबिइङ गरेका श्रेष्ठ लगातार चर्चामा छन् । उनले आफ्नो नगरपालिकामात्रै होइन देशैभरका २७६ नगरपालिकाको नेतृत्व गरेका छन् । उनी हालै भएको नेपाल नगरपालिका संघको अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका छन् । २०४३ सालदेखि कम्युनिस्ट राजनीतिमा लागेका मेयर श्रेष्ठसँग ७६१खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश–
जिम्मेवारी बहन गरेको डेढ वर्षको अनुभव कस्तो रह्यो ?

उत्साहजनक ।

सुरुवाती कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

जनताको समीपमा काम गर्दा धेरै सन्तुष्टि महसुस गरेको छु ।

काम गर्ने जुन अपेक्षा गरेर जानुभएको थियो, ५ वर्षमा तपाईंले अघि सार्नुभएका योजनाहरु पूरा गर्न सहजरअसहज कस्तो महसुस गर्नुभएको छ ?

योजनाबद्ध कार्य थालनी गरेकोले आफुले घोषणा पत्रमा उल्लेख गरेका अधिकांश काम गर्न सकिन्छ भन्ने आत्मविश्वस छ । असहज होइन उत्साहका साथ काम अगाडि बढाउँदै छु ।

संघीय सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहका ठूला आयोजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?

संघीय सरकार र प्रदेश सरकारले नगरपालिकाको तोकिएको काम गर्छु भनेर प्राथमिकता दिएको पाइन ।

सेवा सुविधाका सन्दर्भमा कतिपय जनप्रतिनिधिहरु विवादमा तानिएका छन् । तपाईंले चाँही सेवासुविधाको व्यवस्थापन कसरी गर्नुभएको छ ?

निर्वाचित भएको एक बर्षसम्म कुनै पारिश्रमिक लिएनौं । प्रदेश सरकारले तोकेपछि मात्र हामीले लियौं । कुनै लोभ लालसा बिना काम गर्दै छु ।

विपक्षी राजनीतिक दल तथा कर्मचारी वृत्तसँग कसरी समन्वय गरिरहनुभएको छ ?

विपक्षी र कर्मचारीतन्त्रसँग समयानुकुल सल्लाह, समन्वय परामर्श गर्ने गरेका छौं ।

तपाईंको स्थानीय तहमा गरिहाल्नुपर्ने काम के के छन् ?

भु उपयोग योजना बनाउन पर्छ ।

तपाईंको स्थानीय तहमा मुख्य–मुख्य आर्थिक स्रोतहरु के के छन् ?

सम्पत्ति कर, पर्यटन कर, नक्सापास शुल्क, भ्याट र रोयल्टीबाट आउने रकम र वैदेशिक सहयोग मुख्य हो ।

विकास निर्माणका लागि नगरक्षेत्रमा गर्नुपर्ने कामहरु के/के छन् ?

खानेपानीको लागि मुख्य प्लानिङ गर्दैछौं।गरीबी निवारण, प्रदुषमुक्त नगर, साक्षर र आर्थिक आत्मनिर्भर नगरको कार्यसँगै सडक, स्वास्थ्य, कृषि र पर्यट क्षेत्रको विकास नै मूख्य काम हो ।
५ वर्षमा विकास र सेवाका क्षेत्रमा महत्वांकाक्षी योजनाहरु पनि छन् कि ?

एक घर एक धारा, सबैको परिवारमा एक रोजगार वा शिपयुक्त जनशक्ति निर्माण, हरियाली र प्रदुषणरहित, पहाडी सम्पदायुक्त सहर, कृषि उत्पादन र पर्यटकीय सभ्य नगर बनाउने, गाउँ÷नगर सम्बन्ध सुमधुर नगर मेरो उद्देश्य हो ।