प्रदेश सरकारद्वारा सुख्खा क्षेत्रका बासिन्दालाई राहात वितरण

१ वर्ष अगाडि ७६१ खबर डटकम

काठमाडौं, २८ असोज - एक नम्वर प्रदेश सरकारले पूर्वी पहाडी जिल्लाका सुख्खा क्षेत्रका बासिन्दालाई राहात वितरण थालेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकको निर्णय अनुसार राहात रकम वितरण सुरु भएको हो ।

प्रदेश सरकारले पूर्वी पहाडी जिल्ला पाँचर, तेह्थुम र धनकुटाका सुख्खा क्षेत्रका स्थानीयलाई राहात वितरण गरेको हो । ती क्षेत्रको प्रदेश सरकारले वनाएको विज्ञ टोलीले अध्ययन गरेको थियो । सो टोलीको प्रतिवेदनका आधारमा राहात वितरण गरिएको प्रदेश सरकारले जनाएको छ ।


सुक्खा पीडितका लागि पाँचथरको तुम्बेवा पालिकामा रहेका ७ सय ६९ घरपरिवारलाई २५ लाख ४५ हजार, त्यस्तै कुम्मायक पालिकामा ३ सय ११ घरपरिवारलाई १५ लाख ५५ हजार, तेह्रथुम छथर गाउँपालिका ८ सय ५४ घरपरिवारलाई ४५ लाख ७० हजार, म्याङलुङ नगरपालिकाका २ सय ५४ घर परिवारलाई १० लाख २० हजार, आठराई गाउँपालिकाका ४ सय ४६ घरपरिवारलाई २४ लाख ३० हजार, फेदपा गाउँपालिकाका ६ सय ३५ घर परिवारलाई ३१ लाख ७५ हजार, धनकुटाको चौबीसे गाउपालिकाका ५ सय ३१ घर परिवारलाई २६ लाख ५५ हजार राहात वितरण गरिने जनाइएको छ ।