प्रदेश नं. २ सरकारको वजेट २९ अर्ब ७८ करोड

९ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं,२५ असोज - प्रदेश नं. २ सरकारले गत आर्थिक बर्षको अन्त्यमाविनियोजन गरेको चालु आर्थिक बर्ष २०७५/०७६ को वजेट २९ अर्व ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ । चालु आव २०७५/०७६ को प्रदेश २ सरकारको नीति तथा कार्यक्रमलाई निरन्तरता दिन उक्त बजेट विनियोजन भएको हो ।

प्रदेश सरकारले चालु तर्फ १४ अर्व ९७ करोड ५६ लाख १३ हजार र पूँजीगत तर्फ १५ अर्व ३३ करोड १३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ ।

सरकारले पूर्वाधार विकासका लगि १ अर्ब २६ करोड रकम छुट्याएको छ । कृषिमा आत्मनिर्भर बनाउन ‘हर खेतमे पानी, हर हाथमे काम’ भन्ने नारासहित ५२ करोड बजेट विनियोजन गरेको छ । यस्तै युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ । अगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।

प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाए ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख विनियोजन गरिएको छ । मुख्यमन्त्री राहत र पुनस्र्थापना कोषमा १५ करोड, दलित शिक्षा र छात्रावास निर्माणको लागि ८ जिल्लामा ८ करोड रुपैयाँ छुट्याएको छ ।