ललितपुर महानगर : पूर्वाधार समितिले छनोट गरेका सडकमा ५० करोड खर्च

१ वर्ष अगाडि ७६१ खबर डटकम

काठमाडौं, २५ असोज -ललितपुर महानगरपालिकाले चालु आर्थिक बर्षमा भौतिक पूर्वाधार शिर्षक अन्र्तगत सडक निमार्णमा मात्र ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । महानगरले शहरी सडकमा कालोपत्रे सहित स्तरउन्नती गर्ने, वाटो फराकिलो पार्ने, ढल निमार्ण, ग्रावेल विछ्याउने लगायतका कामका लागि यो वजेट खर्च हुने जनाएको हो ।

महानगरले अहिले कुन कुन स्थानमा कति सडक स्तरउन्नती गर्ने, कति किलोमिटर वाटो पराकिलो पार्ने तथा कति कच्ची सडक वनाउने भन्ने निर्णय हुदै गरेको जनाएको छ । महानगरका सूचना अधिकारी रुद्रप्रसाद गौतमले पूर्वाधार समितिले छनोट गरेको योजनामा महानगरले विनियोजन गरेको वजेट खर्च हुने जानकारी दिए ।
‘महानगरको पूर्वाधार समितिले छनोट गरेका सडकमा अहिले विनियोजित वजेट खर्च हुन्छ’, गौतमले ७६१ खबरसँगको टेलिफोन कुराकानीमा भने, ‘महानगरले प्रति बर्ष २५ किलोमिटर सडक कालोपत्रे, स्तरउन्नती गर्ने, फराकिलो पार्ने जस्ता काम गर्ने योजना बनाएको छ ।’ उनका अनुसार यो वजेट मागको १० प्रतिशत मात्र रहेको बताए ।

खासगरि शहरी सडक कालोपत्रेमा महानगरले जोड दिएको छ । महानगरले चालु आर्थिक बर्षमा ४ अर्ब ७३ करोड बजेट विनियोजन गरेको
गौतमले जनाए। जसमा भौतिक पूर्वाधार क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको छ ।