कर्णालीको समग्र विकासमा सघाउन दाता सकारात्मक

१० महिना अगाडि ७६१ खबर डटकम

सुर्खेत, २४ असोज - कर्णालीको समग्र विकासका लागि प्राथमिकताका योजनामा लगानी गर्न दाताले सकारात्मकता देखाएका छन् । कर्णाली प्रदेश सरकार र वहुपक्षीय विकास साझेदारको वैठकमा लगानीकर्ताले सकारात्मकता देखाएका हुन् ।

विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, युरोपीएन युनियन, यूएनडीपीले कर्णालीको विकासमा सघाउन सकारात्मक भएका हुन् ।
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको बस्तुगत अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम र विकासका प्राथमिकताका क्षेत्रहरुको वारेमा दाताहरुलाई स्पष्ट गरेको बताउँदे त्यसमा उनीहरु सकारात्मक देखिएको जनाए ।

कणालीको समग्र विकासका लागि सडक, जलविद्युत, कृषि, पर्यटन, उद्योग, शिक्षा÷स्वास्थ्य र गरिबी निवारण लगायतका क्षेत्रमा दाताले सघाउने संकेत दिएका हुन् । साझेदार संस्थाहरुसंग थप छलफलका लागि प्रदेश सरकारले सम्पर्क व्यक्ति तोकेको छ । मन्त्री प्रकाश ज्वालालाई सरकारले सम्पर्क व्यक्ति तोकेको छ ।