साउन २३,सिन्धुपाल्चोक - नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उहाँका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।उहाँ लामो समयदेखि प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो । राससका अनुसार, उहाँको शव आजै गृहजिल्ला सिन्धुपाल्चोक बाह्रबिसे ल्याएर दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिनुभयो ।