फिचर

भारतको नया नक्साप्रति स्थानीय सरकार

कार्तिक, २८ भक्तपुर (सीमा विवाद) — भारतले आफ्नो नक्शामा दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको विषयले यतिबेला नेपालीहरु आक्रोसित छन् । कतिपय विद्यार्थीसंगठन, राजनैतिकदल लगायत सरोकारवाला समुहहरु सरकारलाई दबाब स्वरुप सडकमा उत्रिएर सर्वत्र विरोध गरिरहेका छन् ।


स्थानीय तहले छलफलबिनै योजना र बजेट तर्जुमा

कार्तिक १० ताप्लेजुङ (समस्या) — फुङलिङ नगरपालिकाले छलफल विना नै बजेट ल्याएको गुनासो आएको छ । यो आर्थिक वर्षमा स्थानीय तहको बजेट असार १० मा ल्यायो  ।


अनुसन्धानकर्ताको यस्तो निष्कर्षः हिमनदी बर्सेनि १ मिटरले घट्दै

भक्तपुर ७ कार्तिक (पर्यटन) — हिमाली क्षेत्रमा पछिल्लोपटक गरिएका अध्ययनहरूले हिमाल र हिमनदी पग्लिने क्रम बढेको देखाएको छ  । नेपालका पूर्वदेखि पश्चिमसम्मकै हिमनदीहरूको पग्लने गति बढिरहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ  ।


१० वर्षमा पनि पूरा भएन त्रियुगा नदीको पुल

कार्तिक ७ उदयपुर ,चौदण्डीगढी न.पा (सुस्तता) — चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीको पुल निर्माणमा ढिलाई भएको छ । १० वर्षअघि सुरु भएको पुल पटकपटक म्याद थप्दा पनि अधुरो रहेको हो  ।


मेवा बाटै मनग्य आम्दानी बिदेश किन ?

विराटनगर असोज २९ , मोरङका एक युवाले बेरोजगारी वढेको भन्दै हातमा शैक्षिक प्रमानपत्र बोकि रोजागारीको खोजिमा भौतारिने र पासपोर्ट बोकि बैदेशिक रोजगारीमा धाउनेहरुलाइ मेवा खेती बाट नै नयाँ पाठ सिकाएका छन् । पथरीशनिश्चरे नगरपालिका–२ कालापानीका रुद्रमणि न्यौपानेले मेवा खेती बाट नै मनग्य आम्दानी गरि उदाहरण बनेका हुन ।


मेयर–उपमेयरको विवादको एक महिनाः नगरपालिकाको काम ठप्प हुदाँ सेवाग्राहीले सिफारिस समेत पाएनन्

मोरङ,(उर्लाबारी) भदौ ३१उर्लाबारी नगरपालिका वडा नम्बर ७ का तिलक पौडेल भाइको नागरिकता बनाउनको लागि सिफारिस लिन नगरपालिकामा धाएको तेश्रो पटक भयो । तर नगरपालिकामा एक महिनादेखि कुनै पनि काम हुन सकेको छैन ।


स्थानीय सरकारको बजेटमा भद्रगोलः 'विकास बजेटबाट विलासी गाडी किन्नेदेखी कर्मचारीलाई पेन्सन र शिक्षकको तलबसम्म'

समय बदलियसंगै नेपालसम्म धेरै परिर्वतन भए पछिल्लो परिर्वन हो स्थानिय तहको निर्वाचन । स्थानियतहको निर्वाचन ताका सर्वसाधारणलाई छुट्टै उत्साह थियो ।


भद्रपुर नगरपालिकाद्वारा कृषि आधुनिकीकरणमा जोड, ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्दै

भक्तपुर, ३ साउन – झापाको भद्रपुर नगरपालिकाले नगरभित्र ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार कृषि क्षेत्रको विकासकका लागि कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षाका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने, नगरभित्र रहेका व्यावसायिक कृषि पेशामा संलग्न व्यक्ति, फर्म, कृषक समूह, कृषि उद्यमी, व्यावसायिक संघ–संगठन सूचीकृत गर्ने नीति अवलम्वन गरेको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


नेचासल्यान गाउँपालिकामा जनप्रतिनिधिको दुईबर्ष : पूर्वाधार, कृषि, उर्जा र पर्यटन विकासमा हुँदैछ संघर्ष

भक्तपुर - प्रदेश नम्वर एकको सोलुखुम्बुस्थित नेचासल्यान गाउँपालिका अहिले भौतिक पूर्वाधार, कृषि, उर्जा र पर्यटनको विकासमा तिव्र रुपमा जुटिरहेको छ । दुई बर्षअघि नयाँ संरचना अनुसार सम्पन्न स्थानीय तहको निर्वाचनपछि जननिर्वाचित प्रतिनिधि आएसँगै अहिले लामो समय जनप्रतिनिधि विहीन हुँदा विकासमा सृजना भएको अवरोधलाई चिर्दै गाउँपालिकाको विकासले समेत तिव्रता पाएको हो ।


सूर्योदय नगरपालिकामा जनप्रतिनिधिको दुई बर्ष अवधि : कृषि, पर्यटन र शिक्षामा नमुना कामको थालनी

भक्तपुर, २९ असार -एक नम्वर प्रदेशको इलामस्थित सूर्योदय नगरपालिका यतिवेला नगरमा आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, पर्यटकीय एवं कृषि क्षेत्रको तिव्र विकास गर्दै व्यवस्थित र आधुनिक नगर विकास योजनामा अगाडि बढीरहेको छ । पूर्वकै सुन्दर र अथाह पर्यटकीय स्थान रहेको यो नगरमा रण बहादुर राई नगर प्रमुख र दुर्गादेवी भट्टराई उपप्रमुख सहित निर्वाचित जनप्रतिनिधि आएसँगै नगरको विकास योजनाले पनि द्रुत गति लिएको हो ।


महिला अध्यक्ष भएको कमल गाउँपालिका : शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई दिदैछ प्राथमिकता

भक्तपुर, २३ असार - देशका ७५३ स्थानीय तहमध्ये प्रदेश एकको झापास्थित एउटा स्थानीय तह, जहाँ महिलाको नेतृत्व छ । महिलाको नेतृत्वमा रहेको त्यो स्थानीय तह हो, झापाको कमल गाउँपालिका ।


देशका ७ प्रदेशका ७ स्थानीय तह प्रमुखको यसरी वित्यो ‘शनिबार’

भक्तपुर - मुलुक नयाँ संरचनामा गइसकेपछि अहिले एउटा संघीय, ७ वटा प्रदेश र ७५३ स्थानीय सरकार बनेका छन् । केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य गर्दै सिंहदरवारको अधिकार स्थानीय तहमा पुर्याउने घोषणा सहित बनेका यी सरकार र तीनको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले जनस्तरमा के कस्ता काम गरिरहेका छन् भन्ने सबैमा चासो हुने गरेको छ ।


मोरङको मिक्लाजुङ गाउँपालिका : कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई दिदैछ प्राथमिकता

भक्तपुर - मुलुक नयाँ संरचनामा गएपछि बनेका ७५३ स्थानीय तहमध्ये धेरैले अहिले पनि आफ्ना योजना र लक्ष्य अनुसार विकासका काम गर्न सकिरहेका छैनन् । स्थानीय तहमा निर्वाचित कतिपय जनप्रतिनिधिले यो दुई बर्ष अवधि सिकाइकै रुपमा वितारहेका छन् ।


प्रदेश सरकारको कूल बजेट २ खर्ब ५९ अर्ब ५१ करोड : ३ नम्वरको सबै भन्दाधेरै, सुदूरपश्चिमको सबै भन्दाकम (सूची सहित)

भक्तपुर, २ असार - मुलुकको नयाँ संरचना अनुसार बनेका ७ वटा प्रदेश सरकारले आईतबार एकै दिन आर्थिक बर्ष ०७६/७७ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले हरेक बर्षको असार १ गते नै बजेट ल्याउनुपर्ने वाध्यकारी व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आफ्नो कार्यकालको दोस्रो बजेट सार्बजनिक गरेका हुन् ।


झापाका स्थानीय तहबाट हुवाहुरी पीडितलाई २३ लाख

भद्रपुर : झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख, गाउँपालिकाहरुबाट एक–एक लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।


प्रदेशलाई समृद्ध बनाउने अभियानमा क्रियाशील छौ : मुख्यमन्त्री राई

धनकुटा - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनको आज धनकुटामा उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ अलैँचीको कूल उत्पादनको ८६ प्रतिशत उत्पादन गर्ने क्षेत्र भएकोले यसलाई व्यवस्थित गर्नका लागि आवश्यक नीति बनाएर अगाडि बढ्न सरकार तयार छ भन्नुभयो ।


पट्टेरघारीको बदलिदो परिचयः बेलका नगरपालिकाका मेयरले ल्याएको बहार

उदयपुर (बेलका)- जिल्लाको पूर्वी भेगमा पर्ने बेलका नगरपालिकाले प्रविधी र यान्त्रिकरण मार्फत कृषिलाई आधुनिकीकरण गर्ने अभियान सुरु गरेको छ । सरकारको नीतिलाई पछ्याउदै जमिनको खण्डिकरण रोक्ने र चक्लाबन्दी मार्फत खेतीपातीलाई बृह्त बनाउने नगरपालिकाको योजना छ ।


प्रधानमन्त्री ओलीले गरे आगामी वर्ष बृद्धभत्ता बढाउने घोषणा

सुनसरी -प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो बर्ष बृद्धभत्तावढाउने घोषणा गर्नुभएको छ । गृहनगर झापाको दमकमा पाँच दिने प्रदेशस्तरीय वृहत बाल महोत्सवको उद्घाटन गर्नुहुदै उहाँले आगामी जेठ १५ गतेको बजेट भाषणबाट बृद्धभत्ता बृद्धि हुने घोषणा गर्नुभएको हो ।


याङवरको दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

रवीन्द्र काफ्ले /फिदिमयाङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ ।


विपन्न दिदीभाइको उपचारमा बेलबारी नगरपालिकाको चासो

मोरङको बेलवारी ११ मा स्वास्थ्य शिविरको कार्यक्रम थियो । स्थानीय शिक्षक देवीप्रसाद पोखरेलले हात समाएर डोहोर्‍ याइरहेको एक जना बालकको अवस्था देख्दा उपमेयर ढाका पराजुलीलाई अचम्म लाग्यो ।


धरान उपमहानगरको विकास योजना : बहुसाँस्कृतिक, आवासीय समृद्ध शहर निमार्णमा प्राथमिकता

धरान - ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यपारिक पूर्वाधार : बहुसाँस्कृतिक, आवासीय समृद्ध शहर’ को दुरदृष्टि अनुसार सामाजिक तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुन्दर नगरी धरानलाई शैक्षिक, आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउने नीति अनुसार धरान उपमहानगरपालिकाले अहिले आफ्ना विकास योजना अघि बढाइरहेको छ । लामो समयसम्म निर्वाचित जनप्रतिनिधिको अभावमा विकासका कामले गति लिन नसकिरहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि आएसँगै अहिले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उपमहानगरका काम केन्द्रित छन् ।


विराटनगर महानगरको विकास रणनीति : भौतिक पूर्वाधार निमार्णमा अर्बौ लगानी

विराटनगर - प्रदेश नम्वर एकको अस्थायी राजधानी समेत रहेको विराटनगर महानगरपालिकाले सुशासन, लैङ्गिकमैत्री, एवं सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य, कृषि, वातावरणमैत्री, विपत् व्यवस्थापन तथा गरिवि निवारणलाई प्रमुख आधार वनाएर ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ को दिर्घकालिन योजना अघि वढाईरहेको छ । लामो समयसम्म जननिर्वाचित प्रतिनिधिविहीन भएको महानगरमा निर्वाचित जनप्रतिनिधि आएसँगै समग्र महानगरको आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रको विकासमा नै महानगर तल्लिन देखिएको हो ।


न्याय सम्पादनमा यस्ता छन् न्यायीक समिति संयोजकका समस्या

काठमाडौं, १५ कार्तिक -मुलुकको नयाँ संरचना अनुसार ७५३ स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीलाई कानुनी रुपमा थुप्रै जिम्मेवारी तोकिएको छ । खासगरि, स्थानीय तहमा निर्वाचित उपप्रमुखहरु न्यायीक समितिको संयोजक समेत हुने व्यवस्था छ ।


यस्तो छ गाउँपालिकाका महासंघका संयोजकहरुको दसैं कार्यक्रम

७६१ खबर डट कमले नेपालीहरुको महान चाड दसैंका अवसरमा जनप्रतिनिधिहरुको दसैंबारे चासो राखेको थियो । स्थानीय सरकारको नेतृत्व पाएका जनप्रतिनिधिहरुले दसैंलाई कत्तिको खर्चिलो बनाउँछन्, जनताको कामको व्यवस्थापन कसरी गर्छन् भन्ने चासो हुनु स्वभाविक हो ।


होर्डिङ बोर्ड हटाउँदै मेचीनगर नगरपालिका

मेचीनगर, ९ भदौ । मेचीनगर नगरपालिकाले शुक्रबारदेखि पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री हटाउन थालेको छ ।


प्रदेश नं १ कै ठूलो बसपार्क असोजबाट सञ्चालनमा आउने

गाईघाट, ९ भदौ । उदयपुर जिल्लाको- त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा नि-र्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ ।


बुबाआमाको स्मृतिमा स्वास्थ्यचौकी भवन निर्माण

म्याङलुङ, ७ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिका ७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ ।


नेचासल्यानमा सम्पूर्ण जानकारी समावेश भएको वडा पत्र

नेचासल्यान, ७ भदौ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आम नागरिकलाई सुसुचित गराउँदै आफ्नो गाउँपालिका अन्र्तगतका सम्पूर्ण जानकारी समावेश भएको वडा पत्र राखेको छ ।


असोज १५ गतेसम्म गोलिया निकासी गर्न प्रतिबन्ध

इलाम,६ भदौ । इलामको माईजोगमाई गाउँपालिकाले आजदेखि आगामी असोज १५ गतेसम्म सो गाउँपालिकाबाट गोलिया निकासी गर्न प्रतिबन्ध लगाएको छ ।


गाउँपालिकाको सबै वडामा इन्टरनेट

खोटाङ, ६ भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ ।


शौचालय नहुँदा समस्या

ताप्लेजुङ, ६ भदौ । ताप्लेजुङ जिल्लाको सदरमुकाममै सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ ।


नांगीनमा ‘नमूना’ आयोजना

फिदिम,६ भदौ । फिदिम नगरपालिका वडा नं. ११ नांगीनमा ‘नमूना’ आयोजनाको रुपमा सडक र सिंचाईलाई एकै आयोजनामा समाहित गरेर काम अघि बढाइएको छ ।


जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लियो

इनरुवा, ६ भदौ । सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ ।