समाचार

गाउँपालिकाद्धारा अस्पताल सञ्चालन

भक्तपुर, ११ फागुन - अस्पताल सञ्चालन (सानीभेरी गाउँपालिका ) रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नं. ७ छोटेबगरमा अस्पताल सञ्चालनमा ल्याएको हो ।


कर्णालीमा विकास खर्च निराशाजनक

भक्तपुर, ११ फागुन - विकास खर्च (कर्णाली प्रदेश)कर्णालीमा प्रदेश सरकारको बजेट खर्च निराशाजनक रहेको छ । चालु आर्थिक वर्षको २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार पुँजीगत अर्थात् विकास बजेटमध्ये ७ महिनामा जम्मा ७० करोड मात्रै खर्च भएको छ ।


भेरीगंगाका प्राविधिक चित्र २ लाख घुससहित अख्तियारको फन्दामा

भक्तपुर, ९ फागुन - घुस (भेरीगंगा नगरपालिका) अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाका प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाको वडा नम्बर १० मदानेचौरस्थित किराना पसल अगाडिबाट केसीलाई नियन्त्रणमा लिइएको अख्तियार सुर्खेतका प्रमुख शेषनारायण पौडेलले जानकारी दिए ।


प्रांगारिक प्रदेश बनाउन कृषिमा जागरण आवश्यक

भक्तपुर, ९ फागुन - कृषिमा जागरण (कर्णाली प्रदेश) प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ मा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले कर्णालीलाई पूर्ण जैविक बनाउन कृषिमा आम जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ मा भाग लिँदै सहभागीहरुले कर्णालीलाई पूर्ण जैविक बनाउन आम नागरिकमा जागरण अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गनुृभयो ।


मान्छे हेरेर गाडी भाडा निर्धारण !

फागुन ९, खलङ्गा - सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् । जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।


कर्णाली सरकारका दुई वर्षः सामाजिक कार्यमा उपलब्धी, बजेट खर्च निराशाजनक

भक्तपुर, ३ फागुन -संघीय संरचना अनुसार कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।