समाचार

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न गण्डकी सरकारको निर्देशन

चैत २४,काठमाडौं - गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको बहानामा उपचार नगरी बिरामी फर्काउने र तत्काल उपचार नगर्ने अस्पताल, संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफूकहाँ आउने सबै बिरामीलाई उपचार नगरे संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानुनअन्तर्गत कारबाही गर्ने निर्णय सरकारले गरेको हो ।


कास्कीमा भेटिए सातौं कोरोना संक्रमित (दुखद)

चैत २१ , काठमाडौं - नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।


पत्रकार महासंघको विज्ञप्ती विवादमा, केन्द्रीय सदस्य सिन्हाले आपत्ति जनाइन्

चैत्र २१,काठमाडौं– नेपाल पत्रकार महासंघको विज्ञप्ती विवादमा परेको छ । महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीप्रति केन्द्रीय सदस्य स्वेता सिन्हाले असन्तुष्टि जनाएकी छन् ।


कोरोना भाइरस रोकथाम : समानान्तर संयन्त्रले गन्‍जागोल

चैत्र २१,काठमाडौँ — कोरोना भाइरस९कोभिड–१९० को संक्रमण रोक्न यतिबेला सरकारी निकायहरु दिनरात सक्रिय छन् । सरकारले फागुन १८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेर कोरोनाविरुद्ध क्रियाशील बनाएको थियो ।


सातै प्रदेशमा कोरोनाको नमुना परीक्षण सुरु, अब नमुना काठमाडौं ल्याउनु नपर्ने

सातै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । चैत १९,काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमध्ये अधिकांशबाट परीक्षण सुरु भइसकेको र बाँकीको बुधबार बेलुकाबाट सुरु हुने जनाएको हो ।


नेपाल–भारत सहमति जो जहाँ छन् त्यहीँ व्यवस्थापन

चैत १९,काठमाडौँ - नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ ।


बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण : संक्रमित सख्या पाँच पुग्यो

चैत १५, काठमाडौं - बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।


कोरोना रोकथाममा गाउँपालिकाको सक्रियता, २९ जना क्वारेन्टाइनमा, नि:शुल्क एम्बुलेन्स

चैत १५,(रुपा गाउँपालिका)-पोखरा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला ।


कोरोना संक्रमित किशोरीसँगै आएका युवा घरमै, आइसोलेसनमा राख्ने तयारी

चैत ११,बागलुङ - नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ । गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए देखिएको सोमबार सार्वजनिक भएको थियो ।


बन्दीपुर गाउँपालिकाले दियो व्यावसायिक करमा पचास प्रतिशत छुट

भक्तपुर, ९ चैत -कोभिड–१९ को जोखिमको असर व्यवसायमा असर परेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । व्यापार व्यवसाय ठप्प भएपछि गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ का लागि सो छुट दिने निर्णय गरेको हो ।


गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषिगाउँ’ बन्ने

भक्तपुर, ६ चैत-गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषिगाउँ’ बनाउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषिगाउँ’ बनाउने भएको हो ।


कालोबजारीबारे जनता आफैँ सचेत हुनुपर्छ : मन्त्री भट्ट

भक्तपुर, ३ चैत -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महङ्गी र कालोबजारी बारे सम्बन्धित निकायले अनुगमन गरेर दोषीउपर कारवाही गर्ने बताए ।


कृषिको विकासका लागि कृषिमन्त्री भुसाल र प्रदेश मन्त्रीहरुबीच पाँच बुँदे समझदारी

भक्तपुर, २७ भक्तपुर -सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको हो ।


गण्डकी सरकारले गर्‍यो ३ नियुक्ति

फागुन,२४ पोखरा - गण्डकी प्रदेश सरकारले गठन गरेको ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को २२ फागुनको बैठकले गुरुङलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए ।


जनप्रतिनिधि र कर्मचारी चढेको जिप दुर्घटना, वडा सचिवको मृत्यु

भक्तपुर, २२ फागुन -अपांगता परिचयपत्र वितरण गर्न गोरखाको धार्चे गाउँपालिकाको काशीगाउँ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जनप्रतिनिधि र कर्मचारी चढेको बा १ च ५५०५ नम्बरको जिप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको मृत्यु भएको हो ।


विज्ञान तथा प्रविधि कानुन ल्याउने गण्डकी पहिलो प्रदेश

भक्तपुर, २० फागुन- गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन सम्बन्धी कानुन सातै प्रदेशमध्ये गण्डकीले पहिले ल्याएको छ । यद्यपि यो विधेयक पारित भइसकेको छैन ।


मगर दिवस मनाउन गाउँपालिकाले दियो बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । गत मंगलबार बसेको गाउँकार्यपालिका बैठकले फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष

भक्तपुर, १४ फागुन-सरकारले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी महिला सशक्तिकरण महाशाखा प्रमुख मनमाया पङ्गेनीले यसबारे जानकारी गराएकी हुन् ।


औधागिकीकरणमा पछि सर्दै गण्डकी प्रदेश

भक्तपुर, १३ फागुन -गण्डकी प्रदेश औधागिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औधागिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता अध्ययन शुरु गरेको हो ।


धार्मिक पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप

भक्तपुर, १३ फागुन -सुन्दर नगरी पोखराको प्रमुख विशेषताका रुपमा ताल तलैया मात्र नभएर धार्मिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ । फेवा तालको तालबाराही, महेन्द्र गुफा, विन्दुवासिनी मन्दिर लगायत विश्व शान्ति स्तुप पनि धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।


गाउँपालिकाले ल्यायो सुत्केरीका लागी ‘माइतीको कोसेली’ कार्यक्रम

भक्तपुर, ३ फागुन -‘माइतीको कोसेली’ कार्यक्रम(अजिरकोट गाउँपालिका)गोरखा अजिरकोट गाउँपालिकाले गर्भवती र सुत्केरीलाई ‘माइतीको कोसेली’ कार्यक्रम सुरु गरेको छ । प्रसूतिअघि नियमित गर्भ जाँच र प्रसूति केन्द्रमा बच्चा जन्माउने दर बढाउने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।