समाचार

नागरिकको जीवनस्तर सुधार गर्न सामाजिक सुरक्षाः मन्त्री बिष्ट

भक्तपुर, १ मङसिर (सामाजिक सुरक्षा)-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सबैलाई आहृवान गर्नुभएको छ । मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको सो योजनालाई सार्थक बनाउन सम्बन्धित सबै पक्षले साझा प्रयास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।


प्रदेश ३ को लोकसेवा आयोग अध्यक्षमा श्रेष्ठ सिफारिस

कार्तिक, २९ भक्तपुर (सिफारिस) – प्रदेश ३ सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा पूर्व सचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । केही समयअगाडि प्रदेश ३ को संसदबाट प्रदेश लोक सेवा आयोगको गठनसम्वन्धी कानुन पारित भएपछि आयोगको अध्यक्ष र सदस्यमा नियुक्त गर्ने बाटो खुलेको थियो ।


स्वास्थ्यमा सचेत भक्तपुर नगरः सबै वडामा निःशुल्क जिमखाना, बदलियो दैनिकी

२९ कात्तिक, भक्तपुर (कसरत) –भक्तपुरका सबै वडामा निःशुल्क जिमखाना संञ्चालन भएपछि स्थानीयवासी खुसी छन् नगरले स्वास्थ्य नै महत्वपुर्ण विषय भएको ठहर गर्दै जिमखानाको को योजना ल्याइएको हो । जनप्रतिनिधिहरु निर्वा्चित भएर आएलगत्तै भक्तपुर नगरपालिकाले नगरवासीलाई पूरा गर्न नसकिने ठुल्ठूला सपना देखाउनुभन्दा शिक्षा, स्वास्थ्य, संस्कृतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजनाहरु लागू गरेको मेयर सुनिल प्रजापतिले बताउनुभयो ।


गाउँपालिका उपाध्यक्ष धरौटीमा रिहा

भक्तपुर २९ कार्तिक (रिहा) — गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्कीसहित रकम असुल्न खोजेको अभियोगमा पक्राउ परेकी रामेछापको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक दीपशिखा दाहाललाई काठमाडौं जिल्ला अदालतले ६ लाख ५० हजार धरौटीमा छाडेको छ । जिल्ला सरकारी वकिल कार्यालयमार्फत् मुद्दा दायर भएपछि सम्पर्क बाहिर रहेकी दाहाल बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएकी थिइन् ।


गाउँपालिकाले नै किनबेच गर्दै किसानबाट उत्पादित कृषि उपज

सिन्धुली, २८ कार्तिक सुनकोसी गा.पा.(लक्ष्य) – सिन्धुलीको सुनकोसी गाउँपालिकाले सुनकोसी कृषि उपज संकलन केन्द्र स्थापना गरेर गाउँपालिकाभरका किसानले उत्पादन गरेको कृषि उपज खरिद गरी बजारमा बिक्री वितरण गर्ने भएको छ । गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपज सोझै खरिद गरी बजारसम्म पुर्‍याउने भएको हो ।


नगरवासी आक्रोशितः सडक विस्तार अलपत्र पार्ने निर्माण व्यवसायीको फोटो पोलमा

कार्तिक २८ भक्तपुर (बिरोध) —नगरकोटका बासिन्दाले निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन् । सडक विस्तार अलपत्र पारिएपछि उनीहरुले दबाब स्वरुप यस्तो गरेका हुन् ।


१०१ स्थानीय तहमा खटाइए ९३ नर्स

कार्तिक २८,हेटौँडा - आर्थिक वर्ष ०७५/०७६ मा नमुना योजनाका रूपमा अघि बढाइएको ‘एक विद्यालय, एक स्टाफनर्स’ कार्यक्रमलाई प्रदेश ३ सरकारले चालू आर्थिक वर्षदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ  । सामाजिक विकास मन्त्रालयले अघि सारेको कार्यक्रम गत आर्थिक वर्ष नमुना योजनाका रूपमा २० विद्यालयमा मात्र कार्यान्वयनमा ल्याइएको थियो  ।


स्थानीय तह र प्रदेशमा नगए कर्मचारीको बढुवा रोकिने

भक्तपुर, २८ कार्तिक (कर्मचारीतन्त्र) -सरकारले स्थानीय तह वा प्रदेशमा काम नगर्ने निजामती कर्मचारीको बढुवा नै नहुने गरी कानून ल्याउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवासबन्धी विधेयकमा यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।


भिजिट नेपाल २०२० : पर्यटकको मुख्य प्रवेशद्वार ‘प्रदेश ३’ को तयारी के ?

काठमाडौँ । भिजिट नेपाल २०२० को समय नजिकिएको छ ।


महानगरको ‘पिक एण्ड ड्रप’कार्यक्रमः प्रभावकारीता न्यून,समस्या उस्तै

कात्तिक, २७ भक्तपुर (समस्या) — काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने भन्दै टुँडिखेल आसपासका क्षेत्रबाट गत पुस १ गतेदेखि यो कार्यक्रम सुरु गरेको हो ।


स्थानीय तहका लागि आज मनोनयनपत्र दर्ता हुँदै

भक्तपुर, २७ कार्तिक (उपनिर्वाचन) -आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।


चिसोयाममा हिमपात भारीः रसुवामा सुरक्षा पूर्वतयारी

कार्तिक, २६ रसुवा (सुरक्षा) – हिमपात बाट जोखिम बढ्न सक्ने भन्दै रसुवाका विभिन्न स्थानीय तहमा बढ्न सक्ने जोखिम न्युनिकरण सम्बन्धि पुर्वतयारी बारे छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले सरोकारवाला निकायसँग छलफल गरेको हो ।


कान्ति अस्पताल र महानगरपालिकाबीच अक्सिजन प्लान्ट जडान गर्न सम्झौता

कार्तिक २४ भक्तपुर (स्वास्थ्य) – कान्ति बाल अस्पताल र काठमाडौँ महानगरपालिकाबीच अक्सिजन प्लान्ट जडान गर्नेका लागि सम्झौता भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच अस्पतालका निर्देशक डा आरपी बिच्छा र महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


लगानी सम्मेलन आयोजना गर्ने पाँचखाल नगरपालिकाको तयारी

कार्तिक २२, काभ्रेपलाञ्चोक (सम्मेलन) — पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । नगरले पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो ।


प्रदेश ३ सरकारः ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सबै तहमा विस्तार

कार्तिक २२ हेटौंडा (कार्यन्वयन) — प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सबै स्थानीय तहमा विस्तार गरेको छ  । सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गत आर्थिक वर्षमा नमुनाको रूपमा सञ्चालन गरेको कार्यक्रम चालू आवमा प्रदेशका सबै स्थानीय तहमा पुयाएको हो  ।


ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण

भक्तपुर,२१ कार्तिक (सुविधा) –काठ्माण्डौको चन्द्रागिरि नगरपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो ।


बनेपाको फोहोर व्यवस्थापन विवाद चर्कंदै

कार्तिक, २१ बनेपा (विवाद) – बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन विवाद चर्कंदै गएको छ  । सहमति खोज्न बुधबार बोलाइएको बैठक सबैभन्दा ठूलो दल नेकपाले बहिष्कार गरेको छ  ।


बजेट नदिँदा सुकुटे–ठोकर्पा–भञ्ज्याङ सडक अलपत्र

भक्तपुर, २१ कार्तिक (समस्या) -सङ्घीय सरकारले ठेक्का गरेको १० किमी सडक प्रदेश सरकारअन्तर्गत गएपछि बजेट अभावमा काम अलपत्र बनेको छ । दुई वर्षअघि सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का गरेको सुकुटे–ठोकर्पा–भञ्ज्याङ सडक प्रादेशिक संरचनाअनुसार प्रादेशिक सडक डिभिजन कार्यालयअन्तर्गत परेको थियो ।


काठमाडौं महानगरपालिकामा नयाँ विद्यालय खोल्न नपाइने

भक्तपुर, २१ कार्तिक -काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो ।


उपनिर्वाचनको तयारी पूरा : प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको मनोनयन आज

भक्तपुर, २१ कार्तिक (उपनिर्वाचन)- निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए ।


महंगो गाडी चढने तर उत्पादन नगर्ने मानसिकता रहँदासम्म मुलुकमा व्यापार घाटा भइरहन्छ : मन्त्री यादव

कार्तिक २० - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने उनले बताए ।


नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित छैन - निर्वाचन आयोग

कार्तिक २० - निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ती तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाइने भनेर निर्वाचन आचारसंहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचारसंहिता नलाग्ने बताए ।


तामाकोशी गाउँपालिकाः न्यायिक समिति मार्फत ५० विवाद किनारा

दोलखा,२० कार्तिक तामाकोशी गाउँपालिका (न्याय) –दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गत न्यायिक समिति मार्फत गत आव मा ५० वटा विवाद टुंगीएका छन् । क्षेत्राधिकार भित्र रहेर स्थानीय न्यायिक समितिमा आउने गरेका विवाद लाई कतिपय मेलमिलाप र कतिपय लाइ फैसलाकै माध्यमबाट किनारा लगाईको हो ।


चाँगुनारायण नगरपालिकाद्धारा हरिबोधनी एकादशीमा सार्वजनिक बिदा

भक्तपुर, २० कार्तिक (बिदा )-चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ ।


वातावरणमैत्री इँटा उद्योग बनाउन नगरपालिकाको आग्रह

काभ्रेपलाञ्चोक,१९ कार्तिक पाँचखाल न.पा.(आग्रह) -पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो ।


सात प्रदेशका प्रदेश प्रमुख

भक्तपुर, १९ कार्तिक (जनचेतना) -राष्ट्रपतिले पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि सरकारले नेकपाको सक्रिय राजनीति गरिरहेका व्यक्तिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।


आकाशे पुलको बजेट चार वर्षदेखि फ्रिज

कार्तिक १८ भक्तपुर (बजेट फ्रिज) — काठमाडौं महानगरपालिकामा पैदल यात्रुको चाप बढी हुने स्थानमा आकाशे पुल बनाउन छुट्याइएको बजेट चार वर्षदेखि फ्रिज हुँदै आएको छ  । आर्थिक वर्ष ०७१ ७२ देखि ०७५ / ७६ सम्म करिब १७ करोड ६४ लाख ६३ हजार ७ सय १९ रुपैयाँ फ्रिज भएको हो   ।


न्युरोड व्यवस्थित बनाउदै महानगरः यस्ता छन योजनाहरु

कार्तिक १८ भक्तपुर (सुधार) — काठमाडौं महानगरपालिकाले न्युरोडलाई व्यवस्थित बनाउने योजना अघि सारेको छ । न्युरोडको इतिहास र अहिलेको बजारीकरणलाई ध्यान दिँदै यस्तो योजना ल्याइएको हो ।


इन्द्रावती गाउँपालिका : अर्ग्यानिक कृषि अभियान शुरू

भक्तपुर, १७ कार्तिक (कृषि अभियान) - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अर्ग्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अग्र्यानिक औषधिको प्रयोग गरेर खेती गर्न प्रेरणा दिने उद्देश्यले दुईदने प्रशिक्षण कार्यक्रमको शुरुआत गरिएको हो ।


गोकर्णेश्वर नगरपालिकाले तोक्यो सूचना अधिकारी

भक्तपुर, १६ कार्तिक (कर्मचारी)-गोकर्णेश्वर नगरपालिकाले वेभसाइटमार्फत् सूचना अधिकारी तोकेको छ । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकाले सूचना अधिकारी नतोक्दा नगरवासीले सूचना पाउन नसकेको समाचार सार्वजनिक भएपछि नगरपालिकाले सूचना अधिकारी तोकेको हो ।


परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा एकएक जना अधिकृत खटाने

भक्तपुर, १६ कार्तिक (समन्वय) — प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग गर्ने भेटलाई समन्वय गर्न परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा एकएक जना अधिकृत खटाउने भएको छ  । यसअघि सहसचिवलाई नै प्रदेशमा खटाउने योजना बनाइए पनि अहिले परिमार्जन गरी अधिकृतस्तरको कर्मचारीलाई खटाउने निर्णय गरिएको हो  ।


वडा कार्यालयको सामग्री लुटेर लैजाँदै गर्दा प्रहरीद्वारा हस्तक्षेप

भक्तपुर, १५ कार्तिक (लुटपाट) -नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ ।


स्थायी कर्मचारी सिफारिस रोक्न माग : करारमा कर्मचारी भर्नाको खेलमा स्थानीय तह

भक्तपुर, १४ कार्तिक (समस्या) -स्थानीय तहहरूले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचारीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ । स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले नौ हजार बढी कर्मचारीको छनोट प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ ।


साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुट

कार्तिक १३ ,भक्तपुर- सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को सम्मानमा उनको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गरेका हुन् ।


भरतपुर महानगर बन्यो पहिलो सहयोगापेक्षी सडक

भक्तपुर, १० कार्तिक (प्रेरणा) -मुलुकको ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका बेसहारा, असहाय तथा सहयोगापेक्षी सडकमानव मुक्त भएको पहिलो महानगर बनेर मुलुककै लागि महत्वपूर्ण सन्देश दिएको छ । सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महानगरले लिएको पहलकदमी मुलुककै लागि प्रेरणा भएको महानगरवासीले बताएका छन् ।


काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा

कात्तिक १०,काभ्रे (निती निर्माण)-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताएका छन् । बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताएका हुन् ।


भाइटीकाको साइत मंगलबार बिहान ११:५५ मा उत्तम

कार्तिक १० काठमाडौं (धर्म सस्कृती)- हिन्दूहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार शनिबारबाट सुरु भएको छ  । शनिबार कागतिहारसँगै सुरु भएको तिहार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्द्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ  ।


काठमाडौं महानगरको स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

भक्तपुर, ९ कार्तिक (पाठ्यक्रम)-काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रममा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले बताउनुभयो ।


नगरपालिकाद्धारा बिजुलीका तार भूमिगतःजग्गाधनीको लागत साझेदारी

भक्तपुर कार्तिक ८मध्यपुरथिमि न.पा (सुधार) – भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले जग्गाधनीको लागत साझेदारीमै बिजुलीका तार भूमिगत गर्ने भएको छ  । प्राधिकरणको ठिमी शाखादेखि गठ्ठाघरस्थित राधाकृष्ण मन्दिरसम्मको तार भूमिगत गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ  ।


प्रदेश ३ सरकारले २२ सय ४६ घर निर्माण गर्नेः ४३ करोड बजेट विनियोजन

हेटौंडा कार्तिक ६— चालू आर्थिक वर्षमा जनता आवास निर्माण कार्यक्रमलाई प्रदेश ३ सरकारले तिव्रता दिएको छ । प्रदेश अन्तरगतका १० जिल्लामा २ हजार २ सय ४६ घर निर्माण गर्ने भएको हो ।


जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा

कात्तिक ६, बागमती गाउँपालिका-ललितपुर(वेथिती) - ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन् । उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन् ।


ईच्छाकामना गाउँपालिकामा “एक फलफूलको बोट दशको नोट” कार्यक्रम

मुग्लिन, ५ कात्तिक – चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा दश रुपैयाँ दिने भएको हो ।


नदीजन्य पदार्थबाट प्रदेश ३ सञ्चित कोषमा एक अर्ब राजश्व

भक्तपुर,कार्तिक ५ (राजश्व ) —प्रदेश ३ सरकारले नदीजन्य पदार्थबाट एक अर्ब भन्दा बढी राजश्व सङ्कलन गरेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७५÷७६ को नदीजन्य पदार्थको राजश्व बाँडफाँडअन्तर्गत प्रदेश सरकारको सञ्चित कोषमा उक्त रकम जम्मा भएको हो ।


माडी नगरपालिकाः बाख्रा पाल्ने किसानलाई अनुदान

भरतपुर, ४ कात्तिक – चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो २५ अनुदान दिन लागेको हो ।


केन्द्र बिवादको परिणामः कार्यालयको सामान रातारात लापिलाङ

दोलखा कार्तिक ४, दोलखाको कालिञ्चोक गाउँपालिकाको कार्यालय बाट रातारात कागजात र सामग्री लापिलाङ सारीएको छ । गय राती कार्यालयको मुल गेट र ढोकाको चावि फुटाई विभिन्न शाखामा रहेको सर–समान, लेखा र प्रशासनिकका महत्वपुर्ण कागजात लापिलाङ सारीएको हो ।


नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास

भक्तपुुर कार्तिक ४, सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास गरिदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा आज अपरान्ह सो सुरुङमागको शिलान्यास गरिने भएको हो ।


ट्राफिक आइल्याण्डमा फूल फुलाउँदै काठमाडौं महानगर

काठमाडौं, ४ कात्तिक – काठमाडौं महानगरपालिकाले ट्राफिक आइल्याण्डमा धमाधम फूल फूलाउन सुरु गरेको छ । महानगरद्वारा न्युरोड र भृकुटीमण्डपको आइल्याण्डमा फूल फुलाइएको छ ।


रोशी गाउँपालिकाः फलामेसाँघुमा १५ शैय्याको अस्पताल बन्ने

बनेपा,४ कात्तिक–रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ शैय्याको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ शैय्याको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो ।


हेटौँडा–काठमाडौँ सुरुङमार्ग बन्नेःप्रदेश ३ सरकारको लगानी

भक्तपुर कार्तिक २, हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ ।


माडी नगरपालिकाको उदाहरणीय सहयोग

चितवन, १ कात्तिक – वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षाका लागि माडी नगरपालिकाले सहयोग शुरु गरेको छ । स्कुलमा अध्ययन गर्दै गरेका सन्तानलाई माडी नगरपालिकाले पाँच लाख उनीहरुको खातामा जम्मा गर्न शुरु गरेको हो ।


रामेछापका स्थानिय तह रिचार्ज पोखरी निमार्णमा

रामेछाप कार्तिक १, रामेछाप जिल्लामा खुक्खा याममा पानीको निकै समस्या हुने भएपछि स्थानिय तह रिचार्ज पोखरी निर्माण अभियानमा छन । पानी पर्दै नपर्ने, परे पनि माथि–माथि बगेर जाने समस्या भएपछि पोखरी निर्माण सुरु गरिएको हो ।


स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न रोक

काठमाडौँ, १ कात्तिक — सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न स्थानीय तहहरूलाई रोक लगाइएको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर शिक्षक नियुक्ति नगर्न र नगराउन निर्देशन दिएको हो  ।


मकवानपुरः कार्यालय भवन बनाउँदै स्थानीय तह

हेटौँडा, ३० असोज – मकवानपुरका स्थानीय तहले कार्यालय सञ्चालनका लागि भवन निर्माण कार्यलाई तीव्रता दिएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसके पनि धेरै गाउँपालिकाले भवन अभावका कारण भाडामा बसेर नै सेवा प्रवाह गरिरहेका थिए ।


वडाअध्यक्षको व्यक्तिगत तलब नै समाज सेवामाः निशुल्क आँखा शिविर

दोलखा असोज ३०, तामाकोसी गाउँपालिका वडा नं १ भिरकोट र लायन्स क्लब दोलखाको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भयको छ । गाउँमाआँखाअस्पताल नहुने र सदरमुकाम सम्म परिक्षणका लागि जानु पर्ने बाध्यताका कारण स्थानियवासीलाई सहजतास्वरुप सो शिविर सञ्चालन गरिएको हो ।


संग्रालय निर्माणमा भीमेश्वर नगरः नेपालकै पहिलो थामी संग्रालय बन्ने

दोलखा असोज ३०, भीमेश्वर नगरपालिका–१ सुस्पास्थित राङराङथलीमा नेपालकै पहिलो थामी संग्रहालय निर्माण हुने भएको छ  । २० करोड लागतमा पर्यटकको आकर्षक केन्द्रका रुपमा चिनिने गरि सो संग्रालय बन्न लागेको हो ।


प्रदेश ३ सरकारद्वारा चौतारा अस्पतालका लागि एक करोड विनियोजन

सिन्धुपाल्चोक असोज ३० ,जिल्ला अस्पताल सिन्धुपाल्चोकका लागि यो वर्ष ३ नम्बर प्रदेश सरकारबाट एक करोड विनियोजन गरिएको छ । अस्पतालबाट अधिकतम् गुणस्तरिय सेवा सुनिश्चित गर्न प्रदेश सरकारले उक्त रकम विनियोजन गरेको हो ।


मेलुङमा आलु महोत्सव हुने

दोलखा असोज २९, दोलखाको मेलुङ गाउँपालिकामा आलु महोत्सव २०७६ हुने भएको छ । गाउँपालिकाको आयोजनामा आलुबाट आत्मनिर्भर बनाउँदै समृद्ध गाउँ निर्माण गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।


दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी

हेटौँडा, २९ असोज – प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर को काम अगाडि बढाइएको जनाइएको छ ।


पर्यटन प्रबर्धनमा जिरी, स्ट्रिट फुड फेस्टिभल महोत्सव हुँदै

दोलखा असोज २८ ,युवा सञ्जाल जिरीको आयोजनामा दोलखाको जिरी नगरपालिकामा स्ट्रिट फुड फेस्टिभल २०७६ हुने भएको छ । पर्यटकको सम्भावना बोकेको सो नगरमा अझ पर्यटन बृद्धि गर्ने उद्देश्यले यहि कार्तिक १ देखि ३ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो ।


दशैँमा समेत रोकिएन काम , बन्यो दधिकोट गाम्चो वैकल्पिक सडक

भक्तपुर असोज २८,सुर्यविनायकनगरपालिका अन्तरगत मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै ५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । सङ्घीय सरकारको एक करोड र उपत्यका विकास प्राधिकरणको ५७ लाख गरी कूल एक करोड ५७ लाखको लागतमा उक्त सडक निर्माण गरिएको सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले बताउनुभयो ।


सभामुखका लागि नेकपाभित्रै तानातान

असोज २८, काठमाण्डौ - कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ ।


भव्य भ्रमण : उत्कृष्ट सन्देश

‘मामा आए घोडा, माइजू आइन् डोली, पापा ल्याइन् सोली...’ भन्ने मानसिकताबाट नेपाल मुक्त, नेपालको समृद्धि नेपालकै जिम्मा१.केरुङ–काठमाडौं रेल : अध्ययन गर्ने सहमति, तर त्यो खर्च कसको भन्नेसमेत टुंगो लागेननेपाल र चीनको सम्बन्ध परिभाषित गर्ने नयाँ आयाम बनेको छ– केरुङ–काठमाडौं रेलमार्ग  । भौगोलिक र प्राविधिक रूपमा जटिल यो रेलमार्गलाई काठमाडौंमा भने सहज मानिएको थियो  ।


प्रदेश ३ को ११ स्थानमा धमाधम बन्दै शीतभण्डार

हेटौँडा, २७ असोज – प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्थानीय तह तथा कृषि सहकारी एवं कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अगाडि बढेको हो ।


९४ भूकम्पपीडितले पाए नयाँ घर

असोज २७, धादिङ - धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङ गौंथलेका ९४ परिवारले भूकम्प प्रतिरोधात्मक पक्की घर पाएका छन्  । भूकम्पले वर्षौँदेखि बस्दै आएको घर भत्किएपछि प्रभावितहरू लामो समयदेखि अस्थायी टहरामा बस्दै आएका थिए  ।


नेपाल र चीनबीच १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल–चीनबीच १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


बस दुर्घटना : बाह्रबिसे नगरपालिकाद्वारा पाँचलाख र इन्द्रावती गाउँपालिकाले जनही २५ हजार दिने घोषणा

असोज २६,सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको भोटसिपामा शुक्रबार भएको बस दुर्घटना परेकालाई बाह्रबिसे नगरपालिकाले पाँचलाख दिने घोषणा गरेको छ । नगरपालिकाको बस दुर्घटना परी ज्यान गुमाएका परिवार तथा गम्भिर घाईतेहरुलाई उक्त सहयोग गर्ने घोषणा गरेको हो ।


राष्ट्रपति सीको प्रतिबद्धताहरु यस्ता छन्

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् ।


इन्द्रावती गाउँपालिका गाडी दुर्घटना : मृत्यु हुने १० को सनाखत, ६३ उपचारार्थ

असोज २५, भक्तपुर - सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका १० भोटसिपास्थित वडहरेचोकमा भएको यात्रुबाहक गाडी दुर्घटनामा परि मृत्युहुनेहरुको संख्या १२ पुगेको छ । दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको र थप पाँचजनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुई जनाको स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ ।


रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च

असोज २५, काठमाडौं - छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ । राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ ।


चिनियाँ राष्ट्रपति सी आज आउने, यस्ता छन् नेपालका प्रस्ताव

असोज २५,काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् ।


तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारले चासो

असोज २५,चितवन - नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ ।


वडा अध्यक्षमाथि अपहरणको प्रयासलाई सामान्य रुपमा लिएको भन्दै राप्रपा काभ्रेको आपत्ती

काभ्रेको रोशी गाउँपालिका ३ का वडा अध्यक्ष धनजित लामालाई अपहरणको प्रयास गर्ने दुई युवालाई प्रहरीले संरक्षण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेले आपत्ती जनाएको छ । राप्रपा जिल्ला सचिवसमेत रहेका जननिर्वाचित वडा अध्यक्ष लामालाई गत सोमबार राति विप्लव समुहको कार्यकर्ता रहेको बताउने कृष्णबहादुर मगर र पोते लामाले आफुलाई अपहरण गर्ने प्रयास गरेको उनले बताए ।


दोलखाको अकबरे खुर्सानी कतार निर्यात,आर्गनिक उत्पादनमा प्रख्यात

दोलखा असोज २४, दोलखामा उत्पादन भएको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात हुन थालेको छ । भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अर्गा्निक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात सुरु भएको हो ।


भुमीगतकामा वि.पी र पुष्पलाल कसरी मनाउँनुहन्थ्यो होला ‘दसैँ’ ?

अहिले दसैँको बेला छ । धेरै मानिसको जिज्ञासा के छ भने कम्युनिस्ट नेता पुष्पलाल प्रधानलगायतका कम्युनिस्ट नेताहरुले निर्वासनमा रहँदा र नेपालमा रहँदा दसैँलाई कसरी मनाउथे होलान् ? मैले पुष्पलालसँग लामो संगत गरेकाले पुष्पलालको दसैँ कस्तो हुन्थ्यो भन्ने स्मरण गर्दैछु ।


नगरप्रमुखहरुको दशैँ : यस्तो छ योजना

असौज १९,भक्तपुर -हिन्दु धर्मालम्बीहरूको राष्ट्रिय पर्व समेत मनिने दशैं आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी १० औँ दिन बिहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म मनाउने गरिन्छ । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।


बडा दशैंको सांस्कृतिक महत्व

नेपाली समाजको वर्तमान सांस्कृतिक अवस्था, रूपान्तरणको आवश्यकता, रूपान्तरणको दिशा, सांस्कृतिक आन्दोलनमा रहेका कमिकमजोरीको सन्दर्भमा थोरै चर्चा गर्ने प्रयास गरिएको छ । संस्कृति एक सार्वभौम सामाजिक अवधारणा हो ।


आज महाअष्टमी पर्व : तीन देवीको पूजाआजा

भक्तपुर, १९ असोज - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ ।


प्रहरीले अष्टमीदेखि दशमीसम्म उपत्यकामा निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं, नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो ।


महालक्ष्मी २ नं. वडाकार्यलय भवन शिलान्यास

ललितपुर, १८ असोज -ललितपुरको महालक्ष्मी नगरपालिका २ नं वडा कार्यलय तथा देश विकास पुस्तकालयको भवन निर्माण कार्यको आज शिलान्यास गरिएको छ । दशै तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदानका लागि आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख रामेश्वर श्रेष्ठले सो भवनको शिलान्यास गर्नुभएको हो ।


कृषि क्रान्तिमा प्रदेश ३, कृषि पर्यटनमा जोड

हेटौंडा, १८ असोज -प्रदेश ३ सरकारले कृषिमा आत्मनिर्भर बन्ने भन्दै कृषि क्रान्ति गर्ने बताउँदै आएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषिमा आत्मनिर्भर बन्ने दाबी गर्दै प्रदेश ३ मा कृषि क्रान्ति हुने बताउँदै आउनुभएको छ ।


नगरपालिकाद्धारा ठिमीमा नाट्यश्वरी पार्क बन्ने

भक्तपुर, १५ असोज -सहरका मानिसहरूलाई नजिकै घुम्ने, मनोरञ्जन लिने र शारीरिक व्यायाम गर्ने ठाउँसमेत नहुँदा समस्या भएपछि मध्यपुरथिमीमा नाट्यश्वरी पार्क बन्ने भएको छ  । मध्यपुरथिमी नगरपालिकाले पर्यटकलाई लक्षित गर्दै सार्वजनिक जग्गाको उपयोग गरी सो पार्क बनाउन लागेको हो  ।


स्थानीय तहले गरे लक्ष्य भन्दाबढि राजश्व संकलन

भक्तपुर, दोलखा जिल्लाका ६ स्थानिय तहहरुले लक्ष्य भन्दा बढि राजश्व संकलन गरेका छन । स्थानीय तहहरूमा बेरुजुको रकम बढेको भन्दै आलोचना भइरहँदा आन्तरिक आम्दानीमा भने लक्ष्यभन्दा बढी राजश्व संकलन भएको पाइएको हो ।


भरतपुरलाई ‘स्मोक फ्री सिटी’ बनाउँछुः मेयर रेणु दाहाल

भरतपुर, असोज १३ भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुरलाई एक वर्षभित्र ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता जनाउनु भएको छ । गत साता इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुरलाई स्मोक फ्री सिटी बनाएरै छाड्ने बताउनु भएको छ ।


दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न सबै स्थानीय तहलाई सरकारको निर्देशन

भक्तपुर, १३ असोज -नेपाल सरकारले नेपालीको महान पर्व दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदामापनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र जारी गरेको हो ।


जुगल गाउँ पालिकाका एक विरामी वीर अस्पतालमै ‘बन्धक’

असोज ११, काठमाण्डौ - निमोनियका बिरामी सिन्धुपाल्चोकका ५२ वर्षीय दिलबहादुर सिलवाल वीर अस्पतालको बेड नम्बर १३२ बाट घरी यता र घरी उता चिह्याउँदै थिए । कोही आफन्त आउने पर्खाइमा उनले यसरी आँखा नचाइरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।


माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्यायो

भक्तपुर, प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका ५ ब्रम्हपुरीमा एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो ।


ट्रष्टको जग्गामा नगरपालिकाको पर्खालः अब ट्रष्टले सुरक्षा दिएर संरक्षण गर्ने

जेठ १० भक्तपुर– भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जमिन अब ट्रष्ट आफैंले संरक्षण गर्ने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको १०८ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा नगरपालिकाले केही समय अगाडी पर्खाल लगाएको थियो ।


तीन तहको सरकार विच असमजदारी : प्रदेशलाई नै टेर्दैनन् स्थानीय तह

जेठ १० भक्तपुर प्रदेश ३ का स्थानीय तहले अझै गत आवकोे राजस्व बाँडफाँटबापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् । चालु आव सुरु भएको तीन महिना वितिसक्दा पनि ४९ स्थानिय तहले राजश्व बाँडफाँड रकम प्रदेश सञ्चिति कोषमा जम्मा नगरेका हुन भने ५२ स्थानिय तहले मात्र राजश्व जम्मा गरेका छन ।


नयाँ नोटको सटही आजबाट, कहाँ-कहाँबाट पाइन्छ ?

भक्तपुर, १० असोज -नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ ।


काठमाडौंको सडक उस्तै: ब्रुमर सञ्चालनको पाँच महिना बित्दा अबस्था उहि

काठमाडौं,असोज १०महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महिना बितिसक्दा पनि काठमाडौंका सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै देखिन्छ भने पानी परेका वेला हिलो पार गर्नुपर्ने काठमाडौंवासीको बाध्यता छ  ।


सूर्यविनायक नगरपालिकाले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्ने

भक्तपुर , असोज १०भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेको सूर्यविनायक नगरपालिकाले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्ने भएको छ  । भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको उपप्रमुख जुना बस्नेतले बताइन्  ।


दुई महिनादेखि महानगरका कर्मचारीले तलब पाएनन्

ललितपुर, असोज १०ललितपुर महानगरपालिकाका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्  । अन्य कार्यालयका कर्मचारीले भने दशै पेश्की समेत पाइसके  ।


मंसिर १४ उपनिर्वाचन ः कुन दलले पाए कस्तो निर्वाचन चिन्ह (सूचीसहित)

असोज ९,काठमाडौं -निर्वाचन आयोगले नयाँ दर्ता भएका दलहरूलाई मंसिर १४ गतेको उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ । नेकपालाई सूर्य, समाजवादीलाई हत्केला, जनमत पार्टीको लाउडस्पिकर चुनाव चिन्हउपचिनर्वाचनका लागि ४८ दल दर्ता भएका छन् ।


चार वर्षदेखि सीमाभन्दा दोब्बर बजेट घाटा

असोज १०,काठमाडौं -पछिल्ला चार वर्षमा सरकारको बजेट घाटा अस्वाभाविक धपमा बढ्दै गएको छ  । सामान्यतया कुल गार्हस्थ उत्पादन (जिडिपी)को ५ प्रतिशतभन्दा कम हुनुपर्ने वित्तीय घाटा १० प्रतिशत नाघेको छ  ।


प्रदेश ३ मा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्दै विदेशी पर्यटक धेरै भित्रयाउँछौ–मन्त्री नेपाल

असोज ९, हेटौंडा – प्रदेश–३ मा स्वदेशी तथा विदेशी पर्यटक धेरै भित्रयाउनका लागि निकै तयारी गरिएको छ । जुन सुकै देशबाट पनि पर्यटक नेपाल भित्रदा पहिले प्रदेश ३ का पर्यटकिय क्षेत्र भएकाले उनीहरुलाई पहिले स्वागत गर्ने तयारी गरिएको छ ।


मेलुङ गाउँपालिकाका एक हजार परिवारले पाए सोलार बत्ती

दोलखाको मेलुङ गाउँपालिकाका अति विपन्न तथा सिमान्कृत समुदायका परिवारलाइ सोलार बत्ती वितरण गरिएको छ । गाउँपालिकाको पहलमा बैकल्पिक उर्जा प्रबर्धन केन्द्रद्धारा सोलार वितरण गरिएको हो ।


१ हजार १ सय ११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग

बनेपा, ९ असोज – भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका १० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ । भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।


हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र : सहयोग गर्ने प्रदेश सरकारको प्रतिवद्धता

प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको आकर्षण वढ्दै गएको छ । बैदेसिक रोजगारी समस्या वढदै गएको बेला युवाहरुलाइ स्वदेशमा नै आकर्षण गर्न सो कृषि केन्द्रको थालनी गरिएको हो ।


पुनःनिर्माण कार्यक्रम वडालाई हस्तान्तरण

भक्तपुर, ७ असोज -राष्ट्रिय पुनःनिर्माण प्राधिरकणसँगको समन्वयमा कारितास नेपालले भूकम्पपछि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा सञ्चालित ‘नेपाल भूकम्प पुनःनिर्माण कार्यक्रम’ सम्पन्नपछि वडालाई हस्तान्तरण गरिएको छ । भूकम्पपछि पुनःनिर्माणको काममा कारितासले सहयोग गर्दै आएकोमा काभ्रेको दुर्गम कोशीपारि क्षेत्रको चौरीदेउराली गाउँपालिकास्थित वडा नं १ को सानोवाङथली, २ को नाग्रेगगर्चे र ३ को माझीफेदामा निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरण कार्यक्रमका सँगै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको थियो ।


दोरम्बामा बल्ल चिकित्सक

रामेछाप (दोरम्बा), असोज ७रामेछापको दोरम्बामा पहिलो पटक चिकित्सकको सेवा सुरु भएको छ  । सरकारले दोरम्बा स्वास्थ्यचौकीमा चिकित्सक पठाएपछि सर्वसाधारणले उक्त सेवा पाउन थालेका हुन्  ।


ब्रुमर खरिद प्रक्रिया दुई महिनादेखि अघि बढेनः मेयर र सचिवबीच आरोप–प्रत्यारोप

काठमाडौं, असोज ७काठमाडौं महानगरपालिकाले थप दुई ब्रुमर खरिदका लागि प्रक्रिया अघि बढाएको फाइल सचिव केदार न्यौपानेको टेबुलमै अड्किएको छ  । महानगरको गत २६ वैशाखमा बसेको ३२औँ कार्यपालिका बैठकले थप दुई ब्रुमर किन्ने निर्णय गरेको थियो  ।


विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक

भक्तपुर, ६ असोज -मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको औँल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४६औँ बैठकमा बोल्दै सङ्घीय मन्त्री र विभिन्न प्रदेशका प्रमुखहरुले यस्तो बताउनुभएको छ ।


अध्यक्षको सहयोगले दृष्टिविहीनको परिवारमा खुसी

असोज ६ सिन्धुपाल्चोक - भिरको बीचमा समथर सानो गाउँ  । जन्मजात दृष्टिविहीन ५५ वर्षीय वीरबहादुर कामी सदाझैँ पुरानो टुङ्ना भिरेर वेदनाको गीत गाउन थाल्छन्  ।


स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण

दोलखा, असोज ५नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ । नेकपा दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।


महानगरपालिकाद्धारा बोटे समुदायका २२ परिवारलाई आवास हस्तान्तरण

भरतपुर, ४ असाेज -चितवनको भरतपुर महानगरपालिका तथा सघन शहरी विकास कार्यालय भरतपुरले बोटे समुदायका स्थानिय बासिन्दालाई आवास हस्तान्तरण गरेको छ । महानगरले पटिहानीमा अवस्थित सोहि समुदायका २२ परिवारलाई आज एक कार्यक्रमका विचमा कंक्रिट घर हस्तान्तरण गरेको हो ।


काठमाडौंकै एउटा बस्ती, जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ

साँखु, असोज ५शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो ।


यस्तो छ शैलुङ गाउँपालिकाको मध्यवाधि समिक्षा ?

दोलखा(शैलुङ), असोज ५दोलखाको शैलुङ गाउँपालिकाले आफ्ना कार्यहरुको मध्यवाधि समिक्षा गरेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले साढे दुईवर्षको अबधिमा गरिएका मुख्य कार्यहरु सार्वजानिक भएको हो ।


मध्यपुर थिमीको बजेट बल्ल अनुमोदन

भक्तपुर, ४ असोज -स्थानीय तहले असार मसान्त भित्र बजेट नीति तथा कार्यक्रम अनुमोदन गर्नु पर्ने व्यवस्था छ । तर मध्यपुर थिमि नगरपालिकाले भने शनिबार बल्ल बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।


अंगीकृतमा किन जुटेन सहमति ?

आश्विन ५, काठमाडौँ — ‘२४ घण्टाभित्र विवाद टुंग्याउने जिम्मेवारी सांसदहरूलाई दिन्छु, विधेयक यही संसद् बैठकबाट पारित हुनुपर्छ । ’ अंगीकृत नागरिकतासम्बन्धी विवादलाई निकास दिने क्रममा अघिल्लो शनिबार संसद्को राज्यव्यवस्था समिति बैठकमा सभापति शशि श्रेष्ठले यस्तो भनाइ राखेको साता बितेको छ ।


प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

आश्विन ५, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन्  । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन्  ।


चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता काठमाडौं आउने, एक रात बसेर बेइजिङ फर्किने

नेपालको प्रयास : रेलमार्गमा शतप्रतिशत चिनियाँ सहयोग सीको राजकीय भ्रमण तयचीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ  । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन्  ।


काठमाडौं महानगरद्धारा संविधान दिवसको अवसरमा नागरिकमा विभिन्न सेवा

भक्तपुर, ३ असोज -काठमाडौँ महानगरपालिकाले नागरिकहरुलाइ विभिन्न सेवा उपलब्ध गराउदै विशेष कार्यक्रमका साथ संविधान दिवस मनाइरहेको छ । यहि अवसरमा टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार लगायतका सेवा दिएको हो ।


संविधान दिवस कसरी मनाउने 

आज असोज ३, संविधान दिवस  । अर्थात्, चार वर्षपहिले संविधान घोषणा भएको दिनलाई सम्झने पर्व  ।


कानुनविपरीत तह र तलब वृद्धि गर्ने ललितपुर महानगरको निर्णयः दुई महिनादेखि रोकियो कर्मचारीको तलब

ललितपुर, असोज ३ललितपुर महानगरपालिकाले कानुनविपरीत कर्मचारीको तह र तलब वृद्धि गर्दा साउन र भदौ महिनाको तलब रोकिएको छ  । महानगरमा पाँच सय १९ ९करार र स्थायी० कर्मचारी कार्यरत छन्  ।


कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

असोज ३ काठमाण्डौ - अर्थमन्त्री युवाराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए ।


मन्त्रिपरिषदको निर्यण : सहसचिव बढुवादेखि २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिशसम्म

असोज २ काठमाडौं - मन्त्रिपरिषदले २८२ जना कैदीहरुको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा र तीन सचिवको सरुवा गरेको छबैठकले नेपाली सेनामा चार वर्षका लागि विशेष पद सृजना गरी महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।


भक्तपुरका दुई नगरलाई पूर्ण सरसफाइयुक्त बनाउने अभियान सुरु

भक्तपुर, २ असोज -भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रलाई पूर्ण सरसफाइयुक्त नगर बनाउन अभियान सुरु गरेका छन । सरसफाइ नै शुन्दर नगरको मुख्य परिचय हुने भन्दै यी दुइ नगरले यो अभियान थालेका हुन ।


संघीय संसद्को चौथो अधिवेशन आजबाट टुंगिँदै : बहुचर्चित नागरिकता विधेयक फेरि अड्कियो

असोज २ काठमाडौं - संघीय संसद्को चालू चौथो अधिवेशन बिहीबारबाट टुंगिँदै छ  । वैशाखबाट प्रारम्भ भएको वर्षे अधिवेशनले सरकारको नीति तथा कार्यक्रमसहित चालू आर्थिक वर्षको बजेट तथा अन्य विधेयक पारित गरेको छ  ।


विज्ञान र प्रविधिको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउने, जनतालाई दुःखबाट मुक्त गराउने - प्रधानमन्त्री

असोज १ काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताएका छन् ।


काठमाडौं खुला दिसामुक्त जिल्ला घोषणा

काठमाडौं, असोज १काठमाडौंलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ  । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मंगलबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेश सांसद नारायण सिलवालले काठमाडौं जिला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन्  ।


भिमेश्वर नगरपालिका ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा

दोलखा, भदौ २९दोलखाको भिमेश्वर नगरपालिका ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । सरकारको बालमैत्री स्थानीय रणनिती २०६८ र बालमैत्री घोषणा कार्यविधि २०७० अनुसार नगरपालिकाले ३९ सुचक र १६ खुर्कीला पार गरेको भन्दै भिमेश्वर नगरलाई बालमैत्री नगरको रुपमा घोषणा गरिएको हो ।


भिमेश्वर नगरपालिका ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा

दोलखा, भदौ २९दोलखाको भिमेश्वर नगरपालिका ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । सरकारको बालमैत्री स्थानीय रणनिती २०६८ र बालमैत्री घोषणा कार्यविधि २०७० अनुसार नगरपालिकाले ३९ सुचक र १६ खुर्कीला पार गरेको भन्दै भिमेश्वर नगरलाई बालमैत्री नगरको रुपमा घोषणा गरिएको हो ।


काठमाडौंको सफाइ अब जेट मेसिन गर्ने

काठमाडौं, भदौ ३१सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ । १ सय ३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका हुन् ।


हिमालय केयर अस्पताल वैतेश्वर गाउँपालिकालाई हस्तान्तरण

हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरणदोलखा (मैनापोखरी), भदौं ३०दोलखाको मैनापोखरीस्थित सञ्चालनमा रहेको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । केयर हेन्सको स्वामित्वमा रहेको हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सो अस्पताल वैतेश्वर गाउँपालिकालाइ हस्तान्त्रण गरिएको हो ।


नगरपालिकाको हस्तक्षेपः चिकित्सकले छाड्दै क्यान्सर अस्पताल

केही विशेषज्ञ चिकित्सकले भक्तपुर क्यान्सर अस्पताल छाड्ने भएका छन् । अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि उत्पन्न गतिरोधले निकास नपाएपछि उनीहरुले अस्पताल छाड्ने भएका हुन् ।


गोकर्णेश्वरमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी

काठमाडौं , भदौ २९गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी परेका छन् । गत आर्थिक वर्षमा नगरपालिकाको न्यायिक समिति तथा कानुन शाखामा दर्ता भएका १ सय ३८ उजुरीमध्ये बाटो मिचिएको तथा साँध सीमाना विवादका ९४ उजुरी छन् ।


उपमहानगरपालिकाको चरम लापरबाहीः बालभिटा, झुल र कन्डम गोदाममै सड्यो, नष्ट गर्ने तयारी

हेटौँडा, भदौ २९  । हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्य केन्द्रमार्फत सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने बालभिटा, कन्डम र झुल गोदाममै थन्क्याएर सडाएको छ  ।


क्रसर सञ्चालन गर्न मकवानपुरका स्थानीय तह एकमत

हेटौंडा, भाद्र २८-मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले क्रसर सञ्चालन गर्न एक मत देखिएका छन्  । जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार बसेको समन्वय बैठकमा उनीहरूले क्रसर सञ्चालन नहुँदा विकास निर्माणका काममा असर परेकाले नियमसंगत ढंगले क्रसर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्  ।


संसद्लाई टेर्दैन सरकार

भदौ २८ काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै तथा संयुक्त गरी संघीय संसद्को कारबाही सञ्चालनका लागि तीनवटा नियमावली बनाइएका छन्  । नियमावलीअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभामा शून्य तथा विशेष समयमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिइसक्नुपर्छ  ।


तामाकोशी गाउँपालिको नीति शिक्षा,स्वास्थ्य र कृषि ।

भक्तपुर,२६ भदौ – दोलखाको तामाकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा स्वास्थ्य,भौतिक पुर्वाधार रोजगारी लगायत का क्षेत्रलाइ विशेष प्राथमिकता दिदै आफ्ना नीति तथा कार्यक्रम तय गरेको छ । यी क्षेत्रको विकासका लागी वजेट समेत ब्यवस्था गर्दै समृद्ध गाउँपालिका बनाउने योजना अघि सारीएको हो ।


काभ्रेमा स्वास्थ्य बीमा शुरु

२५ भाद्र, काभ्रे - जिल्लाका सबै नागरिकहरुले स्वास्थ्य सेवामा सहज पहुँच राख्ने गरी स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीलाई पहिलो सदस्यता प्रदान गरी बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।


‘पूर्वाधार विकासबारे नेपालले बिहारबाट सिक्न सक्छ’

२६ भदौ काठमाडौं - पूर्वाधार सम्मेलन सुरु नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ  । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधार विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए  ।


जिरी नगरपालिकाको प्राथमिकता : शिक्षा, स्वास्थ्य र पर्यटन

भक्तपुर,२५ भदौ–दोलखाको जिरी नगरपालिकाले चालु आवको नीति तथा कार्यक्रम मा शिक्षा, स्वास्थ्य पर्यटन र पुर्वाधारलाई प्राथमिकता दिएको छ । चालु आवको नीति तथा कार्यक्रममा यी क्षेत्रको विकासका लागी वजेट तय गर्दै योजना अघि सारिएको हो ।


सुत्केरीलाई एम्बुलेन्स भाडा

मेलम्ची, २५ भदौ - मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो ।


सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

भक्तपुर, २४ भदौ -प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असहाय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील रहेको छ ।


महालक्ष्मी नपाको लक्ष्य अनुसार राजश्व सङ्कलन भएन

ललितपुर, २४ भदौ – महालक्ष्मी नगरपालिकाको आव २०७५ ०७६मा लक्ष्य अुनसारको राजश्व सङ्कलनमा कमी आएको छ । नगरपालिकाका कर्मचारीले आफ्नो क्षेत्रको अनुगमन, निरीक्षण र जनचेतना फैलाउने काममा ढिलाइ गरेका कारण अपेक्षा गरेअनुरुपको राजश्व सङ्कलन गर्न नसकिएको बताइएको छ ।


गोदावरी नगरपालिकाको विकास नीति : भौतिक पुर्वाधार,पर्यटन र कृषि

भक्तपुर,२४ भदौ–ललितपुरको गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा पर्यटन,कृषि,भौतिक पुर्वाधार जस्ता क्षेत्रलाइ उच्च प्राथमिकता दिदै आफ्नो बजेट तथा कार्यक्रम निर्माण गरेको छ । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा विशेष गरेर यी क्षेत्रलाई प्राथमिकतामा राख्दै वजेट ब्यवस्था गरेको हो ।


धुलिखेल नगरपालिकाको अभियान : भौतिक पूर्वाधार, कृषि, ब्यापार, स्वास्थ्य र पर्यटन

भक्तपुर, २० भदौ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले पर्यटन, कृषि, ब्यापार स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विकासका कामलाई तिव्रता दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नगरले यी क्षेत्रलाई प्राथमिकतासाथ अगाडि वढाएको जनाएको छ ।


मुख्यमन्त्री पौडेल र जर्मन राजदूत सेफरबीच भेटवार्ता

हेटौडा, २० भदौ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ  । बिहीबार मुख्यमन्त्री पौडेल र राजदूत सेफरबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो  ।


रामेछाप नगरपालिकाको विकास नीति : भौतिक पुर्वाधार, पर्यटन र कृषि

भक्तपुर, १९ भदौ – रामेछाप नगरपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निमार्णमा आर्थिक विकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने नीति लिएको छ । चालु आर्थिक बर्ष ०७६/०७७ का लागि तय गरिएको वजेट तथा नीतिमा गरिवी निवारण तथा आर्थिक सम्मृद्धिलाई विषेश प्राथमिकता दिदै भौतिक पुर्वाधार, कृषि र पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा कार्यक्रम तय गरेको छ ।


कमलामाई नगरपालिकाको प्राथमिकता : भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य र शिक्षा

भक्तपुर, १९ भदौ – सिन्धुलीको कमलामाई नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा जोड दिएको छ । नगरपालिकाले चालु आवका लागि आफ्नो नीति तथा कार्यक्रममा नै यी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको हो ।


सामूहिक प्रयासमा कालिजपालन

बनेपा, १९ भदौ - विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो ।


स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध हुने

भक्तपुर, १८ भदौ – प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका छन् । युरोपेली सङ्घ, बेलायत, नर्वे र स्विट्जरल्याण्डले व्यावहारिक, दिगो, समावेशी र उत्तरदायी प्रान्तीय एवं स्थानीय शासन व्यवस्था सुनिश्चित गर्न चार वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराएका हुन् ।


सूर्यविनायक नगरपालिकाद्वारा डेङ्गु रोकथामका लागि प्रतिकात्मक कार्य सञ्चालन

भक्तपुर, १८ भदौ - सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।


डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु

मध्यपुरथिमि, १८ भदौ - सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।


ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी

बनेपा, १८ भदौ - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन शुरु गर्नुभएको हो ।


नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय

मेलम्ची, १८ भदौ - चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ ।


स्थानीय तहमा करारमा २ हजार कर्मचारीको माग

भक्तपुर, १७ भदौ – स्थानीय तहमा करारमा काम गर्ने २ हजार कर्मचारीका लागि अवेदन खुला भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाले ७ सय ५३ वटा स्थानीय तहमा सेवा इकाइमा काम गर्न नायब सुब्बा र खरिदार सरहका १९ सय ८९ जना कर्मचारी माग गरेको हो ।


दुधौली नगरपालिकाको प्राथमिकता : कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षा

भक्तपुर, १७ भदौ – सिन्धुलीको दुधौली नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पशुसेवा विकास र पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिदै नीति तथा कार्यक्रम निमार्ण गरेको छ । नगरले चालु आवमा समावेशी रुपमा सहभागितात्मक पद्धति अवलम्बन गरी महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, किशोरकिशोरी, अपाङ्ग तथा जेष्ठ नागरिकका साथै पिछडिएका वर्ग, क्षेत्र तथा समुदायलाई प्राथमिकता दिई विकासको मूल प्रवाहीकरणमा सहभागी गराउने नीति लिईएको छ ।


भीमेश्वर नगरपालिकाको विकास नीति : पर्यटन, पूर्वाधार र कृषि

भक्तपुर, १७ भदौ – दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार तथा उर्जा क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । नगरपालिकाले आफ्नो बार्षिक नीति तथा कार्यक्रममै यी क्षेत्रलाई प्राथमिकता दिएर बजेट समेत विनियोजन गरेको हो ।


मनकारी वडाध्यक्ष : आफ्नो भत्ता स्कुललाई हस्तान्तरण

भक्तपुर, १७ भदौ – स्थानीय तहका जनप्रतिनिधिले बढी सरकारी सेवा, सुविधा लिएको चर्चा भइरहेको बेला मकवानपुरको राक्सिराङ गाउँपालिकाका वडाध्यक्षले भने आफ्नो ६ महिनाको भत्ता सामाजिक काममा खर्च गर्नुभएको छ । राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले आफ्नो ६ महिना भत्ताबापतको एक लाख २० हजार रुपैयाँ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्रावास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनमा हस्तान्तरण गर्नुभएको हो ।


राष्ट्र बैंक भन्छ - सर्वसाधारणको रकम सुरक्षित छ

काठमाडौँ, १५ भदौ - नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।


नगरप्रमुखद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति

काभ्रे, १५ भदौ – नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले असहाय एवं आर्थिक अवस्था कमजोर भएका दुई जना बालकलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका दुई जना बाबु नभएका बालकलाई प्लसटु विज्ञान सङ्काय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुभएको हो ।


आइतबारवाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

भक्तपुर, १५ भदौ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आइतबारवाट शुरु हुँदैछ । आइतबार देखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ ।


नगरप्रमुखद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति

काभ्रेपलाञ्चोक, १५ भदौ - नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले असहाय एवं आर्थिक अवस्था कमजोर भएका दुई जना बालकलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका दुई जना बाबु नभएका बालकलाई प्लसटु विज्ञान सङ्काय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुभएको हो ।


समृद्ध समाजवादको आधारशिला निर्माण गर्दै सरकार - नेपाली जनतामा खुशी ल्याउँछौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौँ, १४ भदौ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो ।


पाइला एक बर्षको : यसरी जन्मियो ७६१ खबर

भक्तपुर – ७६१ खबर तथ्य तथ्याङ्क प्रकाशन प्रालिद्वारा प्रकाशित अनलाईन समाचार पोर्टल हो । यो समाचार पोर्टल २०७५ साल भदौ १३ गतेवाट औपचारिक रुपमा प्रकाशनमा आएको हो ।


पनौती नगरपालिकाको प्राथमिकता : कृषि, पर्यटन, पूर्वाधार र जनसहभागिता

भक्तपुर, १३ भदौ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले चालु आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रम र बजेटमा कृषि, पर्यटन, पूर्वाधार र जनसहभागिता लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम तय गरेको छ । नगरपालिकाले चालु आवमा यी क्षेत्रको विकासका लागि आवश्यक वजेट व्यवस्था गरेको छ ।


राक्सिराङ गाउँपालिका : विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

हेटौँडा, १३ भदौ -सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।


‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ’

काठमाडौँ, १२ भदौ - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गर्नुभयो ।


लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो - मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १२ भदौ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।


खुला व्यापार गर्नेलाई समेत करको दायरामा ल्याउँदै कमलामाई नगरपालिका

सिन्धुली, २ भदौ -सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सडकपेटीमा खुला व्यापार गर्नेलाई समेत करको दायरामा ल्याएको छ । नगरपालिकाले त्यस्ता सडकमा व्यापार गर्नेले पनि अनिवार्य रुपमा करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको हो ।


मन्थली नगरपालिकाको नीति : ‘ठूला पूर्वाधार, समृद्ध नगरको आधार’

भक्तपुर, १ भदौ -रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निमार्णमा आर्थिक विकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक र छिटो प्रतिफल दिने तथा राजश्व परिचालन र आन्तरिक आयमा उल्लेख्य योगदान पुर्याउने नीति लिएको छ । नगरपालिकाले चालु आवमा सेवा प्रवाह, संस्थागत क्षमता अभिबृद्धि र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दिगो विकास, वातावरण संरक्षण र विपद्व्यवस्थापनमा योगदान पुर्याउने, लक्षित वर्गका जिविकोपार्जनमा सघाउ पुर्याउनेनीति समेत चालु आवको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।


मकवानपुरगढी गाउँपालिकाद्वारा पाँच करोड खर्च

हेटौँडा, १ भदौ -प्रदेश नं ३ सरकारमार्फतगत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश सरकारले मकवानपुरगढी गाउँपालिकालाई पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो ।


सङ्घीय सरकारले स्थानीय तहमा पठाएको खर्च नभएको रकम फिर्ता

हेटौडा, ३२ साउन -सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको रु एक अर्ब ३८ करोड ४४ लाख फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको रु १४ अर्ब १४ करोड ९१ लाखमध्ये रु १२ अर्ब ७६ करोड ४६ लाख मात्र खर्च भएको कारण बाँकी रकम फिर्ता भएकोे हो ।


प्रदेश ३ सरकारद्वारा ३ अर्ब ५० करोड सडक पूर्वाधार निमार्णमा खर्च

हेटौंडा, ३१ साउन -देश नयाँ संरचनामा गएपछि वनेका प्रदेश सरकारले विनियोजन गरेको बजेट पर्याप्त रुपमा खर्च गर्न नसकेको बिषय उठान भइरहेको वेला देशको राजधानी समेत रहेको प्रदेश ३ सरकारले भने पूर्वाधार क्षेत्रमा आएको कूल बजेटको आधा भन्दावढी रकम खर्च गरेको छ । प्रदेश ३ सरकारले गत आर्थिक वर्षमा पूर्वाधार क्षेत्रका लागि विनियोजित बजेट मध्ये करिव ५७ प्रतिशत खर्च गरेको हो ।


पत्रकार रविसहित तीनैजनालाई अनुसन्धानका लागि ५ दिन म्याद थप

भक्तपुर, ३१ साउन -पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे अनुसन्धान गर्न जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता पत्रकार रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन म्याद थप गरेको छ । अदालतले उहाँहरु तीनैजनालाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको चितवन प्रहरीले जनाएको छ ।


भोटेकोशी गाउँपालिकाको आर्थिक नीति : विकासको आधार पर्यटन, उद्योग र कृषि

भक्तपुर, ३१ साउन – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले चालु आर्थिक वर्षको आर्थिक विकास नीतिमा विकासको आधारका रुपमा पर्यटन, उद्योग र कृषि क्षेत्रलाई जोड दिएको छ । जडिबुटी र फलफूलमा आत्मनिर्भर बनाउदै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने नीति अनुसार वडा नं. १ लाई स्याउ खेती, किवी जस्ता फलफुलको पकेट क्षेत्र घोषणा गरिने र अन्य वडामा सम्भाव्यताका आधारमा फलफुल तथा पशु जन्य क्रियाकलाप संचालन गरिने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।


महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने

भक्तपुर, ३० साउन - काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने तयारी भएको हो ।


स्थानीय तहमा समयमै बजेट ल्याउन नेपाल नगरपालिका संघले सवयंसेवक खटाउने

भक्तपुर, ३० साउन -नेपाल नगरपालिका संघले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा समयमै बजेट ल्याउन स्वयंसेवक खटाउने तयारी थालेको छ । संघले आगामी आवदेखि तीनवटा प्रदेशमा स्वयंसेवक खटाउने जनाएको हो ।


सुनकोशी गाउँपालिकाको नीति : भौतिक पूर्वाधार विकास र कृषि

भक्तपुर, २९ साउन – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको छ । गाउँपालिकाले चालु आवमा पूर्वाधार क्षेत्रलाई नै पहिलो प्राथमिकतामा बजेट समेत विनियोजन गरेको छ ।


काठमाडौं महाननगरपालिकाले ९ अर्ब ६४ करोड २४ लाख राजश्व संकलन गर्यो

भक्तपुर, २९ साउन -काठमाडौं महाननगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ६४ करोड २४ लाख ८० हजार २७६ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरपालिकाले १० अर्ब ५५ करोड ७३ लाख ५७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो ।


सूर्यविनायक नगरपालिाकामा उज्यालो भक्तपुर अभियानको शुभारम्भ

भक्तपुर, २८ साउन - सूर्यविनायक नगरपालिका ७ गुन्डु चोकबाट खहरेसम्मको दुई किलोमिटर दुरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सोलार बत्ति एकैपटक बालेर “उज्यालो भक्तपुर अभियान”को शुभारम्भ भएको छ । नगरपालिकाको सक्रियतामा यो अभियान सुरु गरिएको हो ।


काठमाडौं महानगर : यस्तो छ शहरी पूर्वाधार र यातायात योजना

भक्तपुर, २८ साउन – देशकै राजधानी र सवै भन्दावढी जनघनत्व रहेको काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्ष २०७६/०७७ मा शहरी पूर्वाधार विकास नीति अन्र्तगत संघीय राजधानीको रुपमा रहेको काठमाडौं शहरका लागि आधुनिक पूर्वाधारयुक्त संरचनाको विकास तथा विस्तार गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आवधिक योजना, क्षेत्रगत गुरुयोजना एवं नीतिहरु तयार गरि आर्थिक बर्षभित्र बृहत जनसहभागितामा ‘काठमाडौं भिजन २१००’ तयार गर्ने भएको छ ।


प्रदेश नम्वर ३ प्रदेश सभा : १८ महिनामा ३६ वटा कानुन निर्माण

भक्तपुर, २८ साउन - प्रदेश नम्वर ३प्रदेश सभाले १८ महिनामा ३६ वटा कानुन निर्माण गरेको छ  । २०७४ पुसमा गठन भएको प्रदेश सभाले ०७६ असार मसान्तसम्म प्रदेश सरकारबाट पेस भएका ४३ वटा विधेयकमध्ये ३६ प्रमाणीकरण, ५ समितिमा छलफल र २ वटा नयाँ दर्ता भएको जनाएको हो  ।


ललितपुर महानगरपालिकामा नेपालमै पहिलो पटक बिउ एटिएम सञ्चालन

ललितपुर, २७ साउन -ललितपुर महानगरपालिकाले नेपालमै पहिलोपटक बिउ एटिएम सञ्चालनमा ल्याएको छ  । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेल अन्तर्गत सक्कल एग्रो एन्ड सिड ट्रेडर्ससँगको सहकार्यमा आइतबारबाट एटिएम सञ्चालनमा आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।


फोहोर व्यवस्थापन गर्न आधुनिक प्रविधि भित्र्याउँदै बनेपा नगरपालिका

बनेपा, २७ साउन -बनेपा नगरपालिकाले फोहोर व्यवस्थापन गर्न आधुनिक प्रविधि भित्र्याउन लागेको छ  । फोहोर व्यवस्थापनका लागि धुवाँ, ध्वनि र प्रदूषणरहित आधुनिक जापानिज प्रविधि ल्याउने नगरपालिकाले तयारी गरेको छ  ।


कपडा बैंक सञ्चालन

बनेपा, २७ साउन - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका कार्यालय अगाडि कपडा बैंक (दराज) को स्थापना गरिएको छ । बनेपा नगरपालिका–८ का स्थानीय बासिन्दा सर्वश्री अधिकारीको सक्रियतामा शनिबारबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।


इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

काठमाडौँ, २६ साउन - प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ ।


गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा, २६ साउन- गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट नेपालले स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्न थालिसकेका छन् ।


पर्यटन बर्ष २०२० - ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगा’

साउन २५,भरतपुर - चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ ।


प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

भक्तपुर, २५ साउन -घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।


नेपाल भ्रमण वर्ष २०२० : यी हुन् ३ नम्वर प्रदेशका १० घुमफिर स्थल

भक्तपुर, २४साउन - संघीय सरकारले १५ लाख पर्यटक नेपाल भ्रमण गराउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै छ । विगतको सरकारले बिनातयारी सन् २०१८ लाई भ्रमणवर्ष मनाउने भनेता पनि तयारी नपुग्ने भएपछि सरकारले सन् २०२० मा १५ लाख पर्यटक नेपाल ल्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने भएको हो ।


सूर्यविनायक नगरपालिकाको राजश्व संकलनमा छलाङ, लक्ष्यभन्दा तेब्बरबढी संकलन

भक्तपुर, २४ साउन -भक्तपुरको सूर्यविनायक नगरपालिकामा जननिर्वाचित प्रतिनिधिको सक्रियताले राजश्व संकलनमा अधिक वृद्धि भएको छ । जनप्रतिनिधि नै राजश्व संकलनका लागि सक्रिय रुपमा लागेपछि नगरले आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यभन्दा तेब्बरबढी राजस्व संकलन गरेको छ  ।


वडा कार्यालयको सहकार्यमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक

बनेपा, २४ साउन -राट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ । वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो ।


सार्वजनिक जग्गा खोजी गर्दै कामपा

भक्तपुर, २४ साउन -काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ ।


प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौडा, २३ साउन -प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ ।


रत्ननगर नगरपालिकाको विकासको आधार : कृषि, पर्यटन र पूर्वाधार

भक्तपुर, २२ साउन – चितवनको रत्ननगर नगरपालिकाले चालु आर्थिक बर्ष ०७६/०७७ मा नगरमा भौतिक पूर्वाधार, पर्यटन, कृषि, उद्यमशिलता, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरेको छ । नगरको पाँचौ नगर सभावाट पारित भएको नीति तथा कार्यक्रम अनुसार समग्र नगरको विकासका लागि प्राथमिकतामा रहेका यी क्षेत्रको विकासमा जोड दिएको छ ।


इन्द्रावती गाउँपालिकाको विकास नीति : भौतिक पूर्वाधार, शिक्षा र कृषि

भक्तपुर, २२ साउन – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले पूर्वाधार विकास र विस्तारलाई उच्च प्राथमिकता दिएको छ । गाउँपालिका भित्र साना ठूला सडकको निमार्ण गर्ने र आम नागरिकलाई सहज यात्राको व्यवस्था गर्ने गाउँपालिकाले नीति अबलम्वन गरेको छ ।


पाँचखाल नगरपालिकाको जमानीमा खानेपानी उपभोक्तालाई दुई करोड ऋण

काभ्रे, २२ साउन - पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।


सूर्यविनायक नगरपालिकामा उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर, २२ साउन -सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो ।


प्रदेश नं ३ सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

भक्तपुर, २२ साउन -प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो ।


ललितपुर महानगरपालिकामा आयो नयाँ ब्रुमर, चाँडै सञ्चालनमा आउने

भक्तपुर, २१ साउन - ललितपुर महानगरपालिकाले शहरलाई सफा र धुलोमुक्त गर्ने अभियानलाई तिव्र रुपमा अगाडि वढाएको छ । महानगरले विगत बर्षदेखि नै लिएको यो नीति अहिले भने कार्यान्वयन सुरु गरेको हो ।


काठमाडौं महानगर : शौचालय निर्माणका लागि जग्गा अभाव

काठमाडौं -काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजिभइरहेको जनाएको छ  । तत्कालका लागि १२ स्थानमा शौचालय निर्माण गर्ने योजनामा रहेको महानगरले उपयुक्त ठाउँमा जग्गा प्राप्त भइनसकेको बताएको छ  ।


ललितपुर महानगर र चीनको चिनख्वा महानगरपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर, २१ साउन - ललितपुर महानगरपालिका र चीनको चिनख्वा महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ  । भगिनी सम्बन्ध कायम गर्नेसम्बन्धी पत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चिनख्वा महानगरपालिकाका प्रमुख ख्वाङ चीन छावले हस्ताक्षर गर्नुभएको छ ।


तीन वटै तहका सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक (हेर्नुहोस, कसको कति ? )

भक्तपुर, २० साउन -मुलुकका तीन वटै तहका सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । संघीय सरकारको अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरेपछि सार्वजनिक भएको छ ।


गोदावरी नगरपालिकाको ३ नम्वर वडाद्वारा छ करोडको योजना सम्पन्न

ललितपुर, २० साउन - आर्थिक वर्ष २०७५/8०७६ मा गोदावरी नगरपालिकाको ३ नम्वर वडाले छ करोड ३६ लाख ५० हजार ३६० को योजना सम्पन्न गरेको छ । सो वडाले गत आवमा ६० लाख बजेट छुट्याएकामा दाता, स्रोत, प्रदेश र सङ्घको तर्फबाट दिएको रकमबाट नगरपालिका र वडा मिलेर ४९ योजना तथा कार्यक्रम सम्पन्न गरिसकेको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी गराउनुभयो ।


माडी नगरपालिकाको विकास नीति : प्राथमिकतामा पर्यटन, पूर्वाधार र कृषि

भक्तपुर, १९ साउन –चितवनको माडी नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको छ । नगरपालिकाको तेस्रो नगरसभावाट आर्थिक वर्ष ०७६/०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा व्यवसायीकरण, पर्यटन उद्योगको विकास र पूर्वाधारतर्फ सडक, खानेपानीको तिव्र विकासलाई प्राथमिकतामा राखेको हो ।


स्थानीय सरकारको पहलमा चार हजारलाई घरमै नागरिकता

हेटौडा, १९ साउन -स्थानीय तहको सहकार्यमा घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।


भक्तपुर नगरको शिक्षा नीति : उच्च माविमा कानुन र चित्रकला पढाई

भक्तपुर, १९ साउन –भक्तपुरनगरपालिकाले चालु आर्थिक बर्षमा आफ्नो शिक्षा नीति अनुसार कक्षा ११ र १२ मा कानुन र चित्रकलाको पढाई सुरु गर्ने भएको छ । दुई वटा इन्जिनियरिङ्ग कलेज सहित ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको नगरपालिकाले विद्यार्थीको माग र आवश्यकता अनुसार थप विषय पठन पाठन सुरु गर्ने नीति लिएको हो ।


बुढीगण्डकी जलविद्युत् आयोजना : ढाँचा अझै बनेन, ३६ अर्ब खर्च

भक्तपुर, १८ साउन -आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म रु ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ । आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास समिति गठन गरेदेखि हालसम्म उक्त परिमाणको रकम खर्च भएको हो ।


प्रदेश ३ सरकारद्वारा आधा मात्रै बजेट खर्च

भक्तपुर, २ साउन - प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा कूल बजेटको आधा मात्रै बजेट खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०७५र०७६ मा चालु खर्चको आधा रकम मात्र पुँजीगत खर्च गरेको हो ।


संघीय सरकार : असार मसान्तको दिन २१ अर्ब ६५ करोड भुक्तानी

भक्तपुर, १ साउन - संघीय सरकारले आर्थिक बर्ष ०७५/०७६ को अन्तिम दिन अर्थात असार ३१ गते मात्रै २१ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ भुकतानी गरेको छ । सरकारले आवको अन्तिम दिन दिनमै ७९ अर्ब रुपैयाँ निकासा गरेको छ ।


चितवन वासी प्रदूषित पानी पिउन बाध्य

साउन १, चितवन - जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो ।


चितवन वासी प्रदूषित पानी पिउन बाध्य

साउन १, चितवन - जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो ।


काभ्रेमा उत्पादन भएको आलु विषादीरहित

साउन १,काभ्रेपलाञ्चोक - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकले जिल्लामा किसानले उत्पादन गरेको आलु विषादीरहित भएको जनाएको छ । आलु सुपरजोन कार्यालयका प्रमुख दीपक पौडेलले हिउँदको समयमा किसानले मण्डनदेउपुर र पाँचखालमा उत्पादन गरेका आलुलाई खेतबाट नै नमूना सङ्कलन गरी काठमाडौँस्थित द्रुत विषादी विश्लेषण केन्द्रमा गरिएको अर्गानो फस्फेट र कार्वामेटको परीक्षण गर्ने क्रममा १० दशमलव ११ प्रतिशत मात्रै पाइएको बताउनुभयो ।


देशभर २४३ सडक पुलको निर्माण

साउन १, काठमाण्डु - सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।


महालक्ष्मी नगरपालिकाको बजेट ९७ करोड ८९ लाख, पूर्वाधार विकासमा जोड

भक्तपुर, ३१ असार – ललितपुरको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ९७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले छैटौ नगरसभावाट स्वीकृत भएको आगामी आवको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको हो ।


दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने

दोलखा ३१, भीमेश्वर- पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो ।


दोलखामा पर्यटनका लागि चिडियाखाना बन्ने

दोलखा ३१, भीमेश्वर- पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो ।


निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

असार ३०, धादिङ - बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिनुभयो ।


स्थानीय तहलाई उद्धारमा जुट्न मन्त्रालयको निर्देशन

असार २८, काठमाडौँ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीबाट पीडितको उद्धार कार्यमा लाग्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुृख, सहसचिव केदारप्रसाद पनेरुले देशभरि अहिले भइरहेको वर्षाले जनधनको क्षति पुगेको भन्दै स्थानीय तहलाई १० बुँदे निर्देशनात्मक आदेश दिँदै उद्धार तथा राहत कार्यक्रममा लाग्न निर्देशन दिनुभएको हो ।


क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध

असार २८, काभ्रेपलाञ्चोक - दुई दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडकमा लेदो जम्दा बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अधिकांश स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण अवरुद्ध भएको हो ।


हजार महिलालाई सीपमूलक तालीम

असार २८,भक्तपुर - चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रका महिलाको हातमा सीप पु¥याउने उद्देश्यले एक हजार महिलालाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको छ । नगरपालिकाको महिला तथा दलित लक्षित कार्यक्रमअन्र्तगत नगर र वडास्तरीय गरी दुई चरणमा महिलालाई सीपमूलक तालीम प्रदान गरेको नगरपालिकाका उपप्रमुख बीना बाँस्तोलाले जानकारी दिनुभयो ।


बाढीपहिरोबाट ३२ जनाको मृत्यु, १७ जना बेपत्ता

असार २८, काठमाडौँ - अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् ।


‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

असार २८, बनेपा - घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् । घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५÷६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान घटनास्थलमै मृत्यु भएको थियो ।


महिलालाई स्वरोजगार बनाउँदै चाँगुनारायण नगरपालिका

भक्तपुर, २८ असार - चाँगुनारायण नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन सिपमुलक तालिम दिन थालेको छ । स्वरोजगारका लागि महिला तथा दलित लक्षित कार्यक्रम अन्र्तगत एक हजार महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गरेको नगरपालिकाको भनाय छ ।


गाउँपालिकाको नीति योजना - जल,जंगल र जमिनको समुचितउयोग

असार २७, सिन्धुपाल्चोक - चीनसँग सिमान जोडिएको भोटेकोशी गाउँपालिकाले बैदेशिक सम्वन्धलाई मजबूद गर्दै आन्तरिक स्रोत बृद्धि गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको नीति योजना अघि सार्दै भोटेकोशीले यहाँको जल,जंगल र जमिनको प्रयोग गरेर आन्तरिक स्रोत बृद्धि गर्ने जनाएको छ ।


अभिरल बर्षाका कारण देशभर बाढी पहिरोको जोखिम

भक्तपुर, २७ असार - देशभर भारी बर्षाका कारण बाढी, पहिरोमा परेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने अधिकाशं स्थानीय तहमा बाढी पहिरोको जोखिम बढेको छ । काठमाडौं, भक्तपुर, ललितपुर सहित देशका पहाडी र तराई क्षेत्रमा वाढी पहिरोको जोखिम बढोको छ ।


विमान दुर्घटना टर्‍यो,उडान अवरुद्ध

असार २७,काठमाडौँ - यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो ।


तातोपानीबाट आयात शुरु

असार २७, सिन्धुपाल्चोक - विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ ।


बर्खासँगै गाउँपालिकाकोे सडक अवरुद्ध

असार २६, काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको सडक बर्खायाम शुरु भएसँगै अवरुद्ध भएको छ । जिल्ला सदरमुकाममा आवतजावत गर्नका लागि छिमेकी जिल्ला सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाको रामपुरखोला हुँदै जानुपर्नेमा बर्खा लागेसँगै रामपुर खोला बढेर तर्न नसकिने, कच्ची सडकको ठाउँठाउँमा पहिरो जाने, भत्कने र हिलोका साथै खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भएपछि त्यहाँका बासिन्दाले कठिनाइ व्यहोर्नु परेको हो ।


दुर्घटनामा गाउँपालिका अध्यक्ष घाइते

असार २६, धादिङ - धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्नुभएका सोही गाउँपालिकाका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको छ । धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।


सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

असार २६,काभे्रपलाञ्चोक - तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् ।


भारतीय ट्रकमा आगजनीको प्रयास

असार २६, चितवन - भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ । बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।


विश्व जनसङ्ख्या दिवस - जनसाङ्ख्यिक असन्तुलनको खतराप्रति सजग हुन आग्रह

असार २६, प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गर्नुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिनुभएको हो ।


चौसागढी नगरपालिकामा चिया खेतीको शुभराम्भ

असार २५,सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगपालिकाले वडा नम्बर १ अन्र्तगत ओख्रेनीमा व्यावसायिक चिया खेतीको शुभराम्भ गरेको छ । आईतबार उक्त क्षेत्रमा चियाको बिरुवा रोप्ने कार्यको शुभराम्भ नगर प्रमुख अमान सिं तामाङले गर्नुभएको हो ।


वायो ईन्जिनेरिङ पद्वतिद्वारा वृक्षारोपण - एककरोड गुमनाम

असार २५,सिन्धुपाल्चोक - बाह्रबिसे नगरपालिका वडा नम्बर ४ अन्र्तगत सालघारी पहिरो नियन्त्रण गर्न वृक्षारोपण थालिएको छ । २०७२ सालको भूकम्प पछि जमिन फाटेर पहिरो गएको सालघारीमा पहिरो नियन्त्रण गर्न भन्दै नगरपालिकाले योजना बनाएपछि सुनकोशी सामुदायिक बन समुह मार्फत हिजो उक्त पहिरोग्रस्त क्षेत्रमा वृक्षारोपण गरिएको हो ।


काठमाडौं महानगरका ट्राफिक आइल्याण्डमा अब बाह्रै महिना फूल फुल्ने

काठमाडौं, २४ असार - काठमाडौं महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फूल फुलाउन काठमाडौं महानगरपालिका, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको छ । हालै भएको यो त्रिपक्षीय सम्झौता अनुसार अबको ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाइनेछ ।


कीर्तिपुरमा चल्यो डोजर, मिचेको संरचना स्थानीयले भत्काइदिए

काठमाडौं– कीर्तिपुर नगरपालिकामा पुरानो कुलो मिचेर बनाइएको संरचना स्थानीयवासीले भत्काएका छन्  । वडा नं ।


चेपाङसमुदायलाई पत्रकारिता सिकाउँदै गाउँपालिका

असार २२,मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो ।


प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

असार २२, सिन्धुली - नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।


रेडियो हिमालयन उद्घाटन, आजबाट १८ घण्टा सञ्चालन

२१ असार,भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको जगातेमा आजबाट ५०० बाटको क्षमता रहेको रेडियो हिमालयन ९९.७ मेगाहर्जको सञ्चालनमा आएको छ । आज आयोजित रेडियो हिमालयनको उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठले रिबन काटी, रेडियो हिमालयन ९९.७ मेगाहर्जको स्टुडियोमा रहेको लोगो अनावरण एवं अनलाइन संस्करण रेडियो हिमालयन डट कमको स्वीच थिचेर उद्घाटन गर्नुभयो ।


इन्जिनियर मुक्ती सिवाकोटी वाढीले वगाएर बेपत्ता

असार २१ सिन्धुपाल्चोक - जुगल गाउँपालिका २ मा रहेको एक लघु जलविद्युत आयोजनामा गए राती वाढी पस्दा आयोजनामा कार्यरत एक इन्जिनियर मुक्ती सिवाकोटीलाई बगाएर बेपत्ता बनाएको छ । उनको खोजी कार्य जारी छ ।


वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिए

असार २१, काभ्रेपलाञ्चोक - बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिनुभएको छ । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।


भारतले नेपाललाई दिने रकममा ४० प्रतिशत बढायो

काठमाडौं - छिमेकी मुलुक भारतले नेपाललाई दिँदै आएको अनुदान सहयोगमा वृद्धि गरेको छ । नयाँ बजेटमा भारतले अघिल्लो वर्षको नेपाललाई दिने रकममा ४० प्रतिशत बढाएको हो ।


काठमाडौं महानगरपालिकाका उपप्रमुख अस्पताल भर्ना

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी छन् । अस्पताल स्रोतले खड्गीको स्वास्थ्य सामान्य रहेको बताए ।


अभिव्यक्ति स्वतन्त्रता होइन अराजकता नियन्त्रण गर्न खोजिएको हो - मन्त्री बाँस्कोटा

असार२०,काठमाण्डौं- सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने र रोक्नेतर्फ कुनै प्रयास नगरेको र सो विषयमा सोच्न पनि नसक्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रतालाई नभई अराजकतालाई नियन्त्रण गर्न खोजेको स्पष्ट पार्नुभयो ।


समायोजन भएर स्थानीय तहमा गएका कर्मचारी सिंहदरबार फर्किए

असार २० काठमाण्डौं - स्थानीय तहमा समायोजन भएर गएका करिब ८० कर्मचारी सिंहदरबार फर्किएका छन्  । खटाएको स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिले भर्ना हुन नदिएको भन्दै उनीहरू संघमा फर्किएका हुन्  ।


‘व्यापार सहजीकरणमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा’

काठमाण्डौ,असार १९ - निजी क्षेत्रले व्यापार सहजीकरण र आर्थिक गतिविधि विस्तारमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीले विद्यमान आपूर्ति प्रणालीमा देखिएको व्यवधान तत्काल हटाइनुपर्ने बताए ।


उद्योगलाई जग्गा अभाव

असार १९,मकवानपुर - औगोगिक क्षेत्र हेटौँडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भए पनि नयाँ उद्योगका लागि जग्गाको माग बढेकाले जग्गा अभाव भएको हो ।


घुम्ती सेवाबाट ७३ लाई नागरिकता

असार १८, धुलिखेल जिल्ला प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् । अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन् ।


माडी नगरपालिकाद्वारा माडीवासीलाई निःशुल्क रगत

चितवन, १७ असार – माडी नगरपालिकाले त्यहाँका बासिन्दालाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । माडी वा अन्य क्षेत्र जहाँ उपचार गरे पनि त्यहाँका स्थानीयवासीहरुले रगतमा अनुदान पाउने भएका हुन् ।


प्रदेश नं ३ का स्थानीय तहले गरेनन् राजश्व बाँडफाँट

काभ्रेपलाञ्चोक, १७ असार – प्रदेश नं ३ का १०० भन्दा बढी स्थानीय तहले चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि नदीजन्य पदार्थको राजश्व बाँडफाँड नगरेका नगरेको जानकारी छ । राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको हो ।


ईटालीको नगरपालिका संग दुई स्थानीय तहले गरे सम्झौता

असार १७,सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका दुई स्थानीय तहले इटालीको रोभेरेटो नगरपालिका संग पर्यटन प्रर्वद्वन लागि सम्झौता गरेको छ । ईटालीको भ्रमणमा निस्केका मेलम्ची नगरपालिका मेयर डम्बर बहादुर अर्याल र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले ईटालीका मेयर फ्रन्सेस्को भेल्डुगालाई संग द्विपक्षीय सम्झौता गर्नुभएको हो ।


बाह्रबिसे नगरपालिकाद्वारा बिजेता खेलाडीलाई सम्मान

असार १७,सिन्धुपाल्चोक (खेलकुद) - बाह्रबिसे नगरपालिकाले राष्ट्रिय उपमेयरकप महिला फुटबल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वार आयोजित राष्ट्रिय उप–मेयर कप महिला फुटबल प्रतियोगीताको बाह्रबिसे नगरपालिकाले द्वितीय स्थान प्राप्त गरेको थियो ।


विदुर नगरपालिकाद्धारा कृषकलाई हाते ट्र्याक्टर

भक्तपुर १६ असार-नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।


राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

असार १५,काठमाडौँ - स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ शुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।


राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

असार१५ ,काठमाडौँ - आर्थिक वर्ष २०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गर्नुभएको हो ।


जिरीका प्रत्येक वडामा पर्यटन पार्क

असार १५, दोलखा (निर्माण) - दोलखाको जिरी नगरपालिकामा पर्यटकलाई लोभ्याउन प्रत्येक वडामा पर्यटन पार्क निर्माणको अभियान सुरु भएको छ  । पर्यटनको प्रचुर सम्भावना रहेको जिरीलाई थप व्यवस्थित र पर्यटकको मुख्य गन्तव्य बनाउन नगरपालिकाले पार्क निर्माण अभियान थालेको हो  ।


सडक निर्माणसँगै खानेपानीे अभाव

असार १५,चितवन - पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ ।


लौठ सल्लाको बिरूवा रोपण

असार १५,रसुवा - क्यान्सर रोगको औषधिमा प्रयोग हुने उपयोगी मानिएको लौठसल्लाका बिरूवा उत्तरी रसुवाको गतलाङ क्षेत्रमा शनिबार रोपण गरिएको छ । ‘एक व्यक्ति, एक बिरूवा रोपण’ अभियानलाई सार्थक पार्दै डिभिजन वन कार्यालय रसुवाको आयोजनामा आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गतलाङगाउँको उच्च क्षेत्रमा २०० लौठसल्लाको बिरूवा रोपणकार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।


ढुक्क हुनुस् सरकारको नेतृत्व परिवर्तन हुँदैन - पोखरेल

असार १४, सिन्धुली (विचार) - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गर्नुभयो ।


मेलम्ची नगरपालिका र इटालीको रोभेरोटो नगरपालिका वीच सम्झौता

असार १४,भक्तपुर - मेलम्ची नगरपालिकाले समृद्धिको प्रमुख ४ आधारहरु अंगिकार गरेको थियो जसमध्ये पर्यटनको आधार प्रमुख खुडकिलो हो । मेयर डम्बर अर्याल भन्नुहुन्छ पर्यटन प्रबर्द्धनको लागि एक खुड्किलो चढेका छौ ।


जिप दुर्घटनामा परी वडाध्यक्ष घाइते, चालकको घटनास्थलमै मृत्यु

रामेछाप, १४ असार - लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको गुरुवाङ्गमा जिप दुर्घटनामा परी सोही वडाका वडाध्यक्ष निङमार तामाङ घाइते हुनुभएको छ । उहाँको दुरागाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।


राक्सिराङ गाउँपालिकाको बजेट ४५ करोड : प्रत्येक वडामा हेलिप्याड

भक्तपुर, १३ -असार मकवानपुरको राक्सिराङ गाउँपालिकाले ४५ करोड ९ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगत तर्फ १७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं प्रवर्द्धनात्मक कार्यक्रमतर्फ २३ करोड ८९ लाख २९ हजार रहेको छ ।


प्रदेश ३ को बजेट पारित

काठमाडौ, १३ असार -प्रदेश नं ३ प्रदेशसभाको बिहिबार बसेको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटलाई पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।


सूर्यविनायक नगरपालिकाको बजेट एक अर्ब ३० करोड : ठूला पूर्वाधार विकासमा लगानी गर्ने

भक्तपुर, १२ असार ( बजेट ) - सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरको पाचौं नगरसभावाट यो बजेट सार्वजनिक भएको हो ।


स्थानीय तहलाई ३ दिनभित्र बजेट विवरण उपलब्ध गराउन परिपत्र

काठमाडौं, ११ असार ( नीति तथा कार्यक्रम) -संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई ३ दिनभित्र आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेट विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयले नगर र गाउँसभामा प्रस्तुत गरेको बजेट विवरण उपलब्ध गराउन परिपत्र गरेको जनाएको हो ।


चौतारा साँगाचोकगढी नगरपालिका : १ अर्ब ३५ करोड बजेट

सिन्धुपाल्चोक, ११ असार – प्रदेश नं. ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले अर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ । हाल १४ वटा वडा रहेको उक्त नगरपालिकाद्वारा अर्थिक वर्ष २०७६/७७ को १ अर्ब २३ करोड ८७ लाख १५ हजार र संघ–संस्थाको १२ करोड १ लाख ८९ हजार ६ सय ७९ गरी १ अर्ब ३५ करोड ८९ लाख ४ हजार ६ सय ७९ रूपैयाको योजना तथा कार्यक्रम समेटिएको वजेट नगर सभामा प्रस्तुत गरिएको हो ।


देशको सबै भन्दाबढी जनघनत्व रहेको काठमाडौं महानगरको बजेट १५ अर्ब ५० करोड : पूर्वाधार विकासमा मात्र ५ अर्ब ९८ करोड विनियोजन

काठमाडौं, ११ असार ( बजेट) - देशकै राजधानी रहेको र सबै भन्दाबढी जनघनत्व समेत रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । महानगरले चालु आवको तुलनामा आगामी आवका लागि १९ प्रतिशतले बढीको बजेट सार्वजनिक गरेको हो ।


भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १३ करोड : शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई प्राथमिकता

भक्तपुर, ११ असार ( नीति तथा कार्यक्रम) - भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २ अर्ब १३ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबारको पाँचौ नगरसभावाट सो बजेट सार्वजनिक भएको हो ।


जनप्रतिनिधिको शिर निहुरिन दिन्न : मन्त्री पण्डित

ललितपुर, १० असार – संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले जनप्रतिनिधिको शिर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ललितपुर महानगरको चौथो महासभालाई संवोधन गर्दै पण्डितले मंगलबार सो बताउनुभएको हो ।


हेटौँडा उपमहानगरपालिका : रु एक अर्ब ८१ करोड बजेट

हेटौँडा, १० असार– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उक्त बजेट उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा प्रस्तुत गरिएको हो ।


ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : ५ अर्व १७ करोडकाे बजेट

काठमाडौं, १० असार (नीति तथा कार्यक्रम) -ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेट आज सार्वजनिक भएको छ । नगरसभामा महानगरप्रमुख चिरीबाबु महर्जनले सो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।


प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

काठमाडौँ, १० असार – प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण मेसिन राख्ने तयारी गरेको हो ।


क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

असार १० काभ्रेपलाञ्चोक- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ (प्रबलीकरण) गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो ।


यस्तो छ महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रम

ललितपुर, ९ असार ( नीति, कार्यक्रम) - ललितपुरको महालक्ष्मी नगरपालिकाले आईतबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर रामेश्वर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गर्नुभएको हो ।


सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : प्रथामिकतामा कृषि, शिक्षा, पर्यटन र पूर्वाधार

भक्तपुर, ९ असार (नीति तथा कार्यक्रम)- भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको हो । भक्तपुरमा आयोजित नगरपालिकाको ५ औं नगरसभामा नगरप्रमुख बासुदेव थापाले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।


प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै

असार ९,हेटौडा (नीति निर्माण)- राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रम - युवा वर्गमा अवसर र उत्साह

असार ९,काभ्रे (उत्साह)- दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ । मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो ।


कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नति गर्ने

भक्तपुर, ८ असार ( विकास निमार्ण) - कागेश्वरी मनोहरा नगरपालिकाले चाबहिल–साँखु सडकखण्ड स्तरोन्नती गर्ने भएको छ । सडक जीर्ण बनेपछि स्थानीयले आन्दोलन चर्काइरहेको वेला नगरपालिकाले सडक मर्मत गर्ने सहमति गरेको हो ।


समयसीमा भित्रै बजेट पेश गर्ने स्थानीय तहलाई निर्देशन

काठमाडौं, ७ असार (निती नियम) -आर्थिक बर्ष २०७६/७७ लागि संघीय सरकारले स्थानीय तहहरुलाई असार १० गते सम्म बजेट ल्याउन निर्देशन दिएको छ । संघीय सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गते सम्म आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न स्थानीय तहलाई निर्देशन दिएको हो ।


माडी–ठोरी सडक अवरुद्ध

असार ७, चितवन (सुझाव)- बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।


सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई बन्दैछन् राजधानीमा १४ बंगला

काठमाडौं (निती निर्माण) – देशमा रहेका सात वटौ प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि स्थायी बसाइ सम्बन्धित सथान भनेको प्रदेश नै हो  । विशेष कामले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन  ।


प्रदेश नं ३ को स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै

असार ६,मकवानपुर(नीती नियम)- प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै लगाउन प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।


शताब्दी पुरुष जोशीलाई नागरिक अभिनन्दन

असार ६,भक्तपुर (मान सम्मान) - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल ¥यालीसहित सूर्यविनायकमा उहाँको अभिनन्दन गरेको हो ।


पुनर्निर्माणमा जिल्लामै कोञ्ज्योसोम गाउँपालिका अगाडि

काठमाडौं, ६ असार- (अब्वल)निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् ।


भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

काठमाडौं ६ असार (रोजगार)-भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो ।


पाँचखाल नगरपालिकामा जनप्रतिनिधिको सवारी बजेटले दमकल

काठमाडौं, ६ असार(प्रतिबद्धता)- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नगरपालिकाको कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो ।


सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी

असार ६ रसुवा (दुर्घटना) - उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् ।


स्थानीयको अवरोध पन्छाउँदै - मेलम्चीको काम पुनःशुरु

असार ५ सिन्धुपाल्चोक (बिकास निर्माण) - इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ ।


कामपाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं, ५ असार ( नीति तथा कार्यक्रम ) - काठमाडौं महानगरपालिकाले बिहीबार महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।


सरकारको अनुमतिबिना एनजीओलाई स्थानीय तहमा जान प्रतिबन्ध लाग्ने

काठमाडौं, ५ असार ( नीति नियम ) - संघीय तथा प्रदेश सरकारको अनुमतिबिना अब गैरसरकारी संस्था (एनजीओ)ले स्थानीय तहमा कार्यक्रम संचालन गर्न नपाउने भएका छन् । सरकारले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्ने तयारी गरिरहेकाले अब यस्तो नीति बन्ने भएको हो ।


चीनको छेन्दु नगरद्वारा महानगरलाई दुई थान ब्रुमर हस्तान्तरण, के अव सडक सफा होला ?

काठमाडौं, ५ असार - चीनको छेन्दु नगरले हालै मात्र काठमाडौं महानगरलाई दुई थान ब्रुमर हस्तान्तरण गरेको छ । काठमाडौं महानगरको धुलो सफा गर्न सहयोग पुग्ने भन्दै महानगरलाई प्रदान गरिएको ब्रुमरको साँचो महानगरलाई प्रदान गरेको हो ।


स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

असार ५,सिन्धुपाल्चोक (विवाद) - मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।


परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

असार ४, काठमाण्डु (निर्देशन)- गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो ।


बहुउद्देश्यीय आयोजनामा ध्यान देऊः सांसद

असार ४, काठमाण्डु - प्रतिनिधिसभाको आजको बैठकमा बूढीगण्डकी र पश्चिम सेतीजस्ता ठूला र बहुउद्देश्यीय आयोजना तत्काल अगाडि बढाई राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराइएको छ । दुवै आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।


गुठी विधेयकविरुद्ध कामपामा प्रदर्शन : संघीय सरकारका तीन मन्त्रीको राजीनामा माग

काठमाडौं, ४ असार - संघीय सरकारले हालै ल्याएको गुठी विधेयक विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा उपत्यकाका तीनवटै जिल्लाका हजारौ मानिस नाराजुलुस सहित उत्रिएका छन् । गुठी विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलनलाई भने झन चर्काएका छन् ।


हेलम्बुको एकीकृत बस्ती निर्माण सम्पन्न

असार ४,सिन्धुपाल्चोक - पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तेम्वाथाङमा भूकम्पपीडितका लागि निर्माण गरिएको एकीकृत बस्तीको निर्माणकार्य सम्पन्न भएको छ । बुट्टेदार बुद्धको आकृति एवं ह्याल्मो संस्कृति झल्कने ‘नाम्दर गेसुम’ नामक प्राचीन झ्यालसमेत जडित नवनिर्मित ४० आवासगृहमा पीडित परिवार यसै सातादेखि बसोबास गर्न थालेको एकीकृत बस्ती केन्द्रका अध्यक्ष साङगे लामाले जानकारी दिनुभयो ।


संघीय संसदको प्रतिनिधिसभा बैठक अबरुद्ध : युरोप भम्रण र गुठी विधेयकबारे ५ बजे प्रधानमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौं, ३ असार - अहिले संघीय संसददेखि सडकसम्म सरकारको विरोध चलिरहेको छ । सरकारले ल्याउन लागेको गुठी बिधेयक र मिडिया काउन्सिल विधेयक लगायतका विषयमा संघीय संसदको प्रमुख विपक्षि दल नेपाली काँग्रेस लगायतका दलले सरकारको विरोध गरिरहेका छन् ।


चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

चितवन, ३ असार - चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो ।


मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिकाको बैठकमै आक्रमण

रामेछाप, ३ असार - रामेछापको मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिकाको बैठकमै आक्रमण भएको छ । नगर कार्यपालिका सोमबार बसेको बैठकमा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की, वडा नम्बर १२ का अध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धव रम्तेलवाट नगर प्रमुख बस्नेत र प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई लक्षित गरि आक्रण भएको हो ।


बेथानचोकको गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै

बनेपा, २ असार – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ । सो गाउँपालिकाको वडा नं. ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४ नं. वडाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।


विद्युत् चुहिएर पाँच पसलमा आगलागी

असार २,काठमाण्डु,(दुर्घटना) - टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।


हिलेजात्रा अर्थात् ज्याःपुन्ही - यौनिकता दर्शाउने पनौती जात्रा

असार २, काभ्रे(परम्परा) -“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी ।


बुवाआमाको खातामा आम्दानीमध्ये १० प्रतिशत जम्मा गर्नुपर्छ

असार २, (नितिनियम) - सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम बुवाआमाको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको सो रकम बुवाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो ।


इन्द्रावती गाउँपालिकामा जनप्रतिनिधिको दुई बर्ष : गुरुयोजना निमार्णदेखि भगिनी सम्वन्ध स्थापित गर्नेसम्म

भक्तपुर - मुलुक नयाँ संरचनामा गइसकेपछि बनेको तीन तहको सरकार मध्ये स्थानीय सरकारको निर्वाचन भएको दुई बर्ष पुगिसकेको छ । लामो समयदेखि जनप्रतिनिधि बिहीन अवस्थामा गुज्रिएको स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जननिर्वाचित प्रतिनिधि आएको यो दुई बर्षमा धेरैले भने सोचे अनुसार काम गर्न सकिरहेका छैनन् ।


७ प्रदेश मध्ये सबै भन्दावढी बजेट ३ नम्वर प्रदेश सरकारको आउँदै

भक्तपुर, १ असार - देशकै राजधानी समेतरहेको३ प्रदेशका लागि सरकारले कति बजेट ल्याउँदैछभन्ने सबैको चासोको विषय हुन सक्छ । देशका ७ वटै प्रदेश सरकारहरुले आज बार्षिक बजेट सार्वजनिक गर्दै गर्दा प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का आउने बजेटमा चासो वढ्नु स्वभाविकै हो ।


काठमाडौं महानगरपालिकाद्वारा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु

काठमाडौं, १ असार – काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।


उपभोक्ताकै ४० प्रतिशत लगानीमा सामुदायिक भवन

०१ असार बाह्रबिसे (सिन्धुपाल्चोक) - गुरुङ बस्तीको एक छेउमा चिटिक्क परेको एक तलाको भवन छ । ढुङगा कुँदेर बिछ्याईएको सोही भवनको परिसरमा उभिनुभएकी स्थानीय पूर्णकुमारी गुरुङ निकै खुशी देखिनुहुन्छ ।


समितिको निर्देशन सच्याउनुपर्छ - मन्त्री पण्डित

जेठ ३२,भक्तपुर - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग गर्नुभएको छ । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘लोकसेवा आयोगले थालेको स्थानीय तहको परीक्षा र जनमानसमा सिर्जित अन्योलताको निकास’ विषयको छलफलमा उहाँले समितिले विज्ञापन रद्द गर्न दिएको निर्देशन संवैधानिक र कानूनीरुपमा त्रुटि रहेकाले सच्याउन माग गर्नुभयो ।


राजमार्ग सुधार गर्न बजेट पर्याप्त छ - मन्त्री डा खतिवडा

जेठ ३२,रसुवा - अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनुभएको छ । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट गर्नुभयो ।


गाउँमा पुगेन वित्तीय साक्षरता

भक्तपुर,३२ - जेठ बजारमा बैंकिङ प्रतिस्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकको होडबाजी नै चलेको छ ।


गाउँमा पुगेन वित्तीय साक्षरता

भक्तपुर,३२ - जेठ बजारमा बैंकिङ प्रतिस्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकको होडबाजी नै चलेको छ ।


अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण

३२ जेठ, सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो ।


प्रदेश ३ समन्वय परिषद्को वैठक : विकासका लागि साझा प्रतिवद्धता व्यक्त

काठमाडौं, ३१ जेठ - प्रदेश ३ समन्वय परिषद्को वैठकले साझा प्रतिवद्धता व्यक्त गर्दै सम्पन्न भएको छ । प्रदेश ३ सरकारको अस्थायी केन्द्र हेटौंडामा बुधबारबाटमा सुरु भएको वैठकमा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नोपल नगरपालिका संघ, गाउँपालिका महासंघको सहभागिता थियो ।


महानगरको स्वास्थ्य सेवाका ४० पदमा १,२९४ र श्रेणीबिहीन ४ पदका लागि २४४ को दरखास्त

काठमाडौं, ३१ जेठ - काठमाडौं महानगरले स्वास्थ्य सेवा र श्रेणीबिहीन पदमा माग गरेको आवेदनमाअत्याधिक दरखास्त परेको छ । महानगरको स्वास्थ्य सेवामा काम गर्न ४० पदमा माग गरिएपनि एक हजार २ सय ९४ जना उम्मेद्वारको दरखास्त परेको छ ।


गाउँपालिका उपाध्यक्षद्वारा इन्धन खर्चको रकम बालबालिकालाई

काभ्रेपलाञ्चोक, ३१ जेठ – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ । बर्तौलाले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गर्नुभएको हो ।


काठमाडौं महानगरको सहरी योजना आयोगमा ५ सदस्य नियुक्त

काठमाडौं, ३० जेठ - काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । महानगरले बिहीबार ५ सदस्य नियुक्त गरेको हो ।