समाचार

धान दिवस : किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

असार १५ वीरगञ्ज - हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन ।


ढल निकासको समुचित प्रबन्ध नहुँदा, कैदीबन्दीको बिचल्ली

आषाढ१५,जलेश्वर नगरपालिका (महोत्तरी) - महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो ।


पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना सङ्क्रमण

जेष्ठ ३१,काठमाडौं - पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् ।


भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : महतो

जेष्ठ ३१, काठमाडौं - जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।


सांसद् गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

जेष्ठ ३१, काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन । सभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उहाँको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिनुभयो ।


सिरहाका २० सङ्क्रमित घर फर्किए

जेठ २८, धनगढीमाई नगरपालिक (सिरहा) : सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिनुभयो ।


चार स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार नाघ्यो

जेठ २०, काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो ।


सिँचाइ तथा नदी नियन्त्रण : तराई मधेस सिँचाइ विशेष कार्यक्रम , ९६ करोड विनियोजन

जेठ २०, काठमाडौं - कृषि योग्य जमिनमा दिगो एवम् भरपर्दो सिँचाइ सुविधा पु¥याउन सिँचाइ आयोजनाहरूको विकास निर्माणलाई तीव्रता दिएकोछु । कृषिका सुपर जोन, जोन, पकेट र ब्लकहरूमा १२ महिना सिँचाइ सुविधा पु¥याइनेछ ।


कृषि : ३४ अर्ब ८० करोड विनियोजन

जेठ २०, काठमाडौं - नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिवीको अन्त्य गर्न, ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर वृद्धि गर्न तथा सबल अर्थतन्त्र निर्माण गर्न कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण जरुरी छ । यसका लागि कृषियोग्य जमिनको उपयोग, सिँचाइ, ग्रामीण सडक, ग्रामीण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छु ।


खानेपानी तथा सरसफाई : ४३ अर्ब ४६ करोड विनियोजन

जेठ १९, काठमाडौं - आधारभूत खानेपानी तथा सरसफाई सुविधा प्राप्त गर्ने नागरिकको मौलिक हक कार्यान्वयन गर्न केही वर्ष्भित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाएको छु । यसअन्तर्गत नयाँ खानेपानी आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने तथा निर्माणाधीन सहलगानीमा आधारित आयोजनाहरू, खानेपानी गुणस्तर सुधारका आयोजनाहरू र साना सहरी खानेपानी आयोजनाहरू सम्पन्न गर्ने कार्यबाट आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पु¥याउने व्यवस्था मिलाएको छु ।


प्रदेश २ मा ६४ जना नयाँ सङ्क्रमित थपिए, कुल ६१३ सङ्क्रमित

जेठ १८ ,काठमाडौँ — प्रदेश २ मा ६४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका ६४ जना सङ्क्रमितसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या ६१३ पुगेको छ ।


रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

जेष्ठ १३,रौतहट - रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


हेर्नुहोस : प्रदेश नं. २ सँग सम्वन्धीत केही सामान्य तथ्याङ्कीय जानकारी (जो सामान्य ज्ञानका लागी अत्यन्त उपयोगी छन् ।)

जेष्ठ १३,काठमाडौँ - प्रदेश नं. २ नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई संघीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको दक्षिणी भागमा रहेको प्रदेश हो ।


संक्रमितको संख्या ४८७ पुग्यो : सर्लाहीमा मात्र १५

जेष्ठ ९, काठमाडौँ - शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएकोछ । यस सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको हो ।


विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला, तीन लाख ११ हजार बढीको मृत्यु

जेठ ४, एजेन्सी / जारी कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेको संख्या ४६ लाख ३२ हजार ९०३ पुगेको छ । हालसम्म तीन लाख ११ हजार ७३९ जना संक्रमितको मृत्यु भएको छ ।


थप १० जनामा संक्रमण पुष्टि, कुल २९१ पुग्यो

जेठ ४, काठमाडौं- पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ ।


थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २७३ पुग्यो

जेठ ३,काठमाडौँ - पछिल्लो कोरोना परीक्षण रिपार्टअनुसार थप ६ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


२५ जिल्लामा फैलियो कोरोनाभाइरस, पर्सामा सर्वाधिक ८९ जना संक्रमित (तथ्यांकसहित)

जेष्ठ २, काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।


कोरोना संक्रमित २५० पुगे, सर्लाही, धनुषा र महोत्तरीमा नयाँ संक्रमित

जेठ १,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् ।


एकैदिन ५७ कोरोना संक्रमीत भेटीए ,नेपालमा संक्रमित संख्या एक सय ९१ पुग्यो

वैशाख २८ ,काठमाडौं - देशमा अहिलेसम्म एकैदिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको हो ।


राहतको विकल्पमा मजदुरलाई काम

वैशाख २६काठमाडौँ - स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन्  । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको विकल्पमा काम दिने तयारी गरिएको हो  ।


बंगलादेशमा रहेका आठ सय नेपाली विद्यार्थी द्धारा उद्धारको आग्रह

भन्छन्‌, प्लेन भाडा आफैं तिर्छौं, उद्धार गरियोस्‌ बैशाख २४, काठमाडौं- बंगलादेशमा रहेका करिब ८ सय जना विद्यार्थीले आफूहरु उद्धारको पर्खाइमा रहेको बताएका छन् । चिकित्साशास्त्र अध्ययन गर्न आएका आफूहरु करिब डेढ महिनादेखि होस्टलको सेल्फ क्वारेन्टाइनमा रहेको र चाँडै नेपाल सरकारले उद्धार गरिदियोस् भन्ने पर्खाइमा रहेको विद्यार्थीहरूले बताएका छन्‌ ।


औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा लागूऔषधको धन्दा

बैशाख २३,काठमाडौं - बन्दाबन्दीको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा केही व्यक्ति लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा करिब एक सय जना पक्राउ परेका छन् ।


कस्तो होला अबको ‘लकडाउन’?, मोडालिटीको बनाउने जिम्मा तीन मन्त्रालयलाई

बैशाख २३,काठमाडौं - सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए ।


थप चार जनामा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित

वैशाख १७,काठमाडौँ - सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।


रौतहटमा दुई जनामा कोरोना पुष्टि भए सगै : संक्रमितको संख्या ५४ पुग्यो

बैशाख १६, काठमाडौं - मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


विदेशमा बस्ने नेपाली स्वदेश फर्कन चाहन्छन्

बैशाख १६,काठमाडौँ - रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ ।


ओली र नेपालको भेटवार्तापछि दुवै समूहका नेता छलफलमा

वैशाख १५,काठमाडौँ — सत्तारुढ नेकपाको अन्तरविरोध यतिबेला उत्कर्षमा देखिएको छ । अन्तरविरोध बढिरहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद भएको छ ।


कोटेश्‍वर भेलाको निष्कर्ष : ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने

वैशाख १५, काठमाडौं - नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो । नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए ।


प्रदेश २ मा पीसीर परीक्षणमा तीव्रता : सप्तरीबाट १६१ स्वाब धरान पठाइयो

वैशाख १४,राजविराज - प्रदेश २ का पाँचजनामा तथा सीमानाको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि सप्तरी, सिरहासहित प्रदेश २ मा ठूलो सङ्ख्यामा पीसीआर परीक्षणमा तीव्रता दिइएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका प्रमुख आतेश सिंह यादवका अनुसार प्राविधिकको टोलीले शनिबार बोदे बर्साइन-५ को चन्द्रा नमूना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरेको छ ।


वीरगञ्‍जमा भेटिए कोरोनाका दुई बिरामी, संक्रमित ५१ पुगे

१६ जना निको भएर घर फर्किए वैशाख १४,काठमाडौं - पर्साको वीरगञ्‍जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो ।


तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

वैशाख १४,काठमाडौं - केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडीरअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए ।


रोजगारी सिर्जना : १० अर्बको कार्यक्रम ल्याइने

वैशाख १३,काठमाडौं - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


‘ओली डिजाइन’ असफल पार्न समाजवादी-राजपा रातारात एकीकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि रचेको ‘ग्रान्ड डिजाइन’ असफल पार्न भन्दै समाजवादी र राजपाले बुधबार राति दुई दल एकीकरणको सहमति गरेका छन् । वैशाख ११, काठमाडौँ —राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए ।


तेलको मूल्य घटेको दुखद समाचार !

सैद्धान्तिक रूपमा यसको अर्थ बिक्रीकर्ताले खरिदकर्तालाई ‘तिमीले मसँग तेल किन्यौ भने म तिमीलाई प्रति ब्यारेल ३७.६३ डलर दिन्छुु भन्ने हुन्छ । वैशाख १०, काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको समाचार पढ्नेबित्तिकै सस्तोमा पेट्रोल, डिजेल पाइने भयो भनेर हामी उत्साही हुन्छौं ।


कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ

कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ९,बारा - राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।


विरामी बोक्न सरकारी गाडी प्रयोग गरौँ : डा. गोविन्द केसी

वैशाख ९,काठमाडौं - डा. गोविन्द केसीले विरामी बोक्न सरकारी गाडी प्रयोग गर्नुपर्ने बताएका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो माग गरेका हुन् ।


झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन

वैशाख ९,काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई हजार ६७६ जनालाई राखिएको छ ।


जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत

वैशाख ७,काठमाडौँ - लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न जलविद्युत् आयोजनाका सामान, उपकरण तथा मेसिनहरु बोकेका सवारी साधन लकडाउनका कारण भारतमै अड्किएका थिए ।


दोस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइन्

बैशाख ६,काठमाडौँ — नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।


टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी

बैशाख ४, काठमाडौं - कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।


अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

वैशाख २,काठमाडौँ - खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ  । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ   ।


वीरगन्जका मस्जिदमा लुकेर बसेका भारतीयसहित २६ जना नियन्त्रणमा

चैत ३०,वीरगन्ज - वीरगन्जका मस्जिदमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती(धर्म प्रचारक) सहित थप २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती , वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई नियन्त्रणमा लिएको हो ।


नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

चैत ३०, काठमाडौं - नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।


वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

चैत ३० ,काठमाडौं - पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।


कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

चैत २७,काठमाडौं - विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।


बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आसियूमा

चैत २५,काठमाडौं - कोरोना भाइरस सङ्क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष आइसियूमा राखेर उपचार शुरु गरिएको छ । ११ दिन अघि भाइरस पोजेटिभ देखिनुभएका ५५ बर्षिय प्रधानमन्त्री जोनसनको स्वास्थ्य बिग्रदै गएपछि आइतवार राती लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।


किन थन्‍कियो गोदाममा ७५ हजार थान परीक्षण किट ?

चैत्र २३,काठमाडौँ — सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।


फ्रान्समा २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए

चैत २२, एजेन्सी - फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।


आइसोलेसनमा ३९ जना

चैत २१, काठमाडौं - जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्‍वारेन्टाइनमा राखेको छ । अन्य ३९ जना आइसोलेसनमा छन् ।


सीमानामा नेपाली अलपत्र पारिएकोमा नारायणकाजीको असन्तुष्टि

चैत २०,काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपाली अलपत्र पारिएकोमा असन्तुष्टि जनाएका छन् । नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखःद भएको श्रेष्ठको भनाइ छ ।


अलपत्र नेपालीबारे वार्तामा जोड

चैत १९,काठमाडौं - सीमा क्षेत्रमा रोकिएका नेपालीबारे सरकारले भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने पूर्व उप प्रधानमन्त्रीद्धयले बताएका छन् । यस्तो बेलामा भारतले नेपालीलाई आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनीहरुको सुझाव छ ।


कोरोना भाइरसको उच्च अवस्थासँग जुध्‍न अमेरिका सक्षम छ : ट्रम्प

चैत्र १८,बीबीसी (अमेरिका) - दुई सातामा कोभिड-१९ कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुग्दाु त्योसँग जुध्न अमेरिका निकै राम्रो अवस्थामाु हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको दाबी छ ।


स्थायी राजधानी टुंगो लगाउन प्रदेश २ असफल

भक्तपुर, ५ फागुन -सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश २ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरधामको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो लगाउन प्रदेशसभा असफल भएको हो ।


प्रदेश २ नामकरण : राजपा र समाजवादीको प्रस्तावमा मतदान हुँदै

चैत ५, जनकपुर - प्रदेश २ को नामकरणका लागि मंगलबार तीनवटा प्रस्ताव अस्वीकृत भएपछि साँझ सत्तारुढ दल समाजवादी र राजपा नेपालले संयुक्त रूपमा प्रस्ताव गरेको मधेस प्रदेशमाथि निर्वाचन सुरू हुँदै छ । यसअघि नेपाली कांग्रेसले गरेको प्रस्ताव मिथिला भोजपुरा प्रदेशको पक्षमा २८ र विपक्षमा ७९ वटा मत खसेसँगै सो प्रस्ताव अस्वीकृत भएको थियो ।


प्रदेश २ द्धारा विषाक्त रक्सी खाएर ज्यान गुमाएकाका परिवारलाई तीन लाख दिइने

भक्तपुर, ३ फागुन – प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन(तीन लाख रुपैयाँ दिने भएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराइने बताउनुभएको हो ।


प्रदेश २ को नाम र राजधानी तोक्न चैत ४ गते मतदान

भक्तपुर, १ चैत -प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।


गाडी किन्न छुट्याएको रकमले नगरपालिकाले किन्यो रोलर र पानी ट्याङ्की

भक्तपुर, १ चैत्र - सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ ।


सबै स्थानीय तहमा पुनःस्थापना कोष स्थापना हुने

भक्तपुर, ३० फागुन -महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ । यसका लागि मन्त्रालयले अन्तरमन्त्रालय समन्वयमा शहरी र ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन साथै सम्भावित जिल्लाको अध्ययन गरी नाकामा कडाइ गरेको छ ।


मुख्यमन्त्री राउतलाई ’महामूर्ख’ को उपाधि

भक्तपुर, २७ फागुन – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ’महामूर्ख’ को उपाधिबाट सम्मानित गरिएको छ । फागु पर्व अर्थात् होलीको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा होली पर्वको पूर्व सन्ध्यामा आयोजित ’महामूर्ख’ सम्मेलनमा मुख्यमन्त्री राउतलाई ’महामूर्ख’ को हास्य उपाधिबाट सम्मानित गरिएको हो ।


कविलासी नगरपालिका कार्यालय प्रमुखविहीन, काम ठप्प

फाल्गुण २४,कविलासी नगरपालिका– तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्लाहीको कविलासी नगरपालिकाको सम्पूर्ण काम ठप्प बनेको छ  । प्रदेश सभा सांसद सञ्जय रायले आफूअनुकूल काम नगरे आक्रमण गर्नेसम्मको धम्की दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो गत ७ पुसमा अन्यत्र सरुवा गराएर गएका छन्  ।


प्रदेश २ काे प्रदेशसभा बैठक पुनः स्थगित

चार महिनापछि प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रक्रिया अगाडि बढाउन आज बिहीबार बस्ने भनिएको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । सात महिना अघि प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न प्रदेशसभा सचिवालयले प्रक्रिया अगाडि बढाएको थियो ।


तीन महीनापछि २२ गते २ नं प्रदेशको प्रदेश सभा बैठक बस्दै

भक्तपुर, १९ फागुन -लामो समय पछि २ नं प्रदेशको प्रदेश सभा बैठक बस्ने भएको छ । करीव तीन महिनादेखि अवरुद्ध बैठक फागुन २२ गते दिनको १ बजे बस्ने भएको छ ।


प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन नेकपाको माग

भक्तपुर, १९ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ । ११०औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो ।


छोरीको बिमा गराउनेलाई ३ महिना निस्शुल्क इन्टरनेट सेवा

भक्तपुर, १२ फागुन -प्रदेश नं २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बिमा कार्यक्रम’अन्तर्गत बिमा गराउने छोरीका अभिभावकलाई ३ महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा सुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बिमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बिमा शिविर जारी रहेको छ ।


मौलापुर नगरपालिकाको अनुकरणीय काम, दलित समुदायका लागि गाउँकोबीच मै नमुना बस्ती

भक्तपुर, ११ फागुन – किसानलाई निस्शुल्क बीउ बिजन, सिंचाइका लागि पानी तथा सहुलियत मल, मालपोतलगायतका पचासौं शीर्षकमा कर नलिने, गाउँ गाउँलाई पिचले जोड्ने जस्ता दर्जनौं काम गरेर चर्चामा रहेको रौतहटको मौलापुर नगरपालिकाले अर्को अनुकरणीय काम गरेर पुनः एकपटक चर्चाको केन्द्र बनेको छ । मौलापुर नगरपालिका वडा नम्बर ५ मा बनाईएको नमुना दलित बस्ती अर्को अनुकरणीय काम बनेको छ ।


वडाअध्यक्षको पहलमा आँखा अस्पताल

भक्तपुर, ११ फागुन - (आँखा अस्पताल) बाराको औराह गाउँमा आँखा अस्पताल खुलेको छ । वडाध्यक्ष ईश्वर खत्रीको पहलमा अस्पताल खुलेको हो ।


यस्तोछ प्रदेश नं. २ को नीति तथा कार्यक्रम

यस्तोछ प्रदेश नं. २ प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख माननीय रत्नेश्वरलाल कायस्थज्यूद्वारा प्रस्तुत आ.व.२०७६/७७ को प्रदेश सरकारको नीति तथा कार्यक्रम .http://pc.p2.gov.np/sites/pc . ।


यस्तोछ प्रदेश नं. २ को नीति तथा कार्यक्रम

यस्तोछ प्रदेश नं. २ प्रदेश सभाको बैठकमाप्रदेश प्रमुख माननीय रत्नेश्वरलाल कायस्थज्यूद्वारा प्रस्तुतआ.व.२०७६/७७ को प्रदेश सरकारको नीति तथा कार्यक्रमhttp://pc.p2.gov.np/sites/pc ।


जनकपुरलाई मदिरामुक्त शहर घोषणा गरिन्छ : मुख्यमन्त्री राउत

भक्तपुर, ९ फागुन - मदिरामुक्त शहर (प्रदेश २) जनकपुरधामलाई मदिरामुक्त बनाउने माग उठिरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि त्यसको पक्षमा देखिएका छन् । महाशिवरात्रीको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तयारी रहेको बताएका हुन् ।


सिरहामा दुई हजार छोरीको बीमा

लहान, ३ फागुन -प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका आठै जिल्लामा अहिले छोरी शिक्षा बीमा शिविर सञ्चालन भइरहेको छ ।