समाचार

इटहरीको १८ नम्वर वडा वालमैत्री वडा घोषणा

भदौ ३, इटहरी - इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृर्षि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका विच वालमैत्री वडा घोषणा गर्नुभयो ।


रोङ गाउँपालिकाद्वारा इस्टिमेट भन्दादोब्वर काम सम्पन्न

इलाम, २ भदौ - इलामको रोङ गाउँपालिकाले गत आर्थिक वर्षमा एउटा योजना निर्धारित मितिभन्दा कम समय र कम लागतमा सम्पन्न गरेर स्थानीय तहमा हुने गरेको कामको ढिलासुस्तीलाई चुनौती दिएको छ । गाउँपालिकाले गत आवमा प्रदेश नम्बर १ को प्रदेश सरकारबाट रोङ ३ को मेचीराजमार्गस्थित हाँसपोखरीदेखि रोङ ५ को इरौँटारसम्म ११ किलोमिटर बाटो ७ मिटर चौडा बनाउन कटिङका लागि सशर्त अनुदानबापत एक करोड ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।


प्रदेश १ सरकार : यसरी तोकियो स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा

भक्तपुर, २ भदौ -प्रदेश १ सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यको सेवा सुविधा निर्धारण गरेको छ । प्रदेश सरकारले संविधानको दफा ३ को उपदफा १ र उपदफा ८ को उपदफा १ सँग सम्बन्धित रहेर स्थानीइ तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यापालिका सदस्य सह्तिका जनप्रतिनिधिको सेवा सुविधा तोकेको हो ।


पाँचथरका स्थानीय तहमा ७ करोड रकम बेरुजू

पाँचथर, १ भदौ -धेरै स्थानीय तहले गत आर्थिक बर्षमा विनियोजन गरेको बजेट खर्च गर्न र गरेको खर्चको पनि फच्र्यौट गर्न नसकिरहेको अवस्थामा पाँचथरमा पनि त्यस्तै हालत देखिएको छ । जिल्लाका ८ स्थानीय तहमा ७ करोड भन्दावढी रकम बेरुजू देखिएपछि यो अवस्था आएको हो ।


स्थानीय तहका रिक्त पदमा मंसिरमा उपनिर्वाचन हुने (यस्तो छ रिक्त पदको सूची )

भक्तपुर, ३२ साउन – मुलुक नयाँ संरचनामा गएपछि वनेका ७५३ स्थानीय तहमा दुईवर्ष अघि निर्वाचित भएका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिमध्ये विभिन्न कारणले रिक्त हुन गएका स्थानीय तहका विभिन्न पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचित जनप्रतिनिधिको मृत्यु, राजीनामा तथा अन्य कारणले रिक्त रहेका स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचनवाट ती पदपुर्ती गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यो निर्वाचन तोकिएको हो ।


तीन ग्रामीण सडक शिलान्यास

पाँचथर, ३० साउन -पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गर्नुभयो ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड

दिक्तेल, ३० साउन -बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा ।


याङवरक गाउँपालिकामा एकीकृत बस्ती निर्माण शुरु

पाँचथर, २९ साउन ( पाँचथरको याङवरक गाउँपालिका–२ का पहिराबाट विस्थापित भएका परिवारको स्थायी पुनस्र्थापनाका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया शुरु भएको छ । गत असार १० गते गएको पहिराबाट विस्थापित भएका याङवरक गाउँपालिका–२ चिङ्मा र सेपी बस्तीमा १७ परिवारका लागि एकीकृत बस्ती निर्माण गरिने भएको हो ।


पाख्रीबास नगरपालिका : ३९ करोडको बजेट, पूर्वाधार र शिक्षामा जोड

भक्तपुर, २८ साउन – प्रदेश १ को धनकुटास्थित पाख्रीबास नगरपालिकाले चालु आर्थिक बर्षका लागि ३८ करोड ९१ लाख ९८ हजार रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले चालु आवका लागि संघीय र प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण, वित्तीय अनुदान तथा राजश्व बाँडफाँडवापतको बजेटलाई आधार मानेर यो बजेट निमार्ण गरेको हो ।


झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन्

सुरुङ्गा, २७ साउन - झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ ।


वडा कार्यालयमा बम विष्फोट

सुरुङ्गा, २७ साउन-अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


औद्योगिक ‘हब’ बन्दै मेचीनगर

भद्रपुर, २६ साउन व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् ।


पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

साउन २६, भोजपुर - जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।


पर्यटन बर्ष २०२० - पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

साउन २५, विराटनगर - विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर बाबाधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।


मुख्यमन्त्री राईद्धारा रङ्गशाला निर्माणमा जोड

भक्तपुर, २५ साउन -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।


१ नं. प्रदेशमा एक वर्षमा २० विधेयक प्रमाणीकरण

भक्तपुर, २४ साउन -प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएकोे छ ।


वडा कार्यलयमा चट्याङवाट क्षती

बिराटचौक, २३ साउन -मोरङको सुन्दरहरैचा ७ को वडा कार्यलयमा चट्याङ लागेको छ । बुधबार राती आएको वर्षा सगैको चट्याङ वडा कार्यलयमा लाग्दा वडा कार्यलयको भौतिक सामाग्रीमा क्षति पुगेको छ ।


याङ्वरक गाउँपालिका पहिरो प्रभावितका लागि जग्गा खोजीमा

पाँचथर, २२ साउन -पाँचथरको याङ्वरक गाउँपालिकाले पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्न आवश्यक जग्गाको खोजी गरेको छ । पहिरोवाट पीडित बनेकाहरुलाई सुरक्षित रुपमा सार्न गाउँपालिकाको वडा नम्वर १ ले जग्गा खोजेको जनाएको छ ।


झापाको कनकाई नगरको नीति : पूर्वाधार निमार्ण, पर्यटन, उद्यम र कृषि

भक्तपुर, २१ साउन –झापा जिल्लाको स्थानीय तह कनकाई नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा सडक तथा भौतिक पूर्वाधार, पर्यटन, उद्यमशिलता र कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको छ । नगरपालिकाले नगरबासीको माग र आवश्यकतालाई मध्यनजर राखेर यी क्षेत्रको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम निमार्ण गर्दै बजेट विनियोजन गरेको जनाएको छ ।


मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउदैं नगरपालिका

भक्तपुर, २१ साउन-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेकोे छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान शुरु

दिक्तेल, २० साउन - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरु गरिएको हो ।


जिससविरुद्ध प्रदेशसभा सदस्यको उजुरी

ओखलढुङ्गा, १९ साउन -जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो ।


सिद्धिचरण नगरपालिकाको प्राथमिकता : कृषि र पशुपालनमा व्यवसायीकता

भक्तपुर, १९ साउन – ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले चालु आर्थिक बर्षमा नगरभित्रको शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई प्रमुख प्राथमिकता दिदै कृषि तथा पशुपालन क्षेत्रमा व्यवसायिक योजना सञ्चालन गर्ने भएको छ । नगरमा उच्च र दिगो आर्थिक बृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत, उद्योगका क्षेत्रमा पूँजी परिचालन, भौतिक र सामाजिक पूर्वाधारको विकास गरी सम्बृद्ध नगरपालिका बनाउने अभियानलाई गति दिन नगरले यस्तो नीति अवलम्वन गरेको हो ।


कमल गाउँपालिकामा स्वच्छता समिति गठनका लागि भेला

झापा, १८ साउन – झापाको कमल गाउँपालिकाको आयोजनामा पालिकास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठनका लागि गाउँपालिकास्तरीय भेला सम्पन्न भएको छ । विराट सामुदायीक अध्ययन केन्द्र झापाको सहजीकरण तथा ग्लोवल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदारीमा सो कार्यक्रम भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत विजय तिम्सिनाले जानकारी दिनुभयो ।


पर्यटन प्रवद्र्धनका लागि कचनकबल गाउँपालिकाद्वारा सद्भावना दूत नियुक्त

भद्रपुर, २ साउन - झापाको कचनकबल गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि एक जना गायकलाई सद्भावना दूत नियुक्त गरेको छ । नेपाली गायक प्रमोद खरेललाई गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको हो ।


बेलबारी नगरपालिकाद्वारा वैशाखभित्र विकास निर्माण सक्नु पर्ने निर्णय

इटहरी, १ साउन - मोरङको बेलबारी नगरपालिकाले वैशाख महिनाभित्र विकास निर्माण सक्नु पर्ने निर्णय गरेको छ । नगरपालिकाको नगरसभाले असारमा अधिकांश बजेट खर्च गर्ने परम्परालाई रोक्न वैशाखसम्ममा विकास निर्माणको काम सक्नुपर्ने निर्णयघोषणा गरेको हो ।


मेचीनगर नगरपालिका–६ का वडाध्यक्षद्वारा ६५ हजार बेरुजुभत्ता फिर्ता

झापा, १ साउन - मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानुन बन्नुभन्दा अघि मासिक भत्ताबापत लिएको ६५ हजार रुपैयाँ फिर्ता गर्नुभएको छ । वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा गएर रकम फिर्ता गरेको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।


एक नम्वर प्रदेशमा ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ

विराटनगर, ३१ असार - एक नम्वर प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राइले मंगलबार सो कार्यक्रमको थालनी गर्नुभएको हो ।


पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

उदयपुर ३१, रौतामाई - उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।


बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख दिने प्रदेश १ सरकारको निर्णय

विराटनगर, ३० असार - प्रदेश १ सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।


अपडेट : बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु, २२ बेपत्ता २९ घाइते

भक्तपुर, २९ असार - केही दिन यताको लगातारको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ । हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको र २९ जना घाइते भएकोगृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रले जनाएको छ ।


विराटनगर महानगरका दुई र जहदा गाउँपालिकाका एक जना वडाध्यक्षमाथि हत्या आरोपमा प्रहरीमा जाहेरी दर्ता

विराटनगर, २८ असार - विराटनगर महानगरपालिकाका दुई जना सहित मोरङका तीन जना वडाध्यक्षमाथि हत्या आरोप सहित प्रहरीमा उजुरी दर्ता भएको छ । महानगरका वडानम्वर १४ का बलदेव यादव, १८ का अध्यक्ष सञ्जय साह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादवमाथि हत्या आरोप लागेको हो ।


प्रादेशिक अस्पताल जलमग्न

विराटनगर, २८ असार - मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ । अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।


बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

असार २७,गाईघाट - निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताउनुभयो ।


कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण

असार २६,खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र गठित ३० कृषि समूहलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ र नगरपालिकाको लगानीमा खरीद गरिएको सामग्री कृषि समूहलाई वितरण गरिएको हो ।


केन्द्र बन्दै पर्यटकीय क्षेत्र शिवसताक्षीस्थित दोमुखा

असार २६, झापा - पूर्वको प्रसिद्ध पर्यटकीयस्थल झापाको शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि मानिसको भीड लाग्ने गरेको यस पर्यटकीयस्थलमा बाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।


आगलागीबाट रु ८० लाख बराबरको क्षति

असार २६,मोरङ - मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो ।


इटहरीका मेयरको नौलो काम, आफ्नै घरमा लगाए डोजर

इटहरी– पटक पटक चर्चामा आइरहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि आफ्नै घरमा डोजर लगाएर चर्चामा आएका छन् । आफ्नो घरले सडकलाई छोएपछि मेयर चौधरीले डोजर लगाए पर्खाल भत्काएका हुन् ।


बेलका नगरपालिकाको समन्वयमा हरियो तरकारी कतार निर्यात

उदयपुर, २४ असार - उदयपुरको बेलका नगरपालिकाको समन्वय तथा सहकार्यमा सो नगरपालिकामा उत्पादित हरियो तरकारी विदेश निर्यात हुन थालेको छ । नगरपालिकामा उत्पादित अर्गानिक हरियो करेला खाडी मुलुकमा निकासी हुन हो ।


पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै

खसार २४,खोटाङ - साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो ।


नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स

असार २४, झापा - नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमबार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ । नगरपालिका परिसरमा आयोजना गरिएको निःशुल्क मिटरबक्स वितरण कार्यक्रममा स्थानीय ८० वर्षीया ज्येष्ठ सदस्य कृष्णमाया राईलाई मिटरबक्स वितरण गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।


उर्लाबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम : उत्साहित भएर निस्किए जनता

मोरङ– उर्लाबारीअहिले बिश्व यान्त्रिकरण तर्फ उन्मुख भएको छ । धैरै समय र जनशक्ति लाग्ने काम मेसिनका सहायताले थोरै समयमा सम्पन्न गर्न सकिन्छ ।


विद्युत् चुहिएर प्रेम खतिवडाको मृत्यु, एक घाइते

असार २२,झापा - विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् ।


संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौँ - मुख्यमन्त्री राई

असार २१ ,विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गर्नुभएको छ ।


प्रदेश एकको बजेट बहुमतले पारित

विराटनगर - प्रदेश एक सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ गते सदनमा प्रस्तुत गरेको बजेट शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।


वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा

भक्तपुर, २० असार-ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो ।


धनकुटाका ७ स्थानीय तहको कूल बजेट २ अर्ब ७१ करोड ५१ लाख, प्राथमिकतामा कृषि, पर्यटन र पूर्वाधार

धनकुटा, २० असार - धनकुटाका सात स्थानीयले आगामी आर्थिक बर्षका लागि२अर्ब ७१ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका स्थानीय तहले कृषि, पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आव ०७६/०७७ का लागि बजेट निमार्ण गरेका हुन् ।


प्रदेश १ सरकारले बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था गर्ने

विराटनगर, १९ असार - प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो ।


विद्यालयलाई सेनेटरी प्याड, शैक्षिक र स्वास्थ्य सामग्री

असार १९, झापा - विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने र नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले भद्रपुर नगरपालिकाले नगरका ३१ सामुदायिक विद्यालयलाई बुधबार सेनेटरी प्याड, स्वास्थ्य र शैक्षिक सामग्री वितरण गरेको छ । नगरमा रहेका आठ माध्यमिकस्तरका सामुदायिक विद्यालयलाई एक हजारका दरले सेनेटरी प्याड, आठ आधारभूत र बाँकी प्राथमिक तहका विद्यालयका ३७२ लाई आकस्मिक स्वास्थ्य उपचार सामग्री वितरण गरिएको हो ।


उद्यमशिलता मार्फत स्वरोजगार हुन जोड

असार १८,पाँचथर - स्थानीय स्तरमै लघु उद्यम सृजना गरी स्वरोजगार वनाउने उदेश्यले संचालित गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा पाँचथरका ४ वटा स्थानीय निकायका एक सय ४० जना लक्षित वर्गको सहभागिता रहेको छ । जिल्लाका कुम्वायक,मिक्लाजुङ, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकामा संचालित विभिन्न खाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका सिप विकास तालिममा उनिहरुको सहभागिता रहेको हो ।


अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

असार १८, विराटनगर - विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् ।


मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

असार १८,भद्रपुर - मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्रिज भएको हो ।


देउमाई नगरपालिकाद्धारा मिर्गाैला पीडितलाई निर्वाह भत्ता

भक्तपुर, १८ असार -इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो ।


गरीब परिवारलाई जस्तापाता वितरण

असार १८, ओखलढुङ्गा - ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो ।


खामडाँडाका ८४ घरमा केन्द्रीय विद्युत् विस्तार

असार १८, खोटाङ - दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको रु ४६ लाख ९६ हजार ७०९ लागतमा विस्तार गरिएको विद्युत् मङ्गलबारदेखि औपचारिक उद्घाटन गरिएको छ ।


दमकको उत्तरी क्षेत्रमा हात्ती आतङ्क

असार १७, झापा - झापा, दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ ।


बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल बनाउने

भक्तपुर १६ असार -झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ ।


सडक दुर्घटनामा मानवीय क्षति बढ्यो - मन्त्री कार्की

असार १४, मोरङ (विचार) - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनामा मानवीय क्षति ज्यादा भएकाले यसको न्यूनीकरण आवश्यक रहेको बताउनुभएको छ । विकासका लागि सुरक्षा र सचेतना’ नारासहित आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रममा उहाँले चालकको लापरवाही र सर्वसाधारणले ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनामा वृद्धि भएकाले सचेतना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


बेलबारी नगरपालिकामा वृक्षरोपण दिवस

असार १४, मोरङ - वृक्षरोपण गरौँ, हरियाली बढाउऔँ’ भन्ने नाराका साथ बेलबारी नगरपालिकाको वडा नं ११ स्थित लक्ष्मीमार्गमा आज आयोजित ‘राष्ट्रिय वृक्षरोपण दिवस तथा वन महोत्सव’ कार्यक्रममा सहभागी वक्ताहरुले ‘जहाँ वन त्यहाँ व्यवस्थापन, जहाँ बाँझो त्यहाँ वृक्षरोपण’ गर्नुपर्ने धारणा राखेका छन् । मानव जीवनका निम्ति अक्सिजन नभई नहुने र सो अक्सिजन बोटबिरुवाबाटै प्राप्त हुने भएकाले वृक्षरोपणको विकल्प सोच्न नसकिने वक्ताहरुले प्रष्ट पार्दै हरेक नागरिकले कम्तीमा पाँच बिरुवा रोप्नुपर्ने जोड दिएका छन् ।


माईजोगमाई गाउँपालिकाको बजेट ३६ करोड ५४ लाख

इलाम, १४ असार -इलामको उत्तरी माईजोगमाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ३६ करोड ५४ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले विनियोजन गरेको मध्ये चालू खर्चतर्फ ५ करोड ३० लाख ,ससर्त अनुदान तर्फ १५ करोड ८६ लाख, पूँजीगत खर्चतर्फ १५ करोड ३८ लाख ३२ हजार बिनियोजन भएको छ ।


याङवरक गाउँपालिकाले पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गर्ने

पाँचथर, १४ असार -पाँचथरको याङवरक गाउँपालिका–४ फलैँचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो ।


पौवादुङ्मा गाउँपालिकाद्वारा दृश्यावलोकन स्तम्भ र पर्यटकीयस्थलको डिपिआर तयार

भोजपुर, १३ असार – भोजपुरको पौवादुङ्मागाउँपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कार्य अगाडि बढाउन थालेको छ । गाउँपालिकालाई पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यले उक्त काम थालिएको हो ।


पाँचथरका आठ स्थानीय तहको बजेट २ अर्व ९३ करोड : प्राथमिकतामा कृषि र भौतिक पूर्वाधार

पाँचथर, १२ असार ( बजेट) -पाँचथर जिल्लामा रहेका सात गाँउपालिकाले पनि मंगलवार आर्थिक बर्ष २०७६/०७७ कालागि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । आठ स्थानीय तह मध्ये फिदिम नगरपालिकाले सोमबार बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको थियो ।


मोरङका १७ स्थानीय तहमध्ये १६ वटाको बजेट सार्वजनिक : यस्तो छ स्थानीय तहले छुट्याएको बजेटको प्राथमिकता

भक्तपुर, १२ असार (नीति तथा योजना ) -प्रदेश नम्वर एकको अस्थायी राजधानी समेत रहेको मोरङमा एउटा महानगर सहित १७ वटा स्थानीय तह छन् । मोरङका १७ वटा स्थानीय तहले तोकिएको समयसिमा भित्रै आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।


सुनसरीका स्थानीय तह : कतै बजेट सार्वजनिक, कतै विवाद नै विवाद

सुनसरी, १२ असार ( नीति तथा कार्यक्रम) - सुनसरीका दुई उपमहानगरपालिका सहित अन्य ३ वटा स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेका छन् । दुई उपमहानगरसहित १२ स्थानीय तह रहेका सुनसरीमा केही स्थानीय तहले आवश्यक तयारी नपुगेको तथा केहीमा विवादका कारण बजेट सार्वजनिक भएको छैन ।


विद्युत् पर्याप्त नआएपछि अस्पतालको सेवा प्रभावित

असार १२, झापा - एक सातादेखि झापाको दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत् पर्याप्त नआएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा जडित विद्युत्मा एक्कासि भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको छ ।


प्रदेश १ का दुई उपमहानगरपालिका : ३ अर्ब ६४ करोडको बजेट, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता

सुनसरी, ११ असार ( बजेट) - प्रदेश नम्वर १ का दुई वटा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । दुवै उपमहानगरले नगरसभामा आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् ।


दिक्तेल रुपाकोट मझुवागढी नपाको बजेट ८३ करोड ८७ लाख

भक्तपुर, ११ असार -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ८३ करोड ८७ लाख १६ हजार बराबरको अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको तेस्रो नगरसभामा नगरकी उपप्रमुख विणादेवी राईले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम नगरसभाले पारित गरेको हो ।


बुद्धशान्ति गाउँपालिकाद्वारा डेंगु रोगवाट सचेत रहन आग्रह

झापा, ८ असार ( स्वास्थ्य) -झापाकोबुद्धशान्ति गाउँपालिकाले डेंगु रोगवाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिकाको सामुदायीक स्वास्थ्य इकाईले डेंगु रोग के हो, यो कसरी सर्छ, यसवाट कसरी बच्ने जानकारी सहित सवैलाई सचेत रहन आग्रह गरेको हो ।


म्याङलुङ नगरपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण

तेह्रथुम, ८ असार ( सहयोग) - जिल्लाको म्याङलुङ नगरपालिकाले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्षको कार्यक्रम अनुसार कृषलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो ।


नागरिकलाई सूचना र प्रविधिसँग जोड्नुपर्छ : मुख्यमन्त्री राई

काठमाडौं, ७ असार (विचार)-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शहर बजारसहित ग्रामीण भेगका सबै नागरिकलाई सूचना र प्रविधिसँग जोडेर सवल र सक्षम नागरिक बनाउनुपर्ने बताउनुभएको छ । धनकुटामा फाइबर सेवाको उद्घाटन गर्नुहुँदै उहाँले सूचना र प्रविधिलाई शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रसँग जोडेर नागरिकलाई सवल तथा सक्षमका साथै सुशासनको अनुभूति गराउनुपर्ने बताउनुभयो ।


अर्थ विधेयक पारित

असार ६ मोरङ (सहमती)- प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ आज बहुमतले पारित भएको छ । प्रदेश नं. १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गर्नुभएको थियो ।


फिदिम नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न

काठमाडौं, ६ असार - (मेलमिलाप )फिदिम नगरपालिकाको न्यायिक समिति तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा आयोजना गरिएको दोश्रो चरणको मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न भएको छ । जेठ ३० देखि असार ५ गतेसम्म तालिम सञ्चालन भएको हो ।


प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा

काठमाडौं ६ असार -‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो नारालाई सार्थक बनाउन सोहीअनुसारको वार्षिक आयव्यय विवरण सार्वजनिक गर्नुभएको छ ।


फालेलुङ गाउँपालिकाको ६ नं वडाले गर्यो बालमैत्री अभिभावक सचेतना कार्यक्रम

पाँचथर, ५ असार - जिल्लाको फालेलुङ गाउँपालिका ६ नं वडाको आयोजनामा बालमैत्री अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडाध्यक्ष सुजाता बान्तवा राईको अध्यक्षतामा सम्पन्न भएको छ ।


शिक्षक सरुवासम्बन्धी गाउँपालिकाले गरेको निर्णय सदर

असार ५, सोलुखुम्वु (न्याय अन्याय) - थुलुङ दूधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो ।


रुकुमको दुई करोड पनि झिकेर झापा लगियोस् - सांसद शर्मा

असार ५, काठमाण्डु (पिडा)- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले आर्थिक वर्ष २०७६र०७७ को बजेट नेतामुखी भएको बताए छन् । बुधबार संसदको शून्य समयमा बोल्दै शर्माले पछाडि परेका क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्नेमा बजेट नेतामुखी आएकोमा दुःख व्यक्त गरे ।


सूर्योदय नगरपालिकाले पूर्वी पहाडमै पहिलो फुटबल प्रशिक्षण केन्द्र निमार्ण गर्ने

इलाम, ४ असार - जिल्लाको सूर्योदय नगरपालिकाले पूर्वी पहाडमै पहिलो फुटबल प्रशिक्षण केन्द्र निमार्ण गर्ने भएको छ । नगरपालिकामा बुधबार फुटबल प्रशिक्षण केन्द्र निमार्ण सम्वन्धी नगर प्रमुख रणबहादुर राई र एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाबीच सम्झौता भएको छ ।


रोङ गाउॅपालिका : ७० वर्षमाथिका नागरिकको निस्शुल्क स्वास्थ्य बीमा सम्पन्न गर्ने पहिलो गाउँपालिका

इलाम, ४ असार - जिल्लाको रोङ गाउँपालिका नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरूको निस्शुल्क स्वास्थ्य बीमा गराउने कार्यलाई पूर्ण रूपमा सम्पन्न गर्ने पहिलो गाउँपालिका भएको छ । गाउँपालिकाले हालै यो काम सम्पन्न गरेको हो ।


फुङलिङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु

ताप्लेजुङ, ३ असार - पूर्वी पहाडी जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ । नगरका वडा नम्बर ४ र ५ ले ५० जनालाई रोजगार दिएर कार्यक्रम सुरु गरेको हो ।


कुम्मायक गाउँपालिका अध्यक्षद्वारा श्रीमान घरमा नभएको समय आमा र छोरालाई घर निकाला

फिदिम, २ असार - पाँचथरको सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने कुम्मायक गाउँपालिकाका अध्यक्षले स्थानीय एक श्रीमान नभएको बेला एक महिला र छोरालाई घर निकाला गरेर ताला लगाएको घटना सार्वजनिक भएको छ । किर्ते गरेर अर्काको घर जग्गा कब्जा गरेको भन्दै पालिका अध्यक्ष र न्यायिक समितिका संयोजक सहितको टोलीले स्थानीय विष्णुमाया सम्बाहाम्फेलाई शनिबार घरबाट निकालेर घरमा ताला लगाइदिएका हुन् ।


बालबालिकालाई सहकारीको सहयोग

असार २, झापा (सहयोग) - झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो ।


बालबालिकालाई सहकारीको सहयोग

असार २, झापा (सहयोग) - झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो ।


बालबालिकालाई सहकारीको सहयोग

असार २, झापा (सहयोग) - झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले १३ गरीब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक पर्ने शैक्षिक सामग्री निरन्तर प्रदान गर्ने कार्यक्रमको आइतबारबाट शुभारम्भ गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यका छोराछोरीलाई लक्षित गरी गौरादह–५ मा रहेको स्कूलचौन माध्यमिक विद्यालयबाट सो कार्य शुरु गरिएको हो ।


तीन करोड ३२ लाखको लागतमा - कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु

असार २,दिक्तेल - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु भएको छ । सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु गरिएको हो ।


सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, कुन प्रदेशमा कति बजेट ? ( हेर्नुहोस् )

भक्तपुर, १ असार - मुलुक नयाँ संरचनामा गईसकेपछि बनेका ७ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६ / ०७७ का लागि आईतबार (आज) बजेट ल्याउँदै छन् । प्रदेश सरकार गठन भएपछिको यो दोस्रो बजेट हो ।


प्रदेश नं १ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

भद्रपुर, ३२ जेठ - प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ ।


पशु पालक किसानलाई प्रोत्साहित गर्दै सूर्योदय नगरपालिका

इलाम, ३१ जेठ - इलामको सूर्यदय नगरपालिकाले पशु पालक किसानलाई फार्म प्रवर्धन, प्रोत्साहन तथा गोठ सुधारका लागी सम्झौता पत्र हस्तान्तरण गरेको छ । नगरप्रमुख रण बहादु राईले सूर्योदय नगरपालिकाको आब २०७५/०७६को स्वीकृत कार्यक्रम अन्तर्गत पशु पालक किसानलाई फार्म प्रवर्धन, प्रोत्साहन तथा गोठ सुधार गर्दै पशुपालनलाई थप व्यवसायिक बनाउन नगरपालिकाको ६० प्रशिशत अनुदानमा नगरभरिका १० वटा फार्महरुलाई आधुनिकीकरण गर्ने सम्झौता पत्र हस्तान्तरण गर्नुभएको हो ।


फिदिम नगरपालिकाको आयोजनामा ८ दिने मेलमिलाप सम्वन्धी तालिम सम्पन्न

फिदिम, ३० जेठ - फिदिम नगरपालिकाको सहयोगमा पाँचथरमा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालिम बुधबार सम्पन्न भएको छ । फिदिम नगरपालिका पाँचथरको न्यायिक समितिको आयोजना र मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।


थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण

३० जेठ, खोटाङ - थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो ।


सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको

३० जेठ, बिराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उहाँले स्व गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिनुभयो ।


सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको

३० जेठ, बिराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उहाँले स्व गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिनुभयो ।


विराटनगर महानगरापलिकाद्धारा डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

काठमाडौं २९ जेठ -मोरङको विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि आजदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ । धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे९छर्केने० कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।


प्रदेश नं १ को नीति तथा कार्यक्रम पारित

विराटनगर, २९ जेठ – प्रदेश नं १ सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मंगलबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख प्रा डा. गोबिन्दबहादुर तुम्वाहाङले जेठ २३ गते सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


प्रदेश नं १ मा डेङ्गुपीडितको उपचार र नियन्त्रणका लागि ८० लाख विनियोजित

काठमाडौं, २८ जेठ -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीको धरानमा देखापरेको डेङ्गु रोगपीडितको निःशुल्क उपचारका लागि सरकारले रु ५० लाख विनियोजन गरिसकेको तथा रोग फैलिन नदिन थप ३० लाख बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । त्यस्तैं राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ ।


त्रियुगा नगरपालिकाद्वारा ३० जना पत्रकारलाई ल्यापटप वितरण

काठमाडौं, २७ जेठ -उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ कार्यक्रम अनर्तगत जिल्लाका ३० जना पत्रकारलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाले उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एकरएक थान ल्यापटप वितरण गरेको हो ।


दुर्गम तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

फिदिम, २६ जेठ – घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ ।


फालेलुङ गाउँपालिका ६ नं वडाले गर्यो प्रतिभा खोजी तथा सम्मान कार्यक्रम

पाँचथर, २४ जेठ - जिल्लाको फालेलुङ गाउँपालिका ६ नं वडाले प्रतिभा खोजी तथा सम्मान कार्यक्रम फालेलुङ ६ मा सम्पन्न गरेको छ । कार्यक्रम वडाध्यक्ष सुजाता बान्तवा राईको अध्यक्षता तथा फालेलुङ गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


ताप्लेजुङका ९ स्थानीय तहमा २ अर्ब १४ करोड बजेट

ताप्लेजुङ, २४ जेठ - संघीय सरकारले हालै विनियोजना गरेको बार्षिक बजेट अन्र्तगत ताप्लेजुङका ९ स्थानीय तहले दुई अर्व १४ करोड ११ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका छन् ।


नगर प्रमुखको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, २२ जेठ – नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले पत्रकार अनुपमको नाक भाँच्न एक करोड छुट्याएकोछु भन्दै धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै : कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता

काठमाडौं, २२ जेठ - प्रदेश १ सरकारले बुधबार (आज) बार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाइएको छ ।


प्रधानमन्त्रीको गृह जिल्ला झापाका १५ स्थानीय तह : कुन स्थानीय तहले कति बजेट पायो ? (विवरण सहित)

झापा, २२ जेठ – प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला समेत रहेको प्रदेश नम्वर एकको झापामा ८ नगरपालिका र र ७ गाउँपालिका गरि १५ स्थानीय तह छन् । यी स्थानीय तहमा संघीय सरकारले सार्वजनिक गरेको बार्षिक बजेट अनुसार कूल ५ अर्ब १५ करोड ५९ लाख अनुदान गएको छ ।


पाँचथरका ८ स्थानीय तहमा २ अर्ब १० करोड अनुदान

पाँचथर, २१ जेठ - संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०७६ / ०७७ को बजेट अनुसार ८ वटा स्थानीय तह रहेको पाँचथरमा २ अर्ब १० करोड ३४ लाख अनुदान प्राप्त भएको छ । एउटा नगरपालिका र सात वटा गाउँपालिका रहेको पाँचथरमा फिदिम नगरपालिका बाहेक सबै भन्दाधेरै मिक्लाजुङ गाउँपालिकाले बजेट पाएको छ ।


प्रसूति गराउने चिकित्सक टोलीलाई नगपालिकाले गर्‍यो पुरस्कृत

२१ जेठ उदयपुर - उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।


अलपत्र बहुद्देश्यीय कवर्डहल नगरपालिकाले बनाउँदै

काठमाडौं, २० जेठ -बजेट अभावमा अलपत्र बनेको दिक्तेलको माटिकोरेस्थित बहुद्देश्यीय कवर्डहल पुनःनिर्माण थालिएको छ । बजेट अभावमा आठ वर्षदेखि अलपत्र बनेको उक्त कवर्डहल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा पुनःनिर्माण थालिएको हो ।


धरान उपमहानगरपालिकाद्धारा धरान वर्ष खेलाडी २०७५ घोषणा

काठमाडौं, २० जेठ - धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकास समितिले धरान वर्ष खेलाडी २०७५ हालै घोषणा गरेको छ । जेठ १० गते सम्पन्न धरान वर्ष खेलाडी घोषणा कार्यक्रममा धरानका गल्फ खेलाडी शुक्र राईलाई धरान वर्ष खेलाडी घोषणा गरिएको हो ।


मेची नगरलाई सूर्योदय मेयरकप प्रतियोगिताको उपाधी

इलाम, २० जेठ - इलामको सूर्योदयनगरपालिका १२ करफोकमा संचालित दोश्रो सूर्योदयमेयरकप प्रतियोगिताको उपाधी मेची नगरपालिका झापाले जितेको छ । शनिबार सप्पन्न फाइनलमा देउमाई नगरपालिका इलामलाई ३/२ गोलको जित निकाल्दै मेचीनगरले उपाधी जितेको हो ।


मेची नगरलाई सूर्योदय मेयरकप प्रतियोगिताको उपाधी

इलाम, २० जेठ - इलामको सूर्योदयनगरपालिका १२ करफोकमा संचालित दोश्रो सूर्योदयमेयरकप प्रतियोगिताको उपाधी मेची नगरपालिका झापाले जितेको छ । शनिबार सप्पन्न फाइनलमा देउमाई नगरपालिका इलामलाई ३/२ गोलको जित निकाल्दै मेचीनगरले उपाधी जितेको हो ।


देशका सात प्रदेश सरकार : कुन प्रदेशले कति बजेट पाए ? यस्तो छ बजेट बाँडफाँड

काठमाडौं, २० जेठ - संघीय सरकारले हालै १५ खर्ब ३२ खर्ब ९६ करोड ७१ लाख रुपैयाँको बार्षिक बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको यो बजेट मध्ये देशका सात वटा प्रदेश सरकारहरुले समानीकरण अनुदान वापत ५५ अर्ब ३० करोड रुपैयाँ, सर्सत अनुदान वापत ४४ अर्ब ५५ करोड रुपैयाँ, राजश्व बाँडपाँड वापत ६५ अर्ब र बिषेश र समपुरक अनुदानमा १० अर्ब रुपैयाँ प्राप्त गरेका छन् ।


प्रदेश सरकार नीति तथा कार्यक्रम तयारीमा जुटेको छ : मुख्यमन्त्री राई

बिराटनगर,२० जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि संसद्मा पेश गर्ने नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सञ्चार क्षेत्रमा क्रियाशील विभिन्न सङ्गठनका प्रतिनिधि,अगुवा पत्रकार तथा सञ्चारगृहका प्रतिनिधिहरुसँग रायसुझाव माग गर्दै उहाँले बजेटलाई सर्वपक्षीय बनाउन र कार्यान्वयनको दिशामा सफलता प्राप्त गर्न विभिन्न क्षेत्र र वर्गसँग सुझाव लिइरहेको जानकारी दिनुभयो ।


घरधुरी कर लिने स्वयंसेविका घरमै

भद्रपुर, २० जेठ - अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताउनुभयो ।


घरधुरी कर लिने स्वयंसेविका घरमै

भद्रपुर, २० जेठ - अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताउनुभयो ।


प्रदेश नं. १ : जेठ २२ मा नीति तथा कार्यक्रम आउँदै

विराटनगर, १९ जेठ – प्रदेश नं. १ को सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम जेठ २२ गते ल्याउने भएको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले जेठ २२ गते अपरान्ह ३ बजे नीति तथा कार्यक्रम पेश गर्ने गरी प्रदेश प्रमुख प्रा डा. गोविन्दबहादुर तुम्बाहाङलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


संखुवसभाका १० वटै स्थानीय तहमा पुग्यो बैंकिङ्ग सेवा

काठमाडौं- संखुवसभा जिल्लाका १० वटै स्थानीय तहमा बैंक सेवा पुगेको छ । जिललाका सबै तहमा बैंकिङ्गसेवा पुगेपछि सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ ।


पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु पुरस्कृत

१९ जेठ,सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो ।


प्रदेश सरकारले जिम्मा लियो हत्याकाण्डमा बाँचेकी बालिका

पाँचथर, १८ जेठ - गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो ।


झापामा धनुष आकारमा गाउँपालिका भवन बन्दै

काठमाडौं - झापाकाे हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ । जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो ।


खोटाङका १० स्थानीय तहलाई साँढे २ अर्ब बजेट

खोटाङ, १७ जेठ - खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ का लागि साँढे २ अर्ब बजेट अनुदान प्राप्त गरेका छन् । संघीय सरकारले विनियोजन गरेको स्थानीय तहको कूल बजेट मध्ये जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले २ अर्ब ५६ करोड ५५ लाख अनुदान प्राप्त गरेका हुन् ।


हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा

खोटाङ, १७ जेठ – खोटाङकोे हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको दुई वर्षपछि हलेसीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।


गाउँपालिका भवनको शिलान्यास

१७ जेठ, भद्रपुर - पाँच दाताले निःशुल्क दान गरेको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ । भवनको बिहीबार शिलान्यास गरिएको छ ।


सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

काठमाडौं,१६ जेठ – सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभएको छ । आगामी आर्थिक वर्षदेखि सरकारले सात वटै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ ।


एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक

काठमाडौं - एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक राखिने व्यवस्था आगामी आर्थिक बर्षको बजेटले गरेको छ । स्थानीय तहमा सामुदायिक वन समूहको सहकार्यमा वनमा आधारित उद्योग विकास गरिने र वन तथा वातावरणमा १५ अर्ब ४९ करोड विनियोजन गरिएको छ ।


बजेटको नीति : स्थानीय तहसँगको सहकार्यमा आफ्नो गाउँ आफै बनाऔं

काठमाडौं - संघीय सरकारले स्थानीय तहसँगको सहकार्यमा आफ्नो गाउँ आफै बनाऔंको भावना अनुसार विकास निर्माणका लागि बजेट विनियोजन गरेको छ । संघीय संसदमा प्रस्तुत भइरहेको आगामी आर्थिक बर्षको बजेटमा यस्तो नीति लिइएको हो ।


संघीय सरकारको बजेट : प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब विनियोजन

काठमाडौं – संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले यतिवेला संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिरहनुभएको छ । बजेटमाप्रदेश र स्थानीय तहको जनसंख्या क्षेत्रफल र मानवीय विकासका आधारमा प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब रुपैयाँ व्यवस्था गरिएको छ ।


प्रदेश नं १ बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु

विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।


प्रदेश नं १ को बजेट अधिवेशन शुरु

१४ जेठ – प्रदेश नं १ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि शुरु भएको छ । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन आह्वान सञ्चालनसम्बन्धी पत्र पढेर सदनमा सुनाउनुभयो ।


६८५ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौं, १४ जेठ - सरकारले आर्थिक वर्ष २०७५/७६ कोे फागुनसम्म ६८५ स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको जनाएको छ । संसदमा आज आव २०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ४३६ गाउँपालिका र २४९ नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उल्लेख गरिएको छ ।


नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण

विराटनगर, १३ जेठ – नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ ।


विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर,११ जेठ – विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।


गल्फर शुक्रबहादुर ‘धरान वर्ष खेलाडी’

११ जेठ धरान - धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ । प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ ।


प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।


स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ – राष्ट्रपति

९ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका – १२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।


अठाइस स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् ।


मानवजातिको हितमा प्राकृतिक स्रोतको प्रयोग हुनुपर्ने – मुख्यमन्त्री राई

८ जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले प्राकृतिक स्रोतको उपभोगबाट हुने प्रभाव, असर र यसले सम्पूर्ण मानव जातिमा भविष्यमा पार्ने दुष्प्रभावलाई ध्यान दिई उपयोग गर्न सुझाव दिनुभयो ।


जनताको काममा ध्यान दिन आग्रह

८ जेठ – प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिलाई जनताको सेवामा लाग्न आग्रह गर्नुभएको छ । उहाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको हितमा मात्र काम गर्न आग्रह गर्नुभएको हो ।


बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा

सोलुखुम्बु,८ जेठ – विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।


प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने मुख्यमन्त्री राईको प्रतिबद्धता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज जिल्ला प्रहरी कार्यालय र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


राष्ट्रसेवक कर्मचारी चुस्त हुनुपर्छ – मुख्यमन्त्री राई

७ जेठ – वर्तमान परिवर्तनलाई दिगो बनाउन राज्यका हरेक संयन्त्रमा रहेका पदाधिकारीले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइएको छ । सेवाप्रदत्त कार्यालयले जनताका भावना र आकाङ्क्षालाई केन्द्रमा राखेर सेवा गर्न सके मात्र जनताले सुशासनको अनुभूति गर्न सक्ने भएकाले यसतर्फ राष्ट्रसेवक कर्मचारीको ध्यान जानु जरुरी भएको यहाँ आयोजित अन्तरक्रियाका सहभागीले जोड दिएका हुन् ।


पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो ।


हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर,५ जेठ – झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताउनुभयो ।


वडाद्धारा प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

खोटाङ, ४ जेठ -दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पाचिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो ।


खोटाङमा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

खोटाङ,२ जेष्ठ – खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको हो ।


प्रदेश १ द्धारा बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा

काठमाडौ, प्रदेश एक सरकारले आगामी बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा गरेको छ । प्रदेश १ सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती विधेयक, र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने जानकारी दिनुभयो ।


नगरपालिकाले दियो कृषकलाई फूलको बीउ, प्लाष्टिक र हजारी

महिला लक्षित कार्यक्रमअन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाले बेमौसमी पुष्पखेती गरिरहेका कृषकलाई टनेल निर्माणका लागि प्लाष्टिक वितरण गरेको छ । नगरपालिका–७ महादेवस्थानस्थित प्रगतिशील पुष्पखेती समूहका २० महिला कृषकलाई प्लाष्टिक वितरण गरिएको हो ।


गाउँपालिकाको आर्थिक सहयोग बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम

बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो ।


प्रदेश १ को शहरी करिडोर निर्माण गर्ने महत्वाकांक्षी योजना

विराटनगर, ३० वैशाख – प्रदेश १ सरकारले महत्वाकांक्षी योजनाको रुपमा शहरी करिडोर निर्माणको योजना अघि सारेको छ । करिब २०२ मिलियन डलरको लागतमा प्रदेश १ अन्तर्गत तराईका जिल्ला जोडेर शहरी करिडोर निर्माणको योजना अघि सरेको हो ।


लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु

खोटाङ,३० वैशाख – जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो ।


त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण शुरु

३० वैशाख – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नं. १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य शुरु भएको छ । नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै रु दश करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य शुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले बताउनुभयो ।


प्रदेश सरकारको समन्वयमा बाढी पीडितका लागि नमूना बस्ती निर्माण हुदैं

सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो ।


विभिन्न जिल्लाबाट किसान चियाखेती सिक्न इलामका पाखा पाखामा

गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन ।


प्रदेश १ सरकारको पहिलो निर्णय नै अलपत्र

विराटगनर,२९ वैशाख – प्रदेश न. १ सरकारको पहिलो बैठकले गरेको निर्णय नै अलपत्र परेको छ । २०७४ फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११ स्थानका शहीद भूमिमा नमूना बस्ती बनाउने निर्णय गरेको थियो ।


सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व ः मुख्यमन्त्री राई

२७ वैशाख – महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् । सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उहाँहरुको धारणा छ ।


प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन ।


आलेख – सडकले फेर्यो दैनिकी

वैशाख २३ – भोजपुर नगरपालिका–१२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म दश दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ ।


महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

वैशाख २२ – झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नु परेको उहाँहरुको गुनासो पनि छ ।


उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्

गाईघाट, २० वैशाख - उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रमा मात्र अहिले दुई हजार ५०० भन्दा बढी खुद्रा पसल तथा होटल सञ्चालनमा आएका छन् ।


मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

भद्रपुर, २० वैशाख - झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ ।


रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युत् सेवा बाहिर

खोटाङ, १८ वैशाख – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् ।


स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका

मोरङ, अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ ।


स्थानीय तहमै विवाद मिलेपछि अदालतको मुद्दा फिर्ता

झापा,अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको छ । दुवै पक्षबीच सहमति भएपछि अदालतमा परेको मुद्दा पनि फिर्ता गरिने भएको छ ।


प्रदेश नं. १ मा बृहत् विराट विकास क्षेत्र

वैशाख १६ – मोरङ र सुनसरी जिल्लाको केही नगरपालिका र गाउँपालिकाका आवश्यक क्षेत्रलाई समेटेर बृहत् विराट विकास क्षेत्र बनेको छ । विगतमा विराटनगर महानगरपालिका मात्र विराट क्षेत्रबाट चिन्ने गरिन्थ्यो भने अहिले यसमा सुनसरी र मोरङका १८ स्थानीय तह गाभिएका छन् ।


युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति गाउँपालिका

भद्रपुर, १६ वैशाख -झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ । गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका माध्यमद्वारा वैशाख १३ गते छनोट गरी काम सिकाउन थालेको हो ।


दुई सडक शिलान्यास

खोटाङ, १५ वैशाख – जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो ।


शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री थापा

विराटनगर, गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका मन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताउनु भएको हाे ।


प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १२ वैशाख -राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेका छन्, सङ्घ, प्रदेश र स्थानीय तहबीच केही शक्ति टकराव हुन सक्छन्, यसलाई छलफलमार्फत समधान गरिनुपर्छ ।


पथरी तनाव: उपमेयर घाइते, नगरपालिकामा तालाबन्दी

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । झडपमा पथरी शनिश्चरे नगरपालिकाका उपमेयर यमुना बास्तोला पनि घाइते भएकी छन् ।


साकेला गाउँपालिका–३ का वडाध्यक्षको मृत्यु

खोटाङ, निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी हुनुभएका ३९ वर्षीय वडाध्यक्ष उहाँको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो ।


सदरमुकाममै खानेपानी समस्या

९ बैशाख भोजपुर - ०७२ को विनाशकारी भूकम्पपछि भोजपुर सदरमुकाममा खानेपानीको संकट सिर्जना हुन थालेको छ  । भूकम्पपछि सदरमुकाम क्षेत्रका पानीका पुराना मुहान सुक्दा हिउँदमा खानेपानीको संकट हुन थालेको स्थानीयले बताए  ।


३ सय परिवारलाई मिटरबक्स र कालोतार

तेह्रथुम छथर - गाउँपालिकालाई अन्धकार मुक्त बनाउने उदेश्यका साथा उज्यालो छथर अभीयान अन्तरगत ३ मिटरबक्स र कालोतार दिन सुरु गरीएको छ । आर्थीक रुपमा बिपन्न जहाँ अहिले सम्म बिद्युतको पहुँचबाट बञ्चित रहेका परिवारहरुलाई कालोतार मिटरक्स दिन सुरु गरीएको हो ।


इटहरीका मेयर कृषकका गाईगोठमा

प्रदेश नं. १ इटहरी - इटहरी ५ धनगंगा टोलका ७३ बर्षीय हरी प्रसाद आर्चाय विहानै गाई दुहुदै हुनुहुन्थ्यो,इटहरीका मेयर द्धारिकलाल चौधरी गाइगोठमै टुप्लुक्क पुग्नुभयो । स्थानीय सरकारका प्रमुख गाइगोठमै आइपुग्दा आर्चाय छक्क पर्नुभयो ।


कन्काईमा ४ हजार घनमिटरको वायोग्यास प्लान्ट बन्ने

७ बैशाख झापा - झापाका तीनवटा नगरपालिका फोहोरलाई मोहोर बनाउने अभियानमा लागेका छन् । नगर क्षेत्रबाट निस्कने फोहोर प्रशोधन गरी त्यसबाट वायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ बिर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिकाले संयुक्त प्रयास थालेका हुन् ।


प्रदेश नम्वर १ मा पाँच बर्षे आवधिक योजनाको आधार-पत्र तयार

सुनसरी: प्रदेश नं एकको राष्टिय योजना आयोगले पाँच बर्षे आवधिक योजनाको आधार पत्र तयार गरेको छ । आधार पत्र माथि आज प्रदेशका सांसदहरुको सुझाव लिइएको छ ।


गाउँपालिकामा एक सय ३८ वटा स्ट्रेचर वितरण

प्रदेश नंं १ संखुवास - संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा एक सय ३८ वटा स्ट्रेचर वितरण गरिएको छ  । बुधबारे बजारमा स्ट्रेचर वितरण गर्दै पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले दुर्गम अरुणपारिको गाउँपालिका सिलिचोङमा स्वास्थ्यसेवा पुर्‍याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने बताए  ।


सूर्योदय नगरपालिकामा चिया उद्योग श्रम ऐन कार्यान्वयन गर्न तयार

पशुपतिगनर, ३ वैशाख - चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बँुदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् ।


आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण

काठमाडौँ,सरकारले आजदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।


टीमएमजे क्षेत्रलाई देशकै एक उत्कृष्ठ गन्तब्य वनाउन पहल सुरु

सुनसरी, गुराँसको राजधानीका रुपमा प्रख्यात तीन जुरेमिल्केजलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ठ गन्तब्य वनाउनका लागि पहल थालिएको छ । तीन जुरेमिल्के जलजलेको क्षेत्र विस्तार गर्दै उचित ब्यवस्थापनका साथ उत्कृष्ठ गन्तब्य वनाउन पहल थालिएको हो ।


क्रसर हटाउन माग गर्दै स्थानीय रिले अनशनमा - सांसद र नगरप्रमुखको विरोध

मोरङको उर्लाबारी - नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयले रिले अनशन सुरु गरेका छन्  । उर्लाबारी–१ मा अहिले पुर्बेली क्रसर उद्योग र पञ्चेश्वर क्रसर उद्योग सञ्चालनमा छन्  ।


इटहरी उपमहानगरभित्रका सरकारी विद्यालयहरुमा सीसी टिभी जडान

इटहरी: इटहरीका सरकारी विद्यालयहरुमा सीसी टिभी जडान गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफ्नो कार्यकक्षमा दुर अवलोकन पद्धतीको उदघाटन गर्नुभयो ।


प्रदेश १ मन्त्रिपरिषद् बैठक : राजपत्र प्रकाशन प्रदेशबाटै गर्ने निर्णय

विराटनगर: प्रदेश १ मन्त्रिपरिषद्‍को बैठकले वृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा लैजान स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण गरेको उक्त विधेयक संसद्‍मा लाने बुधबार बसेको मन्त्रिपरिषद्‍ले निर्णय गरेको हो ।


२८ करोड खर्चेर खानेपानी ल्याइने

चैत्र२७ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङमा २८ करोड खर्चेर खानेपानी ल्याइने भएको छ । फुङलिङ नगरपालिकाले पाथीभरा मन्दिर छेउको जम्बुधारे–मैदाने मुहानबाट पानी ल्याउने तयारी थालेको हो ।


प्रदेश १ को राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनु भएकोन छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।


बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई कानेपोखरी गाउँपालिकाको भक्ता

मोरङ : कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले पाँच हजार र स्वास्थचौकीले एक हजार ८०० उपलब्ध गराउने भएको हो ।


प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकपमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी

सङ्खुवासभा : चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको आ–आफ्नो खेलमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी भएका छन् । चैनपुरस्थित रङ्गशालामा भएको खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई १–० गोलले पराजित ग¥यो ।


जनप्रतिनिधिको सुविधा बढाउँदै प्रदेश १ सरकार

विराटनगर- प्रदेश नम्बर १ को सरकारले कानुनमा परिमार्जन गर्दै जनप्रतिनिधिको हालको सेवा सुविधालाई बढाउने प्रक्रिया अगाडि बढाएको हो । विकास–निर्माणका काम अपेक्षाकृत हुन नसकेको र जनप्रतिनिधिहरू आफ्नो सेवासुविधामा मात्र केन्द्रित भएको आरोप लागिरहेको बेला प्रदेश सरकारले बढाएको प्रक्रियाले चालु खर्च अझ बढ्ने र विकासनिर्माणमा असर पर्ने देखिन्छ ।


दूधकोशी नदीको निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने

सोलुखुम्बु : जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने भएका छन् । बेलिब्रिज निर्माणका लागि लगानी गर्ने विषयमा महाकुलुङ र सोताङ गाउँपालिकाबीच दुई पक्षीय सम्झौता भएको छ ।


बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने

चैत २३, सोलुखुम्बु - जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने भएका छन् । बेलिब्रिज निर्माणका लागि लगानी गर्ने विषयमा महाकुलुङ र सोताङ गाउँपालिकाबीच दुई पक्षीय सम्झौता भएको छ ।


अहिले अलैंचीको कारोबारै ठप्प

२३ चैत्र ताप्लेजुङ - ३० किलो अलैंची बोकेर सदरमुकाम फुङ्लिङ आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि बेच्न सकेनन् । ‘प्रत्येक व्यापारीलाई किनिदिन आग्रह गरेँ’ बिहीबार बिहान निराश हुँदै शेर्पाले सुनाए, ‘धेरै जनाले त नराख्ने भने, एक–दुईजनाले उधारोमा राख्ने भने, तर भाउ पछि काट्ने गरीमात्र ।


जथाभावी फोहोर फाल्नेलाई फोहोर 'उपहार'

बनियानी : झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो ।


नक्सा पास नै नगरि घर निर्माण

इटहरी : इटहरीउपमहानगरमा घरनक्सानै नवनाई घर निर्माण गरिरहेको पाइएको छ । इटहरी ५ मा घरनक्सा विनै घर वनाइरहेको अवस्थामा इटहरी उपमहानगरवाट गएको अनुगमन टोलीले निर्माण कार्य रोकी सात दिन भित्र नगरपालिकामा कागजात प्रमाण सहित हाजिर हुन पत्र काटेको छ ।


झापाका स्थानीय तहबाट हुवाहुरी पीडितलाई २३ लाख

चैत : झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख, गाउँपालिकाहरुबाट एक–एक लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।


जनता आवासमा उर्लाबारी र मिक्लाजुङमा १० वटा घर निर्माण हुने

उर्लाबारी । जनता आवास कार्यक्रम अन्तरगत मोरङ क्षेत्र नं. १ को उर्लाबारी र मिक्लाजुङमा १० वटा घर निर्माण हुने भएको छ ।


दुई गाउँपालिकाको संयुक्त लगानीमा पहिलोपटक पुग्यो गाडी

सोलुखुम्बु ,२० चैत – विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर एक खरिखोला जोडिएको सडकको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।


देशमा चौतर्फी विकास हुँदैछ ः प्रम ओली

दमक, १८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो ।


नगरपालिकाले पुस्तकालयको दायित्व व्यहोर्ने

भद्रपुर, १७ चैत – झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ । मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको सम्पत्तिको रुपमा पुस्तकालयहरुलाई संरक्षण र सञ्चालन गरिने बताउनुभयो ।


दमक र गौरादहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्ने

दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक र गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गर्नुहुने भएको छ । विभिन्न कार्यक्रमको सिलसिलामा आज मोरङ र झापा जान लाग्नु भएका प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे जनप्रतिनिधिसँग अन्तरक्रिया गर्न लाग्नु भएको हो ।


‘राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने’

विराटनगर, १६ चैत - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिनुभयो ।


इलाम र पाँचथरको सिमानाको अर्ग्यानीक वजार राँके । केके पाईन्छ ?

फिदिम, १६ चैत - सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महीना राताम्य अकबरे खुर्सानी । मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्राङ्गारिक सागसब्जी ।


लगानी सम्मेलनमा इटहरीको तालतलैयाको विकासका लागि ४१ मिलियन डलरको प्रस्ताव

लिलाराज भटटराई/ सुनसरीचैत १५ देखि काठमाडौमा हुने लगानी सम्मेलनमा इटहरीको पर्यटकीय स्थल तालतलैयाको बिकासका लागि ४१ मिलियन अमेरिकी डलरको परियोजना प्रस्ताव प्रस्तुत हुने भएको छ । इटहरी थिम पार्क वीथ होटल नामको परियोजना प्रस्ताव प्रस्तुत गर्न लागिएको लगानी वोर्डका रत्नेश्वर शशीले जानकारी दिनुभयो ।


अध्यक्षलाई गाडी किन्ने रकमले, सर्वसाधरणका लागि बस खरिद गर्ने गाउँपालिकाको निर्णय

काठमाडौं- उदयपुर जिल्लाको लिङबुङबुङ गाउँपालिकाले अध्यक्षका लागि गाडी खरिद गर्न बिनियोजन गरेको ५७ लाख ७१ हजार रकमले सर्वसाधारणका लागि बस खरिद गर्ने निर्णय गरेको छ । कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महंगा गाडी चढ्ने प्रतिस्पर्धा भइरहेको तथा स्थानीय तहका अधिकांश जनप्रतिनिधि सुविधाभोगी बन्न थालेको टिकाटिप्पणी चलिरहेको बेला जिल्लाको लिङबुङबुङ गाउँपालिकाले यसतो निर्णय गरेको हो ।


‘मन्त्रालयको कार्य ठोस र सुनिश्चित हुनुपर्छ’

विराटनगर -प्रदेश नं १ को भौतिक पूर्वाधार विकास मन्त्रालयलले जनतालाई ठोस् र सुनिश्चित सेवा पाउने उद्देश्यले काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकको समापनका अवसरमा प्रदेशमा निर्माण कार्य गर्दा मन्त्रालयको हित, पारदर्शी र तोकिएको समयमा सम्पन्न हुनेगरी गर्न आग्रह समेत गरिएको छ ।


साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

विराटनगर -नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो ।


प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

पशुपतिगनर - प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो ।


इटहरीउपमहानगरले घटायो कर, के के मा भयो त निशुल्क ?

सुनसरी, इटहरी उपमहानगरले ब्यवसायकर र भूमिकर घटाएको छ । नगरसभामा आर्थिक ऐन २०७५को संसोधन विधेयक पारित गर्दै ब्यवसाय र भूमिकर घटाइएको हो ।


प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

काठमाडौँ, ७ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फागु

विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पर्व (होली)ले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव कायम गर्न सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित होली पर्व–२०७५ शुभकामना आदानप्रदान कार्यक्रममा उहँले भन्नुभयो, “यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिल्नेछ ।


इटहरी उपमहानगरको चालु चौथो नगरसभामा पुरक वजेट प्रस्तुत

इटहरी -इटहरी उपमहानगरको चालु चौथो नगरसभामा पुरक वजेट प्रस्तुत गरिएको छ । उपमेयर लक्ष्मी गौतमले संसोधित पुरक अनुमान वजेट,नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।


‘मन्त्रिमण्डल विस्तारमा दलितको सहभागिता गराउँछु : मुख्मन्त्री राई

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी मन्त्रिपरिषद् विस्तारमा दलितको सहभागिता गराइने बताउनुभएको छ । मानव अधिकारका लागि स्रोत विकास मञ्चद्वारा ५४औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित ‘सङ्घीयतामा दलितको अधिकार’ प्रदेशस्तरीय विचार गाष्ठीमा उहाँले मितव्ययिता अपनाउन विगतमा प्रदेश सरकारले सानो मन्त्रिमण्डल गठन गरेको प्रस्ट पार्नुभयो ।


असारे विकासमा खर्च नगर्न मुख्यमन्त्री राईले दिए सचिवहरुलाई निर्देशन

सुनसरी- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले असारे विकासमा खर्च नगर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालयगत चौमासिकप्रगति समीक्षा बैठकमा मुख्य मन्त्री राईले असारे विकासमा खर्च गर्ने परिपार्टीको अन्त्य गर्न निर्देशन दिनुभएको हो ।


जनप्रतिनिधिको यातायात सुविधाको रकम जनताको सेवामा

गाईघाट, ४ चैत - स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये चार नगरपालिकाले यसअघि नै प्रमुख तथा उपप्रमुखका लागि गाडी किनिसकेको छ भने तीन गाउँपालिकाले पनि अध्यक्ष तथा उपाध्यक्षका लागि गाडी किनिसकेका छन् लिङचुङबुङ गाउँपालिकाको शनिबार बसेको बैठकले गाउँपालिकाका जनताको सुबिधाका लागि बस किन्ने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।


कटहरी गाउँपालिकाले कृषि बजार बनायो प्रधानमन्त्रीले उद्‍घाटन गर्ने

काठमाडौं, ३ चैत- प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट विराटनगरतर्फ जाने कार्यक्रम छ ।


स्थानीय तहको मिलेमतोमा खोला दोहन

भद्रपुर, १ चैत -जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार सम्मेलन गरी खोलामा अनियन्त्रित रुपमा उत्खनन गर्ने कार्यलाई रोक्न कडा कदम चाल्ने चेतावनी दिएको हो ।


सुनकोशी गाउँपालिकामा प्रभावकारी दुग्ध तथा बेसार बन्दै प्रशोधन केन्द्र

ओखलढुङ्गा, ३० फागुन -च्यानममा स्थापना गरिएको दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द्र प्रभावकारी बनेको छ । सुनकोशी गाउँपालिका र हलेशी दर्शन कृषि सहकारी संस्थाको संयुक्त लगानीमा सञ्चालन गरिएको केन्द्र स्थानीयवासीलाई दुग्धजन्य पदार्थ बिक्री गर्न र बेसार मसला तयारी गर्न सहज भएको हो ।


महानगरपालिकाद्धारा ज्येष्ठ नागरिक भवन निर्माण

विराटनगर, २९ फागुन -विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ । ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले निर्माण गरिने भवनका लागि रु १० लाख निकासासमेत गरिएको जानकारी दिनुभयो ।


आधुनिक प्रविधिको कृषिमा जोड

विराटनगर -प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।


प्रदेश १ प्रदेशसभा बैठक : सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल जारी

विराटनगर -‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । प्रदेश नं–१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३ को २० बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा जोड दिनुभयो ।


उपमहानगरको संयोजनमा एसइइको झल्को दिने आठ कक्षाको परीक्षा

सुनसरी,इटहरीमा एसइइको झल्को आउने गरि आठ कक्षाको परीक्षा सुरु भएको छ । इटहरीका सवै विद्यालयको नगरस्तरीय परीक्षा सुरु भएको हो ।


उदयपुरका नगरपालिकाले बृहत् सामाजिक सुरक्षा कार्यक्रम गर्दै

गाईघाट, २८ फागुन :उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो ।


उपमहानगरद्धारा इटहरीमा वन्ने भयो अर्को सार्वजनिक शौचालय

इटहरी, इटहरी उपमहानगर गेट पूर्वतर्फ आधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । इटहरी उपमहानगरको प्रवेशद्धारको पूर्वतर्फ सार्वजनिक शौचालय र पश्चिम तर्फ वारुणयन्त्रका कर्मचारीको विश्राम स्थल निर्माण गर्ने नगरकार्यपालिकाको वैठकले निर्णय गरेको छ ।


प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई

फिक्कल, २६ फागुन -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो ।


कर्मचारी अभावले वडा सचिवको काम प्राविधिकबाट

मङ्गलबारे, २७ फागुन -फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वडामा उहाँले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुभएको छ ।


बेलबारी नगरपालिकाका वडावडामा स्वास्थ्य शिविर : आँखा शिविरमा ६ बढी लाभान्वित

सुनसरी - मोरङको बेलबारीमा गरीएको आँखा शिविरमा ६ सय भन्दा वढिले सेवा लिएका छन । बेलबारी नगरपालिका वडा नम्बर ११ को आयोजनमा लक्षमीमार्गमा भएको आँखा शिविरमा १ सय ५० जनाले निशुल्क चस्मा समेत पाएको वेलवारी नगरपालिकाका प्रेस संयोजक उत्तम पोखरेलले जानकारी दिनुभयो ।


‘गरीबसँग विश्वेश्वर’ : एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

१२ स्थानमा १२ जना सामाजिक परिचालकबनियानी - बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र ।


इटहरीमा महिला म्याराथुन दौड प्रतियोगिता

सुनसरी - १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा महिला म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । करिव सय जना महिला सहभागि प्रतियोगितामा इटहरी १० की यशोदा चौधरी प्रथम हुनुभएको छ ।


इटहरी उपमहानगरले आयोजना गरेको म्याराथुन दौड प्रतियोगिता सम्पन्न

इटहरी, १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा महिला म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । करिव सय जना महिला सहभागि प्रतियोगितामा इटहरी १० की यशोदा चौधरी प्रथम हुनुभएको छ ।


बगरमा लहराउँदै बेमौसमी तरकारी

भद्रपुर, २३ फागुन - झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो ।


निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान

विराटनगर - प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ । विराटनगर–७ मा निर्माण गरिएको ‘सेन्टर मल’को आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले उद्यमी व्यापारीको लगानीको सुरक्षा सरकारले गर्ने विश्वास दिलाउनुभयो ।


उदयपुरका स्थानीय तह : भौतिक पूर्वाधार निर्माण लगायतका विकासका काम झन्झटिलो र ढिला सुस्ती

उदयपुर — स्थानीय तह नेतृत्व पाएको डेढ वर्ष बितिसक्यो  । सर्वसाधारणले विकासका नाममा सडक र बिजुलीबाहेक शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अन्य आधारभूत सुविधामा खासै फरक महसुस गरेका छैनन्  ।


परियोजना बैक तयार गरेर लगानी सम्मेलन गर्दै प्रदेश सरकार

विराटनगर - प्रदेश १ ले परियोजना बैंक तयार गरेर लगानी गर्ने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्वर १ परियोजना बैक तयार गरेर अघि बढन लागेको बताउनुभयो ।


पाँच सय महिलाको सहभागितामा प्रादेशिक महिला सम्मेलन गर्ने

१९ फाल्गुण सुनसरी - प्रदेश १ सरकारले पाँच सय महिलाको सहभागितामा प्रादेशिक महिला सम्मेलन गर्ने भएको छ । १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि प्रादेशिक सम्मेलन गर्न लागिएको हो ।


प्रदेश १ का सय सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराइँदै

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गर्नुभयो ।


उदयपुरका अधिकांश स्थानीय तहहरु भ्यूटावर निर्माणमा

हरिकुमार राई /गाईघाटस्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ९भ्यूटावर० निर्माण कार्य शुरु गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको समथर तराईका मैदान देख्न सकिने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएपछि अहिले अधिकांश स्थानीय तहहरु भ्यूटावर निर्माण कार्यमा लागेका छन् ।


वीपी कोइराला प्रतिष्ठानमा धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख भण्डारीको १२ बुँदे प्रस्ताव

सुनसरी -वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४२ औं बिशेष सिनेट बैठकमा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले १२ बुँदे प्रस्ताव पेश गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सिनेट वैठकमा कार्यवाहक प्रमुख भण्डारीले १२ वुँदे प्रस्ताव पेश गर्नुभएको हो ।


एक सय पैंतीस प्रहरी दीक्षित

विराटनगर, १७ फागुन (रासस) : प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् । विसं २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १३५ जनाले २१९ दिन सङ्गठनको परिचय, सुरक्षा, प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका थिए ।


चैत मसान्त भित्रमा प्रदेश १ को मन्त्रीमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री राई

सुनसरी, प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले चैत मसान्त भित्रमा प्रदेश नम्वर १ को मन्त्रीमण्डलले पूर्णता पाउने वताउनुभएको छ । कार्यक्रम जनता सँग मुख्यमन्त्रीमा मुख्यमन्त्री राईले त्यसो भन्नुभएको हो ।


वन्ने भए तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाका अस्पताल

भोजपुर, १६ फागुन - स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो ।


भारी हिमपातले यातायात ठप्प

सोलुखुम्बु, १६ फागुन - जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो ।


मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक

काठमाडौं- सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्दै आज सार्वजनिक बिदा दिएको छ । आज सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिनुका साथै सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकको निर्णय छ  ।


'प्रदेशको नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ'

मङ्गलबारे - प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम ९मन्दिर० को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताउनुभएको हो ।


महिलालाई हरेक क्षेत्रमा सशक्तिकरण गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका

सुनसरी- प्रदेश नम्वर १ महिलालाई हरेक क्षेत्रमा शशक्तिकरण गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने वताउनुभएको छ । पत्रकार महिलाद्धारा मात्र प्रकाशित सूचना तथा सञ्चार साप्ताहिकको १९ औ वार्षिकउत्सवलाई सम्वोधन गर्दैप्रदेश १ का कानून मन्त्री हिक्कमतमन्त्री कार्कीले त्यसो भन्नुभएको हो ।


प्रदेश र स्थानीय तहको अधिकार नखोसिएको कानून मन्त्री ढकालको स्प्रष्टोक्ति

उर्लाबारी - कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताउनुभएको छ । आज दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल्ला मात्र रहेको बताउनुभयो ।


सङ्घीय सरकारको मुख ताक्दै न्यायिक समिति

रवीन्द्र काफ्ले/ फिदिमसंविधान र स्थानीय तह सञ्चालन ऐनले सञ्चालनको स्पष्ट कार्यादेश दिए पनि यहाँका न्यायिक समिति अझै सङ्घीय सरकारको मुख ताकिरहेका छन् । सङ्घीय सरकारको मुख ताकेर बसेकै कारण यहाँका स्थानीय तहमा गठित न्यायिक समितिले न्याय निरुपणमा उल्लेख्य प्रगति गर्न सकिरहेका छैनन् ।


'उपाध्यक्ष वा उपप्रमुख सबै कानुन पढेका छैनौँ, हामीलाई कानुन अधिकृत दिनु पर्छ '

उदयपुर - उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानु राउत न्यायिक समितिको संयोजक हुनुहुन्छ । संयोजकको जिम्मेवारीसँगै जनप्रतिनिधि भएर आएको दुई वर्ष बित्न लागिसक्यो ।


उज्यालो नगर बनाउने अभियानमा बेलबारी नगरपालिका

बेलबारी- बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विद्युत नपुगेका वडा तथा टोलमा विद्युत पु¥याउने उद्देश्यका साथ नगरपालिकाले अहिले संघिय तथा प्रदेश सरकारसँगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको स्थानीय बेतना दैनिकले जनाएको छ ।


आगोबाट घाईते श्रीदेवीको उपचारमा वेलवारीका मेयरद्धारा सहयाेग

सुनसरी, १३ फागुन - मोरङको बेलबारी २ मा कुपीबाट सल्किएको आगोबाट जलेर सख्त घाईते महिलाको उपचारका लागि वेलवारी नगरपालिकाले सहयोग गरेको छ । कुपिको आगोवाट जलेर घाईते भएकि ४० बर्षिया भौली ऋषिदेबलाई उपचारका लागि नगरपालिकाले २० हजार सहयोग गरेको प्रेस संयोजक उत्तम पोखरेलले जानकारी दिनुभयो ।


ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, १३ फागुन - मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।


एक लाख धार्मिक पर्यटक भित्र्याइने

बनियानी, १३ फागुन - झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएको हो ।


प्रदेशसभा बैठक- अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड

विराटनगर, १२ फागुन - प्रदेशसभा १ को आईतबारको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने तथा सहकारी ऐन ‘एकसँग सबै, सबैसँग एक’ भावनामा आधारित भएमा मात्र राज्य लाभान्वित हुने धारणा राख्नुभयो ।


भोजपुरका स्थानीय तहमा अलैँची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर, ११ फागुन -जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो ।


कनकाईमा युवा स्वरोजगार कार्यक्रम प्रदेशमै पहिलो

बनियानी, ११ फागुन- झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।


माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका दुई सडकमा कालोपत्र शुरु

मङ्गलबारे, १० फागुन -चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो ।


उपमहानगरले गर्‍यो भवन संहितालाई प्रभावकारी ढंगले कार्यावन्यन गर्न अभिमुखिकरण कार्यक्रम

इटहरी,इटहरीलाई भूकम्पीय दृष्टिले सुरक्षित नगर वनाउन घरधनी अभिमुखिकरणलाई तिव्र वनाइएको छ । इटहरी उपमहानगरले भवन संहितालाई प्रभावकारी ढंगले कार्यावन्यन गर्न धमाधम घरधनी अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ ।


प्रदेश नं १ को प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

विराटनगर, ८ फागुन -प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गर्नुभएको थियो ।


कमल गाँउपालिकामा भवन संहितालाई कडाइ

सुनसरी -झापाको कमल गाँउपालिकामा भवन संहितालाई कडाई गर्न थालिएको छ । गाँउ पालिकामा वन्ने नयाँ भवन भवन संहिता वमोजिमनै वनाउन डकर्मीलाई धमाधम तालिम दिन थालिएको छ ।


प्रदेश १ मा मानवअधिकार मैत्री कानुन बनाइने

सुनसरी - एक नम्बर प्रदेश सभाका सभामुखप्रदिप भण्डारीले प्रदेश १ ले मानवअधिकार मैत्री कानुन वनाउने दावी गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकविराटनगरले विराटनगरमा आयोजना गरेको “नेपालमानवअधिकार बर्ष पुस्तक२०१९”को सार्वजनिकिकरण गर्दै उहाले त्यसो भन्नुभएको हो ।


इटहरीको विकासमा कुनै कसर बाँकि नराख्ने उद्घोष

इटहरी - इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिका लागि कुनै कसर वाँकी नराख्ने वताउनुभएको छ । ६९ औ राष्टिय प्रजातन्त्र दिवसका अवसरमा नगरवासीलाई शुभकामना ब्यक्त गर्दै उहाँले त्यसो भन्नुभएको हो ।


प्रथम मिक्लाजुङ मधुमल्ला रन सम्पन्न

सुनसरी -मोरङको मिक्लाजुङ ७ मधुमल्लामा प्रथम मिक्लाजुङ मधुमल्ला रन सम्पन्न भएको छ । मधुमल्ला रनको उपाधी पुरुष तर्फ हर्क ल्वागुनले १० किमी दुरी ३२ मिनेट ४० सेकेण्डमा पूरा गरि जित्नुभयो ।


धरान उपमहानगरपालिकाद्धारा प्रजातन्त्र दिवसमा सडक सरसफाइ

धरान, ७ फागुन -रान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ । हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो ।


प्रदेशमा प्राविधिक तथा ब्यवसायिक शिक्षालाई प्राथमिकता

सुनसरी - प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश वनाउन प्राविधिक तथा ब्यवसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । कन्काई मावि सुरडगा झापाको वार्षिक उत्सव समारोहलाई सम्वोधन गर्दै उहाँले त्यसो भन्नुभएको हो ।


नगरपालिकाको सहयोगमा जाँतेमा १७ लाख ५० हजारको जाँतो

सुनसरी, चुरेपहाडको फेदमा रहेको रमणीय ठाँउ मोरङको लेटाङ स्थित जाँतेको पहिचानका लागि जाँतोको प्रतिमा बनाइने भएको छ । जाँतो निर्माण कार्यको प्रदेश नम्बर एककी उपसभामुख सरस्वती पोख्रेल र लेटाङ नगर उपप्रमुख कृष्णकुमारी पोख्रेलले शिलान्यास गर्नुभएको छ ।


इटहरीका मेयरको पटक पटकको ताकेता पछि मर्मत हुनभो टयाङग्रा खोलाको पूल

इटहरी -इटहरीउपमहानगरका मेयर द्धारिकलाल चौधरीले पटक पटक ताकेता गरे पछि इटहरीको टयाङग्रा खोला पूल मर्मत हुने भएको छ । संघीय सरकार अन्र्तगतको सडक डिभिजन कार्यालय विराटनगरले पूल मर्मतको काम दुई चार दिन भित्रैमा सुरु हुने मेयर चौधरीलाई जानकारी गराएको छ ।


तालिम लिएर प्रमाणपत्र सिरानीमा राखेर नबस्नुस

सुनसरी - बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले तालिम लिएर प्रमाण पत्र सिरानेमा राखेर नसुत्न आग्रह गर्नुभएको छ । बेलबारी नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक महिने आधारभुत कुक,मोवाईल मर्मत,कम्प्यूटर मर्मत, सफ्टवेयर मर्मत तथा ड्राईभिङ तालिमको उद्घाटन गर्दै मेयर सुवेदीले प्रमाण पत्र लिएर ब्यावसायमा लाग्न आग्रह गर्नुभयो ।


उदयपुर साक्षर जिल्ला घोषित

सुनसरी -उदयपुरलाई साक्षर जिल्ला घोषणा गरिएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उदयपुरलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।


मेचीनगर नगरपालिकाद्वारा ४० जनालाई निःशुल्क ह्वील चियर वितरण

झापा- झापाको मेचीनगर नगरपालिकाले ४० जनालाई निःशुल्क ह्वील चियर वितरण गरेको छ । नगरप्रमुख विमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले अपांगता भएका ब्यक्तिहरुलाई ह्वील चियर वितरण गर्नुभएको हो ।


प्रदेश नं १ सरकारका एक वर्ष : प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना

मोहम्मद सदरुल/ विराटनगरप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो ।


स्थानीय तहले प्राप्त गरेको अधिकार खोसिँदैन : उपसभामुख

उर्लाबारी - प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले स्थानीय तहले प्राप्त गरेको अधिकार नखोसिने बताउनुभएको छ । आज मोरङको मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेका अन्तरसंवाद कार्यक्रममा सहभागीले राखेको प्रश्नको जवाफ दिँदै उपसभामुख तुम्बाहाम्फेले सो कुरा बताउनुभएको हो ।


सहमतिमैं प्रदेशको स्थायी राजधानी र नाम तोकिन्छ : मुख्य मन्त्री राई

सुनसरी, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नाम तोकिने बताउनुभएको छ । प्रदेशको चालु हिउदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामलाई अन्तीम रुप दिने उहाँको भनाई छ ।


बेलवारी नगरपालिकामा सुचना हक सम्बन्धी अन्तरक्रिर्या सम्पन्न

सुनसरी, २ फागुन ÷ बेलबारी नगरपालिकामा सुचना हक तथा खुल्ला तथ्याक बारे एक दिने अन्तरक्रिर्या सम्पन्न भएको छ । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले प्रदान गर्ने सुचना, तिनको प्रयोग, सुचनाका प्रकृति, नागरिक वडा पत्र लगायगतका बिषयमा छलफल भएको छ ।


नगरपालिकाको पहलमा सामुदायिक विद्यालयमा ‘इ’ हाजिरी

सुरुङ्गा, २ फागुन -आजदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् । विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् ।


विकास तथा समृद्धिमा सहयोग पु¥याउन समझदारी पत्रमा हस्ताक्षर

विराटनगर, १ फागुन - प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष भवानी राणाले मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।


शोक मनाउन स्थानीय तहमा बिदा

फिदिम, १ फागुन - पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।


देउमाई नगरपालिकाले काठका पोल हटाउँदै

इलाम, १ फागुन -इलामकाे देउमाइ नगरपालिकाभित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ । विद्युत् विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत् प्रसारणलाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु भएको हो ।


अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई

उर्लाबारी, २९ माघ -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताउनुभएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै आज उहाँले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो ।


प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु – मुख्यमन्त्री राई

ओखलढुङ्गा, २८ माघ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । ओखलढुङ्गाको वर्णालुमा आईतबार रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रलाई नाफा मनाउने मात्र नभई मुलुक निर्माणमा पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।


सामुदायिक विद्यालयको स्तरोन्नती गर्न स्थानीय तह जिम्मेवार भएर लाग्नुपर्छ

सुनसरी -प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले सामुदायिक विद्यालयको स्तर उन्नती गर्ने जिम्मेवारी स्थानीय तहको भएकोले यसप्रति संवेदनशील हुन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । सुनसरीको इटहरी स्थित जनता नमूना माध्यमिक विद्यालयको ६२ औं स्थापना दिवसको अवसरमा बोल्दै सांसद भट्टराईले त्यसो भन्नुभएको होे ।


‘तीनै सरकारबीच समन्वय हुनुपर्छ’ उपसभामुख तुम्वाहाङ्फे

उर्लाबारी, २७ माघ -प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताउनुभयो ।


राष्ट्रपति गर्नुभयो नेपालकै पहिलो श्रीराम तारक ब्रम्हमहायज्ञको उदघाटन

सुनसरी, २७ माघ -राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको चतरामा नेपालमै पहिलो पटक भएको श्रीराम तारक ब्रम्हमहायज्ञको उदघाटन गर्नुभएको छ । महायज्ञ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुककै उत्कृष्ठ धार्मिक स्थलका रुपमा रहेको बराहक्षेत्रको महत्वलाई विश्वशान्तिको कामना साथ आयोजित महायज्ञले झन वढाएको बताउनुभयो ।


फाल्गुनन्द गाउँपालिका अध्यक्षको निधन

पाँचथर -फाल्गुनन्द गाउँपालिका अध्यक्षको निधन भएको छ । गाउँपालीका अध्यक्ष अमर कुमारनेम्बाङ्को७८ वर्षको उमेरमा निधन भएको हो ।


सङ्घीयताप्रति सरकार प्रतिबद्ध

विराटनगर - कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो ।


राधिका माध्यमिक विद्यालय उर्लावारीको स्वर्ण महोत्सवमा प्रदेश प्रमुख

सुनसरी - प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले साुमदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभएको छ । पूर्वी मोरङकै अग्रणी शैक्षिक संस्था राधिका माध्यमिक विद्यालय उर्लावारीको स्वर्ण महोत्सव उदघाटन गर्दै उहाँले त्यसो भन्नुभएको हो ।


शिक्षा क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिने : मुख्यमन्त्री राई

सुनसरी - प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले प्रदेश सरकारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको वताउनुभएको छ । मोरङको कानेपोखरी–६, स्थित जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उदघाटन गर्दै सो कुरा बताउनुभएको हो ।


फोहोरवाट मोहोर बनाउदै पानवारीका महिला

सुनसरी -धरान वडा नम्वर ६ का महिलाले फोहोरवाट मोहोर वनाउन सिकेका छन । वडा नम्वर ६ पानवारीका महिलालाई फोहोरवाट मोहोर वनाउने शिप मूलक तालिम प्रदान गरिएको हो ।


मोरङको मनोहर जनता माविले मनायो स्वर्ण महोत्सव

सुनसरी - सांसद घनश्याम खतिवडाले प्राविधीक शिक्षामा जोड दिन सके वेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने वताउनुभएको छ । मोरङको मिक्लाजुङ ७ को ऐतिहासिक विद्यालय मनोहर जनता मा.वि.को स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै प्रमुख अतिथी खतिवडाले प्राविधिक शिक्षा देशको आवश्यकता रहेकोमा जोड दिनुभयो ।


मुख्य मन्त्रीद्धारा फुड फेस्टिबलको उद्घाटन

सुनसरी, २५ माघ - प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले फागुन २ गते प्रदेशसरकारले एक बर्षमा गरेका योजनावद्ध विकासका कार्यको सम्पूर्ण फेहरिस्त सार्वजनिक गरिने बताउनुभएको छ । प्रदेश सरकारले केहि गरेन भन्नेहरु विवरण हेरेपछि चकित पर्ने उहाँले बताउनुभयो ।


राष्ट्रपति भण्डारीले मोरङका दुई विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्दै

सुनसरी, २५ माघ -राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वी मोरङका दुई विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्दै हुनुहुन्छ । कानेपोखरी गाँउपालिका वयरवन स्थित जनसेवा मावि रमाइलो र उर्लाबारी नगरपालिका स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्ने कार्यक्रम रहेको छ ।


प्रदेश १ ले हरित अभियान कार्यक्रम गर्दै

विराटनगर,२५ माघ - प्रदेश १ सरकारको मन्त्री परिषद वैठकले समृद्ध प्रदेश हरित अभियान संचालन गर्ने निर्णय गरेको छ । भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रस्ताव ल्याएर समृद्ध प्रदेश हरित अभियानको अगाडि बढाउन कार्यक्रम स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।


प्रदेशसभा बैठक : विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर - प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’बारे प्रदेशसभा बैठकमा छलफल भएको छ । प्रदेश नं १ को आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९२० बमोजिम प्रस्तुत विधेयकमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्य नवोदिता चौधरी, प्रकाशप्रताप हाङ्गाम, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का र विमल कार्कीले सो विधेयकले प्रदेशमा विद्युत् उत्पादन र वितरणमा अग्रणी भूमिका खेल्ने बताउनुभयो ।


'प्रदेश सरकार आफ्ना घोषित नीति तथा कार्यक्रमअनुसार अगाडि बढिरहेको छ'

इनरुवा - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार आफ्ना घोषित नीति तथा कार्यक्रमअनुसार अगाडि बढिरहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा– १ मा आज कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजना कार्यालयको उद्घाटन गर्दै उहाँले आफूहरु सङ्घीय संरचना खडा गर्दै विकास र समृद्धिको एजेण्डामा केन्द्रित भएर ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना बोकेर यात्रा गरिरहेको उल्लेख गर्नुभयो ।


मुख्यमन्त्रीद्धारा देशकै अत्याधुनिक रिफ्रेसमेन्ट सेण्टरको उद्घाटन

सुनसरी, २४ माघ - प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीको कोशी गाँउपालिका कटान क्षेत्रमा निर्माण गरिने देशकै नमूना अत्याधुनिक रिफ्रेसमेन्ट सेण्टर परियोजना कार्यालयको उद्घाटन गर्नुभएको छ । मुख्य मंत्री राईले सुनसरी सदरमुकाम इनरुवामा कोशी रिफ्रेस्मेन्ट सेन्टरको परियोजना कार्यालय उदघाटन गर्नुभएको हो ।


मेयर पराजुलीले गर्नुभयो विराटनगरलाई राजधानी बनाउन प्रधानमन्त्रीसँग आग्रह

सुनसरी, २४ माघ :प्रदेश नम्वर १ कै एकमात्र महानगर विराटनगरका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेटघाट गरेर विराटनगरको विकास निर्माणको अवस्था वारे जानकारी गराउनुभएको छ । मेयर पराजुलीले विराटनगरलाई स्थायी राजधानी वनाउन आग्रह गरेको वताउनुभयो ।


फोहोर किन्ने कार्यक्रम गर्दै इलाम नगरपालिका

सुनसरी, २४माघ :जनसंख्या वढाउने नीतिका कारण चर्चामा रहेको इलाम नगरपालिका फोहोर किन्ने कार्यक्रमका कारण पून चर्चामा आएको छ । इलाम नगरपालिकाको वातावरण स्वच्छता कायम गर्नका लागि नगरपालिकाले प्लाष्टिक जन्य फोहोर किन्न थालेको छ ।


मेचीनगरलाई अग्नि नियन्त्रणका सामग्री

भद्रपुर, २४ माघ: बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो ।


पथरीशनिश्चरेमा नगरस्तरीय क्रिकेट प्रतियोगिता

सुनसरी -मोरङ्को पथरीशनिश्चरेमा भोलीदेखि नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा पञ्चायत माविको खेल मैदानमा हुने प्रतियोगितामा नगरका १० वडाका क्रिकेट टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।


प्रदेश १ :प्रदेशसभामा दुईवटा विधेयक पेश

सुनसरी- प्रदेश नम्वर १ को प्रदेशसभामा दुईवटा विधेयक पेश भएका छन । प्रदेश सभाको आजको बैठकमा ‘ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ पेश गर्नुभयो ।


बेलवारी नगरपालिकाको सहयोगमा वडावडामा च्याउ खेती

सुनसरी । मोरङको बेलवारी नगरपालिकाको सहयोगमा दुई वटा वडाका कोठा कोठामा च्याउ खेति हुन थालेको छ ।


जनप्रतिनिधिका लागि गाडी किन्ने रकमवाट जनतालाई जस्ताको छानो

सुनसरी, २३ माघ - उत्तरी मोरङको लेटाङ नगरपालिकालाई एक बर्ष भित्रमा फुसको छानो मुक्त नगरपालिका वनाइने भएको छ । नगर प्रमुख शंकर राईले जनप्रतिनिधिका लागि गाडी खरिद गर्ने रकमबाट नगरका विपन्नलाई टिनको छाना लगाइदिने अभियान एक बर्षमा पूरा हुने वताउनुभएको हो ।


उपमहानगरका प्रमुख चौधरीद्धारा महिलालाई आर्थिक रुपमा सक्षम बनाउनु पर्नेमा जोड

सुनसरी, २३ माघ : इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले महिला हिंसा कम गर्न महिलालाई आर्थिक रुपमा सक्षम वनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्वकैकका प्रतिनिधिहरु सँग इटहरीमा भएको छलफल कार्यक्रममा प्रमुख चौधरीले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर वनाउनु पर्नेमा जोड दिनुभएको हो ।


आजदेखि प्रदेश नं १ बाट पनि श्रम स्वीकृति

काठमाडौँ, २३ माघ :वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले अाजदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


नगरपालिकाको सहयोगमा च्याउ खेति

सुनसरी, २२ माघ :मोरङको वेलवारी नगरपालिकाको सहयोगमा दुई वटा वडाका कोठा कोठामा च्याउ खेति हुन थालेको छ । नगरपालिकाले विउ तथा प्राविधिक सहयोग सहयोग गरेपछि कृषकले घरका कोठामा च्याँउ खेति गर्न थालेको नगरपालिकाका प्रेस संयोजक उत्तम पोखरेलले जानकारी दिनुभयो ।


गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

भोजराज कार्की /सोलुखुम्बुमाप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफँैले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


प्रदेशसभाको एक वर्षमा बने २३ कानून

धरान - प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।


सूर्योदय नगरपालिकाले चिया विषयमा पाठ्यक्रम लागू गर्ने

इलाम– सूर्योदय नगरपालिकाले चिया विषयमा पाठ्यक्रम लागू गर्ने भएको छ । सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया पाठ्यक्रम लागू गर्न समिति गठन गरेर काम थालनी सुरु गरिएको छ ।


गाउँपालिका प्रमुखले गरे मनोहर जनता माविको स्वर्ण महोत्सव उद्घाटन

सुनसरी- मोरङको मिक्लाजुङ गाउँपालिका स्थित ऐतिहासिक विद्यालय मनोहर जनता माविले स्वर्ण महोत्सव मनाएको छ । एक भब्य कार्यक्रमकाबीच स्वर्ण महोत्सवको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले उदघाटन गर्नुभयो ।


प्रदेश १को हिउँदे अधिवेशन सुरु

सुनसरी, माघ २० - नाम र राजधानी तोक्ने वताइएको प्रदेश नं १को हिउँदे अधिवेशन सुरु भएको छ । बर्षे अधिबेशन अन्त्य भएको तीन महिना २७ दिनपछिबाछ शुरु भएको हिउँदे अघिबेशन वैठकको सुरुमा प्रदेश प्रमुख प्रा डा गोबिन्द तुम्याहाङले पठाउनुभएको अधिवेशन आब्हान सम्बन्धी पत्र सभामुख प्रदीप भण्डारीले पढेर सुनाउनु भयो ।


हिउदे अधिवेशनबाट नाम र राजधानी टुङ्गो लगाइने : मुख्य मन्त्री राई

सुनसरी, २० माघ । प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले आज सुरु हुने संसद अघिवेशनवाट प्रदेशको नाम र राजधानी टुङ्गो लगाइने दावी गर्नुभएको छ ।


सरकार सँगको सहमतिपछि विराटनगरका उद्योगी व्यवसायीले गरे आन्दोलन फिर्ता

सुनसरी, प्रदेश सरकार सँगको छलफलमा उद्योगीका मागलाई संघीय सरकार सँग पुरयाएर समस्या समाधानमा पहल गर्ने सहमति भएपछि विराटनगरका उद्योगी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सँगको छलफलमा सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन ।


प्रदेश १ को हिउदे अधिवेशन आजदेखि सुरु हुदै

सुनसरी, २० माघ :प्रदेश १ को हिउदे अधिवेशन आजदेखि सुरु हुदै । दिउसो ३ वजे पहिलो वैठक वोलाइएको छ ।


रामधुनी नगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी जग्गा विवादका मुद्दा

सुनसरी - सुनसरीको रामधुनी नगरपालिकाको न्यायिक समितिमा सवैभन्दा वढि जग्गा विवादका मुद्दा आउने गरेका छन । अहिलेसम्म दर्ता भएका ७२ वटा मुद्दा मध्ये २४ वटा जग्गा विवादका छन ।


मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रतीक चिन्ह (लोगो) तयार

सुनसरी - मोरङको पथरीशनिश्चरे नगरकार्यपालिले नगरपालिकाको प्रतीक चिन्ह (लोगो) तयार पारेको छ । नगर प्रमुख दिपिलकुमार राईको अध्यक्षतामा बसेको बैठकले पथरीकै चित्रकार सरोजा खड्गीले निर्माण गरेको नगरको प्रतिक चिन्ह (लोगो)लाई अनुमोदन गरेको छ ।


प्रदेश १ : स्थायी राजधानीको टुङ्गो लगाउने गृहकार्य अन्तिम चरणमा

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो ।


दमक नगरपालिकाको आयोजनामा हुने बाल महोत्सवको तयारी पूरा : महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्ने

झापा- दमक नगरपालिकाको आयोजनामा ‘बालमैत्री स्थानीय सरकार, हामी सवैको सरोकार’ भन्ने मूल नारा सहित भोलीदेखि बृहत् वाल महोत्सव हुन लागेको छ । सो महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।


नगरकार्यपालिकाले बनायो नगरपालिकाको प्रतीक चिन्ह लोगो

सुनसरी, १६ माघ : मोरङको पथरीशनिश्चरे नगरकार्यपालिकाले नगरपालिकाको प्रतीक चिन्ह (लोगो) तयार पारेको छ । नगर प्रमुख दिपिलकुमार राईको अध्यक्षतामा बसेको बैठकले पथरीकै चित्रकार सरोजा खड्गीले निर्माण गरेको नगरको प्रतिक चिन्ह (लोगो)लाई अनुमोदन गरेको छ ।


प्रदेशसभा बैठकबाट स्थायी राजधानीको टुङ्गो लाग्ने– मुख्यमन्त्री राई

विराटनगर, १६ माघ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो ।


गाँउकै सुन्दर भैसी घोषित भएपछि कृषक विन्देश्वरको मुहारमा ल्याएको त्यो खुसी...

लिरा भटटराई / सुनसरीसुनसरीको कोशी गाँउपालिकाका विन्देश्वर इशर आजकल आफनो भैसीको औधी चाकर गर्नुहुन्छ । मीठो मीठो खानेकुरा दिनुहुन्छ ।


विराटनगर महानगरपालिकाले बुझ्यो किशोरी विद्यार्थीको पीडा: गर्यो सबै सरकारी विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था

विराटनगर- पूर्वकै एकमात्र महानगर विराटनगर महानगरपालिकाकाले महानगरका सवै सरकारी विद्यालयहरुमा सेनेटरी प्याडको ब्यवस्था गरिदिने भएको छ । महिनावारीका भएको बेला स्कुल छाडने र नआउने विद्यार्थीको संख्या वढेपछि महानगरले सवै विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था गरिदिने भएको हो ।


झापाका तीन स्थानीय तहबीच सहकार्य

बनियानी, १५ माघ :झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् ।


निशुल्क औषधि बेचिएपछि मेयरले लिए एक्सन : गर्न लगाए रकम फीर्ता

सुुनसरी - तेहथुमको म्याडलुङ्ग नगरपालिकाका मेयर सञ्जयकुमार तुम्वाहाम्फेले जिल्ला अस्पतालमा वेचविखन हुने गरेको निशुल्क औषधीको रकम फिर्ता गराउनुभएको छ । जिल्ला अस्पतालको फार्मेसीमा सरकारले निशुल्क पाउने औषधी खुलेआम विक्रिवितरण भएको गुनासो आएपछि मेयर आफै अस्पताल पुगि रकम फिर्ता गराउनुभएको हो ।


मुलुकका ४२ वटा स्थानीय तहका केन्द्र सडक सञ्जालभन्दा बाहिर

सुनसरी -सरकारले दशकौँ अघिदेखि ठूलो रकम स्थानीय पूर्वाधार विकासमा खर्च गरे पनि अझै ४२ वटा स्थानीय तहको केन्द्रमासडक सञ्जाल पुग्न सकेकोछैन् । सडक सञ्जालमा कूल १३ वटा जिल्लाका ४२ वटा स्थानीय तह जोडिन बाँकी रहेका हुन् ।


इटहरी उपमहानगरले बाँडयो जाडोमा न्यानो कपडा

इटहरी -इटहरी उपमहानगरले जाडोमा न्यानोे कपडा वितरण गरेको छ । इटहरी वडा नम्वर ८ का अतिविपन्न सदा, ऋषिदेव समूदायका ब्यक्तिहरुलाई एक सय थान कम्वल इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र वडा नम्वर ८ का वडाध्यक्ष रोहित चौधरीले वितरण गर्नुभयो ।


दमक नगरपालिकाले बाल महोत्सवको तयारी तीब्र पार्‍यो

दमक– दमक नगरपालिकाले माघ १८ गतेदेखि दमकमा हुने बाल महोत्सवको तयारी तीब्र बनाएको छ । प्रदेश स्तरीय वृहत बाल महोत्सवको तयारीलाई तीब्र बनाइएको नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताइन् ।


प्रदेश १ को स्वास्थ्य जीवन कार्यक्रममा धुर्मुस र सुन्तली सद्भावनादूत

विराटनगर- प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ ।


सूर्योदय नगरपालिकाका विद्यालयमा चियाको बिषयमा पठनपाठन हुने

सुनसरी - इलामको सूर्योदय नगरपालिकाका विद्यालयहरुमा चियाको बिषयमा पठनपाठन हुने भएको छ । चिया विषयमा पठन पाठनका लागि सूर्योदय नगरपालिकाले पाठयक्रम तयारी थालेको छ ।


सुनसरीको दुहबी नपाद्धारा अति विपन्न परिवारलाई न्यानो कपडा कम्बल वितरण

सुनसरी - सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ६ वडा कार्यालयले दुईलाख वरावरको न्यानो कपडा वितरण गरेको छ । दुहवी वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाईले अति विपन्न परिवारका जेष्ठ नागरिक,अपांग तथा एकल महिलालाई २ लाख बरावरको २ सय ३० थान न्यानो कपडा कम्बल वितरण गरिएको वताउनुभयो ।


आर्थिक क्रान्तिमा जुट्न प्रदेश नं १ का मन्त्री आङ्बोको आह्वान

भद्रपुर - प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको बताउँदै अब आर्थिक क्रान्तिका लागि निजी क्षेत्रलाई जुट्न आह्वान गर्नुभएको छ । आज झापाको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको पद हस्तान्तरण कार्यक्रममा उहाँले वैचारिक आस्था आ–आफ्ना ठाउँमा भए पनि सम्पूर्ण नेपालीले आर्थिक क्रान्तिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


विकासमा सुस्ताएको स्थानीय तह

पाँचथर - अघिल्लो आर्थिक बर्षको अनुभव, बजेट कार्यान्वयनको सरचना तथा कर्मचारी व्यवस्थापन भएपनि चालु आर्थिक बर्षको पहिलो छ महिनामा यहाँका स्थानिय तहको बजेट कार्यान्वयन उत्साहजनक देखिएको छैन । अहिलेसम्म पुँजीगत खर्च हेर्दा आर्थिक बर्षको अन्तिम समयमा बजेट सक्ने हतारो पुनरावृत्ति हुने खतरा बढ्दै गएको छ ।


सन्दकपुर गाउँपालिकाको माइ र पुवामाईमा वृक्षरोपण हुने

इलाम - इलामको सन्दकपुर गाउँपालिका हुँदै बग्ने माई र पुवामाई नदीमा सन्दकपुर गाउँपालिकाको समन्वय तथा सहकार्यमा बृक्षरोपण गरिने भएको छ । पानीको बहाव क्षेत्र बढाउन र वातावरण सुधार गर्न ती दुई नदीमा वृक्षरोपण गरिन लागेका हो ।


इटहरी उपमहानगरको चौथौ नगरसभा : ११ वटा सडक योजनालाई बहुवर्षीय योजनाका रुपमा सञ्चालन गर्ने प्रस्ताव पारित

इटहरी - इटहरी उपमहानगरको जारी चौथो नगरसभाले ११ वटा सडक योजनालाई बहुवर्षीय योजनाका रुपमा सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । नगरसभा सदस्य रुपेश चौधरीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।


कोशी गाउँपालिकामा गाई र भैंसी सुन्दरी प्रतियोगिता

सुनसरी -सुनसरीको कोशी गाउँपालिकामा गाई र भैंसी सुन्दरी प्रतियोगिता गरिने भएको छ । गाउँपालिकाले गाईभैसी सुन्दरी प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।


लैङ्गिक विभेद अन्त्य गर्न प्रदेश सांसद राई आमाको श्रद्धामा किरियापुत्री

खोटाङ, १० माघ - प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उहाँले जानकारी दिनुभयो ।


कुम्मायक गाउँपालिकामा गरिवी निवारण कोषको रकम संरक्षणको तयारी

पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिकाको गरिवी निवारण कोषले समुदायीक संस्था मार्फत उपलव्ध गराएको अनुदान रकम संरक्षणको लागि योजना बनाई रकम बिनियोजन गरेको छ । जिल्लाका साझेदार संस्थाहरुको पनि कोषसंग २०७४ चैत्र मसान्तबाटै सम्झौता अवधि सकिएको छ ।


गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरमा तीन सयलाई नागरिकता

मङ्गलबारे, ९ माघ -इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताउनुभयो ।


खोटाङको दिप्रुङ गाउँपालिकाको सबै वडामा सडक विस्तार

खोटाङ, ८ माघ -खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो ।


जलवायु परिवर्तनको नयाँ नीति बनाउन प्रदेशस्तरीय सुुझाव सङ्कलन

विराटनगर - प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुुसियतले जलवायुु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।


इटहरी उपमहानगरद्वारा सारेगम लिटिलच्याम्सको टप ३० प्रितम आचार्यलाई स्वागत

सुनसरी - भारतको जिटिभीवाट प्रशारण भइरहेको चर्चित रियालिटी सो सारेगम लिटिलच्याम्सको टप ३० मा पुग्न सफल इटहरीका वालगायक प्रितम आचार्य भारतवाट जिटिभिको टोली सहित इटहरी आउँदा उनलाई इटहरी उपमहानगरले सवै नगरवासीहरुको तर्फवाट स्वागत गरेको छ । स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले प्रितम इटहरीको मात्र नभएर नेपालकै सान भएको वताउनुभयो ।


इलामको पूर्वी क्षेत्र सुर्योदय नगरपालिका प्रदेश १ को पर्यटकीय नगरी घोषणा

इलाम - इलामको पूर्वी क्षेत्र सुर्योदय नगरपालिका प्रदेश १ को पर्यटकीय नगरी घोषणा भएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गर्नुभयो ।


संघीयताको मर्म अनुसार कानुन वन्नुपर्छ : मुख्यमन्त्री

सुनसरी - प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले अवका कानुनहरु संघीयताको मर्म अनुसार वन्नुपर्नेमा जोड दिनुभएको छ । झापाको दमक स्थित हिमशिखर टेलिभिजनको नवौ वार्षिक उत्सव तथा नवनिर्मित भवनको समुद्धघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले त्यसो भन्नुभएको हो ।


सरकारको लक्ष्य समृद्धि र विकाश : मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा शनिबारदेखि शुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीनवटै तह सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो ।


वडाध्यक्षनै अवैद्य खोला उत्खनन्मा : धरान - ५ का वडाध्यक्ष लिम्वूको जेसिवी नियन्त्रणमा

सुनसरी - अवैध रूपमा खोला उत्खनन् गरेको भन्दै प्रहरीले धरान वडा नम्वर ५ का वडाध्यक्ष सन्तोष लिम्वूको जेसिवि नियन्त्रणमा लिएको छ । धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गागिट्टी निकाल्दैे गरेको अवस्थामा वडाध्यक्ष सन्तोष लिम्बूको को १ क २४३४ नम्बरको जेसिबी पक्राउ गरेको धरान प्रहरीले जनाएको छ ।


कर्मचारी रबैया हराउँदै गएको छ : अध्यक्ष, ताप्ली गाउँपालिका

प्रदेश नम्वर १ को उदयपुर जिल्लाको उत्तरपश्चिमी पहाडी गाउँपालिका हो ताप्ली गाउँपालिका । यो गाउँपालिकामा आधारभूत विकास निर्माणका कामहरु समेत पुरा भएका छैनन् , गाउँपालिकाको विकास र वर्तमान कामहरु के के भईरहेका छन् ? प्रस्तुत छ गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापासँग पत्रकार रेणु पराजुलीले गर्नु भएको कुराकानीउदयपुरको ताप्लीगाँउपालिकामा अहिले के के कामहरु भईरहेका छन् र?गाउँपालिकाको अहिलेको कामको कुरा गर्नुपर्दा २०७५/७६ को बजेट अनुसारका योजना सम्झौता , स्टिमेटका कामहरु सुरु भईसकेको छ ,अहिले त्यसैमा व्यस्त छौं ।


प्रदेश नम्वर १ : यस्तो छ स्थानीय तहको बर्गीकरण (सूचीसहित)

काठमाडौं -सरकारले गरेको स्थानीय तहको बर्गीकरण अनुसार प्रदेश नम्वर १ का एक सय ३७ स्थानीय तहमध्ये २७ वटा स्थानीय तह ‘घ’ बर्ग अर्थात सुगममा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिको सिफारिस अनुसार हालै गरेको ७५३ स्थानीय तहको बर्गीकरणमा १४ वटा जिल्ला रहेको प्रदेश नम्वर १ का कूल १३७ स्थानीय तह मध्ये एक महानगर, २ उपमहानगर सहित २७ वटा तह ‘घ’ बर्गमा परेका हुन् ।


फाकफोकथुम गाउँपालिकाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन हुने

इलाम, ४ माघ - इलामको फाकफोकथुम गाउँपालिकामा माघ ७ र ८ गते दुई दिने घुम्ति सेवा शिविर सञ्चालन गरिने भएको छ । फाकफोकथुमको केन्द्र आमचोकमा यो शिविर सञ्चालन गर्न लागिएको हो ।


पाँचथरका स्थानीय तह न्यायिक क्षेत्रमा सक्रिय बन्दै

पाँचथर - जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा सञ्चालित समुदायमा न्याय सेवाका लागि स्थानीय न्यायिक प्रणालीमा सवलिकरण परियोजना सञ्चालन पश्चात पाँचथरका ८ स्थानीय तह न्यायिक क्षेत्रमा सक्रिय बन्दै गएका छन् । स्थानीय तहहरुलाई नेपालको संविधानले दिएको अधिकार प्रयोग गरि र स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था अनुरुप न्यायिक क्षेत्रमा न्यायिक कार्यविधि ऐन र विवाद समाधान गर्नका लागि मेलमिलाप कार्य सञ्चालन कार्यविधि पाँचथरका ८ स्थानीय तहहरुले पास गरि कार्यान्वयनमा ल्याइ रहेको अवस्था छ भने कतिपय पालिकाले कार्यविधिको नियमावली निर्माणमा जुटेको छ ।


प्रदर्शनीमा कृषक पुरस्कृत

मङ्गलबारे, ३ माघ - इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।


इटहरी उपमहानगरको अभियान : भुकम्पीय दृश्टिले सुरक्षित शहर निर्माण

इटहरी -इटहरी उपमहानगरले भुकम्पीय दृश्टिले सुरक्षित शहर वनाउन भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गर्ने भएको छ । त्यसका लागि २१ औ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सरोकारवाला पक्षहरुसँग छलफल थालिएको छ ।


प्रदेश नम्वर १ को नाम र राजधानी हिउँदे अधिवेशनले टुङ्गो लगाउने

सुनसरी - प्रदेश नम्वर १ को माघ २० गते आइतवार देखि सुरु हुने हिउँदे अधिवेशन ले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएको छ । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।


प्रदेश नं १ को प्रदेशसभा बैठक माघ २० देखि सुरु हुने

विराटनगर, २ माघ - प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो ।


सङ्घीयता कार्यान्वयनका लागि सरकार दृढ : मन्त्री कार्की

दमक, १ माघ - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । झापाको गौरादहमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले प्रदेश संरचनाको ११ औँ महीनाको अवधिमा प्रदेशलाई बलियो बनाउने, सुदृढ गर्ने र संविधानले प्रदान गरेका अधिकारलाई व्यवस्थापन गर्ने क्रममा प्रदेश सरकार रहेको बताउनुभयो ।


विराटनगर महानगरको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्ने

विराटनगर, १ माघ - विराटनगर महानगरपालिकाको सहकार्यमा सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक, सामाजिक तथा धार्मिक कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ । हालै सम्पन्न ‘विराट ट्रेड एक्सपो मेला –२०७५’ मा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगपतिका माग बमोजिम उक्त स्थानको विकास र विस्तार गर्न सनुसरी–मोरङ औद्योगिक करिडोरमा उक्त केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।


नगरपालिकाद्धारा हलेसी मन्दिरमा सिसी क्यामरा जडान

खोटाङ, १ माघ - धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो ।


मुख्यमन्त्री राई भन्छन्, ‘राजधानी र नामाकरण चैत मसान्तसम्ममा’

सुनसरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषय चैत मसान्तसम्ममा टुङ्गिने बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले नाम र राजधानीको विषय सकेसम्म सहमतिबाट नै टुङ्ग्याउने उच्चस्तरमा नै निर्णय भएकोले त्यही आधारमा टुङ्ग्याउन आफू लागि परेको जानकारी दिनुभयो ।


धरान उपमहानगर : कोशी करिडोर समस्या समाधानका लागि समिति गठन

धरान - धरान उपमहानगरपालिको वडा नम्बर २० स्थित कोशी करिडोर प्रसारण लाइन निमार्णमा देखिएको समस्या समाधानका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन भएको छ । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा शनिबार धरानमा भएको सरोकारवालाको भेलाले समिति गठन गरेको हो ।


स्थानीय तहको बर्गिकरण : संखुवासभाका ६ स्थानीय तह अति दुर्गम

संखुवासभा - सरकारले हालै गरेको स्थानीय तहको बर्गिकरण अनुसार संखुवासभा जिल्लाका १० वटा स्थानीय तह मध्ये ६ वटा तह अति दुर्गममा परेका छन् । भौतिक पूर्वाधार, आवश्यक जनशक्ति, मानव सुचाङ्क, सदरमुकामसँगको दुरी लगायत आधारमा ६ स्थानीय तह अति दुर्गममा परेका हुन् ।


प्रदेश १ : सरकार विस्तार गर्ने तयारी, मन्त्रालयको संख्या ११ पुग्ने

विराटनगर - प्रदेश १ सरकार विस्तार गरिने भएको छ । मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रालयको संख्या बढाउन छलफल भइरहेको तर कति संख्यासम्म हुने भन्ने निष्कर्षमा नपुग्दा सरकार विस्तार केही ढिला भएको जानकारी दिन्भयो ।


इलाम भयो अनशनस्थल, प्रा डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती

इलाम, २९ पुस । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ ।


कटारी नगरपालिकाको अनुमानित बजेट ७१ करोड ३८ लाख सार्वजनीक

उदयपुर - उदयपुरको कटारी नगरपालिकाको तेस्रो नगरसभाले ७१ करोड ३८ लाख बजेट सार्वजनीक गरेको छ । गत असारमा दोस्रो नगरसभाबाट पास भएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेको छ ।


मोवाईलको ब्याट्री बिष्फोटमा परी ज्यान गुमाएका बालकका परिवारलाई एकलाख राहत

सुनसरी - प्रदेश नम्बर १ सरकारले मोवाईलको ब्याट्री बिष्फोटमा परी ज्यान गुमाएका बालकका परिवारलाई एकलाख राहत प्रदान गर्ने भएको छ । घाइते बालीका राधीका मण्डलको सम्पुर्ण उपचार खर्च समेत व्यहोर्ने भएको छ ।


कानेपोखरी गाउँपालिका ५ नम्वर वडाका वडाध्यक्षविरुद्ध पक्राउपूर्जी जारी

सुनसरी - मोरङको कानेपोखरी गाउँपालिकाको वडा नम्वर ५ का वडाध्यक्षका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध रकम असुलीमा संलग्न भएको आरोपमा वडाध्यक्ष चरणसिंह गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।


इटहरी उपमहमानगरको विकास युद्धस्तरमा बघि बढ्यो : मेयर चौधरी

इटहरी -इटहरी उपमहमानगरका मेयर द्धारिकलाल चौधरीले अव इटहरीको विकास युद्धस्तरमा अघि बढने वताउनुभएको छ । सप्तकोशी एफएममा कार्यक्रम हेल्लो मेयरमा वोल्दै उहाँले त्यसो भन्नुभएको हो ।


सञ्चारकर्मी र सञ्चारगृहलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राई

धनकुटा - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो ।


अनियमितताको उजुरीपछि फिर्ता भयो गाउँपालिकामा २१ लाख

ओखलढुुङ्गा - अनियमितता भएको भन्दै छानविन गर्न उजुरी परेपछि चम्पादेवी गाउँपालिकामा २१ लाख रुपैयाँ फिर्ता भएको छ । गाउँपालिकाको भवन निर्माणस्थलको जग्गा सम्याउने योजनाको २१ लाख रकम गाउँपालिकाको खातामा फिर्ता भएको हो ।


गाउँपालिका कार्यालय निर्माणका लागि स्थानीयहरुले गरे २६ रोपनी जग्गा दान

तेह्रथुम- फेदाप गाउँपालिकाको कार्यालय निर्माणका लागि स्थानीयहरुले ४५ लाख रुपैयाँ बराबरको २६ रोपनी जग्गा दान गरेभन्दा तपाईलाई प्रत्यार नलाग्न सक्छ । तर स्थानीय आफै जुटेर दान गर्दै कार्यालय भवन निर्माणमा जुटेका छन् ।


इटहरी उपमहानगरद्वारा बजार अनुगमनलाई तीव्रता

सुनसरी– इटहरी उपमहानगरले चाडवाड पछि पनि वजार अनुगमनलाई तिव्रता दिएको छ । उपमहानगरले a'waf/ इटहरी २० तरहरा वजार अनुगमन गर्‍यो ।


पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा

फिदिम, २५ पुस -पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ ।


विराटनगर महानगरको छोरी बचाऊ र पढाऊ’ अभियान : नाबालक छोरीका नाममा अक्षय कोष स्थापना

काठमाडौं - प्रदेश नम्वर १ को एकमात्र महानगरपालिका विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माएकालाई जनही २५ हजारको अक्षयकोष स्थापना गरेको छ । महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीका अनुसार ‘छोरी बचाऊ र पढाऊ’ अभियानअन्तर्गत छोरी जन्माउने आमा स्यमं संरक्षक रहने ती छोरीका नाममा २५ २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।


धरान उपमहानगरले नगरलाई थप व्यवस्थित गर्दै

धरान - धरान उपमहानगरले नगरलाई थप व्यवस्थित गर्न नयाँ योजना अघि वढाएको छ । उपमहानगरले पर्यटकीय शहर धरानको भानुचोकलाई व्यवस्थित गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर काम अघि वढाएको हो ।


प्रदेश १ का सभामुख भण्डारीले १६ योजनामा गरे २ करोड बजेट विनियोजन

धरान - प्रदेश सभा १ का सभामुख प्रदिपकुमार भण्डारीले आफनो १६ योजनामा २ करोड बजेट विनियोजन गर्नुभएको छ । प्रदेश सभा १ का सभामुख प्रदिपकुमार भण्डारीले सुनसरी क्षेत्र नम्बर १ को (क) क्षेत्रमा सो बजेट विनियोजन गर्नुभएको हो ।


नगरपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविरबाट एक हजारलाई सेवा

झापा, २३ पुस -झापाको कन्काई नगरपालिकाको आयोजनामा आइतबार भएको एकीकृत घुम्ती सेवा शिविरबाट एक हजार बढीले विभिन्न खालका सेवा लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १९० ले नागरिकता, जिल्ला निर्वाचन कार्यालयबाट छुटेका र नयाँ मतदाता परिचयपत्र २५० ले बनाएका छन् ।


माईजोगमाई गाउँपालिका विरुद्ध विद्यालय ब्यवस्थापन समितिले मुद्धा दायर गरेपछि ......

इलाम, २१ पुष - इलामको माईजोगमाई गाउँपालिका र माईजोगमाई ३ स्थित नामसालिङ माविको विद्यालय ब्यवस्थापन समितिवीचको मुद्दा उच्च अदालतमा पुगेको छ । गाउँपालिका र गाउँपालिका अध्यक्ष जीतवहादुर राइका विरुद्ध विद्यालय व्यवस्थापनसमितिले मुद्धा दायर गरेको हो ।


दीर्घकालिन योजना बनाएर अघि बढ्न इटहरी उपमहानगरलाई विज्ञहरूले दिए यस्तो सुझाव

इटहरी, २२ पुस -इटहरी उपमहानगरका विज्ञ सल्लाहकारहरुले दीर्घकालिन योजना वनाएर अघि वढन उपमहानगरलाई सुझाव दिएका छन । विज्ञ सल्लाहकार समूहको वैठकमा विज्ञहरुको विषयगत समूह वनाएर सुझाव लिदा राम्रो हुने सल्लाह दिएका छन ।


स्थानीय तहमा बारुणयन्त्रको अभाव, सर्वसाधारणलाई सास्ती

काठमाडौं - मुलुकको नयाँ संरचनासँगै बनेका ७५३ स्थानीय तह मध्ये धेरैजसो भौतिक पूर्वाधार, आवश्यक यन्त्रउपकरण र दक्ष जनशक्ति विहीन छन् । नयाँ संरचना अन्र्तगत स्थानीय सरकारको रुपमा स्थापित यी स्थानीय तहमा आवश्यक त्यस्ता भौतिक पूर्वाधार, दमकल तथा दक्ष जनशक्ति अभावकै कारण अहिले त्यसको मार भने तीनै स्थानीय तहका नागरिकले भोग्नुपरिरहेको छ ।


सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख

उर्लाबारी - प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ । नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको आज बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।


झापा गाउँपालिकाको नयाँ काम : एकल पुरुषलाई पनि मासिक भत्ता

भद्रपुर, २० पुस - झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताउनुभयो ।


गुणस्तरहीन भन्दै गाउँपालिका प्रमुखले भत्काए आफ्नै कार्यालय

खोटाङ - गुणस्तरहीन भएको भन्दै खोटाङको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले निर्माणाधीन कार्यालय भवन भत्काएका छन् । मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले भत्काएको प्रमुख निरौलाले बताए ।


प्रदुषित बन्यो विराटनगर महानगर

विराटनगर - विराटनगर महानगर प्रदुषित बन्दै गएको छ । विकास निर्माणले गति लिए पनि महानगरमा अपनाउनु पर्ने न्यूनतम सावधानी पनि नपाउँदा महानगर प्रदुषित बन्दै गएको हो ।


प्रधानमन्त्रीलाई भेट्न झापाका जनप्रतिनिधि बालुवाटारमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बुधबार झापाका जनप्रतिनिधिहरु सरकारी निवास बालुवाटार पुगेका छन् । झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताउनुभएको छ ।


प्रदेश १ को नाम र स्थायी राजधानी हिउँदे अधिवेशनले तोक्छ : मुख्यमन्त्री राई

सुनसरी - प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले हिउदे अधिवेशनमा प्रदेश नम्वर १ को नाम र स्थायी राजधानी तोकिने बताउनुभएको छ । उहाँले प्रदेश नम्वर १ का जनताको भावना अनुसार नाम र राजधानी तोकिने प्रष्ट पार्नुभयो ।


विद्यालयको टहराबाटै गाउँपालिकाको कामकाज

खोटाङ, १७ पुस । एउटा लामो टहरा ।


पूर्वाञ्चल विश्वविद्यालयको जग्गा भएको ठाउँ प्रदेश राजधानी सार्न खोजीएको भन्दै आपत्ति

विराटनगर - प्रदेशको राजधानी पूर्वाञ्चल विश्वविद्यालयको जग्गा भएको ठाउँमा सार्न खोजीएको भन्दै विश्वविद्यालयले गम्भिर आपत्ति जनाएको छ । राजधानी मोरङको गोठगाउँमा सार्ने विषयमा विश्वविद्यालयले गम्भीर असहमति जनाएकोहो ।


प्रधानसेनापति र प्रदेश नं १ का प्रमुखसँग भेटवार्ता

पथरी, १६ पुसप्रधानसेनापति पूर्णचन्द्र थापाले आज प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङसँग भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले प्रदेश सरकारले सडक सञ्जालका लागी नेपाली सेनाको सहयोग माग गरेमा आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रदेश १ : दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले नाम र राजधानीको टुंगो लगाउने

संखुवासभा - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आगामी दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने बताउनुभएको छ । प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री कार्कीले हिउँदो अधिवेशनले दुई टुंगाउने बताउनुभएको हो ।


प्रदेश नम्बर १ दूध उत्पादनमा आत्मनिर्भर

विराटनगर- प्रदेश नम्बर १ दूध उत्पादनमा आत्मनिर्भर भएको छ । पहाडी र तराई क्षेत्रमा व्यावसायिक गाईपालनका कारण दूधको उत्पादन बढेको हो ।


काठमाडौंमा पनि मनोहर जनता माविको स्वर्ण महोत्सव तयारी तीब्र

काठमाडौं– मोरङको मिक्लाजुङ– ७ स्थित मनोहर जनता उच्च माविको स्वर्ण महोत्सवको तयारी तीब्र पारिएको छ । काठमाडौंमा रहेका मनोहर जनता उच्च माविका पूर्वविद्यार्थीहरुले ‘मधुमल्ला मजमावि सरोकार समाज’ गठन गरेर महोत्सव भव्य बनाउने तयारी भएको छ ।


१७ स्थानीय निकायद्धारा कृषि आधुनिक उपकरणमा जोड

विराटनगर, १४ पुस -पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ ।


प्रदेश नम्वर १ लाई सन् २०२५ सम्ममा बालमैत्री प्रदेश वनाइने

सुनसरी, १३ पुस - प्रदेश १ लाई सन २०२५ सम्ममा बालमैत्री प्रदेश वनाउने तयारी थालिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय र सिविन नेपालले विराटनगरमा गरेको नेपालको तहगत संरचनामा बाल संरक्षणको सवालमा प्रादेशिक छलफल कार्यक्रममा सन २०२५ सम्ममा प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्नका लागि तयारी थाल्ने निर्णय भएको हो ।


प्रदेश १ मा विपद् व्यवस्थापनका काम प्रभावकारी

विराटनगर -प्रदेश नं १ मा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन भइरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा सरोकारावालाले विपद् ब्यवस्थापनको काम प्रभावकारी ढंगले अगाडि बढेको बताउनुभयो ।


स्थानीय तहका जनप्रतिनिधिमा सेवा लिनेमा होडबाजी

गौरादह - झापाको गौरादह नगरपालिकाको कार्यपालिकामा अल्पमत र बहुमतका कारण विवाद उत्पन्न भएको छ । नगरप्रमुखले कार्यपालिकामा ल्याएका प्रस्ताव अल्पमतका कारण पारित हुँदैनन् भने बहुमत पक्षीय सदस्यले ल्याएका प्रस्ताव नगरप्रमुखले स्वीकृत गर्दैनन् ।


विपद् व्यवस्थापनमा प्रभावकारी काम हुनेछ : मुख्यमन्त्री राई

विराटनगर, १२ पुस - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आयोजित कार्यक्रममा उहाँले विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको चर्चा गर्नुभयो ।


चराहरुको स्वर्ग बन्दै मेचीनगर

भद्रपुर - झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताउनुभयो ।


प्रदेश १ : पाइलट प्रोजेक्ट तयार पार्दै सरकार

विराटनगर- प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो इ–एजुकेसनको ुपाइलट प्रोजेक्ट तयारीमा जुटेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा तत्कालका लागि १०० विद्यालयमा इ–एजुकेसन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।


माई नगरपालिकामा एक कर्मचारीले ११ शाखा हेर्नुपर्ने बाध्यता

पशुपतिनगर, ११ पुस - दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् । जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ ।


दूधकोशीमा बेलिब्रिज बन्ने : तीन गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष फाइदा

सोलुखुम्बु, ११ पुस -जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् ।


स्थानीय निकायमा बारुणयन्त्र नहुँदा यसरी गुम्दैछ दर्जनौ मानिसको ज्यान

मोरङ - घटना १ – मोरङको उर्लाबारी नगरपालिका–७ मा सोमबार साँझ आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भयो ।


कोशी गाउँपालीकाले सामूहिक विवाह गराउन बजेट छुट्टयाउने

लौकही, ९ पुस । सुनसरीको कोशी गाउँपालीकाले आगामी वर्षको बजेटमा सामूहिक विवाह गराउन बजेट छुट्टयाउने भएको छ ।


तेह्रथुमका सबै स्थानीय तहमा यातायात सञ्चालन

तेह्रथुम - तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको हो ।


मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोप : वडाध्यक्ष विरुद्ध सार्वजनिक अपराधको मुद्दा

ओखलढुङ्गा -स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।


जनप्रतिनिधिलाई विपद जोखिम न्यूनीकरण अभिमुखीकरण तालिम

भद्रपुर - भद्रपुरका जनप्रतिनिधिलाई विपद जोखिम न्यूनीकरणका उपाय, व्वस्थापकीय नीति–नियम तथा कार्ययोजनासम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार जनप्रतिनिधिहरुलाई रेडक्रसले विपद जोखिम न्यूनिकरणका विषयमा अभिमुखीकरण तालिम प्रदान गरेको हो ।


मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरू

भोजपुर, ६ पुष । भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे काम सुरु भएको छ ।


परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय छ - मुख्यमन्त्री राई

विराटनगर, ५ पुस - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।


नगरपालिकले प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने

इलाम, ५ पुस । इलाम नगरपालिकाले यही पुस २० गते यहाँ आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ ।


गाउँपालिकाद्धारा बन्धक बनाइएकी महिलाको उद्धार

खोटाङ, ४ पुस - डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।


माईजोगमाई गाउँपालिका : गाडी, स्क्याभेटर, डोजर र ट्रिपर खरिदमा दुई करोड ५० लाख खर्च

नयाँबजार, ३ पुस - इलामको माईजोगमाई गाउँपालिकाले दुई करोड ५० लाखका गाडी, स्क्याभेटर, डोजर र ट्रिपर खरिद गरेको छ । गाउँपालिकाले एक करोड १४ लाख ९७ हजार रुपैयाँको चेनसहितको स्क्याभेटर, ५९ लाख पाँच हजार ४६० रुपैयाँको स्कोरपियो जीप, ३८ लाख ९७ हजार रुपैयाँको डोजर र ३७ लाख पाँच हजार रुपैयाँको ट्रिपर खरिद गरेको हो ।


स्थानीयले बनाए शालिक

बिर्तामोड - झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा स्थानीयकै पहलमा किराँत भाषा, लिपिका सर्जक तथा अन्वेषक सिरिजंगा सिं थेवेको शालिक निर्माण गरिएको छ । किराँत भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजंगा सम्मानका लागि शालिक निर्माण गरिएको स्थानीय अगुवाहरु बताउँछन् ।


गाउँपालिकाविरुद्ध वडाध्यक्ष आन्दोलित

दमक — झापाको हल्दिबारी गाउँपालिकाविरुद्ध वडाध्यक्ष आन्दोलित बनेका छन्  । वडाध्यक्षले गाउँपालिकाले आफूहरूको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उनीहरु आन्दोलीत बनेका हुन ।


प्रदेश नं १ सरकारले राजदुवाली - शनिश्चिरे सडक कालोपत्रे गर्ने

पशुपतिनगर, २९ मङ्सिर - झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो ।


वडा कार्यालय भवन निर्माणमा स्थानीय डम्बरबहादुरले उपलब्ध गराए निशुल्क जग्गा

उदयपुर- उदयपुरको बेलका नगरपालिका ४ वडा कार्यालयको भवन निर्माणको लागि स्थानीय डम्बरबहादुर तामाङले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीयबासी तामाङले करिब ३० लाख मूल्य बरावरको सो जग्गा निशूल्क उपलब्ध गराएको वडाध्यक्ष दीपक दंगालले जानकारी गराउनुभयो ।


गाउँपालिकाको करविरुद्ध ब्यापार संघ उच्च अदालतमा

विराटनगर -मोरङको बुढीगंगा गाउँपालिकाले लगाएको करविरुद्ध मोरङ व्यापार संघले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । बुढीगंगा गाउँपालिकाले आफ्नो गाउँपालिकामा भएका उद्योगहरुलाई विभिन्न शीर्षकमा कर लगाएको थियो ।


किर्ते नागरिकता प्रकरण : वडा सचिव धरौटीमा रिहा

विराटनगर- किर्ते नागरिकता प्रकरणमा विराटनगर महानगरपालिका १ की वडासचिव पुष्पा तिम्सिना एकलाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको आदेशले वडासचिव तिम्सिनालाई छुट्टाछुट्टै चार मुद्दामा मुलकी फौजदारी कार्यविधि (संहिता ) ऐन २०७४ को दफा ६८ बमोजिम धरौटीमा रिहा गरिएको हो ।


प्रदेश १ को सचिवालय नाम र राजधानी टुंगो लगाउने विधिमै अन्यौलमा

विराटनगर, २६ मङसिर । प्रदेशसभाको हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने भनिए पनि प्रदेशसभामा एजेन्डा प्रवेश गराउने विधिको विषयमा संसद सचिवालय अहिलेसम्म बेखवर देखिएको छ ।


गिद्ध संरक्षणमा बेलका नगरपालिका

उदयपुर, २५ मङसिर । लोपोन्मुख पंछी गिद्धको संरक्षणमा उदयपुरको बेलका नगरपालिका जुटेको छ ।


प्रदेश नंं १ मा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

विराटनगर, २४ मङ्सिर - पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६ ।


विपत् जोखिम रोक्न सबैको दायित्व ; कानूनमन्त्री हिक्मत कार्की

दमक, २३ मङ्सिर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ ।


ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ; मुख्यमन्त्री राई

ताप्लेजुङ २२ मङसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ ।


नगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई पाँच हजार

हिलिहाङ, २१ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ ।


प्रदेश १ लाई आईकेयर टुरिजमका रुपमा विकास गरिन्छ : मुख्य मन्त्री

विराटनगर, २० मङिसर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशलाई आईकेयर टुरिजमका रुपमा विकास गरेर लगिने बताएका छन् ।


प्रदेश एकमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी : महिला मन्त्री थपिने संकेत

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको संख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राख्ने बताउनुभयएको छ । मन्त्रिपरिषदमा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिनुभएको छ ।


प्रदेश नम्वर १ : वजेट कार्यान्वयन सुरु

विराटनगर, १८ मंसिर -प्रदेश १ सरकारले चालु आर्थिक बर्षको वजेट कार्यान्वयको प्रक्रिया सुरु गरेको छ । प्रदेशमा चालु आर्थिक वर्षको वजेट कार्यन्वयनको लागि २ अर्ब रुपयाँ निकासा भएको जनाइएको छ ।


सङ्घीयता नितान्त मौलिक हो : सभामुख महरा

गाईघाट, उदयपुर १८ मङ्सिर - सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताउनुभएको छ । उदयपुरको गाईघाटमा आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक प्रकारको रहेको छ भन्नुभयो ।


नाम र राजधानीको विषयमा उच्च तहमा टुंगो लागिसक्यो : मुख्यमन्त्री राई

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषयमा उच्च तहमा टुंगो लागिसकेको बताउनुभएको छ । संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले नाम र राजधानीको विषय प्रदेशसभाबाट चाँडै अनुमोदन हुने जानकारी गराउनुभयो ।


प्रधानमन्त्रीलाई भेट्न किन सिंहदवार गए मोरङका जनप्रतिनिधिहरु ?

काठमाडौं, १७ मंसिर– मोरङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् । मोरङ ओलीको निर्वाचन क्षेत्रसँग जोडिएको जिल्ला हो ।


स्थानीय तहले गाडी खरीदमा सात करोड खर्चिए

तेह्रथुम, १७ मङ्सिर - तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ ।


हिलिहाङ गाँउपालिका : एउटा पुरैपरिवार नागरिकताविहीन

फिदिम, १७ मंसिर - पाँचथर सदरमुकाम फिदिम नजिकै एउटा यस्तो परिवार जोसँग आफ्नो भन्ने कुनै जाय जेथा वा सम्पत्ति छैन् । परिवारका कुनैपनि सदस्यसँग नागरिकताको प्रमाणपत्र समेत छैन् ।


विराटनगर महानगरमा पहिलो पटक साफ महिला च्याम्पियनसिप

मोरङ, १४ मंसिर - पहिलो पटक काठमाडौं उपत्यका बाहिर साफ महिला च्याम्पियनसिप विराटनगर महानगरमा हुदै छ । काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेकाले यो विराटनगर महानगरपालिकाकै लागि गौरव भएको मेयर भीम पराजुलीले बताउनु भएको छ ।


क्षमता वृद्धि गरेर वैदेशिक रोजगारीमा जानुपर्छः प्रदेश सभामुख

विराटनगर– प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले युवाले सीप र क्षमतामा वृद्धि गरी वैदेशिक रोजगारीमा जानुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसद्को भूमिका तथा प्रदेशमा ‘आप्रवासी कामदार र तिनका परिवारको अवस्था’ विषयक छलफलमा उहाँले वैदेशिक राजगारीबाट प्राप्त विप्रेषण रकम विलाशितामा खर्च नगरी उत्पादन क्षेत्रमा लगाए राष्ट्र र परिवार समृृद्ध हुने बताउनुभयो ।


दमकल छैन, मेयरलाई ७० लाखको गाडी

दमक - आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए ।


विर्तामोड नगरका २० कार्यविधि

बिर्तामोड (झापा ) - बिर्तामोड नगरपालिकाले विभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ । जसअन्तर्गत विपद् व्यवस्थापन कोष सञ्चालन काार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत कार्यविधि, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था सञ्चालन कार्यविधि, खेलकूद विकास निर्देशिका, सूचना तथा सञ्चार कार्यविधि रहेका छन् ।


नगरप्रमुखको स्वागतयोग्य कार्य, आफ्नो पारिश्रमिक मजदूर हितकोषमा

भद्रपुर– कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गर्नुभएको छ । नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हितकोषमा प्रमुख पोखरेलले एक वर्षको पाश्रिमिक बापतको रु तीन लाख ४० हजार जम्मा गर्नुभएको हो ।


प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु

धनकुटा-प्रदेश नं १ स्तरीय मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिता आजदेखि धनकुटामा शुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं १ को आयोजनामा शुरु भएको सो प्रतियोगिताअन्तर्गत आजको खेलमा सङ्खुवासभा, मोरङ, ओखलढुङ्गा, झापा र सुनसरी विजयी भएका छन् ।


बाढीपीडितलाई घर हस्तान्तरण

दमक, ९ मङ्सिर - झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो ।


धनकुटा नगरपालिका भयो एबोकार्डोको राजधानी

धनकुटा -धनकुटा नगरपालिका एबोकार्डोको राजधानी घोषणा भएको छ । नगरपालिकालाई एबोकार्डोको राजधानी घोषणा गरिर्दै एबोकार्डो महोत्सव शनिबार सम्पन्न भएको छ ।


प्रदेश नम्वर १ : पर्यटन विकासका लागि हिमाली उडान

विराटनगर, ८ मङसिर - प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रूपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गर्नुभएको छ ।


रोङ गाउँपालिकाले ल्यायो अतिक्रमण हटाउन पाँचवर्षे कार्ययोजना

पशुपतिनगर, ८ मङ्सिर - पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँचवर्षे कार्यायोजना निर्माण गरिएको छ । वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास कार्यक्रम स्वीकृत गरी उक्त कार्यायोजना निर्माण गरिएको हो ।


नगरपालिकाको आर्थिक सहयोगमा सडक निर्माण

हिलिहाङ, ८ मङ्सिर - पाँचथरको फिदिम नगरपालिका–१४ को धार्मिकस्थल महादेव थान जोड्ने सडक निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय तथा तीर्थालुलाई सहज भएको छ । नगरपालिकाको रु पाँच लाख र स्थानीयको रु सात लाखको लागतमा सडक निर्माण भएपछि स्थानीय तथा तीर्थयात्रीलाई सहज भएको १४ नं वडाका अध्यक्ष हेमबहादुर फागोले बताउनुभयो ।


विश्व बैंक प्रदेश सरकारसँग सहकार्य गर्न तयार

विराटनगर – विश्व बैंक प्रदेश सरकारसँग सहकार्य गर्न तयार भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच भएको छलफलका क्रममा विश्व बैंक तयार भएको हो ।


खिजीदेम्वा गाउँपालिकामा अझै सञ्चालनमा आएन नापी कार्यालय

ओखलढुंगा, ७ मंसिर -ओखलढुंगाको दुर्गम गाउँपालिका खिजीदेम्वामा अझै नापी कार्यालय स्थापना हुन सकेको छैन । कार्यालय स्थापना भएको दुई वर्षसम्म पनि सेवा दिन सुरु भएको छैन ।


स्थानीय तहमा लगाइएको कर बढी भयो भनेर गनगन नगर्नुस : संघीय मन्त्री पण्डित

विराटनगर, ७ मंसिर -संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहले लिएको करमा अन्याय परेको बुँदा लिएर आए परिमार्जन गरी समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । ‘ कर तिर्नु पर्यो भनेर गनगन गर्नुभन्दा अन्याय कहाँ परेको छ’ मन्त्री पण्डितले भन्नुभयो, ‘त्यो बुँदा लिएर आए परिमार्जन गर्न तयार छौं ।


जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न निर्देशन दिनुभएको छ । जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशन दिनुभएको हो ।


सिद्धिचरण नगरपालिकाका सबै वडा र विद्यालयमा बन्यो प्रहरीको सम्पर्क समिति

ओखलढुंगा -जिल्लाको सिद्धिचरण नगरपालिकाका विद्यालय र वडामा प्रहरी सम्पर्क समिति गठन भएको छ । नगरपालिकाका १२ वडा र १७ सामुदायिक विद्यालयमा समिति गठन भएको हो ।


थुलुङदूधकोशी गाउँपालिकामा मोबाइल एप सार्वजनिक

सोलुखुम्बु, ६ मंसिर - सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित एप सार्वजनिक गरि नागरिकका सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपतकालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।


स्थानीय तहको टिकट वितरणमा गल्ती भयो : सभापति देउवा

विराटनगर, ६ मंसिर-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको टिकट वितरणमा गल्ती भएको भन्दै गल्तीबाट पाठ सिक्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार आयोजित नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रममा बोल्दै देउवाले जिल्ला समितिबाटै स्थानीय तहका उम्मेदवार तय गर्ने भनिएको भए पनि पछि दबाब पर्दा समस्या भएको स्पष्ट पार्नुभयो ।


पर्यटकीय गन्तव्य धरान उपमहानगरपालिकामा बाँदर आतंक

धरान, ५ मंसिर-धरान उपमहानगरपालिकामा बाँदर आतंक बढको छ । नगरबस्तीमा हुलका हुल बाँदर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीको सामान नष्ट गरिने समस्याले आक्रान्त छन् ।


आलेख – नागरिकको पूर्ण वैयक्तिक विवरण राख्न ‘राष्ट्रिय परिचयपत्र’

फिदिम, ४ मङ्सिर - विश्वका तीन दर्जन भन्दा बढी मुलुकले प्रयोगमा ल्याएको नागरिकको आधुनिक तथ्याङ्क राख्ने प्रणालीको नेपालमा सोमबारदेखि शुरुआत गरिएको छ । सबै नागरिकका जैविक र वैयक्तिक विवरण समावेश भएको बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ को सोमबारदेखि वितरण थालिएको हो ।


प्रदेश नं. १ बङ्गलादेशसँग हातेमालो गरी अगाडि बढ्न तयार

विराटनगर, ४ मंसिर -प्रदेश नं १ बङ्गलादेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्ससँगको भेटमा प्रदेश–१ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङ हातेमालो गर्न तयार रहेको बताउनुभयो ।


फिदिम नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

फिदिम– पाँचथरको गरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण गर्नुभएको हो ।


स्वामित्व हस्तान्तरण नगरे १ महिनामा वोर्ड स्थापना : मन्त्री आङ्बो

मोरङ, २ मंसिर - प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चिया तथा कफी बिकास बोर्डले स्वामित्व हस्तान्त्रण नगरे १ महिनाभित्र प्रदेशस्तरीय चिया कफी बोर्ड स्थापना गर्ने बताउँनुभएको छ । चिया कफी बोर्ड केन्द्रमा रहेको तर चिया कफी उत्पादनको ९९ प्रतिशत हिस्सा प्रदेश १ ले ओगटेको वताउनुभयो ।


वडाध्यक्षले थाले नमुना कार्यको थालनी

ओखलढुंगा, २ मंसिर -ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले नमुना कार्यको थालनी गर्नुभएको छ । भूकम्पपछिको अवस्थालाई मध्यनजर गर्दै वडाध्यक्ष न्यौपानेले आफ्नो घर प्रवलीकरण गरेर नमुना देखाउने कार्यको थालनी गर्नुभएको हो ।


चिकित्सकको सल्लाहमै उपचारका लागि बैंकक गए : मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफु चिकित्सकहको सल्लाहमै उपचारका लागि बैंकक हुँदै अमेरिका गएको प्रष्टिकरण दिएका छन् । मुख्यमन्त्री राइले आफ्नो विदेशमा भएको उपचारको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भैरहेको भन्दै त्यस्तो कुरामा सत्यता नरहेको प्रष्टीकरण दिएका हुन् ।


विराटनगरको विकासबारे प्रदेश प्रमुखको चासो

विराटनगर, ३० कात्तिक - प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहिबार प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिनुभएको हो ।


हिलिहाङ गाउँपालिकाका सुत्केरीलाई घरघरमै घ्यु, हर्लिक्स र भत्ता

पाँचथर, २९ कार्तिक - पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ३ ले वडाका सुत्केरी महिलालाई घरघरमै पुगी ढेड किलो घ्यु, १ किलो हर्लिक्स र १ हजार ५ सय नगद प्रदान गर्न थालेको छ । सो गाउँपालिकाको ३ नम्वर वडालेअन्य वडाभन्दा फरक कार्य गरेर नागरिकलाई सेवा गर्दै आएको हो ।


सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक : कार्यवाहक मुख्यमन्त्री

विराटनगर, २९ कातिक - प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश समृद्ध बनाउने प्रदेश सरकारको सङ्कल्पमा आम जनताको सहयोग अपेक्षा गर्नुभएको छ । प्रदेश नं १ को सरकारका तर्फबाट राष्ट्रिय चाडपर्वको सन्दर्भमा स्थानीय आदर्श उच्च माविमा बुधबार आयोजित विशेष सांस्कृतिक महोत्सवमा उहाँले चाडपर्वले राष्ट्रिय एकतालाई खदिलो र बलियो बनाउन मद्दत गरेको बताउनुभयो ।


पुस मसान्तभित्र तीन वटै तहमा कर्मचारी समायोजन : मन्त्री पण्डित

विराटनगर, २८ कार्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताउनुभएको छ ।


यसरी बाँडियो इलाममा १० स्थानीय तहलाई ८ करोड रकम

इलाम, २७ कात्तिक - इलामका दुईवटा संघीय निर्वाचन क्षेत्रका लागि विनियोजित ८ करोड रुपैयाँ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम जिल्लाका १० वटै स्थानीय तहमा खर्च हुने भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सञ्चालन कार्यविधी नियमावली २०७५ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिको सोमबार इलाममा बसेको बैठकले जिल्लाका १० वटै स्थानीय तहमा समानुपातिक रुपमै रकम खर्च गर्नेगरि निर्णय गरेको हो ।


मेयर पराजुलीको छठ: ३ किलोमिटर घस्रेर नदि पुग्दै

विराटनगर– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले घस्रेर नदि पुग्दै छठ ब्रतलाई निरन्तरता दिने हुनुभएको छ । पराजुलीका प्रेस संयोजक कौशल निरौलाका अनुसार पराजुलीले विधिपूर्वक छठ मनाउनुहुनेछ ।


‘सङ्घीय सरकारको जानकारीमा मुख्यमन्त्रीको भ्रमण’

काठमाडौँ, २५ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ । उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि जानुभएको हो भन्नुभयो ।


फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती आज, विशाल शालिक अनावरण गरिँदै

भद्रपुर, २५ कात्तिक - आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो ।


युवालाई आत्मनिर्भर बनाइने छ , अर्थमन्त्री खतिवडा

बनियानी, २४ कात्तिक - अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो ।


सांस्कृतिक महोत्सव

विराटनगर, २४ कातिक- प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ । कातिक २८ गते विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको प्राङ्गणमा आयोजना हुने सो महोत्सवका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा अवगत गराइएको थियो ।


विवादमा जनप्रतिनिधी - किर्ते कसुरमा वडाअध्यक्ष विरुद्ध मुद्धा

कात्तीक २४ काठमाडौं – स्थानीय तहमा लामो समयपछि निर्वाचित जनप्रतिनिधी आएपछि जनताले विकास, समृद्धि र सुशासनको पत्याभूती गर्न पाउने आश गरेका थिए । तर, केही जनप्रतिनिधीवाटै प्रचलित कानुन विपरित काम हुन थालेपछि भने जनतामा निराशा समेत वढ्न थालेको छ ।


बिर्तामोड नगरपालिकाद्वारा बजार अनुगमन

विर्तामोड, २१ कार्तिक । बिर्तामोड नगरपालिकाले चाडवाडको समयमा हुने महंगी तथा कालावजारी नियन्त्रणका लागि बजार अनुगमन कार्यलाई तीव्र बनाएको छ ।


प्रदेश मातहतका आठ कार्यालय स्थापना

फिदिम, २० कात्तिक - पाँचथरमा प्रदेश नं १ सरकार मातहतका आठ वटा कार्यालय स्थापना गरिएका छन् । यहाँ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास कार्यालय, नयाँ शहर आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र जिल्ला अस्पतालको स्थापना गरिएको हो ।


चाडवाडमा नगरपालिकाद्वारा बजार अनुगमन

बेलबारी, १९ कार्तिक । बेलबारी नगरपालिकाले चाडवाडको समयमा वजार अनुगमनलाई प्राथमिकता दिएको छ ।


वडा कार्यालयद्वारा प्रहरी बिटलाई मोटरसाइकल प्रदान

भद्रपुर, १९ कात्तिक । भद्रपुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ ।


प्रदेश सरकारद्वारा योजना आयोग गठन सहित १२ निर्णय

विराटनगर, १८ कार्तिक । प्रदेश नं १ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।


भारतीय नागरिकलाई नेपाली नागरिकता : विराटनगर महानगर -१ का वडा अध्यक्ष फरार

विराटनगर, १८ कार्तिक । एक बर्षको अवधीमा २ जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको रहस्य खुलेपछि विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव (नानीबाबु) अर्याल फरार भएका छन् ।


नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ ः मन्त्री घिमिरे

खाँदबारी, १६ कात्तिक - प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताएका हुन् ।


अधिकांश स्थानीय तहमा इजलास कक्ष अभाव

भद्रपुर, १५ कात्तिक - स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महिना अघिदेखि छुट्टै इजलास कक्ष तयार गरी न्यायिक सम्पादन गर्दै आएको छ ।


नगरपालिकाद्वारा प्राविधिक शिक्षाका लागि प्रतिष्ठानलाई पाँच लाख

उर्लाबारी, १५ कात्तिक - मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप पाँच लाख उपलब्ध गराएको छ । नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भुवनकुमार धिमालबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


प्रदेश नं १ सरकारको ल्यायो १२ नयाँ निर्णय

विराटनगर, १४ - कात्तिक प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ ।


उद्योग खोल्न स्थानीय तहको चासो

तेह्रथुम, १४ कात्तिक - जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन्  । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् ।


९५ वटा घरको फुसका छाना हटाउँदै सूर्योदय नगरपालिका

इलाम, १३ कार्तिक । इलामको सूर्योदय नगरपालिकाले नगरपालिकाभित्र भएका ९५ वटा घरका फुसको छाना हटाएर जस्ताको छाना लगाइदिने भएको छ ।


प्रदेश सरकारद्वारा बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया सुरु

विराटनगर, १३ कार्तिक । प्रदेश १ सरकारले बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढाएको छ ।


निजी खर्चमा उपचार गर्न मुख्यमन्त्री राई बैंकक जाने

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि निजी खर्चमा बैंकक जाने भएका छन् । अस्वभाविक रूपमा टाउको हल्लने समस्या बढेपछि उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।


यात्रु ठगिएको गुनासोपछि स्थानीय तहको सक्रियता

फिदिम, १२ कात्तिक । पाँचथरको यासोकबाट निर्माणाधीन तमोर कोरिडोर सडक हुँदै तराईका जिल्ला झर्ने सवारी साधनमा यात्रु ठगिएको गुनासो सुनिएपछि समस्या समाधान गर्न स्थानीय तहले सक्रियता देखाएको छ ।


इलाम नगरपालिकाले लगानी सम्मेलन गर्ने

इलाम, १२ कात्तिक - जिल्लामा पर्याप्त सम्भावना बोकेका क्षेत्र भए पनि लगानी गर्न नसकेको भन्दै इलाम नगरपालिकाले यी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्ने भएको छ । बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले नगरपालिकाभित्रका पाँच क्षेत्रमा आउँदो कात्तिक २५ गते ‘लगानी सम्मेलन’ गर्ने भएको हो ।


जटिल शल्यक्रिया सफल

सुरुङ्गा, १२ कात्तिक - छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ । पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना भएकी भारपा–७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको अस्पतालले सफल उपचार गरेको अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


‘सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित्त’

विराटनगर, ११ कात्तिक - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताए ।


जेष्ठ नागरिकलाई घर–घरमै भत्ता

संखुवासभा, ११ कार्तिक । खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर–घर पुगेर वितरण गरेका छन् ।


रामधुनी नगरपालिका ८ का वडाध्यक्ष विरुद्ध प्रहरीमा उजुरी

सुनसरी, १० कार्तिक । जिल्लाको रामधुनी नगरपालिका नम्बर - ८ का वडाध्यक्ष रुद्र बस्नेतले भ्रष्टाचार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।


प्रदेश १ सरकारद्वारा अस्पतालको अनुगमन

बिराटनगर, ९ कार्तिक । प्रदेश १ सरकारले प्रदेश राजधानी विराटनगरमा सञ्चालित विभिन्न अस्पतालको अनुगमन थालेको छ ।


झापालाई १५ स्थानीय तहले मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने

सुरुङ्गा, ८ कात्तिक । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् ।


मिक्लाजुङको ८ नम्बर वडा कार्यालयद्वारा सडक बत्ती जडान

मोरङ– मिक्लाजुङको ८ नम्बर वडा कार्यालयले सडक बत्ती जडान गरेको छ । वडा नं. ८ को मावा तोरीबारीमा वडा कार्यालयको सहयोगमा सडक बत्ती जडान गरिएको हो ।


दिक्तेल–खानीडाँडा सडक कालोपत्रे हुँदै

खोटाङ, ७ कात्तिक - तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो ।


अन्तरप्रदेशीय कृषिजन्य बस्तु प्रोफाइल बनाउदै सरकार

काठमाडौं, ७ कार्तिक - संघीय सरकारले विभिन्न कृषिजन्य वस्तुको उत्पादन, वजारीकरण तथा खपतलाई लिएर अन्र्तप्रदेशीय वस्तु प्रोफाइल बनाउने तयारी गरेको छ । कुन प्रदेशमा कस्तो कृषिजन्य वस्तुको उत्पादन हुन्छ र त्यसको बजारीकरण कसरी गर्न सकिन्छ भनेर यस्तो प्रोफाइल वनाउन लागेको जनाइएको छ ।


पथरी शनिश्चरे नगरपालिकाले सरकारलाई बुझायो ५ बुँदे ज्ञापनपत्र

मोरङ, ६ कार्तिक । पथरी शनिश्चरे नगरपालिका कार्यालयले बसोवासको समस्या समाधान सहितका ५ बुँदे ज्ञापनपत्र सरकारमा बुझाएको भएको छ ।


प्रदेश नं १ तीन लाख राजश्व सङ्कलन

विराटनगर, ५ कात्तिक । प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट तीन लाख एक हजार रुपैँयाँ राजश्व सङ्कलन गरिएको छ ।


मुख्यमन्त्री राई द्धरा शुभकामना व्यक्त

प्रदेश नं १,विराटनगर, २ कात्तिक - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ ।


उपमहानगरपालिकामा मेयरहरुले दसैंमा १०–१५ हजार रुपैयाँदेखि ४०–५० हजार रुपैयाँसम्म छुट्याउने गरेका छन् ।

धवलशम्शेर राणा मेयर, नेपालगञ्ज उपमहानगरपालिका म यो दसैंमा मेरा दाजु, भाउजूको हातबाट टीका लगाउँछु । दसैंमा नेपालगञ्जमै हुन्छु ।


यस्तो छ गाउँपालिकाका महासंघका संयोजकहरुको दसैं कार्यक्रम

७६१ खबर डट कमले नेपालीहरुको महान चाड दसैंका अवसरमा जनप्रतिनिधिहरुको दसैंबारे चासो राखेको थियो । स्थानीय सरकारको नेतृत्व पाएका जनप्रतिनिधिहरुले दसैंलाई कत्तिको खर्चिलो बनाउँछन्, जनताको कामको व्यवस्थापन कसरी गर्छन् भन्ने चासो हुनु स्वभाविक हो ।


प्रदेशस्तरका दुई कार्यालय स्थापना

भोजपुर, २९ असोज । प्रदेश नं १ का प्रदेशस्तरीय दुई कार्यालय स्थापना गरिएको छ ।


५९ दरबन्दी रहेको नगरपालिकामा ९ जना कर्मचारी

इलाम, २८ असोज -माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ ।


प्रदेश सरकारद्वारा सुख्खा क्षेत्रका बासिन्दालाई राहात वितरण

काठमाडौं, २८ असोज - एक नम्वर प्रदेश सरकारले पूर्वी पहाडी जिल्लाका सुख्खा क्षेत्रका बासिन्दालाई राहात वितरण थालेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकको निर्णय अनुसार राहात रकम वितरण सुरु भएको हो ।


प्रदेश १ को भौतिक पूर्वाधार निर्माणमा ६ अर्ब खर्च

विराटनगर, २७ असोज । प्रदेश नं १ को भौतिक पूर्वाधार निर्माणमा यस वर्ष ६ अर्ब खर्च गर्ने बताइएको छ ।


प्रदेश नं. १ का सत्तरी गाउँपालिकालाई एम्बुलेन्स

धरान, २६ असोज - प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो ।


प्रदेश सरकारको प्राथमिकता जैविक कृषि उत्पादन – मुख्यमन्त्री राई

इटहरी, २५ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।


एक नम्वर प्रदेश : १९ स्थानीय तहमा बैकिङ पहुँच पुगेन

विराटनगर, २४ असोज । प्रदेश १ का १९ वटा स्थानीय तहमा अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुँचपुगेको छैन ।


प्रदेश नं १ को प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, २३ असोज : प्रदेश नं १ को प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।


खोरेत रोग नियन्त्रण गर्न गाउँपालिकाको अभियान

इलाम, २३ असोज । इलामको माङ्सेबुङ गाउँपालिकाले एक हप्ता अघिदेखि खोरेत नियन्त्रण अभियान सञ्चालन सुरु गरेको छ ।


ताप्लेजुङका २७ वटा वडामा अलैँची जोन कार्यक्रम लागू

ताप्लेजुङ, २२ असोज । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ ।


गौरादह अव खुला दिसामुक्त नगर

भद्रपुर, २२ असोज - प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।


प्रदेश नामाकरणबारे छलफल

इटहरी, २१ असोज । इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच छलफल सम्पन्न गरेको छ ।


वर्षाले क्षतिग्रस्त सडक जनप्रतिनिधिद्वारा मर्मत

तेह्रथुम, २० असोज - तेह्रथुमको म्याङलुङ नगरपालिकाले चाडपर्वलाई लक्षित गरी नगरपालिका क्षेत्रका सडक मर्मत गरेको छ । वर्षाले क्षतिग्रस्त बनेका म्याङलुङ–जिरीखिम्ती, जिरीखिम्ती–लसुने, जिरीखिम्ती–चौकीबजार र जिरीखिम्ती–सन्सारी सडक मर्मत गरेको हो ।


पानीको अभावमा तुम्बेवाका दुई वडा बस्तीविहीन बन्दै

पाँचथर, १८ असोज । पिउने पानीको चरम अभाव खेप्न नसकेपछि पूर्वी नेपालको एक पहाडी जिल्लाको स्थानीय तहका वडा बस्ती विहीन हुने अवस्थामा पुगेका छन् ।


विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर, १५ असोज । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ ।


प्रदेश नं १ को स्थायी राजधानी र नाम छिट्टै कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर, १४ असोज : सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।


प्रदेश १ को राजधानी र नामकरणको बिषय पेचिलो बन्दै

विराटनगर, १४ असोज । प्रदेश १ को राजधानी र नामकरणको बिषय पेचिलो बन्दै गएको छ ।


गाउँपालिका महासङ्घ प्रदेश १ मा ताराबहादुर काफ्ले निर्वाचित

इटहरी- गाउँपालिका राष्ट्रिय महासङ्घको १ नम्बर प्रदेश समिति अध्यक्षमा ताराबहादुर काफ्ले चयन भएका छन् । कानेपोखरी गाउँपालिकाका अध्यक्ष समेत रहेका काफ्लेको नेतृत्वमा २३ सदस्यीय टोलीको नेतृत्व चयन भएको हो ।


इटहरीमा गाउँपालिका महासंघको प्रदेश अधिवेशन सुरु

इटहरी- गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अधिवेशन उदघाटन गरेका छन् ।


गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन आजदेखि

इटहरी– गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशभरीका करिव साढे ३ सय प्रतिनिधि इटहरीमा भेला भएका छन् ।


आगामी दुई वर्ष भित्र पाँचथरका सबै तहमा विद्युतीकरण

काठमाडौं, १० असोज । प्रदेश नं. १ को पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ ।


५० वर्षदेखि २० बिघा खेत बाँझै कन्काईको बाढीबाट पीडित सयौं आदिवासी खेत हुँदा पनि सुकुम्बासी बने

आश्विन ९, २०७५ महाभारा, झापा — गौरीगन्ज गाउँपालिका १ का गेदुराम राजवंशीले आफ्नो खेतमा बाली लगाउन नपाएको ५० वर्ष नाघ्यो  । उनको २० बिघा खेत बाँझै छ  ।


प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन

विराटनगर, ६ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् ।


ओखलढुंगाको मोलुङ्ग गाउँपालिका पूर्ण भर्नायुक्त घोषणा

ओखलढुंगा, ४ भाद्र । ओखलढुंगा जिल्लाको मोलुंङ्ग गाउँपालिका पूर्ण भर्नायुक्त गाउँपालिका घोषणा भएको छ ।


रुपाकोट मझुवागढीका १८ विद्यालय नगरपालिकाको निगरानीमा

खोटाङ, ४ असोज । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू भएको छ ।