समाचार

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, १३ फागुन - मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।


प्रथम मिक्लाजुङ मधुमल्ला रन सम्पन्न

सुनसरी -मोरङको मिक्लाजुङ ७ मधुमल्लामा प्रथम मिक्लाजुङ मधुमल्ला रन सम्पन्न भएको छ । मधुमल्ला रनको उपाधी पुरुष तर्फ हर्क ल्वागुनले १० किमी दुरी ३२ मिनेट ४० सेकेण्डमा पूरा गरि जित्नुभयो ।


प्राविधिक शिक्षामा जोड दिन सके वेरोजगारी समस्या समाधान हुने - सभासद खतिवडा

सुनसरी, २४ माघ - सभासद घनश्याम खतिवडाले प्राविधिक शिक्षामा जोड दिन सके वेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेबताउनुभएको छ । मोरङको मिक्लाजुङ ७ को ऐतिहासिक विद्यालय मनोहर जनता मा.वि.को स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै प्रमुख अतिथी खतिवडाले प्राविधिक शिक्षा देशको आवश्यकता रहेकोमा जोड दिनुभयो ।


गाउँपालिका प्रमुखले गरे मनोहर जनता माविको स्वर्ण महोत्सव उद्घाटन

सुनसरी- मोरङको मिक्लाजुङ गाउँपालिका स्थित ऐतिहासिक विद्यालय मनोहर जनता माविले स्वर्ण महोत्सव मनाएको छ । एक भब्य कार्यक्रमकाबीच स्वर्ण महोत्सवको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले उदघाटन गर्नुभयो ।


काठमाडौंमा पनि मनोहर जनता माविको स्वर्ण महोत्सव तयारी तीब्र

काठमाडौं– मोरङको मिक्लाजुङ– ७ स्थित मनोहर जनता उच्च माविको स्वर्ण महोत्सवको तयारी तीब्र पारिएको छ । काठमाडौंमा रहेका मनोहर जनता उच्च माविका पूर्वविद्यार्थीहरुले ‘मधुमल्ला मजमावि सरोकार समाज’ गठन गरेर महोत्सव भव्य बनाउने तयारी भएको छ ।


मिक्लाजुङको ८ नम्बर वडा कार्यालयद्वारा सडक बत्ती जडान

मोरङ– मिक्लाजुङको ८ नम्बर वडा कार्यालयले सडक बत्ती जडान गरेको छ । वडा नं. ८ को मावा तोरीबारीमा वडा कार्यालयको सहयोगमा सडक बत्ती जडान गरिएको हो ।


वडाध्यक्ष निरौलालाई मातृशोक

मिक्लाजुङ ६ असोज– मिक्लाजुङ गाउँपालिका– ६ का वडाध्यक्ष बृद्धिलाल निरौलालाई मातृशोक परेको छ । निरौलाकी ६७ वर्षीया आमा तिलरुपा निरौलाको उपचारकोक्रममा असोज ४ गते काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो ।