समाचार

शिवराज नगरपालिकालाई अशोक लेलैण्डले दियो बारुणयन्त्र

२०७८ असार ३ बिहिवार, शिवराज नगरपालिका (कपिलवस्तु )कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले सुविधासम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई बारुणयन्त्र हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।


कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २७६ पुग्यो

जेठ ३,काठमाडौँ - पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।