समाचार

चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

२०७८ चैत २३ बुधबार, धवलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो ।


जलवायु परिवर्तनको असर कृषिमा

२०७८ फाल्गुण २८ शनिबार, धौलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् ।


प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

२०७८ जेठ ३० आइतवार, म्याग्दी (गण्डकी प्रदेश)प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो ।


खाम्लामा नमूना कृषि गाउँ कार्यक्रम

२०७८ जेठ १४ शुक्रबार, धवलागिरि गाउँपालिका (म्याग्दी)विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन शुरु गरेको हो ।


धवलागिरी गाउँपालिकाको मुना : विकासको बाधक बन्यो घुम्ती गोठ

२०७८ बैशाख २२ बुधबार, धवलागिरी गाउँपालिका (म्याग्दी)दक्षिण–पूर्व लमतन्नै पसारिएको भिरालो पाखो । वर्षौ पहिले त्यही पाखोलाई सम्याएर बनाइएका बारीका ठूल्ठूला गह्रा ।


मल्कवाङमा वडा कार्यालय भवन निर्माण

२०७८ बैशाख १७ शुक्रबार, धवलागिरि गाउँपालिका(म्याग्दी) म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले उपभोक्ता समितिमार्फत दुईतले भवन निर्माण गरेको हो ।


वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

२०७७ फाल्गुण २१ शुक्रबार, धवलागिरि गाउँपालिका(म्याग्दी)झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गर्नुभएका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।


ताकममा अस्पताल र वडा कार्यालय भवन शिलान्यास

पौष २३, धवलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा एकैसाथ अस्पताल र वडा कार्यालय भवनको शिलान्यास भएको छ । पाँच शय्या क्षमताको अस्पताल भवनको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बुधबार एक समारोहबीच शिलान्यास गर्नुभयो ।


गाउँपालिकामै पहिलोपटक डाक्टर पुगे

पौष १३, धौलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो ।


गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

पौष ८,धवलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो ।


स्वास्थ्य एकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो

मङ्सिर २, धवलागिरि गाउँपालिका(म्याग्दी) म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।


प्रदेश सरकारको सहयोगमा दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

धवलागिरि गाउँपालिका(म्याग्दी) विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


पहिरोपीडितलाई रु चार लाख २१ हजार सहयोग

असोज २५, धवलागिरि गाउँपालिका (म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई रु चार लाख बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी रु चार लाख २१ हजार १९० सहयोग गरेका हुन् ।


धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँ मानवविहीन

साउन २२, म्याग्दी - पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई मानवविहीन बनाएको छ । गाउँमाथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् ।


म्याग्दीमा पहिरो पीडित परिवारको बिचल्ली

श्रावन, १२ म्याग्दी – धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो ।