समाचार

थाहा नगरपालिकाको वजेट ९५ करोड ६४ लाख

२०७८ असार १० बिहीवार, थाहा नगरपालिका (मकवानपुर)मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ९५ करोड ६४ लाख ३२ हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकाको ९ औं नगरसभामा उपमेयर खडेगबहादुर गोपालीले आगामी आर्थिक वर्षको लागि अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४५ हजार रुपैयाँ, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४५ हजार रुपैयाँ, संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारबाट अनुदान ५ करोड ६७ लाख ३४ हजार रुपैयाँबाट उक्त बजेट विनियोजन भएको वताउँनुभयो ।


८० प्रतिशत निजी आवास पुनःनिर्माण

२०७७ फाल्गुण २८ शुक्रबार, थाहा नगरपालिका(मकवानपुर)मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।


थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरीरहेको चित्लाङ

२०७७ फाल्गुण ९ आइतबार, थाहा नगरपालिका(मकवानपुर)‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो ......?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र “वासुदेव” मा समावेश गरिएको यो मिठो सङ्गीतमा पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा स्नातक तहमा अध्ययनरत सर्लाहीकी स्मीता थापा “टिकटक भिडियो” छायाङ्कन गर्दै हुनुहुन्थ्यो । त्यहाँ उहाँ जस्तै भिडियो बनाउने अरु धेरै थिए तर सबैले यही एउटा मात्र गीतमा भिडियो बनाइरहेका थिए ।


पालिकाको सहयोगमा गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

कार्तिक २०, थाहा नगरपालिका(मकवानपुर) मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् ।


बेरुजु फछ्र्यौट गर्ने उत्कृष्ट नगरपालिका थाहानगरपालिका

श्रावण १, मकवानपुर - बेरुजु फछ्र्यौट गर्ने विषयमा मकवानपुरको थाहानगर उत्कृष्ट भई पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको हो ।