समाचार

सबै स्थानीय तहमा एकै प्रकृतिको कानुन बनाइने

मोरङका स्थानीय तहहरूले स्थानीय सरकार सञ्चालनका लागि एकै प्रकृतिको कानुन बनाउने भएका छन्  । जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू एकै प्रकृतिका कानुन बनाउन छलफलमा जुटेका हुन्  ।


जनप्रतिनिधिले लिने सुविधाविरुद्ध रिट दायर

विराटनगर, असोज ३विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले प्रदेश सरकारको ऐन विपरीत सेवा सुविधा लिइरहेको भन्दै त्यसका विरुद्ध उच्च अदालत विराटनगरमा रिट परेको छ । महानगरपालिका, महानगरको कार्यपालिका र नगरसभा समेतलाई विपक्षी बनाएर सहित बरिष्ठ अधिवक्ता राजेन्द्र भट्टराईमार्फत उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले बिहीबार रिट दायर गरेका हुन् ।


मन्त्रालयको हस्तक्षेपपछि एक महिनादेखी ठप्प उर्लाबारी नगरपालिकाको सेवा आजदेखी पुनः सुचारु

मोरङ (उर्लाबारी), भदौं ३१संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हस्तक्षेपछि उर्लाबारी नगरपालिकाको सेवा सुचारु भएको छ । प्रमुख, उपप्रमुखबीचको विवादका कारण एक महिनायता अवरुद्ध सेवा सुचारु भएको हो ।


सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन

विराटनगर, भदौं ३० । सरकारले मोरङस्थित सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णयसहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


मेयर–उपमेयरको विवाद उत्कर्षमाः मेयरले प्रशासकीय अधिकृतको निवासमा ताला लगाइदिएपछि विवाद झन् चर्कियो

उर्लाबारी, भदौं २९  । उर्लाबारी नगरपालिकाको नगरसभाको तयारी गर्ने क्रममा गत असार २८ गते बसेको कार्यपालिकाको बैठकमा नगरप्रमुख खड्ग फागाले एकतर्फी निर्णय गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधर बहुमत बहिष्कार गरेर हिँडेपछि सुरु भएको विवादले विवाद उत्कर्षमा पुगेको छ  ।


सामाजिक विकास समितिको प्रतिवेदन प्रदेशसभामा पेश

विराटनगर, २० भदौ - सामाजिक विकास समितिका सभापति सरिता थापाले समितिको प्रतिवेदनसहित ‘प्रदेश सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा पेश गर्नुभयो । प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सो प्रतिवेदन उहाँले पेश गर्नुभएको हो ।


बेतना सिमसार क्षेत्रको सरसफाइ

वेलबारी, १९ भदौ – पर्यटन वर्षलाई लक्षित गरेर पर्यटकलाई आकर्षित गर्न बेतना सिमसार क्षेत्रको सरसफाइ गरिएकोे छ । बेलबारी जेसिसले जेसिस सप्ताह मनाउने क्रममा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको बेलबारी जेसिसका निवर्तमान अध्यक्ष राजन प्रसाईंले बताउँनुभयो  ।


प्रदेश १ सरकार : यसरी तोकियो स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा

भक्तपुर, २ भदौ -प्रदेश १ सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यको सेवा सुविधा निर्धारण गरेको छ । प्रदेश सरकारले संविधानको दफा ३ को उपदफा १ र उपदफा ८ को उपदफा १ सँग सम्बन्धित रहेर स्थानीइ तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यापालिका सदस्य सह्तिका जनप्रतिनिधिको सेवा सुविधा तोकेको हो ।


वडा कार्यलयमा चट्याङवाट क्षती

बिराटचौक, २३ साउन -मोरङको सुन्दरहरैचा ७ को वडा कार्यलयमा चट्याङ लागेको छ । बुधबार राती आएको वर्षा सगैको चट्याङ वडा कार्यलयमा लाग्दा वडा कार्यलयको भौतिक सामाग्रीमा क्षति पुगेको छ ।


बेलबारी नगरपालिकाद्वारा वैशाखभित्र विकास निर्माण सक्नु पर्ने निर्णय

इटहरी, १ साउन - मोरङको बेलबारी नगरपालिकाले वैशाख महिनाभित्र विकास निर्माण सक्नु पर्ने निर्णय गरेको छ । नगरपालिकाको नगरसभाले असारमा अधिकांश बजेट खर्च गर्ने परम्परालाई रोक्न वैशाखसम्ममा विकास निर्माणको काम सक्नुपर्ने निर्णयघोषणा गरेको हो ।


एक नम्वर प्रदेशमा ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ

विराटनगर, ३१ असार - एक नम्वर प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राइले मंगलबार सो कार्यक्रमको थालनी गर्नुभएको हो ।


बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख दिने प्रदेश १ सरकारको निर्णय

विराटनगर, ३० असार - प्रदेश १ सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।


अपडेट : बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु, २२ बेपत्ता २९ घाइते

भक्तपुर, २९ असार - केही दिन यताको लगातारको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ । हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको र २९ जना घाइते भएकोगृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रले जनाएको छ ।


विराटनगर महानगरका दुई र जहदा गाउँपालिकाका एक जना वडाध्यक्षमाथि हत्या आरोपमा प्रहरीमा जाहेरी दर्ता

विराटनगर, २८ असार - विराटनगर महानगरपालिकाका दुई जना सहित मोरङका तीन जना वडाध्यक्षमाथि हत्या आरोप सहित प्रहरीमा उजुरी दर्ता भएको छ । महानगरका वडानम्वर १४ का बलदेव यादव, १८ का अध्यक्ष सञ्जय साह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादवमाथि हत्या आरोप लागेको हो ।


प्रादेशिक अस्पताल जलमग्न

विराटनगर, २८ असार - मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ । अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।


आगलागीबाट रु ८० लाख बराबरको क्षति

असार २६,मोरङ - मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो ।


उर्लाबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम : उत्साहित भएर निस्किए जनता

मोरङ– उर्लाबारीअहिले बिश्व यान्त्रिकरण तर्फ उन्मुख भएको छ । धैरै समय र जनशक्ति लाग्ने काम मेसिनका सहायताले थोरै समयमा सम्पन्न गर्न सकिन्छ ।


संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौँ - मुख्यमन्त्री राई

असार २१ ,विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गर्नुभएको छ ।


प्रदेश १ सरकारले बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था गर्ने

विराटनगर, १९ असार - प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो ।


अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

असार १८, विराटनगर - विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् ।


सडक दुर्घटनामा मानवीय क्षति बढ्यो - मन्त्री कार्की

असार १४, मोरङ (विचार) - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनामा मानवीय क्षति ज्यादा भएकाले यसको न्यूनीकरण आवश्यक रहेको बताउनुभएको छ । विकासका लागि सुरक्षा र सचेतना’ नारासहित आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रममा उहाँले चालकको लापरवाही र सर्वसाधारणले ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनामा वृद्धि भएकाले सचेतना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


बेलबारी नगरपालिकामा वृक्षरोपण दिवस

असार १४, मोरङ - वृक्षरोपण गरौँ, हरियाली बढाउऔँ’ भन्ने नाराका साथ बेलबारी नगरपालिकाको वडा नं ११ स्थित लक्ष्मीमार्गमा आज आयोजित ‘राष्ट्रिय वृक्षरोपण दिवस तथा वन महोत्सव’ कार्यक्रममा सहभागी वक्ताहरुले ‘जहाँ वन त्यहाँ व्यवस्थापन, जहाँ बाँझो त्यहाँ वृक्षरोपण’ गर्नुपर्ने धारणा राखेका छन् । मानव जीवनका निम्ति अक्सिजन नभई नहुने र सो अक्सिजन बोटबिरुवाबाटै प्राप्त हुने भएकाले वृक्षरोपणको विकल्प सोच्न नसकिने वक्ताहरुले प्रष्ट पार्दै हरेक नागरिकले कम्तीमा पाँच बिरुवा रोप्नुपर्ने जोड दिएका छन् ।


मोरङका १७ स्थानीय तहमध्ये १६ वटाको बजेट सार्वजनिक : यस्तो छ स्थानीय तहले छुट्याएको बजेटको प्राथमिकता

भक्तपुर, १२ असार (नीति तथा योजना ) -प्रदेश नम्वर एकको अस्थायी राजधानी समेत रहेको मोरङमा एउटा महानगर सहित १७ वटा स्थानीय तह छन् । मोरङका १७ वटा स्थानीय तहले तोकिएको समयसिमा भित्रै आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।


अर्थ विधेयक पारित

असार ६ मोरङ (सहमती)- प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ आज बहुमतले पारित भएको छ । प्रदेश नं. १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गर्नुभएको थियो ।


सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको

३० जेठ, बिराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उहाँले स्व गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिनुभयो ।


सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको

३० जेठ, बिराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उहाँले स्व गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिनुभयो ।


विराटनगर महानगरापलिकाद्धारा डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

काठमाडौं २९ जेठ -मोरङको विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि आजदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ । धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे९छर्केने० कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।


प्रदेश नं १ मा डेङ्गुपीडितको उपचार र नियन्त्रणका लागि ८० लाख विनियोजित

काठमाडौं, २८ जेठ -प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीको धरानमा देखापरेको डेङ्गु रोगपीडितको निःशुल्क उपचारका लागि सरकारले रु ५० लाख विनियोजन गरिसकेको तथा रोग फैलिन नदिन थप ३० लाख बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । त्यस्तैं राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ ।


नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण

विराटनगर, १३ जेठ – नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ ।


विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर,११ जेठ – विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।


प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।


पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो ।


प्रदेश १ द्धारा बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा

काठमाडौ, प्रदेश एक सरकारले आगामी बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा गरेको छ । प्रदेश १ सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती विधेयक, र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने जानकारी दिनुभयो ।


प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन ।


स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका

मोरङ, अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ ।


शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री थापा

विराटनगर, गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका मन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताउनु भएको हाे ।


पथरी तनाव: उपमेयर घाइते, नगरपालिकामा तालाबन्दी

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । झडपमा पथरी शनिश्चरे नगरपालिकाका उपमेयर यमुना बास्तोला पनि घाइते भएकी छन् ।


क्रसर हटाउन माग गर्दै स्थानीय रिले अनशनमा - सांसद र नगरप्रमुखको विरोध

मोरङको उर्लाबारी - नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयले रिले अनशन सुरु गरेका छन्  । उर्लाबारी–१ मा अहिले पुर्बेली क्रसर उद्योग र पञ्चेश्वर क्रसर उद्योग सञ्चालनमा छन्  ।


प्रदेश १ मन्त्रिपरिषद् बैठक : राजपत्र प्रकाशन प्रदेशबाटै गर्ने निर्णय

विराटनगर: प्रदेश १ मन्त्रिपरिषद्‍को बैठकले वृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा लैजान स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण गरेको उक्त विधेयक संसद्‍मा लाने बुधबार बसेको मन्त्रिपरिषद्‍ले निर्णय गरेको हो ।


मेयर फागोले गरे बेवारिशे शिशुको उद्धार

२६ चैत्रउर्लाबारी - मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन । बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको थियो ।


मेयर फागोले गरे बेवारिशे शिशुको उद्धार

२६ चैत्रउर्लाबारी - मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन । बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको थियो ।


प्रदेश १ को राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनु भएकोन छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।


बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई कानेपोखरी गाउँपालिकाको भक्ता

मोरङ : कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले पाँच हजार र स्वास्थचौकीले एक हजार ८०० उपलब्ध गराउने भएको हो ।


‘राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने’

विराटनगर, १६ चैत - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिनुभयो ।


‘मन्त्रालयको कार्य ठोस र सुनिश्चित हुनुपर्छ’

विराटनगर -प्रदेश नं १ को भौतिक पूर्वाधार विकास मन्त्रालयलले जनतालाई ठोस् र सुनिश्चित सेवा पाउने उद्देश्यले काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकको समापनका अवसरमा प्रदेशमा निर्माण कार्य गर्दा मन्त्रालयको हित, पारदर्शी र तोकिएको समयमा सम्पन्न हुनेगरी गर्न आग्रह समेत गरिएको छ ।


साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

विराटनगर -नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो ।


‘मन्त्रिमण्डल विस्तारमा दलितको सहभागिता गराउँछु : मुख्मन्त्री राई

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी मन्त्रिपरिषद् विस्तारमा दलितको सहभागिता गराइने बताउनुभएको छ । मानव अधिकारका लागि स्रोत विकास मञ्चद्वारा ५४औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित ‘सङ्घीयतामा दलितको अधिकार’ प्रदेशस्तरीय विचार गाष्ठीमा उहाँले मितव्ययिता अपनाउन विगतमा प्रदेश सरकारले सानो मन्त्रिमण्डल गठन गरेको प्रस्ट पार्नुभयो ।


कटहरी गाउँपालिकाले कृषि बजार बनायो प्रधानमन्त्रीले उद्‍घाटन गर्ने

काठमाडौं, ३ चैत- प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट विराटनगरतर्फ जाने कार्यक्रम छ ।


महानगरपालिकाद्धारा ज्येष्ठ नागरिक भवन निर्माण

विराटनगर, २९ फागुन -विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ । ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले निर्माण गरिने भवनका लागि रु १० लाख निकासासमेत गरिएको जानकारी दिनुभयो ।


आधुनिक प्रविधिको कृषिमा जोड

विराटनगर -प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।


बेलबारी नगरपालिकाका वडावडामा स्वास्थ्य शिविर : आँखा शिविरमा ६ बढी लाभान्वित

सुनसरी - मोरङको बेलबारीमा गरीएको आँखा शिविरमा ६ सय भन्दा वढिले सेवा लिएका छन । बेलबारी नगरपालिका वडा नम्बर ११ को आयोजनमा लक्षमीमार्गमा भएको आँखा शिविरमा १ सय ५० जनाले निशुल्क चस्मा समेत पाएको वेलवारी नगरपालिकाका प्रेस संयोजक उत्तम पोखरेलले जानकारी दिनुभयो ।


निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान

विराटनगर - प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ । विराटनगर–७ मा निर्माण गरिएको ‘सेन्टर मल’को आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले उद्यमी व्यापारीको लगानीको सुरक्षा सरकारले गर्ने विश्वास दिलाउनुभयो ।


परियोजना बैक तयार गरेर लगानी सम्मेलन गर्दै प्रदेश सरकार

विराटनगर - प्रदेश १ ले परियोजना बैंक तयार गरेर लगानी गर्ने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्वर १ परियोजना बैक तयार गरेर अघि बढन लागेको बताउनुभयो ।


पाँच सय महिलाको सहभागितामा प्रादेशिक महिला सम्मेलन गर्ने

१९ फाल्गुण सुनसरी - प्रदेश १ सरकारले पाँच सय महिलाको सहभागितामा प्रादेशिक महिला सम्मेलन गर्ने भएको छ । १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि प्रादेशिक सम्मेलन गर्न लागिएको हो ।


प्रदेश र स्थानीय तहको अधिकार नखोसिएको कानून मन्त्री ढकालको स्प्रष्टोक्ति

उर्लाबारी - कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताउनुभएको छ । आज दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल्ला मात्र रहेको बताउनुभयो ।


नगरपालिकाद्धारा उज्यालो नगर अभियान शुरु

सुनसरी, १४ फागुन - बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विधुत नपुगेका वडा तथा टोलमा विजुली पुरयाउने उदेश्यका साथ नगरपालिकाले अहिले सघीय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको छ ।


उज्यालो नगर बनाउने अभियानमा बेलबारी नगरपालिका

बेलबारी- बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विद्युत नपुगेका वडा तथा टोलमा विद्युत पु¥याउने उद्देश्यका साथ नगरपालिकाले अहिले संघिय तथा प्रदेश सरकारसँगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको स्थानीय बेतना दैनिकले जनाएको छ ।


आगोबाट घाईते श्रीदेवीको उपचारमा वेलवारीका मेयरद्धारा सहयाेग

सुनसरी, १३ फागुन - मोरङको बेलबारी २ मा कुपीबाट सल्किएको आगोबाट जलेर सख्त घाईते महिलाको उपचारका लागि वेलवारी नगरपालिकाले सहयोग गरेको छ । कुपिको आगोवाट जलेर घाईते भएकि ४० बर्षिया भौली ऋषिदेबलाई उपचारका लागि नगरपालिकाले २० हजार सहयोग गरेको प्रेस संयोजक उत्तम पोखरेलले जानकारी दिनुभयो ।


ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, १३ फागुन - मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।


प्रदेश १ मा मानवअधिकार मैत्री कानुन बनाइने

सुनसरी - एक नम्बर प्रदेश सभाका सभामुखप्रदिप भण्डारीले प्रदेश १ ले मानवअधिकार मैत्री कानुन वनाउने दावी गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकविराटनगरले विराटनगरमा आयोजना गरेको “नेपालमानवअधिकार बर्ष पुस्तक२०१९”को सार्वजनिकिकरण गर्दै उहाले त्यसो भन्नुभएको हो ।


प्रथम मिक्लाजुङ मधुमल्ला रन सम्पन्न

सुनसरी -मोरङको मिक्लाजुङ ७ मधुमल्लामा प्रथम मिक्लाजुङ मधुमल्ला रन सम्पन्न भएको छ । मधुमल्ला रनको उपाधी पुरुष तर्फ हर्क ल्वागुनले १० किमी दुरी ३२ मिनेट ४० सेकेण्डमा पूरा गरि जित्नुभयो ।


नगरपालिकाको सहयोगमा जाँतेमा १७ लाख ५० हजारको जाँतो

सुनसरी, चुरेपहाडको फेदमा रहेको रमणीय ठाँउ मोरङको लेटाङ स्थित जाँतेको पहिचानका लागि जाँतोको प्रतिमा बनाइने भएको छ । जाँतो निर्माण कार्यको प्रदेश नम्बर एककी उपसभामुख सरस्वती पोख्रेल र लेटाङ नगर उपप्रमुख कृष्णकुमारी पोख्रेलले शिलान्यास गर्नुभएको छ ।


तालिम लिएर प्रमाणपत्र सिरानीमा राखेर नबस्नुस

सुनसरी - बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले तालिम लिएर प्रमाण पत्र सिरानेमा राखेर नसुत्न आग्रह गर्नुभएको छ । बेलबारी नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक महिने आधारभुत कुक,मोवाईल मर्मत,कम्प्यूटर मर्मत, सफ्टवेयर मर्मत तथा ड्राईभिङ तालिमको उद्घाटन गर्दै मेयर सुवेदीले प्रमाण पत्र लिएर ब्यावसायमा लाग्न आग्रह गर्नुभयो ।


प्रदेश नं १ सरकारका एक वर्ष : प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना

मोहम्मद सदरुल/ विराटनगरप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो ।


स्थानीय तहले प्राप्त गरेको अधिकार खोसिँदैन : उपसभामुख

उर्लाबारी - प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले स्थानीय तहले प्राप्त गरेको अधिकार नखोसिने बताउनुभएको छ । आज मोरङको मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेका अन्तरसंवाद कार्यक्रममा सहभागीले राखेको प्रश्नको जवाफ दिँदै उपसभामुख तुम्बाहाम्फेले सो कुरा बताउनुभएको हो ।


सहमतिमैं प्रदेशको स्थायी राजधानी र नाम तोकिन्छ : मुख्य मन्त्री राई

सुनसरी, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नाम तोकिने बताउनुभएको छ । प्रदेशको चालु हिउदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामलाई अन्तीम रुप दिने उहाँको भनाई छ ।


बेलवारी नगरपालिकामा सुचना हक सम्बन्धी अन्तरक्रिर्या सम्पन्न

सुनसरी, २ फागुन ÷ बेलबारी नगरपालिकामा सुचना हक तथा खुल्ला तथ्याक बारे एक दिने अन्तरक्रिर्या सम्पन्न भएको छ । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले प्रदान गर्ने सुचना, तिनको प्रयोग, सुचनाका प्रकृति, नागरिक वडा पत्र लगायगतका बिषयमा छलफल भएको छ ।


सकियो मनोहर जनता माविको स्वर्ण महोत्सव

सुनसरी -मोरङ क्षेत्र नं. १ का सांसद घनश्याम खतिवडाले मनोहर जनता मा.वि. मधुमल्ला झापा, इलाम र मोरङको शैक्षिक धरोहर रहेकोमा जोड दिनुभएको छ । मनोहर जनता मा.वि.को स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सो कुरा बताउनुभएको हो ।


सङ्घीयताप्रति सरकार प्रतिबद्ध

विराटनगर - कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो ।


मोरङको मनोहर जनता माविले मनायो स्वर्ण महोत्सव

सुनसरी - सांसद घनश्याम खतिवडाले प्राविधीक शिक्षामा जोड दिन सके वेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने वताउनुभएको छ । मोरङको मिक्लाजुङ ७ को ऐतिहासिक विद्यालय मनोहर जनता मा.वि.को स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै प्रमुख अतिथी खतिवडाले प्राविधिक शिक्षा देशको आवश्यकता रहेकोमा जोड दिनुभयो ।


राष्ट्रपति भण्डारीले मोरङका दुई विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्दै

सुनसरी, २५ माघ -राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वी मोरङका दुई विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्दै हुनुहुन्छ । कानेपोखरी गाँउपालिका वयरवन स्थित जनसेवा मावि रमाइलो र उर्लाबारी नगरपालिका स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्ने कार्यक्रम रहेको छ ।


प्रदेश १ ले हरित अभियान कार्यक्रम गर्दै

विराटनगर,२५ माघ - प्रदेश १ सरकारको मन्त्री परिषद वैठकले समृद्ध प्रदेश हरित अभियान संचालन गर्ने निर्णय गरेको छ । भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रस्ताव ल्याएर समृद्ध प्रदेश हरित अभियानको अगाडि बढाउन कार्यक्रम स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।


प्रदेशसभा बैठक : विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर - प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’बारे प्रदेशसभा बैठकमा छलफल भएको छ । प्रदेश नं १ को आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९२० बमोजिम प्रस्तुत विधेयकमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्य नवोदिता चौधरी, प्रकाशप्रताप हाङ्गाम, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का र विमल कार्कीले सो विधेयकले प्रदेशमा विद्युत् उत्पादन र वितरणमा अग्रणी भूमिका खेल्ने बताउनुभयो ।


प्राविधिक शिक्षामा जोड दिन सके वेरोजगारी समस्या समाधान हुने - सभासद खतिवडा

सुनसरी, २४ माघ - सभासद घनश्याम खतिवडाले प्राविधिक शिक्षामा जोड दिन सके वेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेबताउनुभएको छ । मोरङको मिक्लाजुङ ७ को ऐतिहासिक विद्यालय मनोहर जनता मा.वि.को स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै प्रमुख अतिथी खतिवडाले प्राविधिक शिक्षा देशको आवश्यकता रहेकोमा जोड दिनुभयो ।


मेयर पराजुलीले गर्नुभयो विराटनगरलाई राजधानी बनाउन प्रधानमन्त्रीसँग आग्रह

सुनसरी, २४ माघ :प्रदेश नम्वर १ कै एकमात्र महानगर विराटनगरका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली सँग भेटघाट गरेर विराटनगरको विकास निर्माणको अवस्था वारे जानकारी गराउनुभएको छ । मेयर पराजुलीले विराटनगरलाई स्थायी राजधानी वनाउन आग्रह गरेको वताउनुभयो ।


पथरीशनिश्चरेमा नगरस्तरीय क्रिकेट प्रतियोगिता

सुनसरी -मोरङ्को पथरीशनिश्चरेमा भोलीदेखि नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा पञ्चायत माविको खेल मैदानमा हुने प्रतियोगितामा नगरका १० वडाका क्रिकेट टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।


बेलवारी नगरपालिकाको सहयोगमा वडावडामा च्याउ खेती

सुनसरी । मोरङको बेलवारी नगरपालिकाको सहयोगमा दुई वटा वडाका कोठा कोठामा च्याउ खेति हुन थालेको छ ।


आजदेखि प्रदेश नं १ बाट पनि श्रम स्वीकृति

काठमाडौँ, २३ माघ :वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले अाजदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


नगरपालिकाको सहयोगमा च्याउ खेति

सुनसरी, २२ माघ :मोरङको वेलवारी नगरपालिकाको सहयोगमा दुई वटा वडाका कोठा कोठामा च्याउ खेति हुन थालेको छ । नगरपालिकाले विउ तथा प्राविधिक सहयोग सहयोग गरेपछि कृषकले घरका कोठामा च्याँउ खेति गर्न थालेको नगरपालिकाका प्रेस संयोजक उत्तम पोखरेलले जानकारी दिनुभयो ।


प्रदेशसभाको एक वर्षमा बने २३ कानून

धरान - प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।


गाउँपालिका प्रमुखले गरे मनोहर जनता माविको स्वर्ण महोत्सव उद्घाटन

सुनसरी- मोरङको मिक्लाजुङ गाउँपालिका स्थित ऐतिहासिक विद्यालय मनोहर जनता माविले स्वर्ण महोत्सव मनाएको छ । एक भब्य कार्यक्रमकाबीच स्वर्ण महोत्सवको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले उदघाटन गर्नुभयो ।


हिउदे अधिवेशनबाट नाम र राजधानी टुङ्गो लगाइने : मुख्य मन्त्री राई

सुनसरी, २० माघ । प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले आज सुरु हुने संसद अघिवेशनवाट प्रदेशको नाम र राजधानी टुङ्गो लगाइने दावी गर्नुभएको छ ।


सरकार सँगको सहमतिपछि विराटनगरका उद्योगी व्यवसायीले गरे आन्दोलन फिर्ता

सुनसरी, प्रदेश सरकार सँगको छलफलमा उद्योगीका मागलाई संघीय सरकार सँग पुरयाएर समस्या समाधानमा पहल गर्ने सहमति भएपछि विराटनगरका उद्योगी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सँगको छलफलमा सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन ।


मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रतीक चिन्ह (लोगो) तयार

सुनसरी - मोरङको पथरीशनिश्चरे नगरकार्यपालिले नगरपालिकाको प्रतीक चिन्ह (लोगो) तयार पारेको छ । नगर प्रमुख दिपिलकुमार राईको अध्यक्षतामा बसेको बैठकले पथरीकै चित्रकार सरोजा खड्गीले निर्माण गरेको नगरको प्रतिक चिन्ह (लोगो)लाई अनुमोदन गरेको छ ।


प्रदेश १ : स्थायी राजधानीको टुङ्गो लगाउने गृहकार्य अन्तिम चरणमा

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो ।


नगरकार्यपालिकाले बनायो नगरपालिकाको प्रतीक चिन्ह लोगो

सुनसरी, १६ माघ : मोरङको पथरीशनिश्चरे नगरकार्यपालिकाले नगरपालिकाको प्रतीक चिन्ह (लोगो) तयार पारेको छ । नगर प्रमुख दिपिलकुमार राईको अध्यक्षतामा बसेको बैठकले पथरीकै चित्रकार सरोजा खड्गीले निर्माण गरेको नगरको प्रतिक चिन्ह (लोगो)लाई अनुमोदन गरेको छ ।


विराटनगर महानगरपालिकाले बुझ्यो किशोरी विद्यार्थीको पीडा: गर्यो सबै सरकारी विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था

विराटनगर- पूर्वकै एकमात्र महानगर विराटनगर महानगरपालिकाकाले महानगरका सवै सरकारी विद्यालयहरुमा सेनेटरी प्याडको ब्यवस्था गरिदिने भएको छ । महिनावारीका भएको बेला स्कुल छाडने र नआउने विद्यार्थीको संख्या वढेपछि महानगरले सवै विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था गरिदिने भएको हो ।


ट्रिपरको ठक्करवाट १३ बर्षे वालिका लक्ष्मी ढकालको ज्यान गयो

माघ १५ सुनसरी - विराटचोक विराटनगर सडक खण्डमा ट्रिपर सञ्चालनमा रोक लगाइएको छ । सुन्दर हरैंचा नगरपालिकाको पहलमा भएको सर्वपक्षीय वैठकले ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।


गाउँपालिकाद्धारा महिला हक अधिकार सम्बन्धी तीन दिने तालिम

मोरङ, प्रदेश नं. १ अन्र्तगतको मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाले महिला हक अधिकार सम्बन्धी तीन दिने तालिमको आयोजना गरेको छ । उक्त कार्यक्रम मार्फत महिलाहरुले महिला हक अधिकार सम्बन्धी विभिन्न जानकारी प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।


जलवायु परिवर्तनको नयाँ नीति बनाउन प्रदेशस्तरीय सुुझाव सङ्कलन

विराटनगर - प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुुसियतले जलवायुु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।


सरकारको लक्ष्य समृद्धि र विकाश : मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा शनिबारदेखि शुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीनवटै तह सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो ।


प्रदेश नम्वर १ को नाम र राजधानी हिउँदे अधिवेशनले टुङ्गो लगाउने

सुनसरी - प्रदेश नम्वर १ को माघ २० गते आइतवार देखि सुरु हुने हिउँदे अधिवेशन ले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएको छ । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।


प्रदेश नं १ को प्रदेशसभा बैठक माघ २० देखि सुरु हुने

विराटनगर, २ माघ - प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो ।


प्रदेश १ : सरकार विस्तार गर्ने तयारी, मन्त्रालयको संख्या ११ पुग्ने

विराटनगर - प्रदेश १ सरकार विस्तार गरिने भएको छ । मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रालयको संख्या बढाउन छलफल भइरहेको तर कति संख्यासम्म हुने भन्ने निष्कर्षमा नपुग्दा सरकार विस्तार केही ढिला भएको जानकारी दिन्भयो ।


कानेपोखरी गाउँपालिका ५ नम्वर वडाका वडाध्यक्षविरुद्ध पक्राउपूर्जी जारी

सुनसरी - मोरङको कानेपोखरी गाउँपालिकाको वडा नम्वर ५ का वडाध्यक्षका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध रकम असुलीमा संलग्न भएको आरोपमा वडाध्यक्ष चरणसिंह गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।


बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने

पथरी, २५ पुस - बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो ।


विराटनगर महानगरको छोरी बचाऊ र पढाऊ’ अभियान : नाबालक छोरीका नाममा अक्षय कोष स्थापना

काठमाडौं - प्रदेश नम्वर १ को एकमात्र महानगरपालिका विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माएकालाई जनही २५ हजारको अक्षयकोष स्थापना गरेको छ । महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीका अनुसार ‘छोरी बचाऊ र पढाऊ’ अभियानअन्तर्गत छोरी जन्माउने आमा स्यमं संरक्षक रहने ती छोरीका नाममा २५ २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।


स्थानीय तहमा बारुणयन्त्रको अभाव, सर्वसाधारणलाई सास्ती

काठमाडौं - मुलुकको नयाँ संरचनासँगै बनेका ७५३ स्थानीय तह मध्ये धेरैजसो भौतिक पूर्वाधार, आवश्यक यन्त्रउपकरण र दक्ष जनशक्ति विहीन छन् । नयाँ संरचना अन्र्तगत स्थानीय सरकारको रुपमा स्थापित यी स्थानीय तहमा आवश्यक त्यस्ता भौतिक पूर्वाधार, दमकल तथा दक्ष जनशक्ति अभावकै कारण अहिले त्यसको मार भने तीनै स्थानीय तहका नागरिकले भोग्नुपरिरहेको छ ।


सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख

उर्लाबारी - प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ । नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको आज बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।


प्रदुषित बन्यो विराटनगर महानगर

विराटनगर - विराटनगर महानगर प्रदुषित बन्दै गएको छ । विकास निर्माणले गति लिए पनि महानगरमा अपनाउनु पर्ने न्यूनतम सावधानी पनि नपाउँदा महानगर प्रदुषित बन्दै गएको हो ।


पूर्वाञ्चल विश्वविद्यालयको जग्गा भएको ठाउँ प्रदेश राजधानी सार्न खोजीएको भन्दै आपत्ति

विराटनगर - प्रदेशको राजधानी पूर्वाञ्चल विश्वविद्यालयको जग्गा भएको ठाउँमा सार्न खोजीएको भन्दै विश्वविद्यालयले गम्भिर आपत्ति जनाएको छ । राजधानी मोरङको गोठगाउँमा सार्ने विषयमा विश्वविद्यालयले गम्भीर असहमति जनाएकोहो ।


प्रधानसेनापति र प्रदेश नं १ का प्रमुखसँग भेटवार्ता

पथरी, १६ पुसप्रधानसेनापति पूर्णचन्द्र थापाले आज प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङसँग भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले प्रदेश सरकारले सडक सञ्जालका लागी नेपाली सेनाको सहयोग माग गरेमा आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रदेश नम्बर १ दूध उत्पादनमा आत्मनिर्भर

विराटनगर- प्रदेश नम्बर १ दूध उत्पादनमा आत्मनिर्भर भएको छ । पहाडी र तराई क्षेत्रमा व्यावसायिक गाईपालनका कारण दूधको उत्पादन बढेको हो ।


काठमाडौंमा पनि मनोहर जनता माविको स्वर्ण महोत्सव तयारी तीब्र

काठमाडौं– मोरङको मिक्लाजुङ– ७ स्थित मनोहर जनता उच्च माविको स्वर्ण महोत्सवको तयारी तीब्र पारिएको छ । काठमाडौंमा रहेका मनोहर जनता उच्च माविका पूर्वविद्यार्थीहरुले ‘मधुमल्ला मजमावि सरोकार समाज’ गठन गरेर महोत्सव भव्य बनाउने तयारी भएको छ ।


१७ स्थानीय निकायद्धारा कृषि आधुनिक उपकरणमा जोड

विराटनगर, १४ पुस -पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ ।


प्रदेश नम्वर १ लाई सन् २०२५ सम्ममा बालमैत्री प्रदेश वनाइने

सुनसरी, १३ पुस - प्रदेश १ लाई सन २०२५ सम्ममा बालमैत्री प्रदेश वनाउने तयारी थालिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय र सिविन नेपालले विराटनगरमा गरेको नेपालको तहगत संरचनामा बाल संरक्षणको सवालमा प्रादेशिक छलफल कार्यक्रममा सन २०२५ सम्ममा प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्नका लागि तयारी थाल्ने निर्णय भएको हो ।


प्रदेश १ मा विपद् व्यवस्थापनका काम प्रभावकारी

विराटनगर -प्रदेश नं १ मा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन भइरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा सरोकारावालाले विपद् ब्यवस्थापनको काम प्रभावकारी ढंगले अगाडि बढेको बताउनुभयो ।


विपद् व्यवस्थापनमा प्रभावकारी काम हुनेछ : मुख्यमन्त्री राई

विराटनगर, १२ पुस - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आयोजित कार्यक्रममा उहाँले विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको चर्चा गर्नुभयो ।


दाइजोविरुद्ध मुस्लिम महिलाको अभियान

विराटनगनर, ११ पुस - ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ नारासहित मुुस्लिम समुुदायका महिलाले आज विराटनगरमा दाइजोविरुद्ध र्‍याली निकालेका छन् । इस्लामी सङ्घ नेपालको आयोजनामा दाइजो विरुद्धको १० दिने देशव्यापी अभियानअन्तर्गत निकालिएकोर्‍यालीनगरका मुख्य मुख्य भागको परिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो ।


प्रदेश १ : पाइलट प्रोजेक्ट तयार पार्दै सरकार

विराटनगर- प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो इ–एजुकेसनको ुपाइलट प्रोजेक्ट तयारीमा जुटेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा तत्कालका लागि १०० विद्यालयमा इ–एजुकेसन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।


स्थानीय निकायमा बारुणयन्त्र नहुँदा यसरी गुम्दैछ दर्जनौ मानिसको ज्यान

मोरङ - घटना १ – मोरङको उर्लाबारी नगरपालिका–७ मा सोमबार साँझ आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भयो ।


परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय छ - मुख्यमन्त्री राई

विराटनगर, ५ पुस - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।


स्थानीय निकायमा ‘बर्थिङ सेन्टर’

विराटनगर - मोरङका स्थानीय तहले बर्थिङ सेन्टर ९प्रसूति सेवा० सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् ।


गाउँपालिकाको करविरुद्ध ब्यापार संघ उच्च अदालतमा

विराटनगर -मोरङको बुढीगंगा गाउँपालिकाले लगाएको करविरुद्ध मोरङ व्यापार संघले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । बुढीगंगा गाउँपालिकाले आफ्नो गाउँपालिकामा भएका उद्योगहरुलाई विभिन्न शीर्षकमा कर लगाएको थियो ।


किर्ते नागरिकता प्रकरण : वडा सचिव धरौटीमा रिहा

विराटनगर- किर्ते नागरिकता प्रकरणमा विराटनगर महानगरपालिका १ की वडासचिव पुष्पा तिम्सिना एकलाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको आदेशले वडासचिव तिम्सिनालाई छुट्टाछुट्टै चार मुद्दामा मुलकी फौजदारी कार्यविधि (संहिता ) ऐन २०७४ को दफा ६८ बमोजिम धरौटीमा रिहा गरिएको हो ।


प्रदेश एकमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी : महिला मन्त्री थपिने संकेत

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको संख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राख्ने बताउनुभयएको छ । मन्त्रिपरिषदमा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिनुभएको छ ।


नाम र राजधानीको विषयमा उच्च तहमा टुंगो लागिसक्यो : मुख्यमन्त्री राई

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानीको विषयमा उच्च तहमा टुंगो लागिसकेको बताउनुभएको छ । संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले नाम र राजधानीको विषय प्रदेशसभाबाट चाँडै अनुमोदन हुने जानकारी गराउनुभयो ।


प्रधानमन्त्रीलाई भेट्न किन सिंहदवार गए मोरङका जनप्रतिनिधिहरु ?

काठमाडौं, १७ मंसिर– मोरङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् । मोरङ ओलीको निर्वाचन क्षेत्रसँग जोडिएको जिल्ला हो ।


प्रदेश नम्वर १ : पर्यटन विकासका लागि हिमाली उडान

विराटनगर, ८ मङसिर - प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रूपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गर्नुभएको छ ।


विश्व बैंक प्रदेश सरकारसँग सहकार्य गर्न तयार

विराटनगर – विश्व बैंक प्रदेश सरकारसँग सहकार्य गर्न तयार भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच भएको छलफलका क्रममा विश्व बैंक तयार भएको हो ।


स्थानीय तहमा लगाइएको कर बढी भयो भनेर गनगन नगर्नुस : संघीय मन्त्री पण्डित

विराटनगर, ७ मंसिर -संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहले लिएको करमा अन्याय परेको बुँदा लिएर आए परिमार्जन गरी समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । ‘ कर तिर्नु पर्यो भनेर गनगन गर्नुभन्दा अन्याय कहाँ परेको छ’ मन्त्री पण्डितले भन्नुभयो, ‘त्यो बुँदा लिएर आए परिमार्जन गर्न तयार छौं ।


जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न निर्देशन दिनुभएको छ । जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशन दिनुभएको हो ।


स्थानीय तहको टिकट वितरणमा गल्ती भयो : सभापति देउवा

विराटनगर, ६ मंसिर-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको टिकट वितरणमा गल्ती भएको भन्दै गल्तीबाट पाठ सिक्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार आयोजित नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रममा बोल्दै देउवाले जिल्ला समितिबाटै स्थानीय तहका उम्मेदवार तय गर्ने भनिएको भए पनि पछि दबाब पर्दा समस्या भएको स्पष्ट पार्नुभयो ।


पर्यटकीय गन्तव्य धरान उपमहानगरपालिकामा बाँदर आतंक

धरान, ५ मंसिर-धरान उपमहानगरपालिकामा बाँदर आतंक बढको छ । नगरबस्तीमा हुलका हुल बाँदर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीको सामान नष्ट गरिने समस्याले आक्रान्त छन् ।


चिकित्सकको सल्लाहमै उपचारका लागि बैंकक गए : मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफु चिकित्सकहको सल्लाहमै उपचारका लागि बैंकक हुँदै अमेरिका गएको प्रष्टिकरण दिएका छन् । मुख्यमन्त्री राइले आफ्नो विदेशमा भएको उपचारको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भैरहेको भन्दै त्यस्तो कुरामा सत्यता नरहेको प्रष्टीकरण दिएका हुन् ।


विराटनगरको विकासबारे प्रदेश प्रमुखको चासो

विराटनगर, ३० कात्तिक - प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहिबार प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिनुभएको हो ।


मेयर पराजुलीको छठ: ३ किलोमिटर घस्रेर नदि पुग्दै

विराटनगर– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले घस्रेर नदि पुग्दै छठ ब्रतलाई निरन्तरता दिने हुनुभएको छ । पराजुलीका प्रेस संयोजक कौशल निरौलाका अनुसार पराजुलीले विधिपूर्वक छठ मनाउनुहुनेछ ।


सांस्कृतिक महोत्सव

विराटनगर, २४ कातिक- प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ । कातिक २८ गते विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको प्राङ्गणमा आयोजना हुने सो महोत्सवका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा अवगत गराइएको थियो ।


विवादमा जनप्रतिनिधी - किर्ते कसुरमा वडाअध्यक्ष विरुद्ध मुद्धा

कात्तीक २४ काठमाडौं – स्थानीय तहमा लामो समयपछि निर्वाचित जनप्रतिनिधी आएपछि जनताले विकास, समृद्धि र सुशासनको पत्याभूती गर्न पाउने आश गरेका थिए । तर, केही जनप्रतिनिधीवाटै प्रचलित कानुन विपरित काम हुन थालेपछि भने जनतामा निराशा समेत वढ्न थालेको छ ।


भारतीय नागरिकलाई नेपाली नागरिकता : विराटनगर महानगर -१ का वडा अध्यक्ष फरार

विराटनगर, १८ कार्तिक । एक बर्षको अवधीमा २ जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको रहस्य खुलेपछि विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव (नानीबाबु) अर्याल फरार भएका छन् ।


नगरपालिकाद्वारा प्राविधिक शिक्षाका लागि प्रतिष्ठानलाई पाँच लाख

उर्लाबारी, १५ कात्तिक - मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप पाँच लाख उपलब्ध गराएको छ । नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भुवनकुमार धिमालबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


मिक्लाजुङको ८ नम्बर वडा कार्यालयद्वारा सडक बत्ती जडान

मोरङ– मिक्लाजुङको ८ नम्बर वडा कार्यालयले सडक बत्ती जडान गरेको छ । वडा नं. ८ को मावा तोरीबारीमा वडा कार्यालयको सहयोगमा सडक बत्ती जडान गरिएको हो ।


पथरी शनिश्चरे नगरपालिकाले सरकारलाई बुझायो ५ बुँदे ज्ञापनपत्र

मोरङ, ६ कार्तिक । पथरी शनिश्चरे नगरपालिका कार्यालयले बसोवासको समस्या समाधान सहितका ५ बुँदे ज्ञापनपत्र सरकारमा बुझाएको भएको छ ।


प्रदेश नं १ तीन लाख राजश्व सङ्कलन

विराटनगर, ५ कात्तिक । प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट तीन लाख एक हजार रुपैँयाँ राजश्व सङ्कलन गरिएको छ ।


मुख्यमन्त्री राई द्धरा शुभकामना व्यक्त

प्रदेश नं १,विराटनगर, २ कात्तिक - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ ।


विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर, १५ असोज । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ ।


प्रदेश १ को राजधानी र नामकरणको बिषय पेचिलो बन्दै

विराटनगर, १४ असोज । प्रदेश १ को राजधानी र नामकरणको बिषय पेचिलो बन्दै गएको छ ।


सिंगो बिद्यालयमा पाँच जना शिक्षक २६ बिद्यार्थी बेलबारी

बेलबारी, १० । नजिकैको एउटा निजि बिद्यालयमा कक्षा कोठा भरी बिद्यार्थी खचाखच थिए ।


प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन

विराटनगर, ६ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् ।


प्रदेश सभामा प्रदेश नं. १ को संरचना

प्रदेश सभामा प्रदेश नं. १ । सदस्य संख्या त्रिआनब्बे जना रहेका छन् ।


सडक सुशासन अभियान सञ्चालन

विराटनगर, २८ भदौ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं १ स्थित ६ जिल्लामा सडक सुशासन अभियान लागू गर्ने भएको छ ।


प्रदेश व्यवस्थापन विधेयक पारित

विराटनगर, २७ भदौ । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।


स्थानीय निकायलाई १७ करोड वितरण

विराटनगर, २४ भदौ । जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ ।


एक नं प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मोरङ, १५ भदौ । एक नं प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।


लामखुट्टे मार्न विषादी छर्कदै उर्लाबारी नगरपालिका

उर्लाबारी, ६ भदौ । उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्न नगरका सबै वडामा विषादी छर्कन शुरु गरेको छ ।