समाचार

प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

२०७८ जेठ ३० आइतवार, म्याग्दी (गण्डकी प्रदेश)प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो ।


म्याग्दीको सदरमुकाममा बाढीले क्षति, बस्ती सहित कार्यालयका भवन जोखिममा

२०७८ जेठ २९ शनिवार, बेनी नगरपालिका (म्याग्दी)म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ । शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ ।


मङ्गला गाउँपालिकाको झ्याप्रेखोला सिँचाइ आयोजनाको नहर निर्माण

२०७८ जेठ २४ सोमवार, मङ्गला गाउँपालिका (म्याग्दी)म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरु भएको थियो ।


निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

२०७८ जेठ १७ सोमबार, बेनी नगरपालिका (म्याग्दी)स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।


खाम्लामा नमूना कृषि गाउँ कार्यक्रम

२०७८ जेठ १४ शुक्रबार, धवलागिरि गाउँपालिका (म्याग्दी)विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन शुरु गरेको हो ।


चरन क्षेत्र बन्दै विद्यालय, हेरालु बने विद्यार्थी

२०७८ जेठ६बिहीवार, बेनी नगरपालिका (म्याग्दी)नयाँ भेरियन्टसहितको कोभिड–१९को दोस्रो लहरको सङ्क्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने ठाउँ गाई, भैँसी, बाख्रा र कुखुराको चरन क्षेत्रमा परिणत भएका छन् ।


कोरोनाको पीडा : बिरानो वन्दै आफ्नै गाउँ टोल

२०७८ जेठ ३ सोमबार, बेनी नगरपालिका (म्याग्दी)म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।


बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

२०७८ जेठ २ आईतबार, रघुगङ्गा गाउँपालिका (म्याग्दी)म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो ।


म्याग्दीका स्थानीय तह : निषेधाज्ञामा पनि विकास निर्माण जारी

२०७८ बैशाख २९ बुधबार, अन्नपूर्ण गाउँपालिका (म्याग्दी)नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् ।


मालिका गाउँपालिकाद्वारा २० शय्याको आइसोलेसन वार्ड निमार्ण

२०७८ बैशाख २५ शनिबार, मालिका गाउँपालिका (म्याग्दी)म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिनुभयो ।


बेनी नगरपालिकाका युवा विकास निर्माणमा सक्रिय

२०७८ बैशाख २४ शुक्रबार, बेनी नगरपालिका (म्याग्दी)विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् । वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् ।


धवलागिरी गाउँपालिकाको मुना : विकासको बाधक बन्यो घुम्ती गोठ

२०७८ बैशाख २२ बुधबार, धवलागिरी गाउँपालिका (म्याग्दी)दक्षिण–पूर्व लमतन्नै पसारिएको भिरालो पाखो । वर्षौ पहिले त्यही पाखोलाई सम्याएर बनाइएका बारीका ठूल्ठूला गह्रा ।


वस्ती संरक्षणका लागि म्याग्दी नदीमा ग्यावियन पर्खाल

२०७८ बैशाख १८ शनिबार, बेनी नगरपालिका (म्याग्दी)म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउन नदीजन्य वस्तुको स्थानान्तरण गरी नदी किनारामा ग्यावियन जाली भरेर पर्खाल लगाइएको छ । बगरफाँट क्षेत्रको रातढुङ्गाबाट पलाँसेसम्मको क्षेत्र नदी कटानका कारण उच्च जोखिममा परेको थियो ।


मल्कवाङमा वडा कार्यालय भवन निर्माण

२०७८ बैशाख १७ शुक्रबार, धवलागिरि गाउँपालिका(म्याग्दी) म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले उपभोक्ता समितिमार्फत दुईतले भवन निर्माण गरेको हो ।


म्याग्दीको ११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो

२०७७ चैत ३० सोमबार, मङ्गला गाउँपालिका(म्याग्दी)म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ ।


बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

२०७७ चैत ३० सोमबार, बेनी नगरपालिका(म्याग्दी)म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो ।


ज्यामरुककोटमा केरा र तरकारी खेती

२०७७ चैत २६ बिहीबार, बेनी नगरपालिका(म्याग्दी)म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।


नापी कार्यालयको सुविधासम्पन्न भवन प्रयोगविहीन

२०७७ चैत २१ शनिबार, बेनी नगरपालिका(म्याग्दी)बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो ।


‘बेनीको बजार,जता मायाँ उतै छ नजर.....’ का सर्जक श्रेष्ठको निधन

२०७७ चैत १३ शुक्रबार, बेनी नगरपालिका(म्याग्दी)म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आउनुभएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।


सडक पुगेपछि फेरियो चिमखोला र कुइनेमङ्गलेको परिचय

२०७७ चैत ९ सोमबार, रघुगङ्गा गाउँपालिका(म्याग्दी)यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ ।


‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

चैत ८ आइतबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो ।


मिस्ट्रीखोलाको उत्पादन यसै हप्तादेखि

२०७७ चैत १ आइतबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो ।


अझै सुनसान छ घोडेपानी–पुनहिल

२०७७ फाल्गुण २९ शनिबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् ।


पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल

२०७७ फाल्गुण २७ बिहीबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो ।


जङ्गलमै पुरिए म्याग्दीका तामाखानी

२०७७ फाल्गुण २६ बुधबार, बेनी नगरपालिका(म्याग्दी)म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।


शिख माविमा छात्रावास भवन निर्माण

२०७७ फाल्गुण २५ मंगलबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो ।


वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

२०७७ फाल्गुण २१ शुक्रबार, धवलागिरि गाउँपालिका(म्याग्दी)झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गर्नुभएका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।


दुर्गम बस्ती जोड्ने सडक निर्माणपछि बाजागाजासहित खुशीयाली

२०७७ फाल्गुण १८ मंगलबार, रघुगङ्गा गाउँपालिका(म्याग्दी)म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक निर्माणले पूर्णता पाएको थियो ।


घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु

२०७७ फाल्गुण ९ आइतबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गर्नुभयो ।


म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु

वि.सं २०७७ फाल्गुण ६ बिहीबार, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।


अझै भाडाका घरमा अधिकांश गाउँका ‘सिंहदरबार’

माघ १२, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका लागि राज्यकोषबाट वार्षिक करोडौं रकम खर्च भइरहेको छ ।


म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनःनिर्माण

माघ ७, रघुगङ्गा गाउँपालिका(म्याग्दी)म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६०२ जनाले आवास पुनःनिर्माण गरेका हुन् ।


घरवासको आकर्षण कोदोको ‘सेलरोटी’

पौष २९, बेनी नगरपालिका(म्याग्दी)अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ ।


ताकममा अस्पताल र वडा कार्यालय भवन शिलान्यास

पौष २३, धवलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा एकैसाथ अस्पताल र वडा कार्यालय भवनको शिलान्यास भएको छ । पाँच शय्या क्षमताको अस्पताल भवनको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बुधबार एक समारोहबीच शिलान्यास गर्नुभयो ।


मतदानबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

पौष १६, रघुगङ्गा गाउँपालिका(म्याग्दी)म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।


गाउँपालिकामै पहिलोपटक डाक्टर पुगे

पौष १३, धौलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो ।


गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

पौष ८,धवलागिरि गाउँपालिका(म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो ।


खुलामञ्च स्तरोन्नति अलपत्र

पौष ४,बेनी नगरपालिका(म्याग्दी)बजेटले निरन्तरता नपाएपछि बेनीको खुलामञ्च विस्तार र स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।


सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

मङ्सिर २८, बेनी नगरपािलका(म्याग्दी)हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।


अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

मङ्सिर २१, अन्नपूर्ण गाउँपालिका(म्याग्दी)म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसिएसन ९टान० का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।


बेनी–अर्थुङ्गे सडक स्तरोन्नति शुरु

मङ्सिर १३, बेनी नगरपालिका(म्याग्दी)कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नति आयोजना शुरु भएको छ । आँपरुखदेखि अर्थुङ्गेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदूर र निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको थियो ।


लक्ष्यअनुसार सबस्टेशन बनेन

मङ्सिर ३, मालिका गाउँपालिका(म्याग्दी) म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ ।


स्वास्थ्य एकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो

मङ्सिर २, धवलागिरि गाउँपालिका(म्याग्दी) म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।


स्थानीय सरकाको सहयोगमा तीनवटा बस्तीमा बिजुली वल्यो

कार्तिक २७, रघुगङ्गा गाउँपालिका(म्याग्दी)रघुगङ्गा गाउँपालिका–६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो ।


प्रदेश सरकारको सहयोगमा दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

धवलागिरि गाउँपालिका(म्याग्दी) विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


बाबियाचौरमा उद्यान निर्माण

कार्तिक १३, मङ्गला गाउँपालिका(म्याग्दी) म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको रु. ५० लाख बढीको लगानीमा सो उद्यान निर्माण भएको हो ।


मालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस

कार्तिक ९, मालिका गाउँपालिका(म्याग्दी) म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो ।


बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

कार्तिक ५, मालिका गाउँपालिका(म्याग्दी) म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन गरिएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो ।


पहिरोपीडितलाई रु चार लाख २१ हजार सहयोग

असोज २५, धवलागिरि गाउँपालिका (म्याग्दी)म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई रु चार लाख बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी रु चार लाख २१ हजार १९० सहयोग गरेका हुन् ।


रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

असोज २३, रघुगङ्गा गाउँपालिका (म्याग्दी)म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


चार महिनादेखि सडक सम्पर्क बिच्छेद

असोज २२, बेनी नगरपालिका (म्याग्दी)म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो ।


स्वास्थ्य चौकीमा पूर्वाधार अभावमा सेवा प्रभावित

असोज ११, रघुगङ्गा गाउँपालिका–८ (म्याग्दी)म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेकी रिया छन्त्याललाई बिरामी भएर स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या खुलेर बताउन असहज लाग्छ । बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सो वडाका अन्य नागरिक पनि छन्त्यालको जस्तै समस्या झेल्न बाध्य छन् ।


प्रकृतिमाथि प्रविधिको प्रहार : सङ्कटमा ग्रामीण क्षेत्र

भदौ २०, काठमाडौँ - वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै गएको छ । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक, चुनावी प्रतिबद्धता तथा स्थानीयको मागका आधारमा सडक विस्तार भइरहेको छ ।


बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या

भदौ ८ , म्याग्दी - रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ ।


११० घरमा खरको हटाएर जस्ताको छाना

भदौ ५, म्याग्दी - बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ । बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन् ।


तमाने र खबरामा सलहले बाली नष्ट

साउन २५, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।


बेनीबजार जोखिममा

साउन २५, म्याग्दी - उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो ।


धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँ मानवविहीन

साउन २२, म्याग्दी - पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई मानवविहीन बनाएको छ । गाउँमाथिको माख्लाको भिरबाट खसेको पहिरोको जोखिमका कारण कल्लेनीका बासिन्दाले गाउँ छाडेका हुन् ।


म्याग्दीमा पहिरो पीडित परिवारको बिचल्ली

श्रावन, १२ म्याग्दी – धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो ।


पहिरोले बगायो रुप्सेको सौन्दर्य

साउन १०, गलेश्वर - मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ ।


आलेख : रामायण पार्क निर्माणमा ढिलाइसँगै स्थानीयवासीमा चिन्ता

जेठ २८ , बेनी नगरपालिका ( म्याग्दी) - पाँचवर्षअघि म्याग्दी जिल्लाको बेनी नगरपालिकाले एउटा महत्वपूर्ण एवं स्थानीय सरकारका लागि महत्वकाङ्क्षी हुनसक्ने एक योजनाका बारेमा व्यापक छलफल थाल्यो । त्यो आयोजना बेनी नगरपालिकामा रामायण पार्क निर्माण गर्ने विषयमा थियो ।


मालिकाले बाड्यो ३६ लाखको राहत

जेठ २८,मालिका गाउँपालिका (म्याग्दी) - म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ । सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो ।


“सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”

बैशाख ०३, काठमाडौं - कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो ।


म्याग्दीमा र्‍यापिड टेष्ट सुरु, ३३ को कोरोना रिपोर्ट नेगेटिभ

चैत ३०,बेनी- म्याग्दीमा विदेशबाट आएकालाई कोरोना भाइरसको द्रूत परीक्षण (र्‍यापीड टेष्ट) गर्न थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार बेनी नगरपालिकाका ३३ जनाको कोरोना परीक्षण गरेको थियो ।