समाचार

झापाका १५ वटै स्थानीय तह समृद्ध बन्दै

माघ ८, बाह्रदशी गाउँपालिका(झापा)तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् ।


दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

पौष २५,शिवसतासी नगरपालिका(झापा)पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।


जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्की घर

पौष २३,दमक नगरपालिका(झापा)झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गर्नुभएको हो ।


जनताको मन जित्दै झापा गाउँपालिका

पौष २२, झापा गाउँपालिका(झापा)झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् ।


कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती शुरु

पौष १५, झापा गाउँपालिका(झापा)पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रर्साइं मिलेर प्याज खेती शुरु गरेका हुन् ।


सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

पौष १३, गौरीगञ्ज गाउँपालिका(झापा)नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।


पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

मङ्सिर २२,विर्तामोड नगरपालिका(झापा)झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो ।


पूर्वगाविस अध्यक्ष काशीनाथ सरको निधन

मङ्सिर १,दमक नगरपालिका(झापा)मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष मनोहर जनता मावीका पुर्व शिक्षक काशीनाथ पौडेलको आज काठमाण्डौको टिचीङ हष्पीटलमा निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो निधन भएको हो ।


प्राङ्गारिक कृषि उत्पादनमा अग्रसर गराउँदै स्थानीय सरकार

कार्तिक २६,विर्तामोड नगरपालिका(झापा) पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा पनि अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ ।


झापामा कोेरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए

कार्तिक २१, विर्तामोड नगरपालिका(झापा)कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।


अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन

कार्तिक १३, झापा - संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गर्नुभएको थियो ।


गाँउपालिकाका अध्यक्ष द्धारा श्रद्धाञ्जलि व्यक्त

कार्तिक ११, कमल गाउँपालिका(झापा) नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उहाँकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

कार्तिक १ , काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको छ ।


कोरोना कहरमै झापामा विकासको लहर

असोज २८ , झापा - कोभिड –१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाई भने खासै प्रभाव परेको छैन । कोरोना कहरकैबीच पनि झापाका १५ ओटा पालिकामा सञ्चालित विकासका योजनामा धमाधम काम भइरहेको छ ।


प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा

असोज १५, मेचीनगर नगरपालिका (झापा)झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।


छानो फेर्न एक अर्ब ३६ करोड !

भदौ ३१, क्षेत्र नम्बर ५ (झापा) - क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो ।


रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु

भदौ ३०, गौरादह नगरपालिका (झपा)वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए ।


अर्थ र सञ्चारमन्त्री डा खतिवडाबाट राजीनामाः मन्त्रालयको कार्यभार प्रम ओलीलाई

भदौ १९, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएकोछ । मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ ।


दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो

भदौ ७ , झापा - सङ्क्रमण तीव्र फैलिँदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।


मेची आम्दा अस्पताल सिल

साउन २९, झापा – मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ ।


नेकपा विवाद : बढ्दै दाहालमाथि दबाब

साउन १८, काठमाडौँ — एक महिनादेखि नेकपामा जारी शक्तिसंघर्ष लम्बिदै जाँदा अध्यक्ष पुष्पकमल दाहालमाथि दबाब बढ्दै गएको छ । विकसित घटनाक्रम र बदलिँदो समीकरणले अर्का अध्यक्ष ओलीसँग सिधा–सिधा टकराव गरेका दाहालमाथि दबाब बढ्न थालेको हो ।


झापाको अर्जुधारामा आजदेखि पाँच दिन लकडाउन

साउन १८,झापा – अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।


बाढीको कारण सयौं बिघा जमिन बगरमा परिणत : झापा गाउँपालिका

श्रावन, १२ झापा – कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका– ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए ।


अर्जुनधाराका ५३ कृषकलाई कुटी काट्ने मेसिन

श्रावण ७, झापा - झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ । नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो ।


नेकपा विवाद के हुँदैछ ?

पार्टीभित्रको विवाद समाधानका लागि दाहाल खुमलटार , बालुवाटार , कोटेश्वरका भेटघाट र दौडधुपमा व्यस्त हुन्छन् । तर ओलीसँग अलिकति सहमतिको संकेत मिल्नेबित्तिकै झस्किने नेपाल समूह र नेता नेपालको नामसमेत सुन्न नचाहने ओलीका बीचमा तालमेल मिलाउन नसक्दा कहिले यता र कहिले उता ढल्किरहेका छन् ।


साइकल चढ्छन् प्रमुख

श्रावण २,कनकाई नगरपालिका (झापा)- मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गर्नुभयो ।


‘एकका लागि एक अभियान’बाट एक करोड २० लाख उठ्यो

असार २०, झापा - ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ र उखानका रूपमा प्रचलित छन् ।


कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी

आषाढ २३, कन्काई नगरपालिका (झापा) - झापा कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो ।


खरबुजा फलाएर एउटै टोलले कमायो रु ५० लाख

जेष्ठ ३२,मेचीनगर नगरपालिका (झापा) - झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।


संविधान संशोधनमा साना दलको समर्थन

जेष्ठ ३१,काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भन्नुभयो ।


सूचना तथा सञ्चार : लोककल्याणकारी विज्ञापन वापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशतले वृद्धि

जेठ २७,काठमाडौँ - आम सञ्चार क्षेत्रको गुणस्तरीय एवं सर्वसुलभ पहुँचको लागि आमसञ्चार ऐन तर्जुमा गरिनेछ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण सम्पन्न गरी सार्वजनिक सेवा प्रसारण संस्थाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ ।


आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका उद्देश्य तथा प्राथामिकता

जेठ १७,काठमाडौँ - नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकताहरू शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा गुणात्मक सुधार गर्ने, उपलब्ध स्रोतसाधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्याय सहितको द्रुत आर्थिक विकास गर्ने, र आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण हुँदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने । बजेटका उद्देश्यहरू हासिल गर्न मैले देहाय नुसार नीतिगत, कार्यक्रमगत र प्रक्रियागत प्राथमिकताता निर्धारण गरेको छु ।


आज सङ्घीय संसद्मा बजेट प्रस्तुत हुँदै

जेठ १५, काठमाडौँ - नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ  । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ  ।


सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

जेठ १२,काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।


अस्थायी सुरक्षा पोस्टमा भारतीय समूहको आक्रमण

प्रहरी खाना खान गएको मौका छोपेर आएका सयभन्दा बढी भारतीयले पोस्ट भत्काइदिएका छन् जेठ ४, काँकडभिट्टा — झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएको छ । शनिबार बेलुकी ८ बजेतिर आएका सय जनाजतिले पोस्ट भत्काएका हुन् ।


बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश : प्रधानमन्त्री ओली

बैशाख २५, काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीनै बुद्धको जन्मस्थल रहेको बताएका छन् । २५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शनले विश्व शान्तिमा पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका छन् ।


‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार’

बैशाख २१,काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ । प्रवक्ता डा ।


परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री

 वैशाख १९,काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गर्नुभएको छ ।


अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको सहुलियत पर्याप्त छ ?

वैशाख १९,काठमाडौं - उद्योग-व्यवसायहरु यतिबेला समस्यामा छन् । स्वास्थ्य क्षेत्र बाहेकका अधिकांश व्यवसायहरु पूर्णरुपमा बन्द भएका बेला नेपाल राष्ट्र बैंकले दोस्रो प्याकेज मंगलबार घोषणा गरेको छ ।


अध्यादेश प्रकरणका पाँच सवाल: टिप्पणीे

‘यति बलियो सरकार प्रमुखले अर्काको पार्टी फुटाउन गरेको व्यवहार नैतिकताविपरीत मात्रै होइन, घृणित पनि छ’ वैशाख १३,काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एकदमै आवश्यक र समय–सान्दर्भिक दाबी गर्दै दुई अध्यादेश जारी गरेको सय घण्टा पनि बित्न नपाउँदै फिर्ता लिनुपरेपछि यो अध्याय तत्कालका लागि स्थगित भएको छ । तर अध्यादेश प्रकरणले राजनीतिक दाउपेचका थुप्रै विगत सम्झाउँदै भविष्यका लागि पनि केही सवाल छाडेको छ ।


आवश्यक परे नेकपा फुटाउन प्रधानमन्त्रीले ल्याए नयाँ अध्यादेश

बैशाख ८, काठमाडौं - आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन् । उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन् ।


युएईमा कोरोना संक्रमित नेपाली भन्छन्– अब त बाँचियो

वैशाख ७,युएई- झापा मेचीनगर नगरपालिका १३ घर भई १५ वर्षदेखि युएईमा कार्यरत एक युवक आबुधाबीमा कोरोना भाइरससँग जुधिरहेका छन् । यस्तै काठमाडौं थानकोट घर भई ४ वर्षदेखि आबुधाबीमा कार्यरत युवती सेल्फ क्वारेन्टाइमा रहेर कोरोनाविरुद्ध लडाइँमा छिन् ।


‘जीवनरक्षा पहिलो प्राथमिकता’ : प्रधानमन्त्री

वैशाख ७,काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गोरखापत्रसहित राज्यको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरूसँँगको विशेष अन्तर्वार्तामा सो कुरा स्पष्ट गर्नुभएको हो ।


कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

वैशाख ३, काठमाडौँ - नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ ।


झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई अब पक्की घर

भक्तपुर, ९ फागुन - पक्की घर (झापा गाउँपालिका) झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ । सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए ।