समाचार

प्रतापपुरमा बन्ने भयो १७ सय मिटर तटबन्ध

भक्तपुर २२ मङ्सिर- भौतिक पुर्वधार (मनहरी गाउँपालिका)प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले मनहरी गाउँपालिका ६ स्थित प्रतापपुरमा निर्माण थालिएको तटबन्धनको शिलान्यास गरेका छन । शनिबार बिहान आयोजित शिलान्यास समारोहमा बोल्दै खतिवडाले निकै सकसपूर्ण संघर्षपछि प्राप्त भएको बजेटको दुरुपयोग हुन नदिनका लागि समुदायका अगुवालाई आग्रह गरे ।


प्रसारण लाइनविरुद्ध स्थानीयको विरोध

मंसिर १७, (हेटौंडा उपमहानगरपालिका) –आफूहरूलाई सुकुम्बासी बनाउने गरी मकवानपुरको हेटौंडादेखि नुवाकोटको बेलकोटगढी नगरपालिकाको सव–स्टेसनसम्म जोड्ने गरी प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । उनीहरूले सव–स्टेसन निर्माणका लागि बनाइएको रेखांकनप्रति असन्तुष्टि जनाउँदै तत्काल यस विषयमा गम्भीर हुन सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन्  ।


मकवानपुरः कार्यालय भवन बनाउँदै स्थानीय तह

हेटौँडा, ३० असोज – मकवानपुरका स्थानीय तहले कार्यालय सञ्चालनका लागि भवन निर्माण कार्यलाई तीव्रता दिएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसके पनि धेरै गाउँपालिकाले भवन अभावका कारण भाडामा बसेर नै सेवा प्रवाह गरिरहेका थिए ।


कृषि क्रान्तिमा प्रदेश ३, कृषि पर्यटनमा जोड

हेटौंडा, १८ असोज -प्रदेश ३ सरकारले कृषिमा आत्मनिर्भर बन्ने भन्दै कृषि क्रान्ति गर्ने बताउँदै आएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषिमा आत्मनिर्भर बन्ने दाबी गर्दै प्रदेश ३ मा कृषि क्रान्ति हुने बताउँदै आउनुभएको छ ।


हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र : सहयोग गर्ने प्रदेश सरकारको प्रतिवद्धता

प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको आकर्षण वढ्दै गएको छ । बैदेसिक रोजगारी समस्या वढदै गएको बेला युवाहरुलाइ स्वदेशमा नै आकर्षण गर्न सो कृषि केन्द्रको थालनी गरिएको हो ।


उपमहानगरपालिकाको चरम लापरबाहीः बालभिटा, झुल र कन्डम गोदाममै सड्यो, नष्ट गर्ने तयारी

हेटौँडा, भदौ २९  । हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्य केन्द्रमार्फत सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने बालभिटा, कन्डम र झुल गोदाममै थन्क्याएर सडाएको छ  ।


क्रसर सञ्चालन गर्न मकवानपुरका स्थानीय तह एकमत

हेटौंडा, भाद्र २८-मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले क्रसर सञ्चालन गर्न एक मत देखिएका छन्  । जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार बसेको समन्वय बैठकमा उनीहरूले क्रसर सञ्चालन नहुँदा विकास निर्माणका काममा असर परेकाले नियमसंगत ढंगले क्रसर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्  ।


मुख्यमन्त्री पौडेल र जर्मन राजदूत सेफरबीच भेटवार्ता

हेटौडा, २० भदौ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ  । बिहीबार मुख्यमन्त्री पौडेल र राजदूत सेफरबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो  ।


मनकारी वडाध्यक्ष : आफ्नो भत्ता स्कुललाई हस्तान्तरण

भक्तपुर, १७ भदौ – स्थानीय तहका जनप्रतिनिधिले बढी सरकारी सेवा, सुविधा लिएको चर्चा भइरहेको बेला मकवानपुरको राक्सिराङ गाउँपालिकाका वडाध्यक्षले भने आफ्नो ६ महिनाको भत्ता सामाजिक काममा खर्च गर्नुभएको छ । राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले आफ्नो ६ महिना भत्ताबापतको एक लाख २० हजार रुपैयाँ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्रावास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनमा हस्तान्तरण गर्नुभएको हो ।


राक्सिराङ गाउँपालिका : विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

हेटौँडा, १३ भदौ -सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।


मकवानपुरगढी गाउँपालिकाद्वारा पाँच करोड खर्च

हेटौँडा, १ भदौ -प्रदेश नं ३ सरकारमार्फतगत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश सरकारले मकवानपुरगढी गाउँपालिकालाई पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो ।


सङ्घीय सरकारले स्थानीय तहमा पठाएको खर्च नभएको रकम फिर्ता

हेटौडा, ३२ साउन -सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको रु एक अर्ब ३८ करोड ४४ लाख फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको रु १४ अर्ब १४ करोड ९१ लाखमध्ये रु १२ अर्ब ७६ करोड ४६ लाख मात्र खर्च भएको कारण बाँकी रकम फिर्ता भएकोे हो ।


प्रदेश ३ सरकारद्वारा ३ अर्ब ५० करोड सडक पूर्वाधार निमार्णमा खर्च

हेटौंडा, ३१ साउन -देश नयाँ संरचनामा गएपछि वनेका प्रदेश सरकारले विनियोजन गरेको बजेट पर्याप्त रुपमा खर्च गर्न नसकेको बिषय उठान भइरहेको वेला देशको राजधानी समेत रहेको प्रदेश ३ सरकारले भने पूर्वाधार क्षेत्रमा आएको कूल बजेटको आधा भन्दावढी रकम खर्च गरेको छ । प्रदेश ३ सरकारले गत आर्थिक वर्षमा पूर्वाधार क्षेत्रका लागि विनियोजित बजेट मध्ये करिव ५७ प्रतिशत खर्च गरेको हो ।


प्रदेश नम्वर ३ प्रदेश सभा : १८ महिनामा ३६ वटा कानुन निर्माण

भक्तपुर, २८ साउन - प्रदेश नम्वर ३प्रदेश सभाले १८ महिनामा ३६ वटा कानुन निर्माण गरेको छ  । २०७४ पुसमा गठन भएको प्रदेश सभाले ०७६ असार मसान्तसम्म प्रदेश सरकारबाट पेस भएका ४३ वटा विधेयकमध्ये ३६ प्रमाणीकरण, ५ समितिमा छलफल र २ वटा नयाँ दर्ता भएको जनाएको हो  ।


प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

भक्तपुर, २५ साउन -घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।


प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौडा, २३ साउन -प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ ।


प्रदेश नं ३ सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

भक्तपुर, २२ साउन -प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो ।


स्थानीय सरकारको पहलमा चार हजारलाई घरमै नागरिकता

हेटौडा, १९ साउन -स्थानीय तहको सहकार्यमा घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।


प्रदेश ३ सरकारद्वारा आधा मात्रै बजेट खर्च

भक्तपुर, २ साउन - प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा कूल बजेटको आधा मात्रै बजेट खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०७५र०७६ मा चालु खर्चको आधा रकम मात्र पुँजीगत खर्च गरेको हो ।


चेपाङसमुदायलाई पत्रकारिता सिकाउँदै गाउँपालिका

असार २२,मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो ।


उद्योगलाई जग्गा अभाव

असार १९,मकवानपुर - औगोगिक क्षेत्र हेटौँडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भए पनि नयाँ उद्योगका लागि जग्गाको माग बढेकाले जग्गा अभाव भएको हो ।


राक्सिराङ गाउँपालिकाको बजेट ४५ करोड : प्रत्येक वडामा हेलिप्याड

भक्तपुर, १३ -असार मकवानपुरको राक्सिराङ गाउँपालिकाले ४५ करोड ९ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगत तर्फ १७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं प्रवर्द्धनात्मक कार्यक्रमतर्फ २३ करोड ८९ लाख २९ हजार रहेको छ ।


प्रदेश ३ को बजेट पारित

काठमाडौ, १३ असार -प्रदेश नं ३ प्रदेशसभाको बिहिबार बसेको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटलाई पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।


हेटौँडा उपमहानगरपालिका : रु एक अर्ब ८१ करोड बजेट

हेटौँडा, १० असार– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उक्त बजेट उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा प्रस्तुत गरिएको हो ।


प्रदेश नं ३ को स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै

असार ६,मकवानपुर(नीती नियम)- प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै लगाउन प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।


७ प्रदेश मध्ये सबै भन्दावढी बजेट ३ नम्वर प्रदेश सरकारको आउँदै

भक्तपुर, १ असार - देशकै राजधानी समेतरहेको३ प्रदेशका लागि सरकारले कति बजेट ल्याउँदैछभन्ने सबैको चासोको विषय हुन सक्छ । देशका ७ वटै प्रदेश सरकारहरुले आज बार्षिक बजेट सार्वजनिक गर्दै गर्दा प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का आउने बजेटमा चासो वढ्नु स्वभाविकै हो ।


प्रदेश ३ समन्वय परिषद्को वैठक : विकासका लागि साझा प्रतिवद्धता व्यक्त

काठमाडौं, ३१ जेठ - प्रदेश ३ समन्वय परिषद्को वैठकले साझा प्रतिवद्धता व्यक्त गर्दै सम्पन्न भएको छ । प्रदेश ३ सरकारको अस्थायी केन्द्र हेटौंडामा बुधबारबाटमा सुरु भएको वैठकमा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नोपल नगरपालिका संघ, गाउँपालिका महासंघको सहभागिता थियो ।


मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

हेटौँडा, २० जेठ - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।


प्रदेश नम्वर तीनको नीति तथा कार्यक्रममा यस्ता छन् समावेश योजना

हेटौंडा, १९ जेठ - ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम हालै पारित गरेको छ । नीति तथा कार्यक्रममाथि व्यपक छलफलपछि प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको जवाफसँगै निर्णयार्थ पेश गरिएको कार्यक्रम पास भएको हो ।


रगत होइन, पसिना बगाऊँ मुख्यमन्त्री पौडेल

हेटौँडा, १५ जेठ - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो ।


प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन तहका सरकारबीच त्रिपक्षीय सहमति

काठमाडौं ११ जेठ- बेरोजगार युवालाई रोजगारीका अवसर उपलब्ध गराउन सञ्चालन ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सङ्घीय, ३ नं प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी भएको छ । बिहिबार एक आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाल, प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी र सम्बन्धित स्थानीय तहका पदाधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।


प्रदेश नं ३ मा मुख्यमन्त्रीद्धारा सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण शुभारम्भ

प्रदेश नं ३ को मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यको आज शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्नुहुने २६ जना मध्ये नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष माधव अधिकारी, हेटौँडा उद्योग सङ्घका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, समाजसेवी सुयस पराजुली, केशवलाल श्रेष्ठ र महिला सेवाग्राही सुरक्षा पौडेललाई स्मार्ट कार्ड वितरण गर्नुभयो ।


हेटौँडा उपमहानगरका १८६ योजना पूरा

काठमाडौं, हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा पूर्वाधार विकासमा ठूला र साना गरी ३८९ मध्ये १८६ योजना सम्पन्न गरेको छ । अन्य १६४ वटा योजना सञ्चालनमा रहेको बताइएको छ ।


अपाङ्गता भएकालाई मोबाइल तालीम

बनेपा, १४ वैशाख - सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार तथा सीपमूलक मोबाइल मर्मत तालीम काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु गरेको छ । विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले सीप सिकेर जीवनयापन सहज होस भनेर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रत्येक जिल्लाबाट पाँच/पाँच गरी २० जनालाई सो तालीम आयोजना गरिएको हो ।


प्रदेश नं ३ को कृषिमा दुई अर्ब भित्र्याउने सहमति

हेटौँडा, १२ वैशाख -प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले जानकारी दिनुभयो ।


स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

हेटौँडा, ९ वैशाख -प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

हेटौँडा, ७ वैशाख - आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन् ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

हेटौँडा, ७ वैशाख - आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन् ।


प्रदेश ३ प्रदेशसभामा पहिलो पटक शून्य समयको अभ्यास

मकवानपुर : प्रदेश ३ को प्रदेशसभामा पहिलो पटक शून्य समयको अभ्यास गरिएको छ । बुधबार दिउँसो एक बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले पहिलोपटक शून्य समयको व्यवस्था गर्नुभएको हो ।


प्रदेश नं ३ मा सुरक्षासम्बन्धी गोष्ठी शुरु

हेटौँडा, ३ वैशख -गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ ।


प्रदेश सांसदले एक करोडसम्म खर्च गर्न पाउने

हेटौँडा : प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले प्रदेश विकास आयोजना सञ्चालन गर्ने कार्यविधि २०७५ स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाको बुधवार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो कार्यविधि अनुसार प्रदेशसभाका प्रत्येक सदस्यले आआफ्नो निर्वाचन क्षेत्रमा जनताद्वारा माग गरिएको योजनामा एक करोडसम्म खर्च गर्न पाउने गरी अधिकार प्रत्योजन गरिएको जानकारी दिए ।


वडा अध्यक्षले गराए आफ्नै खर्चमा मोटर बाटो निर्माण

हेटौंडा ,२१ चैत – मनहरी गाउँपालिकाका एक वडा अध्यक्षले निर्वाचनको क्रममा जनता संग गरेको बाचा पूरा गर्न आफ्नै खर्चमा मोटर बाटो निर्माण गराउनुभएको छ । वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनालले कृष्णमन्दिरदेखि भोर्ले टाँडी जोड्ने दुई किलोमिटर तथा वडा कै वर्ताझुल्यानदेखि तरुनीधारासम्मको एक किलोमिटर बाटो आफ्नै खर्चमा निर्माण गरेको स्थानीय सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिनुभयो ।


प्रदेश ३ को प्रदेशसभा : हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट

हेटौँडा - प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।


चन्द्रागिरिलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौँ, १६ चैत - ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘हाइकिङ’ उद्घाटन कार्यक्रममा प्रदेश–३ का पर्यटनमन्त्री अरुण नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पर्यटन क्षेत्रको विकास हुनु आवश्यक छ भन्नुभयोे ।


प्रदेशसभामा चार विधेयक दर्ता

हेटौँडा -प्रदेश नं ३ को प्रदेशसभाको यही चैत १७ गते आइतबार बस्ने हिउँदे अधिवेशनमा छलफलका लागि चार वटा नयाँ विधेयक प्रदेशसभा सचिवालयमा आज दर्ता गरिएको छ । प्रदेश भित्रका बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कर तथा गैरकर राजश्वसम्बन्धी ऐन, २०७५ को संशोधन गर्न बनेको विधेयक २०७५, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई शंसोधन गर्न बनेको विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रदेश ३ को हिउँदे अधिवेशन आइतबारदेखि

हेटौँडा, ८ चैत -प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले आज जनाएको छ ।


स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न मन्त्रालयद्धारा निर्देशन

काठमाडौँ, ७ चैत- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।


प्रदेश ३ का मुख्यमन्त्रीले दिए अश्लिल र उत्तेजक शैलीका सांस्कृतिक कार्यक्रम प्रस्तुत नगर्न निर्देशन

हेटौंडा -प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महोत्सवका नाममा हुने गरेका विकृति अन्त्य गर्न सबैलाई आग्रह गर्नुभएको छ । महोत्सवको नाममा धेरै टिकट विक्री गर्ने होडका कारण अश्लिल र उत्तेजक शैलीका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने गरेको भन्दै त्यस्ता कार्यक्रममा रोक लगाइने बताउनुभयो ।


हराभरा बनाइँदै हेटौँडा उपमहानगरपालिका

हेटौँडा - हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगर क्षेत्रलाई थप सुन्दर हराभरा बनाउन अभियान शुरु गरेको छ । नगरको मुख्य बजारको आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने, सडकको दायाँबायाँ फूल र फलफूलका बिरुवा रोप्ने अभियान स्थानीय तहमा शुरुआत भएको हो ।


प्रदेश अधिवेशन बैठकमा नयाँ ६ विधेयक ल्याइँदै

हेटौँडा - प्रदेश नं ३ प्रदेशसभाको केही दिनमा बस्ने तेस्रो अधिवेशन बैठकमा दफावार छलफलका लागि नयाँ ६ विधेयक ल्याइँदैछ । प्रदेशसभाको बैठकमा पेश हुने नयाँ ६ विधेयकमा प्रदेशमा प्रहरीको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा बालबालिकाको अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा उपाधि, सम्मान र विभूषणको सिफारिश गर्न बनेको विधेयक २०७५, प्रदेशमा सार्वजनिक, निजी र सहकारीको व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा स्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानको व्यवस्था गर्न बनेको विधेयक २०७५ रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।


निजी क्षेत्रसँग हातेमालो गर्न तयार : मुख्यमन्त्री पौडेल

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला २०७५ को उद्घाटनमा उहाँले कला संस्कृतिका नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई छायामा पार्ने काम हुँदै आएकाले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य सङ्घलाई सुझाव दिनुभयोे ।


चीनबाट दुधालु गाई ल्याइने

हेटौँडा, १८ फागुन - प्रदेश नं ३ को ग्रामीण क्षेत्रको आर्थिक विकास तथा गरीबी निवारण गर्ने उद्देश्यले प्रदेश नं ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच प्रदेशको दुग्ध विकासका लागि सहकार्य गर्नेगरी सम्झौता भएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालगायतको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयका निमित्त सचिव निर्मल गदाल तथा चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसका प्रमुख इञ्जिनीयर उडि सीङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


गाउँपालिकाको हस्तक्षेपछि सुरु हुने भयो जैसिङ–डिल्लीपुर झोलुङ्गे पुल निर्माण

मनहरी÷जैसिङ–डिल्लीपुर निर्माणाधीन झोलुङ्गे पुल निर्माण कार्यमा अबरोध आएपछि मनहरी गाउँपालिका अध्यक्ष बाधा फुकाउन वन विभाग पुगेका छन् । बुधवार दिउँसो मनहरी निकुञ्ज विभाग पुगेर गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुल निर्माणमा भइरहेको अबरोधबारे महानिर्देशक गुनासो गरेका हुन् ।


स्थानीयवासी बाटो बनाउन जुटे

हेटौँडा, १६ फागुन - हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरी कल्याणटार हेटौँडाबजारदेखि नजीकैको दूरीमा रहे पनि भौतिक पूर्वाधार विकासको हिसाबले पछि परेका कारण सो वडाका अध्यक्षले आफ्नै पहलमा बाटो खन्न जुटेका छन् । सो क्षेत्रमा स्तरीय मोटरबाटो नहुँदा स्थानीय बासिन्दा समस्या भोग्न बाध्य भएको बताइन्छ ।


प्रदेश ३ द्धारा आधुनिक पशु बधशाला निर्माण हुने

हेटौँडा, ८ फागुन -प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा सात आधुनिक पशु बधशाला निर्माण गरिने भएका छन् । प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिनुभयो ।


प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई फराकिलो बनाइँदै

हेटौँडा - प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो बनाउने र अतिरिक्त मार्ग पनि निर्माण गर्ने निर्णय गरेको हो ।


सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला मकवानपुर घोषणा

हेटौंडा (मकवानपुर) ५ फागुन -घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानव रहित जिल्लाको रुपमा मकानपुरलाई घोषणा गरिएको छ । ३ न. प्रदेश सरकारका मुख्य मन्त्री डोरमणि पौडेलले एक भव्य समारोहवीच हिजो मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडकमानवरहित जिल्ला घोषणा गर्नुभएको हो ।


यस्तो रह्यो प्रदेश नं ३ सरकारको एक वर्ष

रिपेश दाहाल /हेटौँडाकेन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ ।


मन्त्री अरुण नेपालले थाले प्लाष्टिक नियन्त्रण बनाउने अभियान

हेटौँडा- प्रदेश नम्बर ३ लाई वातावरणीय दृष्टिकोणबाट स्वच्छ बनाउने अभियानअन्तर्गत प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनमा जोड दिइएको छ । आज यहाँ आयोजित छलफल कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले स्वच्छ र हराभरा प्रदेश निर्माण गर्नको लागि प्लाष्टिकको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।


प्रदेश ३ मा ल्होसारमा सार्वजनिक बिदा

हेटौँडा - प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।


योजना निर्माणमा तीन तहको सहकार्य आवश्यक

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिनै तहका सरकारबीचमा समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको १५औँ योजना आधारपत्रमा अन्तरक्रिया एवं राय सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेशस्तरीय परामर्श बैठकमा मुख्यन्त्री पौडेलले तीन तहका सरकार तीन तिर फर्केर र एकले अर्कोलाई असहयोग गरेर राष्ट्रको विकास सम्भव हुदैन भन्नुभयो ।


प्रदेशलाई प्लाष्टिक व्यवस्थित क्षेत्र बनाउँछु : मन्त्री नेपाल

हेटौडा -प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अरुण नेपालले प्रदेशलाई प्लाष्टिक व्यवस्थित क्षेत्र बनाउने उद्घोष गर्नुभएको छ । मन्त्री नेपालले प्लाष्टिक ब्यवस्थित क्षेत्र बनाउनका लागी आवश्यक नीति र बजेटको समेत व्यवस्था गरिएसकिएको बताउनुभयो ।


प्रदेश नं ३ मा सञ्चालनमा आयो यातायात व्यवस्था सेवा कार्यालय

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ । प्रदेश कार्यालय स्थापना भएपछिको आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।


गाउँपालिका महासंघले मुख्यमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं - गाउँपालिका राष्ट्रिय महासंघले प्रदेश ३ ले प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई गाउँपालिका र नगरपालिकावीचको विभेद अत्यको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुबिधा बढाएकोमा बिरोध जनाउँदै संसोधित सेवा सुबिधालाई हटाउँन पनि महासंघले आग्रह गरेको छ ।


‘सरकार समृद्धिसहितको विकास चाहन्छ’

हेटौँडा -प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै विकासका हरेक कदम ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेतर्फ अग्रसर हुने बताउनुभएको छ । एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा उहाँले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।


सरकार समृद्धिसहितको विकास चाहान्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, ४ माघ - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राख्नुभएको छ । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ रु र त्यसका उपलब्धि के के हुन रु अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।


सरकार समृद्धिसहितको विकास चाहान्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, ४ माघ - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राख्नुभएको छ । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ रु र त्यसका उपलब्धि के के हुन रु अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।


प्रदेशमा ऊर्जा र बायो ग्यासको उत्पादन बढाएर ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य

हेटौँडा- प्रदेश नं ३ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले सीमित स्रोत साधनबाट प्रदेशमा ऊर्जा र बायो ग्यासको उत्पादन बढाएर ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य प्रदेश सरकारको रहेको बताउनुभएको छ । ग्रामीण प्राविधिक विकास केन्द्र, काठमाडौँद्वारा आज हेटौँडामा आयोजित ‘हरित तथा सभावेशी ऊर्जा’ प्रदेशस्तरीय परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश नं ३ का १३ जिल्लाको भौगोलिक अवस्थाको पहिचान गरी बायोग्यास, सौर्य, सुधारिएको चुलोको उत्पादन गर्न सरकाले पाँचवर्षे आवधिक योजनातर्जुमा गर्न लागेको बताउनुभयो ।


प्रदेश ३ : प्रादेशिक विश्वविद्यालयका लागि कार्यदल बनाइयो

हेटौँडा - प्रदेश नं ३ सरकारले विश्वविद्यालय स्थापनाका लागि सामाजिक विकासमन्त्री युवराज दुलालको नेतृत्वमा कार्यदल गठन गरेको छ । सो कार्यदलको सदस्य सचिवमा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख खेम भुषाल रहनुभएको छ ।


प्रदेश नं ३ : प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा -प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।


प्रदेश नंं ३ : एक अर्बको लगानीमा ४६ प्रहरी भवन निमार्ण हुने

हेटौडा, २८ पुस - प्रदेश नंं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक अर्ब १३ करोडको लागतमा दश जिल्लामा ४६ प्रहरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका लागि भवन नहुँदा समस्या भएकाले नयाँ भवन निर्माण गर्न लागिएको सो मन्त्रालयले जनाएको छ ।


हचुवामा हुने बजेट विनियोजन र खल्तीबाट गरिने योजना छनौटको अन्त्य गर्ने मुख्यमन्त्री पौडेलको घोषणा

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हचुवामा हुने बजेट विनियोजन र खल्तीबाट योजना ल्याउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आज परियोजना बैंक स्थापना र सञ्चालनका विषयमा भएको छलफलमा उहाँले परियोजना बैंकमा नपरेका योजनालाई बजेट नछुट्याइने बताउनुभयो ।


प्रदेश सरकारले बढायो कार्यपालिका सदस्यको सेवा सुविधा

काठमाडौं - प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा बढाउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बिहीबारको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई दोब्बर बढाउने निर्णय गरेको हो ।


प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै

हेटौंडा, १७ पुस । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले लियो सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स

हेटाैंडा, १४ पुस -मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो ।


प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १२ पुस - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका लागि सरकार गम्भीर रहेको छ भन्नुभयो ।


प्रदेश नं ३ : मन्त्रीपरिषद बैठकले गर्यो तीन निर्णय

हेटौंडा - प्रदेश नम्बर को प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ । करिब डेढघण्टा बसेको बैठकले तीन निर्णय गरेको हो ।


प्रदेश सरकारले शूरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री पौडेल

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनको चरणमा लैजाने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनालाई परियोजना बैंकमा राखेर मात्र प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।


प्रदेश ३: सबै स्थानीय तहमा बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने तयारी

हेटौडा -प्रदेश नम्बर ३ ले सबै स्थानीय तहमा रोजगार संयोजक तोक्ने भएको छ । बेरोजगारको तथ्यांक संकलन गर्ने उद्देश्यले रोजगार सयोजक तोक्ने भएको हो ।


'प्रधानमन्त्री रोजागर कार्यक्रम' प्रदेश ३ बाट शूरु गरिदैं

हेटौंडा - प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरु गरिने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम समावेश भएको यस कार्यक्रम यसै आर्थिक वर्षभित्रबाट सुरु गर्ने गरी तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


प्रदेशमा अब धमाधम कामहरुको परिणाम आउँछ : मुख्यमन्त्री पौडेल

हेटौंडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा अब धमाधम कामहरुको परिणाम देखिने बताउनुभएको छ । प्रदेशमा अभुतपूर्व कामको थालनी भएकोले परिणाम देखीने बताउनुभयो ।


प्रदेश ३ : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

हेटौंडा -प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश लोकप्रिय कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालयले नयाँ कार्यक्रम सुरु गरेको हो ।


सामजिक विकास मन्त्रालयबाट ९ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

दिनेश दुलाल/हेटौंडाप्रदेश नम्बर ३ अन्तर्गत सामजिक विकास मन्त्रालयले माताहातका प्रदेश भित्र पर्ने जिल्लाहरुका लागि ९ अस्पतालमा अस्पताल विकास समिति अध्यक्ष नियुक्त गरेको छ । सामजिक विकास मन्त्रालयले ९ जिल्लाका लागि उक्त संख्यामा अस्पताल विकास समितिको लागि नियुक्ती दिएको सामजिक विकास मन्त्री युवराज दुलालका प्रमुख स्वकीय सचिव सिपी दुलाल (महेश) ले बताउनुभयो ।


प्रदेश नं ३ का जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त

हेटौँडा, २९ मङ्सिर - प्रदेश नं ३ सरकारले प्रदेश मातहतका नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो ।


प्रदेश नं ३ का पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित

२० मंसिर हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग भएको छलफलमा उहाँले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताउनुभयो ।


प्रदेश ३ को राजधानी हेटौंडा नै पक्का !

काठमाडौं– प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने पक्का भएको छ । साझा विवेकशील पार्टीबाट प्रतिनिधित्व गर्नु हुने शोभा शाक्यबाहेक सबै पार्टी नेतृत्वले हेटौंडामा सहमति जनाएका छन् ।


प्रदेश ३ राजधानी विवाद अन्तत : मतदानबाटै टुङ्गो लगाइने

हेटौँडा - प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।


प्रदेश ३ : राजधानीका लागि काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस

मकवानपुर -प्रदेश ३ को राजधानीको लागि पाँच जिल्ला सिफारिससहितको प्रतिवेदन प्रदेशसभामा पेश भएको छ । प्रदेश ३ को अस्थायी राजधानी अहिले हेटौडामा बस्दै आएको छ ।


प्रदेश नं ३ : पाँच विधेयक पारित

हेटौँडा, ११ मङ्सिर -प्रदेश नं ३ को प्रदेशसभाको बैठकले विभिन्न पाँच वटा विधेयक सर्वसम्मत पारित गरेको छ । आज अपराह्नमा बसेको बैठकले प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, प्रदेशमा संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक, २०७५ र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रदेशसभा बैठक मध्याह्न बस्दै : विधेयक प्रतिवेदनमाथि छलफल हुने

हेटौंडा - प्रदेश ३ को प्रदेशसभा बैठक आज मध्याह्न १२ बजे बस्ने भएको छ । बैठकमा सोमबार पेश गरिएको पाँच विधेयक प्रतिवेदनमाथि छलफल शूरु हुनेछ ।


प्रदेश ३ को कावा मुख्यमन्त्रीमा जम्कट्टेल

हेटौडा - प्रदेश नं. ३ को कार्यवाहक मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विदेश जान लागेपछि कावा मुख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेललाई दिइएको हो ।


सहयोग अपेक्षित सडकमानव मुक्त प्रदेश घोषणा गर्दै प्रदेश ३ : पहिलो घोषणा हेटौंडाबाट सुरु

दिनेश दुलाल/ हेटौंडा - मानसिक सन्तुलन गुमाएर होस या आर्थिक विपन्नताले सडकमा पेटीमा र गल्ली गल्लीमा रहेका सहयोग अपेक्षित सडकमानवलाई अधिराज्यभरी यत्रतत्र जताजतै भेटिन्छन् । अझ काठमाडौं उपत्यकामा त झन बिकराल नै बनेको छ ।


प्रदेश ३ को मंसिरभित्रै राजधानी र नामको टुंगो लगाइने

मकवानपुर, ६ मंसिर -प्रदेश ३ को राजधानी र नामको विषयमा मंसिरभित्रै टुंगो लगाइने भएको छ । सात प्रदेशहरूमध्ये सबैभन्दा पहिला प्रदेशसभाको बैठक बोलाउने प्रदेश भए पनि अहिलेसम्म नाम र केन्द्र टुग्याउन नसकेको प्रदेश ३ ले मंसिरभित्रै टुंगो लगाउने भएको हो ।


प्रदेश ३ प्रमुख पौडेलले प्राधिकरण प्रमुखलाई पोखे गुनासो : भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति पुननिर्माण कहिलेसम्म हुन्छ ?

हेटौंडा, ४ मंसिर- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्न माग गर्दै पुर्न निर्माण प्राधिकरण प्रमुखसँग गुनासो पोख्नु भएको छ । मुख्यमन्त्री पौडेलले पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा जानकारी लिने क्रममा सो गुनासो पोख्नु भयो ।


मदिरा नियन्त्रण गर्न कानून निर्माण गर्दै प्रदेश सरकार

हेटौंडा, २९ कार्तिक - प्रदेश ३ सरकारले मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको थालनी गरेको छ । प्रदेश सरकार अन्र्तगतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको तयारी थालेको हो ।


थाहा नगरपालिकामा शीतभण्डार निर्माण गरिँदै

हेटाँैडा, २५ कात्तिक - मकवानपुरको थाहा नगरपालिकामा ११ करोड ५० लाखको लागतमा शितभण्डार निर्माणको शुरुआत गरिएको छ । प्रदेश नं ३ सरकारको ‘एक जिल्ला एक शितभण्डार’ निर्माण अभियान अन्तर्गत यहाँ शितभण्डार निर्माण थालिएको हो ।


मन्त्री स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो छ

मकवानपुर, १९ कार्तिक -तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।


गाउँपालिकाका गुरु, पुरोहित र झाक्रिद्धारा बालबिबाह नगराउने प्रतिबद्धता

मकवानपुर, १९ कार्तिक - ईन्द्रसरोबर गाउँपालिकाको समन्वयमा ईन्द्रसरोबर गाउँपालिको वडा नं २ स्थित पंचकन्या माबि खानिखेतमा धार्मिक अगुबा, शिक्षक, महिला प्रतिनिधि, सहकारी प्रतिनिधि र गाउँपालिकका जिम्मेबार अगुवा कार्यकर्ताको सहभागितामा बालबिबाह बिरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनलको सहयोग, बाल कल्याण समाजको आयोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।


प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री स्थापित पदवाट बर्खास्त

हेटौंडा १६ कार्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट हटाईएका छन् ।


मुख्यमन्त्री पौडेल विद्युतीय सवारी चढ्ने

काठमाडौं, १३ कार्तिक । प्रदेश नं. ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युतीय जीप खरीद गरी मुख्यमन्त्री पौडेललाई उपलब्ध गराउने भएको छ ।


‘केन्द्रीय र प्रदेश सरकारबीच विभेद छैन’ - मुख्यमन्त्री

हेटौँडा, २३ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको बैठकको विशेष समयमा सम्बोधन गर्दै केन्द्रीय सरकार र प्रदेश सरकारबीच कुनै विवाद नरहेको बताएका छन् ।


मकवानपुरका ४० छात्रालाई साइकल वितरण

हेटौंडा, २ असोज । मकवानपुर जिल्लाको ग्रामीण क्षेत्रका ८ विद्यालयका ४० छात्राहरुलाई साइकल वितरण गरिएको छ ।


‘स्कुल स्कुलमा प्रहरी’

हेटौँडा, २६ भदौ । यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम शुरु भएको छ ।


एक अर्ब १३ करोड लागतमा ६१ प्रहरीचौकी भवन निर्माण

हेटौँडा, २५ भदौ । प्रदेश नं ३ ले एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ ।


प्रदेशसभामा तीन विधेयक सर्वसम्मत

हेटौँडा, १९ भदौ । प्रदेश नं ३ को प्रदेशसभाबाट तीनवटा विधेयक सर्वसम्मत पारित भएको छ ।