समाचार

जनताको घरमा चर्पी र पानी छैन जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्ने ?

स्थानीय तहको बेथितिअसोज २ सिरहा - पाँच महिनादेखि सिलाइ सेन्टरको ह्यांगरमा झुन्ड्याइएका छन् कोट–पाइन्ट, पैसा अन्तै खर्च गरेका जनप्रतिनिधि बोलाउँदा पनि लिन जाँदैनन्सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ  । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन्  ।


सिराहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा आगजनी

सिराहा, १८ भदौ – सिराहाको बरियारपट्टि गाउँपालिका कार्यालयमा बुधबार बिहान आगजनी भएको छ । आगोले गाउँपालिका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजपत्र पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


सरकारको सहुलियत ऋण : एक हजार चार सय उद्योग दर्ता

लहान, ३२ साउन -सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ ।


नगरपालिकालाई जग्गा दान गर्ने सम्मानित

सिरहा, २९ साउन - गोलबजार नगरपालिकाले नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा दानगर्नुहुने तीनजना दाताहरुलाई सम्मान गरेको छ । गोलबजारको मध्यभागमा पर्ने वार्डन्वर ६ मा प्रशासनिक भवन निर्माणको लागि करोडौं मूल्यको १२ कठ्ठा जग्गा जग्गादाताहरु धर्मसिंह लामा, पदमलाल लामा र नवल कुमार लामालाई नगर प्रमुख देवनाथ साहले दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।


गाउँपालिकामा राहत वितरण गदैं प्रदेश सरकार

भक्तपुर, १९ साउन - सिरहाको अर्नमा र औरही गाउँपालिकामा प्रदेश २ सरकारले बाढी पीडितलाई राहत वितरण गरेको छ । प्रदेश २ का आर्थिकमामिला तथा योजना मन्त्री विजय कुमार यादवले अर्नमा र औरही गाउँपालिकाका बाढी पीडितलाई प्रदेश सरकार र रेडक्रस विश्व खाद्य कार्यक्रमको तर्फबाट शनिबार राहत वितरण गरेका छन् ।


बाँध भत्किएर बाढी गाउँ पस्दा सिरहा लगायतका - एक हजार घरपरिवार विस्थापित

असार २८, लहान - अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।


सवारी दुर्घटनामा ७९ को मृत्यु

असार २३,सिरहा - सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहा जनाएको छ ।


प्रदेश २ सरकारको बजेट अझै पारित भएन

जनकपुरधाम - प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट पारित अझै हुन सकेका छैन । बजेटमाथि छलफल सकेपछि असार ५ गते सभामुख सरोज यादबले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्‍यो ।


धनगढीमाई नगरपालिकाद्वारा योजनाको स्थलगत अनुगमन

सिराहा, २६ जेठ - जिल्लाको धनगढीमाई नगरपालिकाले आफुले सञ्चालन गरेका योजना तथा विकासका कामको अनुगमन गरेको छ । नगरपालिकाद्वारा गठित अनुगमन समितिले योजना तथा विभिन्न विद्यालयहरुको पनि अनुगमन गरेको हो ।


२ नम्वर प्रदेशको लहानमा प्रेसर हर्नको प्रयोगमा कडा निगरानी

सिरहा, २१ जेठ - यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ । ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा टिपरमा प्रेसर हर्न भेटाएपछि जफत गरेको कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।


नगरपालिकाको काम ठप्प

सिरहा,८ जेठ – सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।


सिरहाका ७६ हजार बालबालिका पुस्तकविहीन -स्थानीय तहले दिएनन् विद्यालयलाई बजेट

१० बैशाख सिरहा - स्थानीय तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन्  । जिल्लाका १७ मध्ये ११ वटा स्थानीय तहले पाठ्यपुस्तक र छात्रवृत्तिको पैसा विद्यालयलाई अझै दिएका छैनन्  ।


धार्मिक पर्यटनलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर अघि बढेका छौं : मुख्यमन्त्री राउत

जनकपुरधाम, मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ । सिरहाको लहान १८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गदै मुख्यमन्त्री राउतले पकडीया गढको विकासको लागि प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


गाउँपालिकाको सहयोगमा पशुको स्वास्थ्य जाँच

लहान, २० फागुन - सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिएको छ । गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको आयोजनामा सम्पन्न शिविरमा गाई, भँैसीलगायत एक हजार २०० र बाख्रा ७०० लाई जाँच गरी भ्याक्सिनेसन गरेको जनाइएको छ ।


वडाध्यक्ष मियाँसहित ६ जेल चलान

लहान - लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको छ ।


गाउँपलिकाको आयोजनामा झण्डा महोत्सव हुने

लहान, १८ माघ - राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ । ‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ ।


बरियारपट्टी गाउँपालिकाको बजेट ३४ करोड

काठमाडौं, ६ माघ -आर्थिक वर्ष २०७५/७६ का लागिसिरहाकोवरियारपट्टी गाउँपालिकाले करिब ३४ करोड ६१ लाखको बजेट पारित गरेको छ । आव २०७/७६ का लागि ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले जानकारी दिनुभयो ।


नगरपालिकाले स्वास्थ्य चौकी स्तरोन्नति गरि अस्पताल बनाउने

लहान, ४ माघ - सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ । धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।


लक्ष्मीपुर पतारीको प्राथमिकता : भौतिक पूर्वाधार र कृषि विद्युतीकरण

सिराहा – प्रदेश नम्वर २ को सिराहास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाले भौतिक पूर्वाधारको निमार्ण र कृषि विद्युतीकरणलाई उच्च प्राथमिकतामाराखेर काम गरिहरेको छ । गाउँपालिकामा निार्वाचित जनप्रतिनिधि आएपछि समग्र गाउँपालिकाको विकासका लागि पञ्चबर्षे रणनीतिक योजना निमार्ण गरि विकासका काम भइरहेको अध्यक्ष रामबल्लभ साहले बताउँनुभयो ।


बहशमा प्रदेश २ को राजधानी

राजु विश्वकर्मा /लहानप्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ ।


बिष्णुपुर गाउँपालिका : शिक्षा र स्वास्थ्य विकासको प्राथमिकता

सिराहा – सिराहाको बिष्णुपुर गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि करोडौ रुपैयाँ लगानी गरेको छ । गाउँपालिकाका सबै वडामा सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गर्ने अभियान अनुसार लगानी भइरहेको गाउँपालिकाले जनाएको छ ।


कर्मचारी आन्दोलन : प्रदेश २ मा दैनिक कामकाज प्रभावित

जनकपुरधाम - स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा प्रदेश– २ मा पनि आन्दोलन जारी राख्दा नियमित कामकाजमा समस्या भएको छ । नगरपालिका र गाउँपालिकाको मुख्य गेटमै धर्ना दिने लगायतका काम कर्मचारीले गरिहरेका छन् ।


नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित

लहान, २५ कात्तिक - फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ ।


खानेपानी ट्याङ्की निर्माणसँगै स्थानीयवासीमा खुशी

लहान, २४ कात्तिक वर्षांैदेखि खानेपानीको समस्या खेप्दै आएका सिरहा धनगढीमाई नगरपालिका– १३ दुरविन डाँडामा खानेपानी ट्याङ्की र इन्टेक निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन् । युनिसेफ, धनगढीमाई नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानबाट निर्माण भएको सो ट्याङ्की, इन्टेकले करीब ८६ घरपरिवार खानेपानीको समस्याबाट मुक्त भएका छन् ।


विधेयक पारित भएपछि विकासले गति लिन्छ : मुख्यमन्त्री राउत

लहान, २४ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन् ।


सिरहा नगरपालिकाको बजेट ७५ करोड ९१ लाख

लहान, १४ असोज । सिरहा नगरपालिकाले चालु आर्थिक बर्ष २०७५÷७६ को लागि ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।


कर्जन्हा नगरपालिकाकाको केन्द्र विवाद झन् बढ्यो

सिरहा– सिरहाको कर्जन्हा नगरपालिकाको केन्द्र विवाद झन् बढेको छ । मेयर गङ्गा पासवानले उच्च अदालतको पनि आदेश नमानेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।


गोलबजार नगरपालिकामा सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क

लहान, ९ भदौ । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ ।