समाचार

जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग

ताप्लेजुङ, २१ भदौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गर्नुभएको छ । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आउनुभएका उहाँले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गर्नुभएको हो ।


प्रदेश १ का चौध जिल्ला : यी हुन् नयाँ पर्यटकीय गन्तव्य

Fourteen Districts of Province 1: The New Tourist Destinationsभक्तपुर, २० भदौ – संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरेसँगै अहिले देशभरका पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रचार प्रसार र प्रवद्र्धनको काम भइरहेका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले छनोट गरेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि अहिले अभियान चलिरहेको छ ।


वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा

भक्तपुर, २० असार-ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो ।


फुङलिङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु

ताप्लेजुङ, ३ असार - पूर्वी पहाडी जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ । नगरका वडा नम्बर ४ र ५ ले ५० जनालाई रोजगार दिएर कार्यक्रम सुरु गरेको हो ।


ताप्लेजुङका ९ स्थानीय तहमा २ अर्ब १४ करोड बजेट

ताप्लेजुङ, २४ जेठ - संघीय सरकारले हालै विनियोजना गरेको बार्षिक बजेट अन्र्तगत ताप्लेजुङका ९ स्थानीय तहले दुई अर्व १४ करोड ११ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका छन् ।


देशका सात प्रदेश सरकार : कुन प्रदेशले कति बजेट पाए ? यस्तो छ बजेट बाँडफाँड

काठमाडौं, २० जेठ - संघीय सरकारले हालै १५ खर्ब ३२ खर्ब ९६ करोड ७१ लाख रुपैयाँको बार्षिक बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको यो बजेट मध्ये देशका सात वटा प्रदेश सरकारहरुले समानीकरण अनुदान वापत ५५ अर्ब ३० करोड रुपैयाँ, सर्सत अनुदान वापत ४४ अर्ब ५५ करोड रुपैयाँ, राजश्व बाँडपाँड वापत ६५ अर्ब र बिषेश र समपुरक अनुदानमा १० अर्ब रुपैयाँ प्राप्त गरेका छन् ।


२८ करोड खर्चेर खानेपानी ल्याइने

चैत्र२७ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङमा २८ करोड खर्चेर खानेपानी ल्याइने भएको छ । फुङलिङ नगरपालिकाले पाथीभरा मन्दिर छेउको जम्बुधारे–मैदाने मुहानबाट पानी ल्याउने तयारी थालेको हो ।


अहिले अलैंचीको कारोबारै ठप्प

२३ चैत्र ताप्लेजुङ - ३० किलो अलैंची बोकेर सदरमुकाम फुङ्लिङ आएका मेरिङ्देन गाउँपालिका–५ का पेम्बा शेर्पाले दुई दिन बजार घुम्दा पनि बेच्न सकेनन् । ‘प्रत्येक व्यापारीलाई किनिदिन आग्रह गरेँ’ बिहीबार बिहान निराश हुँदै शेर्पाले सुनाए, ‘धेरै जनाले त नराख्ने भने, एक–दुईजनाले उधारोमा राख्ने भने, तर भाउ पछि काट्ने गरीमात्र ।


मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक

काठमाडौं- सरकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्दै आज सार्वजनिक बिदा दिएको छ । आज सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिनुका साथै सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकको निर्णय छ  ।


प्रदेश नम्वर १ : यस्तो छ स्थानीय तहको बर्गीकरण (सूचीसहित)

काठमाडौं -सरकारले गरेको स्थानीय तहको बर्गीकरण अनुसार प्रदेश नम्वर १ का एक सय ३७ स्थानीय तहमध्ये २७ वटा स्थानीय तह ‘घ’ बर्ग अर्थात सुगममा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिको सिफारिस अनुसार हालै गरेको ७५३ स्थानीय तहको बर्गीकरणमा १४ वटा जिल्ला रहेको प्रदेश नम्वर १ का कूल १३७ स्थानीय तह मध्ये एक महानगर, २ उपमहानगर सहित २७ वटा तह ‘घ’ बर्गमा परेका हुन् ।


ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ; मुख्यमन्त्री राई

ताप्लेजुङ २२ मङसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ ।


ताप्लेजुङका २७ वटा वडामा अलैँची जोन कार्यक्रम लागू

ताप्लेजुङ, २२ असोज । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ ।


गाईलाई सुत्केरी भत्ता

सिदिङवा, ७ असोज । ताप्लेजुङ जिल्लाको पूर्र्वी सिदिङवा गाउँपालिकाले दिन थालेको छ ।