मोरङ जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये एक हो । मोरङ जिल्ला प्रदेश नं. १ मा पर्ने औद्योगिक जिल्ला पनि हो । ईसापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भूभागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ “हाङ“ नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। सो अवधिको प्रशासनिक क्षेत्रलाई “मावराङ्ग“ भनिन्थ्यो। पछि मावराङ्ग शब्द नै अपभ्रंश भई मोरङ भन्न थालिएको हो भन्ने किम्बदन्ती रहेको छ।
प्रदेश नं. १ कै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक तथा जनसङ्ख्याको हिसाबले नेपालकै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ । बहुजाती बहुभाषिले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजाको राजधानी र मध्यकालमा लिम्बुवानको सबैभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो । मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ । यो पूर्वमा झापा, उत्तरमा धनकुटा, पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसँग यसको सिमाना रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० जना रहेको छ । मोरङ जिल्लाको सदरमुकाम प्रमुख औद्योगिक शहर बिराटनगर हो । औद्योगिक हिसाबमा नेपालको प्रथम उद्योग वि.स. १९९३ सालमा बिराट जुटमिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्री पनि यसै जिल्लामा खोलिएको थियो ।
यो जिल्लालाई ८ गाउँपालिका, ८ नगरपालिका र १ महानगरपालिका गरी जम्मा १७ स्थानीय तहमा विभाजन गरिएको छ । यो जिल्ला अक्षांश २६ डिग्री २० मिनेट देखि २६ डिग्री ५३ मिनेट उत्तर र देशान्तर ८७ डिग्री १६ मिनेट देखि ८७ डिग्री ५१ मिनेट पूर्व सम्म अवस्थित छ ।
जलभण्डार तथा जलश्रोतको हिसाबले बक्राहा नदी, चिसाङ नदी, खदम नदी, मावा नदी, रतुवा नदी, डाँस नदी, सीता नदी, लोहन्द्रा नदी, बुढी गङ्गा ,मिक्लु नदी, सिङ्गयाही नदी तथा गछीया खोला आदि मुख्य मानिन्छन् । प्राय यी सबै खोलाहरूको मुहान चुरे क्षेत्र नै हो ।
मोरङ जिल्ला धार्मिक ऐतिहासिक एवं पर्यटकीय दृष्टिले धनी जिल्ला हो । विराट राजाको दरवार ,राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बागझोडा, चुलिपोखरी, हसेनी सिमसार, बेतना सिमसारक्षेत्र, मण्ठपोखरी, ध्वजे डाँडा, बेतेनी ताल आदि मूख्य धार्मिक ऐतिहासिक एवं पर्यटकीय स्थलहरु हुन् ।
मोरङ जिल्लामा आर्थिक व्यवसायका रूपमा अनेकौ व्यवसायहरू रहेका छन् । यहाँको मुख्य व्यवसाय कृषि रहेको छ तथा यहाँ अनेकौ उद्योगहरू रहेकाले उद्योगीय कार्यमा धेरै व्यक्ति आत्मनिर्भर रहेको पाइन्छ । मोरङ जिल्ला नेपालकै दोस्रो धान उत्पादन गर्ने जिल्ला पनि हो । यहाँका मानिसहरू व्यापार व्यवसायमा पनि उत्तिकै अगाडि रहेका छन् । यहाँ माछा पालन, कुखुरा पालन, बाख्रा पालन, गाई पालन, चिया खेती सामान्य व्यवसाय रहेका छन् ।
मोरङ जिल्ला बहुजाति बहुभाषी र विभिन्न संस्कृति तथा रितीरिवाज र परम्परा मान्ने मानिसहरुको बसोबास भएको जिल्ला हो । यहाँका प्रमुख जाति बाहुन,क्षेत्री, लिम्बु,राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सतार, धिमाल, थारू, ताजपुरिया, राजवंशी, कामी, दमाई र मुसलमान धाँगड जाति दनुवार जाति आदि अनेकौ जाति रहेका छन् । मुख्य भाषाहरूमा नेपाली, लिम्बु, थारू, मैथिली आदि बोलिने गरिन्छ ।
धर्म अनुसार जनसंख्या |
हिन्दु |
७७४९०५
|
बौद्घ |
३९८७३
|
इस्लाम |
४५७५५
|
किराँत |
६३२१३
|
क्रिलश्चियन |
१५८४९
|
प्रकृति |
२१७५५
|
बोन |
९४
|
जैन |
९७०
|
बहाई |
२३५ |
शिख |
२१
|
उल्लेख नभएको |
२७००
|
परिवारमा महिलाको नाममा घर जग्गा |
घर जग्गा दुबै भएका |
३६१२१
|
जग्गा मात्रै भएका |
२७८४९
|
घर जग्गा दुबै नभएका |
१४८५५६
|
उल्लेख नभएका |
१३४४
|
वित्तीय संस्था |
बैंक |
१७४
|
सहकारी |
१०४६
|
सुरक्षा युनिट |
नेपाल प्रहरी युनिट |
२४
|
ससस्त्र प्रहरी युनिट |
८
|