मनाङ्ग जिल्ला मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार गण्डकी प्रदेशमा पर्ने एघार जिल्ला मध्ये एक हो । मनाङ जिल्ला हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित जिल्ला हो । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटकरपदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो। मनाङ जिल्ला भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्री २७ मिनेट देखि २८ डिग्री २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४० मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाईको हिसाबले यो जिल्ला समुन्द्री सतहबाट १६८० मिटर देखि ८१६३ मिटरसम्मको उचाईमा रहेको छ । जम्मा ४ वटा गाउँपालिका भएको मनाङ्ग जिल्लामा ६५३८ जनसंख्या रहेको छ । मुख्य जातीमा ब्राह्मण, घले, लिम्बु, भोटे, शेर्पा र मुख्य भाषाहरू नेपाली, लिम्बु, शेर्पा, राई आदि हुन् । यस जिल्लाको सदरमुकाम चामे गाउँपालिकामा पर्दछ । यस जिल्लाको नामाकरणका बारेमा सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण भएको पाइन्छ। मनाङ् शब्द तिब्बती भाषाको “म्हनाङ्“ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्वती भाषामा “म्ह“को अर्थ सहायता र “नाङ“को अर्थ देउ भन्ने हुन्छ।
धर्म अनुसार जनसंख्या
हिन्दु
२५६२
बौद्घ
३६०६
इस्लाम
४
किराँत
१
क्रिलश्चियन
९३
प्रकृति
१४
बोन
३१
जैन
२
बहाई
०
शिख
०
उल्लेख नभएको
१
परिवारमा महिलाको नाममा घर जग्गा
घर जग्गा दुबै भएका
१६१
जग्गा मात्रै भएका
१३६
घर जग्गा दुबै नभएका
११५०
उल्लेख नभएका
१
वित्तीय संस्था
बैंक
९
सहकारी
९
सुरक्षा युनिट
नेपाल प्रहरी युनिट
७
ससस्त्र प्रहरी युनिट
०