‘मिलापत्रबाट सबै मुद्धा मिलाएका छौ’

१ वर्ष अगाडि ७६१ खबर डटकम

प्रदेश नं. ५ को गुल्मी जिल्लास्थित इस्मा गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका न्यायीक समितिका संयोजक बिमला केसीसँग गाउँपालिकाको न्याय सम्पादन तथा मेलमिलापसँग सम्बन्धित रहेर ७६१ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश :

तपाई इस्मा गाउँपालिकाको न्याय समितिको संयोजक भईसकेपछि कस्ता खालका मुद्धाहरु आएका छन् ?

–बिशेषगरि सम्बन्ध विच्छेदका, मदिरा सेवन गरि भएका महिला तथा घरेलु हिंसा, जग्गाका सिमाना मिचेका, छुवाछुत, बोक्सीको आरोप लागेका लगायतका मुद्धाहरु हाम्रो गाउँपालिकामा आएका छन् ।

अहिलेसम्म कति वटा जति मुद्धा आए कति कार्यान्वयन भए त ?

–हाम्रोमा अहिले सम्म ४५ वटा मुद्धा परेका छन् । त्यसमध्ये २३ वटा मुद्धा मिलापत्र गरेर टुंगाएका छौ । धेरैखाले मुद्धा हामीले आपसी समझदारीमा दुई पक्षलाई राखेर मिलाउने काम गरिहरेका छौ । घरेलु हिंसा, जग्गाको सिमाना मिचेका जस्ता मुद्धामा पनि समन्वय गरिरहेका छौ । समग्रमा न्याय समितिमा मुद्धा पर्दा आफ्नो अफिसियल कार्यकक्षमा राखेर छलफल गरिएको छ ।

न्यय समितिमा परेका मुद्धाको कार्यसम्पादन कसरी भइरहेको छ ?


म न्याय समितिको संयोजक भएपछि मैले २ वटा वडा नं. ४ र ३ का अध्यक्षलाई समितिमा राखेकी छु । सबै मुद्धा मिलापत्रबाट नै मिलाएको छौ । जिल्ला प्रशसानमा गएका मुद्धाहरु पनि फिर्ता गरेर मिलपत्र गरिएको छ ।

कुन कुन वडाबाट बढी मुद्धा आउने गरेका छन्, ती कुन प्रकृतीका छन् ?

हाम्रो गाउँपालिकामा बढी मुद्धा आउनेमा ३, ४, ५, नं. वडा छन् । यी बडाहरुबाट बोक्सीका, छुवाछुतका मुद्धाहरु आउने गरेका छन् ।

न्याय समितिमा अहिले देखिएको समस्या के हो, १ बर्ष अवधीमा के पाउनुभयो ?

–१ बर्षलाई मैले एउटा अनुभवको रुपमा लिइएको छु र मैले गरेको काम बाट म सन्तुष्टी छु । मैले गरेको निर्णायप्रति, कामप्रति स्थानीइ जनता पनि एकदमै सन्तुष्ट हुनुहुन्छ । तर, यहाँ कर्मचारीको अलि समस्य रहेको छ । कानुनी सल्लाहकार पनि छैन । जसले व्यवस्थापनमा समस्या आएको छ । अहिले हाम्रो छुटै इजलास पनि छैन र केन्द्रको टुङ्गो पनि लागिसकेको छैन । त्यस कारण अलिकति समस्या छ ।