साउन १९ , काठमाडौं – कोरोनाको महामारी सँगै जनतालाइ महंगीर्ले मारमा पारेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा मूल्य वृद्धि भएको छ । सरकारी निकायहरु बजारको नियमन गर्नुपर्ने ठाउँमा कानमा तेल हालेर बसेका छन् ।उपभोक्ताहरु पछिल्लो एक–दुई सातामा चामल, दाल, तरकारी, माछा, मासु, विद्युतीय समाग्रीदेखि लत्त्ता कपडा र सेवा क्षेत्रमा समेत ठगिन थालेका छन् । कुनै कारणबिनै भएको मूल्य वृद्धिले कोभिड १९ का कारण आर्थिक उपार्जन र रोजगारी गुमाएका जनताको ढाड सेकेको छ।पछिल्लो एक महिनामा दैनिक उपभोग हुने आलु, काउली, खुर्सानी लगायतका तरकारीको भाउ ६ सय प्रतिशतसम्मले वृद्धि भएको छ । यसै गरि पछिल्लो सामय बजारमा चिनीको अभाव देखिनका साथै चामल, चिनी, बिस्कुट, चाउचाउ,अन्डा, दाल लगायतका वस्तुको मूल्य पनि बढेको छ । नयाँ आर्थिक वर्षको सुरुआतमै विद्युतीय सामाग्रीमा पनि मूल्य बढाइएको छ । टीभी, फ्रीज लगायतका विद्युतीय सामग्रीमा ३.५० प्रतिशतसम्म मूल्य बढाइएको छ । फ्रिज, टीभी, वासिङ मेशिन, माइक्रो ओभन लगायतको वस्तुको मूल्य बढेको छ ।यसरी अचानक मूल्य बढाउँदा पनि सरकारी निकायबाट अनुगमन भएको छैन ।बजारमा मनोमानी मूल्य वृद्धि हुँदा पनि सरकार निरीह देखिएको छ ।सरकारले गतिलो अनुगमन नगर्दा मुठ्ठीभरका आयातकर्ताहरुले बजारमा मनोमानी गरेको खुद्रा व्यवसायीहरुको भनाइ छ । विद्युतीय सामाग्री तथा घरायसी सामाग्रीको मूल्य बढ्नुमा भने डलरको भाउ बढ्नु तथा कम्पनीमा मौज्दात कम हुनु रहेको नेपाली बिक्रेताहरुको दाबी छ ।