सगरमाथा आधार शिविर जान, सिजन सुरु भयो

२५ दिन अगाडि कुम्भराज राई

  • असोज८ ,भक्तपुर - सगरमाथा आधार शिविरको यात्रा तय गर्ने बेला भएको छ । यो सिजनको उपयुक्त समय असोज र कात्तिक हो । तर मेरो सुझाव, जाने नै हो भने कि त सिजनको सुरुमै जानु या सिजनको अन्तिममा । बिचको समयमा विदेशी पाहुनाको भीड लाग्ने हुँदा बस्ने ठाउँको असहजता हुन सक्छ ।



  • पटक पटक सगरमाथाको आधार शिविर पुगेकाले सोध्नेहरूलाई भन्ने गर्छु, ‘कम्तीमा एक पटक पुग्नुस्, समस्या हुँदैन ।’ सगरमाथाको देश भनेर गर्व गर्ने हामी जबसम्म सगरमाथाको फेदीसम्म पुग्न सक्दैनौँ, तबसम्म हाम्रो जीवन अपुरो हुन्छ भन्ने लाग्छ । त्यसपछि अधिकांशको प्रश्न हुन्छ कस्तो छरु कसरी जानेरु कति खर्च लाग्छरु कति दिन लाग्छरु ‘ यस्तै यस्तै । हो, म आज त्यसको उत्तर दिन लेख्दैछु ।

  • उच्च हिमाली क्षेत्रमा पदयात्रा रुचाउने संसारभरकै पर्यटकको पहिलो रोजाई मा पर्छ, सगरमाथा आधार शिविर । गत वर्ष मात्र ६० हजार भन्दा बढी विदेशी सगरमाथा क्षेत्र घुम्न आए । यदि तपाईँ युरोपका कुनै देश पुग्नुभयो भने तपाईँलाई अधिकांशले सोध्ने प्रश्न एउटै हुनेछ, ‘तपाईँ त सगरमाथाको देशबाट आएको, सगरमाथा कस्तो छरु फेदीमै नपुगेकाले के उत्तर दिने ?


  • सगरमाथा आधार शिविर

  • सगरमाथा आधार शिविरको पछिल्लो यात्राको क्रममा अमेरिका बस्दै आएका एक स्याङजाबासी पदयात्रीलाई त्याङबोचेको उकालोमा भेटेको थिएँ । पेसाले प्राध्यापक उनी वर्षौँसम्म यही प्रश्न सुन्दा सुन्दा हैरान भएर श्रीमतीलाई लिएर सगरमाथा आधार शिविरको यात्रामा निस्किएका रहेछन् । त्यसबाट पनि प्रस्ट हुन्छ, सगरमाथा आधार शिविरबारे सोधिने प्रश्नको अनुमान ।

  • दर्जनौँ हिमालहरूलाई पछाडि पार्दै अघि बढ्नु आधार शिविर यात्राको सबैभन्दा महत्त्वपूर्ण पल हो । हिमालकै देशमा बसेर हिमाललाई नजिकबाट नदेखेका धेरै आन्तरिक र बाह्य पर्यटकहरूले यस यात्रामा लुक्लाबाटै हिमालको दृश्यलाई आँखामा कैद गर्न पाउँछन् । थामसेर्कु, खाङटेका, कोङदे, आमाडब्लम, लोबुचे पिक, तबुचे पिक, पुमोरी, ल्होत्से, नुप्त्से जस्ता थुप्रै हिमालका चुचुराहरूसँग सिधासिधि आँखा जुधाउँदै क्यामेराको लेन्सभित्र तान्न सकिन्छ ।


  • नाम्चे बजार ।

  • बाटोमा पर्ने छ सय वर्ष पुरानो पाङबोचे गुम्बा, त्याङबोचे गुम्बाको दर्शनले मनै आनन्दित तुल्याउँछ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र भेटिने हिमाली झारलको बथान, डाँफेको हुल, याक र चौँरी गोठको मनमोहक दृश्यले त्यतै बसिरहूँ जस्तो बनाउँछ । हिमाली संस्कृति, शेर्पाहरूको वेशभूषालाई नजिकबाट नियाल्दै आधार शिविरसम्म पुग्दा जो कोहीलाई बाटो कटेको पत्तै हुँदैन । खुम्जुङ गुम्बामा राखिएको यतिको खप्परको हाड पनि पर्यटकहरूका लागि आकर्षण हुन् ।

  • पाँच हजार ३ सय ८० मिटरको सगरमाथा आधार शिविर पुग्ने क्रममा गोरक्सेपदेखि केही घण्टाको उकालोमा पर्ने काला पत्थर छुटाउनै नहुने गन्तव्य हो । पुमोरी हिमालको काखैमा रहेको कालापत्थरको उचाइ ५ हजार ६ सय ४३ मिटर अग्लो छ । कालापत्थरबाट सगरमाथालाई साँझ पख हेर्दाको दृश्य साह्रै आकर्षक देखिन्छ । खासगरि सूर्यास्तको बेला पहेँलो देखिने घामको आवर्तन सगरमाथाको चुचुरोमा ठोक्किँदा देखिने सुनौलो दृश्य साँच्चै मनमोहक लाग्छ ।

  • कसरी पुग्ने ?

  • सगरमाथा आधार शिविर जाने मूल बाटोको रूपमा काठमाडौँदेखि जहाज चढेर लुक्ला हुँदै पहिलो रात फाक्दिङ, दोस्रो र तेस्रो रात नाम्चे हुँदै क्रमशः त्याङबोचे, दिङबोचे, लोबुचे, गोरक्सेप हुँदै आधार शिविर पुगिन्छ । ट्रेकिङ कम्पनीहरूले सगरमाथा आधार शिविरको पदयात्रा १४ दिनको बनाउने गरेका छन् । जसमा फर्किने समेत जहाजकै सेड्यूल राखिएको हुन्छ । तर लुक्ला विमानस्थलको मौसमको कारण यसको टुङ्गो भने हुँदैन । मौसम र विमानको टुङ्गो भएन भने सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै गरिने यात्रामा थप दुई दिन थपिन्छ ।

  • कति लाग्छ खर्च ?

  • सगरमाथा आधार शिविरको यात्राका लागि धेरै खर्च लाग्छ भन्ने भ्रम धेरैलाई लाग्न सक्छ । कम्तीमा ३० हजारदेखि बढीमा ४० हजार रुपैयाँ बोक्नु भय