'यो अधिवेशनबाट जनताका माग स्थापित गर्न चाहन्छौं'

११ महिना अगाडि दिनेश दुलाल

विजयकुमार चौरसिया संयोजक,

गाउँपालिका राष्ट्रिय महासंघ नपाल २ नम्बर प्रदेश


गाउँपालिका राष्ट्रिय महासंघ नपाल २ नम्बर प्रदेशको प्रमथ अधिवेशन आज धनुषाको लालगढमा हुँदैछ अधिबेशनको कतिको तयारी गर्नुभएको छ ?

हामी यतिबेला गाउँपालिका राष्ट्रिय माहासंघ नपाल २ नम्बर प्रदेशको प्रमथ अधिवेशन मिथिला गाउँपालिकाको लालगढमा कुष्टरोग अस्पताको सभाहलमा हाम्रो कार्यक्रम हुँदै छ । कार्यक्रम तयारीको करिब करिब अन्तिम तयारीमा छौं । हामीले प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री लालबहादर राउतलाई बोलाका छौं । कार्यक्रममा सत्तापक्षका नेता तथा प्रतिपक्षका नेतागणहरुलाई पनि निमन्त्रणा गरेका छौं । उहाँहरु कतिपय आईसक्नु भएको छ भने कतिपय आउँदै हुनुहुन्छ । त्यसैगरी गाउँपालिका प्रमुख उपप्रमुखहरु पनि आउनेक्रम निरन्तर छ । अब कार्यक्रमको अन्तिम चरणमा छ १२ भित्रमा हाम्रो सुरुभईसक्छ ।

गाउँपालिका राष्ट्रिय माहासंघ नपाल २ नम्बर प्रदेश अन्र्तगत कतिवटा गाउँपालिकाहरु समेटिएका छन् ?

हाम्रो महासंघ भित्र यो प्रदेशबाट ६९ वटा गाउँपालिकाहरु समेटिएका छन् । यसमा भाग लिने मेयर, उपमेयर गाउँपालिका अध्यक्ष उपाध्यक्ष र एकजना वडाअध्यक्ष यदि वडा अध्यक्ष उपस्थिति हुन सकेन भने एकजना सदस्यलाई उपस्थिति गराउने योजना बनाएका छौं । त्यस्तै एउटा गाउँपालिकाबाट ३ जना प्रतिनिधित्व हुने गरी भोटरको रुपमा गाउँपालिकले पठाउने छ । कार्यक्रम हलमा १ सय ७७ जनाको प्रतिनिधित्व हुने छ ।

यहाँहरुको दुईदिन सम्म हुने अधिवेशन दुईदिन सम्म चल्ला यो अधिवेशनले नेतृत्व छनोट कसरी गर्दैछ ?

यहाँलाई थाहै छ । हाम्रो मुलुकमा जति पनि पार्टीहरु छन् । तिनका आफ्नै विशेषता छन् तर पनि एउटा सहमतिमा गरिने संस्ककार छ सोही अनुरुप हामीले पनि गाउँपालिका राष्ट्रिय महासंघलाई नेतृत्व चयन गर्दा सहमतिकै आधारमा गर्ने छौं त्यसै अनुसार हुनेछ भन्ने कुरा मैले विश्वास लिएको छु । हामीले यो अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गर्ने छौं । अन्य प्रदेशमा हेर्दा सहमतिकै आधारमा भएका छन् । यसकारण हाम्रो प्रदेशमा पनि सहमतिकै आधारमा हुने कुरामा म विश्वश्त छु । चुनावमा जानु पर्ने मैले कुनै आधार देखेको छैन किनकी सबै साथीहरु मिलनसार हुनुहुन्छ । पहिला चरणमा हाम्रो उद्घाटनको सत्र हुन्छ । त्यसपछि हामी बन्द सत्र सुरु गछौं । हामीले एउटा प्रतिवेदन तयार गरेका छौं । त्यो हामीले बाचन गरेर सुनाछौं र उपयुक्त भए पारित पनि गर्छौं ।

यहाँले ६ पृष्टलामो प्रतिवेदन पनि बनाउनु भएको छ । अब गाउँपालिका महासंघलाई कस्तो बनाउने यहाँहरुले परिकल्पना गर्नु भएको छ ?
गाउँपालिका महासंघ भनेको एउटा संगठन हो । एउटा मजबुत संस्था वा संघ हो । यस्ले गाउँपालिकामा भएका कमीकमजोरीहलाई हटाएर एउटा दरिलो संस्थाको रुपमा स्थापित गर्नेछौं । गाउँपालिकाको जुन अस्थित्व छ । गाउँपालिकालाई जुन अधिकार दिएको छ । त्यो अधिकारको भित्र रहेर संविधानलाई नबाझिने गरि त्यो अनुसारको काम गरेर गाउँपालिकालाई कसरी बलियो बनाउने हो । त्यो आधारमा हामी काम गर्ने छौं । यदि गाउँपालिकालाई कसैले दवाउने र थिच्ने काम गरेर कमजोर बनाउने काम ग¥यो भने गाउँपालिका महासंघले त्यसलाई स्विाकर्ने छैन, सहने छैन् । कुनै पनि हिसाबले हामीले कमजोर हुन दिने छैनौं । गाउँको विकासबाट नै देशको सुन्दरता बढ्ने छ । जसको कारण समृद्व नेपाल हुनेछ । र संसारभरि सिंगो नेपालको पहिचान झल्काउने छ । हाम्रो नेपाल पनि सक्षम नेपाल छ भनेर हामी देखाउने छौं । यसको लागि महासंघ दरिलो किसिमबाट लागि परेको छ । सिंहदरबाट गाउँपालिकाम गएर जनताको अधिकारलाई जनताकै सेवाको निम्ति गरिब निमुखा किसान मजुर जति पनि गरीब छन् तिनको अधिकारको लागि लडिराख्ने हामीले संकल्प लिएका छौं । गाउँपािलका महासंघ केन्द्रमा हुन्छ प्रदेशमा हुन्छ र स्थानीय तहमा जनताको बीचमा हुन्छ । त्यसकारण गाउँपालिका महासंघले जनताको अधिकारलाई कतै कटौति हुन दिने छैनौ भन्ने प्रतिवद्वता सहित अगाडि बढिरहेका छौं ।

भनिन्छ यतिबेला केन्द्र, प्रदेश र स्थानीय तह बीच राम्रो समन्वयकारी भूमिका हुन सकिरेहको छैन भन्ने सुनिन्छ । कतिपय कानुनी कुराहरु पनि बाझिएका छन् । यसलाई गाउँपालिका महासंघले केन्द्र र प्रदेशसम्म हस्तक्षेपकारी भूमिका कसरी निर्वाहा गर्छ ?

म आम जनता, गाउँपालिकाका मेयर उपमेयर तथा प्रदेशका मन्त्रि तथा सांसद ज्युहरुलाई के भन्न चाहान्छु भने हाम्रो देशमा तिनवटा तहहरु केन्द्र, प्रदेश र स्थानीय तह छन् । यि तिन वटा सरारलाई सरकारले संविधानको अधिकार वितरण गरेको छ । संधिानको अनुच्छद् ८ मा पुरै गाउँपालिका वा स्थानीय सरकारलाई पुरै अधिकार दिएको छ । त्यो हुँदा हुँदै पनि गाउँपालिकाको अधिकारलाई कटौति गरेर जुन किसिमको गतिविधि भईरहेको छ , त्यस प्रति हाम्रो गम्भिर ध्यानकर्षण छ । जस्तो की यहाँलाई भनौं प्रत्येक जिल्लामा शिक्षा लगाएत कुराहरुमा जुन स्वार्थ र अड्चनहरु राखेर गाउँपलिकालाई कमजोर बनाईएको छ । त्यो कुराले राम्रो संकेत देखाएको छैन् । यसको लागि हामीले प्रदेश तथा केन्द्रमा कुरा गरिराखेका छौ । पटक पटक हामीले विरोध गरिरहेका छौं । तपाई हेर्न सक्नुहुन्छ । २०÷२५ वर्ष सम्म नभएका विकासहरु अहिले भईरहेका छन् । जुन ठाउँमा बाटोहरु बनेका छन् त्यसको स्तर उन्नती भएका छन् । गाउँघरमा कृषिक्रान्ति भएका छन् त्यीस्तै सिंचाई लगाएतका विकासका कामहरु तिब्रतामा भएका छन् । त्यसकारण समग्रमा एक वर्षमा गाउँपालिकालाई कायापलट गर्नेछौं । यसकारण केन्द्र प्रदेश सरकार संग झगडा गरेर होस वा मायाँ गरेर होस हामी गाउँपालिकालाई अधिकार दिलाएरै छाड्ने छौं ।



यहाँहरुले जसरी एजेण्डाहरु बनाउनु भएको छ त्यसलाई प्रदेश र केन्द्रीय सरकारले कतिको सम्बोधन गर्ने सम्भावना छ ?

निश्चयनै हाम्रो बुझाईमा केन्द्रीय सरकार होस वा प्रदेश सरकार होस जुनसुकै सरकारले देश जनताको लागि राम्रो काम गर्ने पर्छ भन्ने हाम्रो मान्यता हो । जनताको म्यान्डेट र साथबाट उहाँहरु त्यस ठाउँमा पुग्नु भएको छ । जसरी प्रधानमन्त्री देखी मन्त्री, सांसद ज्युहरु हुनुहुन्छ उहाँलाई पनि जनताको विकास होस भन्ने पक्कै भावना हुनपर्छ । जनताको विकास भयो भने समृद्वि त्यतिकै आउँछ । यदि उहाँहरुले केन्द्रको अधिकार जनतामा जानुपर्छ भनेर त्यस ठाउँमा पुग्नु भएको हो भने पक्कै उहाँहरुले हाम्रो मुद्दा र मागलाई विरोध गर्नुहुन्न सहयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।

यहाँहरुको अहिले जाहा जाहाँ अधिवेशन गरिसक्नु भएको छ ति अधिवेशनहरुमा प्रदेश सरकार र केन्द्रीय सरकारलाई गालि मात्रै गरेको देखिन्छ । तर गाउँपालिका माहासंघले आफुले स्थापित गरेका कुराहरु चाँहि के छ नी ?

अवश्य पनि हामीले स्थानीय तहमा थुप्रै कामहरु गरिरहेका छौं । हामीले गालि गर्ने काम कसैलाई गरेका छैनौं । मात्र हामीलाई दिएको अधिाकारकसैले कटौति गर्छ भने त्यको विरोध मात्र गरेका हौं । गालि दिएर समस्याको समधान छैन् । हामीलाई यदि अधिकार दिएको भने हामीले आफैंले संविधानमा नबाझिने गरी कानुन बनाएर अगाडि बढ्न पाउनु पर्छ । हाम्रो एउटै एजेण्डा छ । संविधानले स्थानीय तहलाई दिएको अधिकार अनुसार गाउँमा विकास हुनपर्छ भन्ने हाम्रो मान्यता हो । एउटा कुरा यहाँलाई भनौं अहिले जिल्लामा स्थानीय तहमा अधिकार दिएको भनिएको छ तर जिल्लामा जिल्लाशिक्षा अधिकारीले शिक्षकहरु सरुवा गर्ने काम गरेका छन् के हो यो ? हामीले भनीराखेका छौं । यि समसयाहरु भईरहेका छन् यो केन्द्रले ग¥यो या प्रदेशले स्पष्ट हुनप¥यो । यि कुराहरुनै हामीले स्थाथपित गर्ने जोडमा लागेका छौं ।

गाउँपालिका राष्ट्रिय माहासंघ नपाल २ नम्बर प्रदेशको संयोजक हुनुको नाताले यहाँले आफ्नो गाउँपालिकामा चाँहि त्यस्तो नयाँ के काम गर्नु भएको छनी ?

बिल्कलै नयाँ बनाउने योजनामा छौ. । हामी पनि बिल्कुल नयाँ हुनाले योजना बनाउँदै छौ. तर पनि जति समस्याहरु आउँछन् त्यसलाई पन्छाउँदै हाम्रा्े प्रदेशमा एउटा नारा छ ’बेटी बचाऔं, बेटी पढाऔं भन्ने नारा छ यो जनातो बीचमा स्थापित भईसकेको छ । त्यस्तै हामीले कषिक्राित ल्याएका छौं । पर्सा जिल्लाको पकामैपुर मेरो आफ्नै क्षेत्र र गाउँपालिका हो त्यसमा कृषिक्षेत्रको विकास तथा ईलेक्ट्रीसिटीको व्यवस्था गरेर सिंचाईको व्यवस्था गरेर कृषकहरुको उत्थान विकास गरेका छौं । त्यस्तै मेरो क्षेत्रलाई वाइफाईजोन बनाउन लागेका छौं । शिक्षा, स्वास्थ्य,र विकासमा अन्य क्षेत्रमा हामीले नयाँपन ल्याएका छौं ।

अन्त्यमा ७६१ खवरडटकममार्फत केही भन्न चाहानुहुन्छ ।

म पकामैनपुर गाउँपाकिालको अध्यक्ष तथा माहासंघको २ नम्बर प्रदेशको संयोजक हुनुको नाताले के भन्न चाहान्छु भने हामीले बौद्विक स्तर बढाउ जनचेतनामा हामी अगाडि बढाऔं सबै विकास निर्माण उत्पादनको कामा क्रियासिल हौं ।समृद्वि र परिवर्तन सम्मभव छ भन्ने सन्देश दिन चाहान्छु । धन्यवाद ।

प्रस्तुति : दिनेश दुलाल