स्थानीय तह आत्तिहाल्नुपर्ने अवस्था छैन

७ महिना अगाडि वंशलाल तामाङ

संघीतासहितको संविधान जारी भएपछि तीनवटा सरकारको सुनिश्चितता भयो । विगतमा चल्दै आएको केन्द्रिकृत शासनप्रणालीलाई राज्य पुन संरचनासँगै पहिलो पटक तीन वटै तह खडा भए । स्थानीय तह सरकारको निर्वाचन पश्चात मुलुक अब आर्थिक सम्मृद्धि र विकासमा फड्को मार्न अग्रसर रहेको देखिन्छ । तर हामीले विकासलाई आत्मसात गर्न सकेका भने छैनौ ।

जनताले विकास र अवसरलाई अनुसरण गर्न थालेको अवस्था छ । विगतमा जनताले महसुस गर्न नसकेको प्रजातन्त्रको अनुभूति विस्तारै गर्न थालेका छन । तर इतिहासले २०७२ सालको संविधानपछि मुलकमा एउटा राजनीतिक स्थायीत्व सृजना भयो । तीनै वटा स्थानीय तहमा सरकार निर्माण गरिएको छ । स्थानीय तहमा सरकार निर्माणसँगै स्थानीय आवश्यकताअनुसार विकास निर्माणका काम हुन थालेका छन् । स्थानीय तहमा अब के गर्ने ? स्थानीयलाई कसरी सञ्चालन गर्ने ? भन्ने विषयमा छलफल प्रारम्भ भएको छ ।

अब मुलकुमा राजनीतिक अस्थिरता हुँदैन् । विस्तारै स्थानीय तहमार्फत विकास निर्माणको काम हुन्छ भन्ने प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ । राजनितिक अस्थिरत हुनुहदैन, प्राप्त उपलब्धीलाई संस्थागत गर्न सक्नुपर्छ । मुलुकमा सम्बृद्धि र बिकासका साथसाथै जनतामा सुखी र खुसी दिलाउनुपर्छ । हाम्रो अबको काम नै त्यसैमा केन्द्रित हुनेछ ।

खाँसगरी स्थानीय सरकार संघीयताको आधार हो । संघीयताको सफलता र असफलतासँग स्थानीय सरकार प्रमु्खहरुको का्र्यशैली र दक्षतामा निर्भर रह्ने गर्दछ । त्यसो भएको हुनाले जति सकिन्छ संघ र प्रदेशले स्थानीय सरकारलाई संस्थागत गर्नको निम्ति, आर्थिक क्षमता बढाउनका निम्ति, सक्षम बनाउन आवश्यक देखिन्छ । जनशक्तीको हिसावले पनि त्यही सबल र सक्षम हुनुपर्छ ।

नेपालको इतिहासमा संघीयता नयाँ अभ्यास भएको हुनाले हामी त्यति अत्तालीनु हुन्न । यस अर्थमा काम कारवाहीमा ढिलासुस्ती हुनुमा गाउँपालीका महासंघले धेरै अनौठो रुपमा लिइएका छैनौ । तर हामीले चिन्ता चै के कारणले लिइएको हो भने अहिले काल पल्कान्छ की भन्ने हो । अहिले संघीय सरकार, प्रदेश सरकारहरुले यो अलमलको बीचबाट जुन खालले कर्मचारी समायोजन हुदै गर्दा संविधान ऐनले व्यवस्थापन गरेका कुराहरु स्थानीय सरकारमा समावेश भइसक्नुपर्ने कुराहरु नहुदाँ चिन्ताको विषय हो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार यी तीन वटाकै समन्वय सहकार्य र संस्थागत अभियन्ताले मात्रै हामी बिकासको मुल प्रवाहमा जान सक्छौ । जनता समक्ष पुरयाएर मुलुकलाई आर्थिक सम्बृद्धि र बिकासमा लग्न सक्छौ ।

बिकासको योजनको उंदगम स्थाल भनेको जनताको घर दैलोबाट, टोल, वडा र स्थानीय सरकारबाट हुने गर्दछ । त्यसकारण योजनको छनोट गरेर पठाएका स्थानीय तहहरुका योजन संघ र प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।

अहिलेको आवश्कता भनेको योजनाको तर्जुमा हो । कुनै प्रदेशले महत्वपुर्ण योजनहरुलाई आफ्नै हिसाबले विचार गरोस भन्न चाह्न्छु ।

सुदुरपश्चिम गाउँपालिका महसंघको अधिवेशनमा बोल्दै गाउँपालिका राष्ट्रिय महासंघ, महासचिव तामाङ