कालीकोट, ८ कार्तिक । जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष
लक्ष्मण बमले आफ्नो एक वर्षको तलबवाट गाउँपालिकाका लागि आवश्यक एम्बुलेन्स खरिद
गर्ने घोषणा गरेका छन् ।
अधयक्ष बलमे तलव र विभिन्न संघसंस्थावाट प्राप्त
सहयोगलाई एम्बुलेन्स खरिदमा खर्च गर्ने जनाएका हुन् ।
विभिन्न संघसंस्था र गाउँपालिकाबाट एम्बुलेन्स
खरिदका लागि ३ लाख ७८ हजार ७ सय १५ रुपैयाँ रहेको र उनको मासिक ३० हजारका दरले १६
महिनाको पारिश्रमिक ४ लाख ८० हजार गरि एम्बुलेन्स खरिद गर्ने तयारी रहेको
गाउँपालिकाले जनाएको छ ।
यो गाउँपालिकाले श्रम दल गठन गरी गाउँपालिका
भित्रका युवाहरूलाई रोजगार दिएको थियो भने उच्चमाबिको पढाइ समेत निशुल्क गरेको
थियो ।